पैसाको घमण्ड नगर– ‘कात्रोमा अझैसम्म कसैले गोजी बनाएको छैन’

मेचीकाली संवाददाता

२५ भाद्र २०७८, शुक्रबार
1229 shares

दिल प्रसाद पौडेल
लाग्छ जिन्दगीले आजसम्म खसेका मेरा आसुका थोपा एक एक गरेर गनिदिने हो भने सायद महासागर नै बन्थ्यो होला । मैले गरेका अनेकौं संघर्षका झालहरु बटुल्दै जान्थ्यो भने पीडा, तर्कना, चोट र चित्कारका पिण्डहरु एक एक गरेर पल्ट्याईदिदो हो त एउटा भिषण पहिरो नै बन्थ्योहोला । मेरा करुणाका क्रन्धित आवाजको गति नाप्ने यन्र भैदिएको भए सांच्चिकै कति मापन हुन्थ्योहोला । हररात हरपल पैसै पैसा भनेर भनेर तड्पेका प्रहरहरु खोतलेर चिना टिपन लेखाउनै दिएको भए मेरा भाग्यका रेखाहरु कति घट्बढ भएहोला । गोधुलिमा रोईरहने र कराईरहने झ्याउकिरीले पनि आजभोली मलाई छोडेको छ ।

आसुले भिजेका परेली सुकाउन दन्काईरहेको मनको आगो जिन्दगी नै ओझेलमा परेपछी अझै ओभाउन सकेका छैनन् । मुसलधारे वर्षातमा चिरा चिरा परेको पहाड जस्तै छाती अझै फाटिरहेको छ । मनमा गएको पहिरो र आशाको बाढीले मेरा सबै रहर र चाहाना बगाईदिएको छ । पैसा कमाउन नसकेर बेरोजगार बन्दा गाउँ समाजको त कुरै नगरौ आफ्नै घरपरिवार र आफन्त बाट पनि एक्लो भैदो रहेछ । जति सपना बुनेपनी च्यातिदारहेछन । जति माया बाँड्न खोजेपनी असफल भैदोरहेछ । सधै अरुको उदाहरण दिएर आफुलाई तुलना गर्दा र पैसा कमाउन नसकेर अरुले तोरीलाउरे भन्दा अनि जिवनभर परिवार, आफन्त र समाजको लागि कदापी अबिचलित नभैइकन अबिछिन्न रुपमा अनवरत प्यारका छालहरु अविरल बगाईरहँदा पनि तगारो आफै बनिदोरहेछ ।

त्यही भएर नै आजभोली जिन्दगी सँग मेरो गुनासो छ । ए जिन्दगी ? मेरो चाहाना अनि भावना र सपनासँग कति लडिबुडी खेलिरहन्छस् । म पनि मान्छे हुँ यार किन खेलौना बनाईरहेको छस । आखिर म बाट फाईदा लुटेर छोडिस हैन ? मैले जुन भरोसा तँ माथी गरेको थिएँ आज त्यही यस्तो नमज्जाले पछारिदिईस हैन ? आज मेरा आँखा खोलिदिएको छस कहिल्य नचिम्लिने गरि तलाई धन्यवाद । जसले तलाई छोटो समयमा नै रंगिन बनायो अनि हरेक पल खुशी दियो आज याद मात्र बल्झाउने गरि चिन्ताको भुमरीमा घचटेर गईस । यहाँ त रात होइन सपना बदलिदा रहेछन, गन्तव्य होइन बाटो बदलिदो रहेछ, यत्ती त याद राख ए जिन्दगी !

मेरो भाग्य बदलिएला या नबदलिएला अपसोच समय अवश्य बदलिने छ कुनैदिन । म त आजभोली जिन्दगीको त्यही यात्रामा छु जहाँ यात्रा गर्दा मेरा पैताला चिरिएर वा खुट्टा दुखेर केही फरक पर्दैनथ्यो तर दिल दुखेपछी केही लाग्दो रहेनछ । मलाई मेरो जिन्दगीले यहि पाठ सिकायो म खुल्ला किताब रहेछु हेर्नेहरुले सबै बिषयवस्तु हेरेपछी कुल्चेर गए ।

मेरो जिन्दगी आज त्यही चन्द्रमा जस्तै बन्यो जस्ले शान्त बनेर शितका थोपा झा¥यो, अँध्यारो रातलाई उज्यालो बनायो तर उ सधै एक्लो बनिरहेको छ । जब सम्बन्ध नया हुन्छ मान्छेहरु कुरा खोतल्न बाहाना खोज्दारहेछन अनि जब सम्बन्ध पुरानो हुँदै जान्छ टाढा हुने बाहाना खोज्दारहेछन । सबै खेल आफ्नै मनको रहेछ मनले माने हार हुदोरहेछ अनि त्यही मनले चाहे आधार भेटिदोरहेछ जित हुदोरहेछ । तर कसैको पाउ मोलेर सफल हुनुभन्दा आफैले अठोट गरेर केही बन्ने कोसिस गर्दा पनि तगारो आखिर मान्छे नै बन्दोरहेछ ।

गरीबको कोखमा जन्मनु म जस्तै धेरैको नियती हो । एकदमै गरीब परिवारमा म होइन मलाई जन्माउने मेरी आमाले छुट्याएको समय रहेछ । आमाले उपहार स्वरुप मेरो जन्मको लागि प्रसबको पुडा लुकाएको त्यो समय आज कसैले ममता र माया के हो भनेर कसैले सोध्यो भने म जिल्ल पर्छु ।

जिवनमा कसैको माया ममता नमिस्सिएपछी दाना नलागेको थोते मकै जस्तै जिन्दगी अज्ञानताको डिलमा उभिएर टुलुटुलु हेरि बसेको छु अनि एकतमासले भुईमा हेर्दै खुट्टाको बुढी औलाले माटो कोट्ट्याउदै रुदै गरेको छु । जिन्दगी यस्तो चिज रहेछ जसलाई थुम्थुमाउने, फकाउने फुलाउने कोहि नभएपछी रुनु के का लागि जस्तै लाग्छ अचेल ।

बिरलोले मुसो ड्वाके झै गरि कसैले खाँदै गरेको भाऊमा कुकुरले ¥याल चुहाउदै जुठ्याल्नामा फ्याँकेका भातका सिताहरुमा जिब्रो लतारे झै घुटुक्क थुक निलेर शान्त बन्नुपरेको छ । आखिर जिन्दगी के रहेछ यहाँ मान्छेहरु सेवाका लागि नभैइ स्वार्थका लागि सम्बन्ध जोड्दा रहेछन । अझै घमण्ड के का लागि गर्छौ पैसाको ? याद गर पैसा जति कमाएपनी आखिर मर्दा बेरिने कात्रोमा अझैसम्म गोजी कसैले बनाएको छैन । जदौ ।।।
जैमिनी–१० राङ्खानी, बागलुङ ।