

तेजनारायण गैरे
धान नेपालको प्रमुख खाद्यान्न बाली हो, जसले विश्वभरि ३.५ अर्बभन्दा बढी मानिसको जीवनयापनमा महत्वपूर्ण भूमिका खेल्छ । यसको उत्पत्ति हिन्दकुश हिमालयको फेदमा करिब ६ हजार वर्ष अघि भएको मानिन्छ र नेपालमा यसको खेती ऐतिहासिक रूपमा आर्यन सभ्यतासँगै विकसित भएको थियो । नेपालको भौगोलिक विविधताका कारण तराईदेखि हिमाली क्षेत्रसम्म (६० मिटरदेखि ३, हजार ५० मिटर उचाइसम्म) धान खेती हुन्छ, जहाँ जुम्ला विश्वकै सबैभन्दा अग्लो स्थानमा धान उत्पादन गरिन्छ । यहाँ स्थानीय रूपमा अनुकूलित ८२ भन्दा बढी उन्नत जातहरू र सयौं रैथाने जातहरूको संरक्षण गरिएको छ ।

विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । धान विश्वको करिब आधा जनसंख्याको आधारभूत खाद्यवस्तुको रुपमा रहेको छ । धान विश्व खाद्य तथा पोषण सुरक्षाको दृष्टिकोणबाट मानिसलाई लागि आवश्यक पर्ने क्यालोरीको प्रमुख स्रोत हो । धान खेती संसारमा करिब १६२ मिलियन हेक्टरमा लगाइन्छ र उत्पादन ५४३ मिलियन मेट्रिक टन भएको पाइन्छ । धानको उत्पादन तथा खपत करिब ८५ प्रतिशत एशियाली मुलुकहरुमा हुन्छ । उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन हो, भारत स्थान दोस्रो छ भने नेपाल १७ औं स्थानमा पर्दछ ।
धान नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समेत महत्वपूर्ण बाली हो । असार १५ नेपाली संस्कृतिको अभिन्न अंश हो, जहाँ हिलो खेल्ने, दहीचिउरा खाने, सामूहिक रोपाइँ र गीत गाउने परम्परा छ । धान जन्मदेखि मृत्युसम्मका धार्मिक कर्मकाण्डमा प्रयोग हुनुको साथै वर्षभरि मनाइने विभिन्न चाडपर्वहरुमा समेत यसकै वर्चस्व रहन्छ ।
नेपालमा मौसमको आधारमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदेधान (बोरो) को रुपमा धान खेती हुने गर्दछ । नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती गरिन्छ, जसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा वढी छ भने पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । अन्नबाली उत्पादनको कुल क्षेत्रफलको करिब ४३ प्रतिशतमा धान खेती हुने गरेको र कुल अन्नबाली उत्पादनमा ५५ प्रतिशत धानको हिस्सा रहेको छ । नेपालमा वार्षिक करिब १.५ खर्ब रुपैयाँ बराबरको धान तथा यसका उपउत्पादनहरु प्राप्त हुने गर्दछ । धानले नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ५ प्रतिशत योगदान गर्छ र कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत समावेश छ । नेपालमा कुल खाद्यान्न उत्पादनको करिब ५५ प्रतिशत खाद्यान्न धानबाट हुन्छ, जसले देशको वार्षिक ४० लाख टन चामलको माग पूर्ति गर्न योगदान रहेको तथ्यले धानले नेपालीको खाद्य तथा पोषण सुरक्षाको सुनिश्चिता कायमका साथै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको देखाउँछ ।
नेपालमा चामल केही दशकअघि धान निर्यातको इतिहास बोकेको मुलुक भएता पनि हालप्रति व्यक्ति चामल वार्षिक १३८ किलो उपभोग हुने माग उत्पादनले पूरा गर्न नसक्दा वार्षिक ७।५ लाख टन चामल आयात गर्नुपर्छ, जसको मूल्य रु.४०–५० अर्ब भन्दा बढी नेपाली रुपैयाँ विदेशिन पुगेको छ । आव २०८१÷०८२ मा १४ लाख २० हजार ६ सय हेक्टर क्षेत्रफलमा धान लगाइएको र ५९ लाख ५५ हजार ४ सय मेट्रिक टन धान उत्पादन भएको र उत्पालकत्व ४.१९ मेट प्रति हेक्टर भएको कृषि विभागको तथ्यांकले देखाउँछ । सरकारले धानमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । मागअनुसारको उत्पादन नहुँदा नेपाल प्रमुख खाद्यान्न बालीमा अहिलेसम्म परनिर्भर छ । कृषि विभागका अनुसार नेपालमा प्रतिवर्ष झण्डै ७० लाख मेट्रिक टन धान खपत हुन्छ । चालू आर्थिक वर्षमा नेपालको धान उत्पादन ५९ लाख ५५ हजार ४ सय मेट्रिक टन मात्रै छ । हालसम्म वार्षिक खपतको तुलनामा झण्डै १०.५ लाख मेट्रिक टन कम धान उत्पादन हुँदै आएको छ । सरकारले आव २०८२÷०८३ वजेट वक्तव्यमा आगामी दुई वर्षभित्र वार्षिक खपत बराबरकै धान उत्पादन गर्ने लक्ष्य लिएको भएता पनि लक्ष्य पूर्ति हुनेमा शंका मान्न सकिने विभिन्न आधार विद्यमान छन् ।
धानरचामलमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ सालदेखि असार १५ लाई धान दिवस मनाउन थालिएको हो । धान किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने परम्परा बसालेको छ । मानो रोपेर मुरी फलाउने दिनका रूपमा यस दिन अधिकांश स्थानमा रोपाइँ गरी धान दिवस मनाउने गरिन्छ । यसै पृष्टभूमि तथा परिस्थितमा धानको उत्पादन वृद्धि गरी यस बालीलाई राष्ट्रिय समृद्धि हासिलका लागि सहयोगी क्षेत्रको रुपमा स्थापित गर्न सम्पूर्ण सरोकारवालाहरुले ‘धान बालीमा सघनताः खाद्य शुरक्षा र आत्मनिर्भरता’ मूल नाराका साथ विगतमा झैं यस वर्ष पनि २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ विभिन्न तह र स्थानमा मनाइँदै छ ।
लक्ष्यअनुसार धानको उत्पादन बढाउन तथा सम्भाव्य उत्पादकत्व र वास्तविक उत्पादकत्वबिच रहेको अन्तर कम गर्न सकिने सम्भावना भएता पनि थुप्रै चुनौतिहरु छन् । ती चुनौती तथा समस्यहरुमा जलवायु परिवर्तनको असर, अनियमित मनसुन र प्राकृतिक प्रकोप (बाढी, पहिरो, सुख्खा), भरपर्दो सिचाइँ सुविधाको कमी केवल ५८५ जमिनमा सिँचाइ सुविधा छ, बाँकी ४२५ आकाशे पानीमा निर्भर छ, खेती योग्य जमिन घट्दै जानु (३० वर्षमा ७० हजार हेक्टर घटेर बस्ती र जंगलमा परिणत भएको), युवा श्रमशक्ति पलायन अपर्याप्त बजेट कृषि क्षेत्रलाई कुल बजेटको ३५ भन्दा कम, गुणस्तरीय मल मागेको परिमाण तथा समयमा उपलब्ध नहुनु, कृषकहरुको चाहनाअनुसारको गुणस्तरीय बिउ कमी तथा नयाँ र उच्च उत्पादन दिने जातभन्दा पुरानै जातहरु कृषकको रोजाइमा पर्नु, बिउ तथा जात फेर्ने परिपाटिको विकास नहुनु, उपयुक्त प्राविधिक सेवा, सहुलियत ऋण, बजारको सुनिश्चतता आदि हुन नसक्नु हो । यसको साथै धान चामलमा परनिर्भरता हुनुमा जनसख्या वृद्धिको तुलनामा धान उत्पादनको वृद्धि दर कम हुनु, खेतीयोग्य जमिन खण्डीकरण तथा घडेरीकरण, श्रम शक्तिको अभाव, सिँचाइ, भण्डारण तथा बजार पूर्वाधार प्रयाप्त नहुनु आदि तथा खाद्यान्न बालीको उपयोगमा विविधिकरण नहुनु, भाते संस्कृति (भात खादा समाजिक प्रतिष्ठा बढ्ने), मसिना तथा वासनादार चामलको उपयोगमा वृद्धि, आयातीत धानको गुणस्तर र मूल्यमा स्वदेशी धानले प्रतिस्पर्धा गर्न नसक्नु आदि कारणबाट धानरचामल माथिको परनिर्भरता दिनानुदिन वढ्दो छ ।
बढ्दो जनसंख्या वृद्धि तथा खाद्यसुरक्षालाई सुनिश्चित गर्न धान बालीको उत्पादन वृद्धि गर्न आवश्यक छ । यसका लागि तीनै तहका सरकारहरुले समन्वयात्मक रुपमा तथा रणनैतिक प्रयासको सुरुवातको अझ प्रभावकारी गर्नु आवश्यक छ । धान चामलको परनिर्भता कम गर्न तथा देशलाई सम्भावित खाद्य संकटको अवस्थाबाट टाढै राख्न धानमा आधारित खेती प्रणालीको प्रवद्र्धन एक सहयोगी प्रयास हुन सक्ने देखिन्छ । यसका लागि उन्नत तथा नवीन प्रविधिहरुको अनुसरण एवं आवश्यक पूर्वाधारको विकास गरी धान र चामलमा आत्मनिर्भरतासँगै राष्ट्रिय समृद्धि हासिलका लागि सहयोग पु¥याउन धान उत्पादनमा उल्लेख्य वृद्धि गर्न वर्षे धानको उत्पादकत्व वृद्धि, चैते धानको क्षेत्र विस्तार तथा हिउँदे सिजनमा बाँझो रहने तर हिउँदे धान खेतीका लागि उपयुक्त तराईको जमिनमा हिउँदे धान खेती प्रवद्र्धन एवम् धान क्षेत्रलाई उद्योगसँग आवद्ध गर्नु अपरिहार्य देखिन्छ ।
यसको साथै उत्पादकत्व वृद्धि गर्न सकिने तथ्यलाई मध्यनजर गर्दै उत्पादन वृद्धिका लागि गुणतरीय उन्नत जातको बिउको प्रयोगलाई बढावा दिन हालसम्म नेपालमा तराई, मध्य पहाड र उच्च पहाडको लागि सूचित गरिएका खुल्ला सेचित र हाइब्रिड प्रयोगको ब्यापकता ल्याउन अनुदानमा धानको बिउ उपलब्ध गराउने, सामुदायिक बिउ बैंकमार्फत रैथाने जातको संरक्षण गर्दै उत्पादनशील जातलाई प्रोत्साहन दिने, शुख्खा क्षेत्रमा जलवायु अनुकूल जात सुक्खा १, ६, हर्दिनाथ २, डुवान सहनसक्षम स्वर्णासव १ को प्रयोग गरी उत्पादन बढाउने, धानको उत्पादकत्व वृद्धिका लागि रासायनिक मलको सहज तथा सुलभ उपलब्धताको लागि अनुदानमा मलखाद वितरणलाई विशेष प्राथमिकतामा राख्ने, हरियो मल गोबर, कम्पोष्ट र एजोला प्रयोगद्वारा माटोको उर्वराशक्ति बढाउने, सिँचाइ सुविधा विस्तरका लागि सबै तहबाट विशेष प्राथामिकता दिने, उन्नत कृषि प्रविधिको प्रयोग कृषकका घरसम्म सुलभ तरिकाले पु¥याउन प्राविधिक जनसक्ति बढाउने, कृषि प्रसार तथा अनुसन्धानलाई प्रभावकारी बनाउन उचित बजेटको व्यवस्था, सुलभ कृषि ऋणको व्यवस्था, कुलो नहर बोरिङ वर्षापानी सञ्चयन कार्यक्रम तथा हालको कृषि मजदुरको कमीलाई संबोधन गर्न एवं उत्पादन लागत घटाउन नेपालको भौगोलिक परिवेश सुहाउँदो कृषि यन्त्रहरुको कृषि यान्त्रिकरण प्रवद्र्धन तथा प्रविधि प्रसारका बढावा दिने आदि ।
यसका अतिरिक्त किसानहरुलाई प्रतिस्पर्धी बनाई बचत सुनिश्चित गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अङ्गिकार गरेको ‘संरक्षित कृषि, सुनिश्चित बचत’ को नीति कार्यान्वयनका लागि बाली लगाउनुअगावै उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने एवं कृषि बिमालाई प्रभावकारी कार्यान्वयन गर्ने तथा यदि तोकिएको मूल्यमा ब्यापारीबाट खरिद नभएकमा सरकारले खाद्य बैंकरस्टोरलगायतका पुर्वाधार तथा संरचना विकास mगरी खरिद गर्ने व्यवस्था मिलाउने, नेपाली चामल ब्रान्डिङ गरी वैदेशिक बजारमा पहुँच कायम गर्ने । यस्ता धान उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सकेमा मात्र धान र चामलमा आत्मनिरभतासँगै अहिलेको प्रतिकूल परिस्थितिको सामना गर्न सक्षम हुने आधारहरु स्थापित हुन सक्दछ ।
अन्त्यमा धान नेपालको अर्थतन्त्र, संस्कृति र खाद्य सुरक्षाको रिढ हो । यसको उत्पादन बढाउन जलवायु अनुकूल प्रविधि, सिँचाइ सुधार र नीतिगत सहयोग जस्ता समाधानहरू समन्वय गर्नुपर्छ । तिनै तहको सरकार, निजी क्षेत्र र किसान संगठनहरूको साझा प्रयासले नेपाललाई धानमा आत्मनिर्भर बनाउन सकिन्छ । जसले आयात प्रतिस्थापन भई विदेशी मुद्रा बचत गर्नेछ र ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने हुन्छ । यसर्थ हामी २२ औं धान दिवस मनाइ रहँदा हामी सबै तह, क्षेत्र र तप्काबाट धानको उत्पादन बढाई देशलाई धानमा आत्मनिर्भर बनाउन प्रयास गरौं । ‘कृषि मुलश्चः जीवनम्’ । (लेखकः सेवा निवृत्त वरिष्ठ कृषि अधिकृत हुन् ।)