मगर दिवसको सान्दर्भिकता

मेचीकाली संवाददाता

१५ फाल्गुन २०८२, शुक्रबार
117 shares

मिलन गाहा

सबैभन्दा पहिले नेपाल मगर संघको औपचारीक स्थापना दिबशका अबशरमा सबैमा हार्दिक मंगलमय शुभकामना । आजका दिन नेपाल सहीत बिष्वभरी छरीएका मगर समुदायले ४४ औ मगर संघ स्थापना दिबश उल्लासका साथमा मनाउदैछन् । सामाजीक सास्कृतीक र भाषीक सहीत आफ्नो परम्परा जोगाउन स्थापना गरीएको दिन राजनैतीक अधिकार स्थापना गर्नका लागी राज्यको मुलधारमा पुग्न समुदायलाई एकीकृत गर्न स्थापना गरीको दिन मगर दिबश मान्न सकीन्छ. ।
मगर नेपालका प्रमुख आदिवासी जनजातिहरूमध्ये पहीलो जनसंख्या ओगटेको समुदाय हो । समग्रमा तेश्रो स्थानमा रहेका छन् कुल जनसंख्याको ७ प्रतीशत यो समुदायको उपस्थीती छ । नेपालको इतिहास, र परबिर्तनमा मगर समुदायले ठुलो त्याग गरेका छन् । बि स १९३३ मा लखन थापा मगरले आफ्नो ज्यानको आचहुती दिन परेको थियो जंग बहादुरको जहानीया शासनका बिरुद्धमा पहीलो आवाज उठाउने शाहस गरेकै भरमा उनलाई फासी दिएको थियो । नेपालको परीबर्तनमा पहीलो बिगुल फुक्ने मगरको योगदान लाई राज्य सत्ताले अझैपनी न्याय दिन सकेको छैन ।

मगर समुदायले राज्य संग बिभीन्न मागहरु राखेको भएतापनी पुरा हुन सकेको छैन । लखनलाई राष्ट्रीय बिभुती घोषणा गर्न , पठन पाठनमा लखनको जिबनी राख्न, संग्रहालय स्थापना गर्न ,र बिष्व बिधालय स्थापना गर्नका लागी संस्थागत रुपमा नेपाल मगर संघले माग गरकेो छ ।
मौलीकता संस्कृति र सैन्य परम्परामा मगर समुदायको महत्वपूर्ण योगदान रहेको छ। बिगतको राज्य ब्यबस्थाले मगर समुदायलाई बिदेशका शैन्यमा भर्ती गर्ने र ब्यबस्थाले नेपालको शासन ब्यबस्थामा सहभागीता हुन सकेनन् । हाल पनी राजनीती र निती निर्माण तहमा यो समुदायको उपस्थीती न्युन रहेको छ ।
मगर एकता,
मगर समुदाय बिगतमा प्रकृती पुजक भएतापनी बर्तमानमा बिभीन्न धर्ममा बिभाजन र बिभीन्न राजनैतीक आस्थामा बिभाजन गरेको छ । भने जातीगत हिसाबमा मगर समुदायलाई एक शुत्रमा बांध्न सकेको छैन आस्था र बिचारले छिन्न हुदा आफ्ना अधिकार स्थापनामा जोड पुग्न सकेको छैन।

नेपालमा मगर समुदायको बसोबास सबै भुभागमा भएतापनी सघन बस्तीका रुपमा मगरहरू मुख्यतः नेपालको मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्छन्। विशेष गरी गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेशका अधिक जिल्लाहरु जस्तै रोल्पा, रुकुम, पाल्पा, म्याग्दी, नबलपरासी आदि मगरहरूको बाक्लो बसोबास भएका क्षेत्र हो ।
मगर समुदायको आफ्नै मौलीक भाषा भाषा, मगरहरूको आफ्नै भाषा “मगर भाषा” हो, जसका विभिन्न उपभाषाहरू छन्, जस्तैः मगर ढुट, मगर खाम, मगर काइके समुदायका भाषा हुन । बाह्र मगरात र अठाह्् मगरातमा आफ्नै खालका भाषाहरु रहेको छ ।
तर बिगतमा राज्यको बिभेदले सबै मगर समुदायले आफ्नो भाषा बोल्नबाट बन्चीत भएका छन् । जस्का कारण आफ्नो मौलीकता र एकतामा बिभाजन पनी आएको समुदायका अगुवाको आकलन छ ।
धर्म र संस्कृति, मगर समुदायले परम्परागत रूपमा प्रकृतिपूजकभएतापनी राजयको धार्मीक ब्यबस्थाले पछि हिन्दू र बौद्ध धर्मको प्रभाव परेको पाइन्छ ।
मुख्य चाडपर्वहरूः भूमे पूजा भुम्याल पूजा,माघे सङ्क्रान्ति मगरहरूको आफ्नै मौलिक नाच “मारुनी नाच” प्रसिद्ध छ। भने सबै पर्बहरुलाई मगर समुदायले अंगालेको छ । सबै प्रती समान ब्यबहार गर्न सक्ने भएकाले समुदाय लोकतन्त्र प्रती प्रतीबद्ध रहन्छन् आफ्नो घरमा यस्ता कुराहरु अबलम्बन गर्छन् ।

पहिले मगरहरू मुख्य रूपमाः,, कृषि,पशुपालन,सैनिक सेवा मा संलग्न थिए। विशेष गरी ब्रिटिश गोर्खा र भारतीय गोर्खा सेनामा मगरहरूको उल्लेखनीय योगदान छ । जस्का कारण लउनीहरु राज्यको मुल धारबाट निकै टाढा रहेका छन् । बर्तमान समयमा २०७२ को सबीधानमा भएका ब्यबस्था र केही परीबर्तनका कारण राज्यको बिभीन्न निकायमा उपस्थीती भएतापनी प्रयाप्त रुपमा जातीय जनसंख्याको हिसाबमा न्युन उपस्थीती रहेको छ । पछील्ला दिनहरुमा निजामती सेवा सहीत बिभीन्न राजयका अगहरुमा मगर समुदायको उपस्थीती रहदै आएको छ ।
सामाजिक संरचनाका हिसाबमा मगर समुदाय विभिन्न थर (कुल) पाइन्छन्, थापा, राना, पुन, आलेसहित करीब ११ सय थर उपथरहरु मगर समुदायमा रहेको छ ।
नेपालमा मगर समाज र संघको स्थापना २०१२ शालदेखि नै स्थापित एक अबिछिन्न संस्था हो । यसलाई व्यस्थीत गर्न समाजको ठुलो योगदान छ । नेपालमा मगर समुदायले राजनैतीक नभई साँस्कृतीक रुपमा आफुलाई स्थापीत गर्दै आएपनि पछिल्लो समय नीति बनाउने थलो राजनीति भएकाले राजनैतीक रुपमा समुदायको बिकासलाई प्राथपमकता दिदै आएको छ । विगतमा बाइसे चौबिसे राज्य व्यवस्थामा मगर समुदायले राज्य सञ्चालन गरेतापनि पछि ति राज्यहरु एकीकरणका नाममा खोसीएको थियो ।
इतिहास अनुसार मगरहरू मध्य–पश्चिम नेपालका पहाडी क्षेत्रमा साना–साना राज्य (बाइसे–चौबिसे राज्य) मा संगठित थिए। पाल्पा, कास्की, लमजुङ, तनहुँ आदि क्षेत्रमा मगर शासकहरूको प्रभाव थियो।

नेपाल एकीकरणअघि मगर शासित राज्यहरू स्वतन्त्र वा अर्ध–स्वतन्त्र थिए। तीमध्ये पाल्पा राज्य महत्वपूर्ण मानिन्छ, जहाँ मगर र सेन वंशको शासन थियो ।
१८औँ शताब्दीमा गोरखाका राजा पृथ्वी नारायण शाहले साना राज्यहरूलाई एकीकृत गर्ने अभियान सुरु गरे। यस क्रममा बाइसे–चौबिसे राज्यहरू क्रमशः गोरखा राज्यमा गाभिए ।
मगर शासित क्षेत्रहरू पनि युद्ध र सन्धिमार्फत गोरखा अधिनमा आए । केही स्थानमा प्रतिरोध भए पनि अन्ततः ती राज्यहरू नेपाल राज्यमा समाहित भए । बिलय हुनुका मुख्य कारण गोरखा राज्यको बलियो सैन्य शक्ति साना राज्यहरूबीच आपसी एकता अभाव रणनीतिक रूपमा गोरखाको विस्तार नीति
मगरहरू राज्यसत्ता गुमाए पनि नेपाल एकीकरणमा महत्वपूर्ण सैनिक शक्ति बने। पछि गोर्खाली सेनामा मगरहरूको ठूलो योगदान रह्यो ।

यसरी खोसीएको राज्य सत्ताहरुमा आजपनी उपस्थीती न्युन रहेको छ । मगर समुदाय आफैमा लिबरल समुदाय हो आजका दिनमा औपचारीक रुपमा ४४ औ स्थापना दिबश मनाउदै गर्दा समुदायको एकता मानबीय बिकाश शैक्षीक, आर्थीक, भाषा सस्कृती सहीत बहुआयामीक बिकाशमा राज्यको नितीले छेक्न नसकोस र मगर समुदायले हरेक परीबर्तनमा गरेको त्याग तपस्यालाई संस्थागत गर्नका लागी दबाब श्रृजना गर्ने हेतु रहेको मगर अगुवाहरु बताउछन् । नेपालको एकतालाई शिरमा राखेर आफ्ना मागहरु सधै राखीरहने नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन बताउछन् । देशभरी रहेको मगर समुदायको अभियान पनी यही हो आफ्ना अधिकार स्थापीत गराउदा सबैको समान अधिकार स्थापीत गर्न मगर समुदायले त्याग गरेकै छ । बिगतमा आफ्ना राज्य गुमाएर पनी सिगो नेपाल बनाउन अस्तीत्व गुमाएको हो । सबै समुदायको शाझा बिकाश नै सम्बृद्ध नेपालको परीकलपना साकाहार हुन भौतीक मात्र नभएर मानबीय सम्बेदनाको बिकाश आबस्यक छ ।

हिजोका दिनमा खोसिएका बिभीन्न संरचनाहरु भाषा संस्कृतीको संरक्षण गर्ने जिम्मा पनी राज्यकै हो । वर्तमान समयमा तिन तहका सरकारले मगर समुदायको बिकासमा जती गर्न पर्ने हो त्यती गरीरहेको छैन । देशमा आफ्नो पहीचान बोकेर बाच्न पाउनु उसको नैसर्गीक मानब अधिकार भित्रको मुल्य मान्यतालाई संस्थागत गर्नुपर्नेछ । राज्यले आजको दिनलाई समुदायको खुसी जगेर्ना गर्न पहल कदमी लिनु पर्नेछ । (लेखक नेपाल मगर पत्रकार संघ केन्द्रीय समितिका सचिव हुन् ।)