मिलन गाहा
मध्यपहाडी लोकमार्ग, जसलाई पुष्पलाल (मध्यपहाडी) लोकमार्ग पनि भनिन्छ, नेपालको समग्र आर्थिक, सामाजिक र भौगोलिक एकीकरणको एक महत्वपूर्ण आधारस्तम्भ हो । पूर्वको ताप्लेजुङस्थित चियाभञ्ज्याङदेखि पश्चिमको बैतडीको झुलाघाटसम्म फैलिएको करिब १,८७९ किलोमिटर लामो यो राष्ट्रिय राजमार्ग केवल सडक संरचना मात्र होइन, पहाडको भविष्य जोड्ने समृद्धिको सेतु हो ।
यससँगै पूर्व–पश्चिम फैलिएको करिब १,२०० किलोमिटर लामो मदन भण्डारी मार्गले तराई र पहाडलाई समानान्तर रूपमा जोडेको छ । यी दुवै मार्गले नेपालको आर्थिक विकास, वैकल्पिक यातायात, राष्ट्रिय सुरक्षाका दृष्टिले समेत महत्वपूर्ण भूमिका खेलेका छन् । विशेषगरी विभिन्न समयमा भारतले लगाएको नाकाबन्दी तथा तराई केन्द्रित आन्दोलनका बेला देशको आन्तरिक आवागमन र आपूर्ति सुरक्षित राख्न मध्यपहाडी मार्ग रणनीतिक विकल्पका रूपमा स्थापित भएको छ ।
समृद्धिको संकल्प यात्रा
मध्यपहाडी लोकमार्गलाई केवल सडक होइन, हिमाल–पहाड–तराईलाई एक सूत्रमा बाँध्ने राष्ट्रिय आकांक्षाका रूपमा स्थापित गर्ने उद्देश्यसहित २०८० मंसिर १४ गते बैतडीको झुलाघाटबाट ‘समृद्धि यात्रा’ सुरु गरिएको थियो । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीद्वारा राष्ट्रिय झण्डोत्तोलनसहित उद्घाटन गरिएको यो यात्रा झुलाघाटदेखि चियाभञ्ज्याङसम्म फैलिएको थियो । यसले मार्गको राजनीतिक, आर्थिक र भावनात्मक महत्वलाई थप उजागर ग¥यो ।
अनुभव र सौन्दर्य
यो मार्ग केवल आवागमनका लागि होइन, अनुभूतिको यात्रा पनि हो । गर्मी मौसममा समेत शीतल अनुभूति दिने पहाडी वातावरण, हरियाली डाँडाकाँडा, खोला–नदी, झरना र मौलिक बस्तीहरूले यात्रालाई स्मरणीय बनाउँछन् । आफ्नै सवारी साधनमा यात्रा गर्दा प्रकृतिसँगको प्रत्यक्ष साक्षात्कार यो मार्गको विशेषता हो ।
कृषि, रोजगारी र आत्मनिर्भरता
मध्यपहाडी लोकमार्गले पहाडी किसानका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ । तरकारी, फलफूल, दूध, अदुवा, अलैंची, कफी जस्ता कृषि उत्पादन अब छिटो र सहज रूपमा तराई तथा शहरी बजारसम्म पुग्न थालेका छन् । यसले बिचौलियाको प्रभाव घटाएर किसानको आम्दानी बढाएको छ । मल, बिउ, औजार ढुवानी सजिलो हुँदा उत्पादन लागत घटेको छ भने व्यावसायिक कृषि, पशुपालन र स्वरोजगारका अवसर सिर्जना भएका छन् ।
लुम्बिनी–कर्णाली जोड्ने मेरुदण्ड
यो लोकमार्गले लुम्बिनी र कर्णाली प्रदेशलाई जोड्ने महत्वपूर्ण भूमिका खेलेको छ । कोहलपुर–रामाघाट–छिन्चु–सुर्खेत–मेहेलकुना–चौरजहारी–जाजरकोट–मुसिकोट हुँदै अघि बढ्ने खण्डले दुर्गम कर्णालीलाई राष्ट्रिय मूलधारसँग जोडेको छ । सानो भेरी, ठुलो भेरीसहितका नदी, झरना र प्राकृतिक सौन्दर्यले यस खण्डलाई पर्यटनको दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त बनाएको छ ।
यस्तै, रुकुम–रोल्पा–थवाङ–लिवाङ हुँदै दाङ र रुपन्देही पुग्ने खण्ड ऐतिहासिक, सांस्कृतिक र राजनीतिक रूपमा समेत महत्वपूर्ण छ । यसले आन्तरिक पर्यटन, व्यापार, होटल तथा सेवा क्षेत्रको विस्तारमा टेवा पु¥याएको छ ।
मध्यपहाडी लोकमार्ग आज केवल सडक परियोजना होइन, सन्तुलित विकास, राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रको आधार बनेको छ । यसले दुर्गम पहाडलाई तराईसँग, उत्पादनलाई बजारसँग र जनतालाई अवसरसँग जोडेको छ । यात्राका क्रममा आफ्नै आँखाले देखिएका यी परिवर्तनहरूले यो मार्ग नेपालको समृद्धिको दीर्घकालीन मेरुदण्ड बन्ने स्पष्ट संकेत गर्छ ।
अब आवश्यकता छ–यसको समयमै स्तरोन्नति, पर्यटन र उत्पादनसँग प्रभावकारी जोड र स्थानीय जनजीवनसँग अझ गहिरो एकीकरणको । यही बाटोले समृद्ध नेपालको यात्रालाई अघि बढाउनेछ ।
सन्तुलित विकासको दीर्घकालीन आधार
मध्यपहाडी लोकमार्ग नेपालको भौगोलिक एकीकरण मात्र होइन, आर्थिक आत्मनिर्भरता र सन्तुलित विकासको दीर्घकालीन आधार हो । हिमाल–पहाड–तराईलाई एक सूत्रमा बाँध्ने यस मार्गले वैकल्पिक यातायात संरचना प्रदान गर्दै राष्ट्रिय सुरक्षा, आपूर्ति सहजता र आन्तरिक आवागमनलाई मजबुत बनाएको छ । पूर्वदेखि पश्चिमसम्म फैलिएको यो राजमार्गले दुर्गम पहाडी भूभागलाई राष्ट्रिय मूलधारमा जोडेर राज्यको विकास दृष्टिकोणलाई केन्द्रबाट गाउँसम्म विस्तार गरेको छ ।
यस लोकमार्गले कृषि, पर्यटन, व्यापार र रोजगारीका नयाँ सम्भावना सिर्जना गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोडेको छ । कर्णाली र लुम्बिनी जस्ता प्रदेशलाई नजिक ल्याउँदै सांस्कृतिक एकता, आर्थिक आदान–प्रदान र सामाजिक रूपान्तरणलाई गति दिएको छ । समग्रमा, मध्यपहाडी लोकमार्ग भौतिक पूर्वाधार मात्र नभई नेपाली समाजको समृद्धि, आत्मविश्वास र राष्ट्रिय एकताको साझा यात्राको प्रतीक हो ।
लोकमार्गले जगाएका सम्भावना
मध्यपहाडी लोकमार्गले नेपालको भौगोलिक र आर्थिक समेकनमा ठुलो सम्भावना बोकेको छ । करिब १,८७९ किलोमिटर लामो यो मार्गले पहाडी जिल्लालाई एकअर्कासँग र तराईको बजारसँग प्रत्यक्ष जोडेर कृषिजन्य उत्पादन (तरकारी, फलफूल, मसला, डेरी उत्पादन) छिटो र सस्तो रूपमा बजारसम्म पु¥याउन सक्ने वातावरण तयार गरेको छ ।
जसले बिचौलियाको भाग घट्छ र किसानको आम्दानी सुधार्छ । मार्गले लुम्बिनी–कर्णाली जस्ता पछाडि परेको प्रदेशहरूलाई राष्ट्रिय इकाइको केन्द्रसँग जोडी समाजिक सेवाको पहुँच (स्वास्थ्य, शिक्षा, प्रशासकीय सेवा) सुधार्नेछ र आन्तरिक पर्यटन प्रवद्र्धन गरी स्थानीय रोजगारी सिर्जना गर्ने सम्भावना बढाउँछ । साथै मधेस र तराईमा भइरहने जाम, भिडभाड र आन्दोलनका प्रभावलाई न्यूनीकरण गर्दै वैकल्पिक आपूर्ति मार्गको रूपमा राष्ट्रिय आपूर्ति सञ्जाललाई लचकता प्रदान गरेको तथ्यपरक अनुभवबाट देखिएको छ ।
दीर्घकालीन दृष्टिले मध्यपहाडी लोकमार्गले क्षेत्रीय सन्तुलन र आर्थिक समानता स्थापित गर्न महत्वपूर्ण प्रभाव पार्नेछ । नियमित सडक सञ्जाल, यातायात सहजता र बजार उपलब्धता भएमा व्यवसाय र उद्योग विस्तारले स्थानिय उद्यमशीलता तथा स्वरोजगारलाई प्रवद्र्धन गर्नेछ; प्राथमिक तहको पहुँच सुधारले मानवीय विकास सूचक (आय, स्वास्थ्य, शिक्षा) माथि सकारात्मक प्रभाव पार्ने सम्भावना छ तथापि यो प्रभाव दिगो हुनका लागि सडक मर्मत, भूस्खलन र वातावरणीय चुनौती व्यवस्थापन, कालोपत्रेकरण तथा सन्तुलित पूर्वाधार (कुलोप, सन्चयन चेन, सोलार÷पानी व्यवस्थापन) मा दीर्घकालीन योजनाको कार्यान्वयन गर्न अपरिहार्य छ । लोकमार्गले पर्यटन र व्यापारको अवसर खोल्दा स्थानीय संसाधन र सांस्कृतिक पहिचानको संरक्षण, समावेशी नीति र स्थानीय सीपमाथि जोड नदिने हो भने आर्थिक लाभ असमान बाँडिने जोखिमा पनि पर्नेछ–त्यसैले अविलम्ब; समन्वित नीतिगत योजना, स्थानीय सहभागिता र पर्यावरणीय संरक्षणलाई प्राथमिकतामा राखेर कार्यान्वयन आवश्यक छ । (लेखकले यो यात्राका क्रममा अनुभव गरेका विषयलाई यात्रा संस्मरणका रुपमा यहाँ प्रस्तुत गरेका छन् ।)
