बीपीको राष्ट्रियता

मेचीकाली संवाददाता

२४ भाद्र २०७८, बिहीबार
466 shares

ओम बानियाँ

जननायक बिपी कोइराला एक प्रजातन्त्रवादी राजनेता मात्र थिएनन्, त्यत्ति नै राष्ट्रवादी पनि थिए । राष्ट्रियताको सवालमा बिपीले निकै गंभिर र दुरदर्शी विचारहरु व्यक्त गरेका छन् । जुन विचारहरु अहिले पनि उत्तिकै सान्र्दभिक छन् ।

वीपीले भनेका छन्ः एकीकरणपछि नेपालले एउटा आधुनिक भूगोल निर्धारित ग¥यो, एउटा देश गठन भयो, यस निर्धारित सीमानामा बस्ने अनेकौ धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजातिहरूको, एउटा देश, नेपालको उदय त भयो, तर बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देश ती सबै जातजातिहरूको साझा फूलवारी हुन सकेन, एक राष्ट्र बन्न सकेन ।

शरीरको ढाँचा खडा त भयो, त्यसमा आत्मा प्रवेश हुन सकेन, फ्रेम बनाइयो तर तस्विर राखिएन, भाँडो कुदियो, तर त्यसभित्र राखिने तत्व राखिएन । तसर्थ नेपालको राष्ट्रियताको इतिहासमा १८१६ पछिको काललाई, नेपाली भाषाको विकासलाई छोडेर मरुभुमिको युग भने पनि हुन्छ ।

बिपीको बिचार प्रष्ट थियो । प्रजातान्त्रिक शासन व्यावस्थाले नै नेपाललाई सबै जातजातीहरुको फुलवारी बनाउने उनको दावी थियो । त्यसैले त बिपी आफ्नो अन्तिम साससम्म नेपालमा प्रजातन्त्र स्थापना गर्ने लडाइँ लडिरहे । कहिल्यै थाकेनन् । कहिल्यै हारेनन् । उनका लागि प्रजातन्त्र निर्विकल्प थियो ।

एउटा हिन्दी फिल्म छ, चक्रब्युह, जसका नायक राजेश खन्ना प्रहरीबाट बच्न भाग्दै हिँडेका हुन्छन् । भाग्दाभाग्दै राती एउटा गाउँमा पुग्दछन् । भोकतिर्खाले बिल्लीबाठ राजेश एउटा घरमा पस्छन् । घरमा बुढाबुढी मात्र हुन्छन् । खेतमा गाई पसेको थाहा पाएपछि बुढो खेततिर दाडिँन्छन् । अब घरमा बुढाकी तरुनी पत्नी मात्र हुन्छिन् । आफ्नो अगाडि जवान राजेश खन्नालाई देखेपछि बुढाकी पत्नीले काम भावनाले उनलाई आफुतिर आकर्षित गर्न खोज्छिन् । राजेश बिस्तारै ऊतिर बढ्छन् । बुढाकी पत्नी निकै कामोत्तेजित हुन्छिन् । राजेश ऊ नजिकै पुग्छन् र झटपट अगाडि राखेको भातको भड्डु उठाएर कपाकप भात खाना थाल्छन् ।

राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र अन्योन्याश्रित भएको जनाउँदै वीपीले भनेका नै छन्ः “प्रजातन्त्र बिना देश रहदैन । प्रजातन्त्र नभइकन वर्तमान युगमा राष्ट्रियता संभव छैन । विकास पनि संभव छैन । जस्तै राष्ट्रियता र प्रजातन्त्र अन्योन्याश्रित छ उस्तै राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्र तीनै एउटा अर्कोमा आश्रित छन् । देश भन्नुहोस् चाहे राष्ट भन्नुहोस्, त्यो भूगोल होइन, माटो होइन । त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ त्यही कुरो देश हितको कुरो हो ।

बिपीले राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्रलाई पनि एक अर्कोमा आश्रित ठानेका छन् । हुन पनि हो, आर्थिक विकास बिना न त राष्ट्रियता मजबुत हुन्छ न त प्रजातन्त्र दिगो हुन्छ । त्यो किनभने कुनै पनि नागरिक भोको पेट र नांगो आङले राष्ट्रियताको माला जपेर बस्न सक्दैन ।

एउटा हिन्दी फिल्म छ, चक्रब्युह, जसका नायक राजेश खन्ना प्रहरीबाट बच्न भाग्दै हिँडेका हुन्छन् । भाग्दाभाग्दै राती एउटा गाउँमा पुग्दछन् । भोकतिर्खाले बिल्लीबाठ राजेश एउटा घरमा पस्छन् । घरमा बुढाबुढी मात्र हुन्छन् । खेतमा गाई पसेको थाहा पाएपछि बुढो खेततिर दाडिँन्छन् ।

अब घरमा बुढाकी तरुनी पत्नी मात्र हुन्छिन् । आफ्नो अगाडि जवान राजेश खन्नालाई देखेपछि बुढाकी पत्नीले काम भावनाले उनलाई आफुतिर आकर्षित गर्न खोज्छिन् । राजेश बिस्तारै ऊतिर बढ्छन् । बुढाकी पत्नी निकै कामोत्तेजित हुन्छिन् । राजेश ऊ नजिकै पुग्छन् र झटपट अगाडि राखेको भातको भड्डु उठाएर कपाकप भात खाना थाल्छन् ।

हो, गासबासकपास नै मानिसको पहिलो आवश्यकता हो । यही घासबासकपास लागि नै पचासौं लाख नेपाली युवाहरु रोजगारीका लागि विदेश गएका छन् । विकसित राष्ट्रमा पुगेका थुप्रै नेपालीहरुले विदेशी नागरिकता समेत लिएका छन् । के अमेरिका, बेलायत तथा अष्ट्रेलिया आदि जस्ता राष्ट्रहरुको नागरिकता लिने नेपालीहरुलाई नेपालको माया नभएको हो र ?

एक पटक कल्पना गरौं त । अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, जापान, कोरिया तथा युरोपका देशहरुले नेपालीका लागि प्रवेश खुल्ला गरिदिए भने कति नेपालीहरु नेपालमा रहलान् ? यो गम्भिर मनोविज्ञान हो ।

तर यो गहन मनोविज्ञानलाई बुझ्ने र आत्मसात गर्ने हैसियत अहिलेका नेताहरु देखिँदैन । कुनै पनि समस्याको जरो पत्ता नलगाइकन त्यसको स्थायी समाधान निक्लिदैन । प्रजातन्त्र आयो । लोकतन्त्र आयो । गणतन्त्र आयो । संघीयता पनि आयो । तर देशको समस्या भने जस्ताको तस्तै छ, राष्ट्रियता झनै कमजोर भएर गएको छ । राष्ट्रियताको मनोविज्ञानलाई बुझी देशको आर्थिक विकासतिर नलाग्ने हो भने राष्ट्रपति पद्धति तथा प्रत्यक्ष प्रधानमन्त्री जे जस्तो व्यावस्था भएपनि केही हुनेवाला छैन ।

नेपालको राष्ट्रियतालाई बिपीले जति अरु कसैले पनि बुझेका छैनन् । हो, नेपालमा पुष्पलाल, गणेशमान, कृष्णप्रसाद भट्टाराई तथा मनमोहन जस्ता त्यागी, संर्घशील तथा इमान्दार नेताहरु पनि नजन्मिएका होइनन् तर बिपी ईक्यु बे्रनवाला एक सक्षम नेता थिए । राष्ट्रियताको सवालमा बीपीले भनेका छन्ः राष्ट्रियता माटो होइन, जनताको सामुहिक भावना (विचार) हो । राष्ट्रियताको बिवेचनामा सर्वप्रथम तत्व र अन्तिम तत्व पनि जनता हो । राष्ट्रियता जनताको सामुहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । सामुहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नु पर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो ।

राष्ट्रियताको यस परिभाषामा तीन तत्व सामेल छन्—जनताका व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता । अर्को शब्दमा राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्वहरुः जनता । तिनका अगाडि उपस्थित भएका समस्याहरु, ती समस्याहरुको सबैले मिलेर समाधान गर्ने दिशापट्टीको सामुहिक प्रयत्न र त्यस प्रयत्नमा अनुभव गरेको एकताका भावना । यसरी राष्ट्रियताको विचार गर्दा भुगोलको भुमिका गौण भएर जान्छ ।

बिपीले अगाडि भनेका छन्ः ‘‘राष्ट्रियताको भावनात्मक विकास एउटै विचारधाराको प्रचारले हँुदैन, त्यो विकासको क्रम द्वन्द्वात्मक हुन्छ । विचारको संघर्ष राष्ट्रिय हितका सम्बन्धमा मतभिन्नताबाट निस्केको त्यो सामुहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियतको भावना गहिरिँदै, बाक्लिदै र फराकिलो हँुदै दृढतर हुँदै जान्छ ।

३३ सालमा बिपी राष्ट्र र राष्ट्रियताका लागि नै आफ्नो ज्यान हत्केलामा राखेर नेपाल र्फिर्कएका थिए । बिपीको मेलमिलापको नीति कसैको विरुद्धमा थिएन । यो त राष्ट्र र राष्ट्रियतालाई कमजोर हुन नदिन बिपीले चालेको एक ऐतिहासिक कदम थियो ।

बिपी भनेका थिएः हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं । आज यसमा एउटा नयाँ आयाम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आई परेको छ । यो दोस्रो जिम्मेवारी हो, देशको अस्तित्वको रक्षा गर्ने ।

अहिले पनि नेपाली काँग्रेसको मात्र होइन, सम्पुर्ण राजनीतिक दलहरुको काँधमा दोहोरी जिम्मेवारी नै आई परेको छ । पहिलो हो, एकजुट भएर दु्रत आर्थिक विकासतिर अगि बढ्ने । दोस्रो हो, लोकतन्त्रलाई मजबुत बनाइ देशको अस्तित्वको रक्षा गर्ने ।

सबैले मनन गर्नु पर्ने तथ्य के हो भने देशको आर्थिक विकास बिना न त लोकतन्त्र संस्थागत हुन्छ, न त नेपाली राष्ट्रियता मजबुत हुन्छ । त्यसैले नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई जोगाउदै नेपाललाई समृद्धशाली बनाउने हो भने नेपालका राजनीतिक पार्टीहरु लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग भई देशको आर्थिक विकासमा कम्मर कसेर लाग्नुको विकल्प छैन ।