शैक्षिक क्षेत्रमा लगानी बढाउनुपर्ने सरोकारवालाको धारणा

मेचीकाली संवाददाता

८ आश्विन २०७८, शुक्रबार
497 shares

सुनिल आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिकाले शैक्षिक क्षेत्रमा लगानी लगाउनु पर्छ भन्ने बिषयमा सरोकारवालाहरूले धारणा राखेका छन । औपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तु मानव अधिकार समुह बाणगंगाको आयोजना तथा शिक्षाका लागि राष्ट्रिय अभियान समन्वय समिती कपिलबस्तुको समन्वयमा असोज ८ गते शिक्षाको अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त धारणा राखेका हुन ।

कार्यक्रममा मानव अधिकार एलाईन्स जिल्ला अध्यक्ष रोमकान्त घिमिरेले शिक्षाको अधिकार सम्बन्धी सबैधानिक व्यवस्था, विद्यामान शिक्षा निति र प्रावधान कार्यान्वयनको अवस्था तथा बाणगङ्गा नगरपालिकामा शिक्षाको अवस्थाको विषयमा आधारपत्र प्रस्तुत गर्नु भएको थियो । धारपत्रमा शिक्षा क्षेत्रमा देखिएका समस्या तथा कोभिड–१९ ले पारेको समस्या र समाधानका उपाय लगाएतका बारेमा उल्लेख गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी एवं बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले शैक्षिक क्षेत्रमा ५ वर्षको अन्तरालमा आमुल सुधार भएको बताए । माध्यमिक बिद्यालय संचालकहरुले भौतिक निर्माणमा ध्यान दिने तर शैक्षिक गुणस्तरमा त्यती ध्यान नदिई रहेको अवस्थामा त्यसलाई पनि सुधार गर्दै आएको बताए ।

यस्तै शिक्षण सिकाई उपलब्धिलाई ६५ प्रतिशत पु¥याउने लक्ष्य रहेको समेत जानकारी दिए । कोभिड १९ का कारण बिद्यालयहरु संचालन नहुँदा सोचे जस्तो उपलब्धि प्राप्त गर्न नसकेको बताए । बिद्यालयको भौतिक निर्माणकालागि आबश्यक केके छन् त्यसकालागि योजना बनाएर नगरपालिकामा ल्याउन बिद्यालयका प्रधानाध्यापकहरुलाई उपप्रमुख अर्यालले आग्रह गरे ।

शैक्षिक क्षेत्रलाई अगाडी बढाउनका लागि नगरले समस्यालाई पहिचान गरेर कार्ययोजना अनुसार अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाको शिक्षाको क्षेत्रलाई सचेत बनाउनका लागि पहल गर्दै बिद्यालयहरुमा अनुगमन गर्दा देखिएका समस्याहरुलाई अन्तरक्रियामा ल्याईदिएकोमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानव अधिकार समुहलाई धन्यवाद दिए ।

वडा नं. १ का अध्यक्ष बाल कुमारी पन्त अधिकारीले शिक्षामा केही परिबर्तन भएको बताइन सरकारी बिद्यालयमा पढाउने शिक्षकहरुले गुणस्तरिय शिक्षामा ध्यान दिन जरुरी देखिएको बताउँदै शिक्षालाई अगाडी बढाउन के गर्नुपर्छ वडाबाट र नगरपालिकाबाट हुने सहयोगकालागि आफु प्रतिबद्धता जनाइन । बाणगङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले शिक्षाको अधिकार अन्तरर्गत आधारभुत शिक्षा निशुल्क र अनिवार्य तथा माध्यमिक शिक्षा निशुल्क भनिए पनि कार्यान्वयन हुन नसकेको बताए ।
बिद्यालय व्यवस्थापनका लागि बिद्यायालय व्यवस्थापन समिती र प्रधानाध्यापकले योजना बनाएर अगाडी बढ्न सके बालबालिका मैत्री बिद्यालय पुर्ण रुपमा बनाउन सकिने बताए ।

यस्तै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष टिकाराम पौडेलले शैक्षिक क्षेत्रलाई दिगो बनाउन राज्यले ठुलो लगानी लगाउनु पर्ने बताए । राज्यले पोलिसी बनाउन सकेमा केही मात्रामा शिक्षामा परिबर्तन आउने बताए । कपिलवस्तु नागरिक समाजका अध्यक्ष डोलख बहादुर पछाईले राज्यले निशुल्क शिक्षा तोकेको भए पनि कुनै न कुनै बहानाबाट बिद्यार्थीहरुबाट शुल्क असुली गर्नु गलत भएको बताए । सिद्धार्थ आधारभुत बिद्यालय गजेहडाका प्रधानाध्यापक सृजना न्यौपानेले बिद्यालयमा दरबन्दी खाली हुँदा बिद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकेको बताइन । २०४५ सालमा स्थापना भएको पुरानो भवन जिर्ण भवनको कोठाहरुमा साना बालबालिकाहरुलाई राखेर पढाउन बाध्य भएको बताइन ।

जननी आधारभुत बिद्यालय मधुवनका प्रधानाध्यापक रुद्रमाया पौडेलले निजी श्रोतका शिक्षकहरुलाई तलव खुवाउन आर्थिक समस्या भएको बताइन । बिद्यालयमा खानेपानी समस्या, भौतिक संरचनाहरु बालमैत्री नहुँदा बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा बाधा भएको बताइन् ।
बाल माबि बैरियाका शिक्षक मोहन घिमिरेले सामुदायिक बिद्यालयमा बिद्याथीहरु थपिदै जाँदा कक्षा कोठाको अभाव भएको बताइन् । कक्षाकोठाको अभावका कारण धेरै बिद्यार्थीहरुलाई भर्ना लिन नसकिएको हुँदा यस बिषयमा नगरपालिकाको ध्यानजान जरुरी भएको बताइन् । शिक्षाका लागि राष्ट्रिय अभियानका संयोजक हरि अधिकारीले गुणस्तरिय शिक्षाका लागि सबै एकजुट हुनपर्नेमा जोड दिए ।

निःशुल्क शिक्षा, बालमैत्री र अपाङ्गमैत्री बिद्यालय हुनुपर्ने, शौचालय र शुद्ध खानेपानीको व्यवस्था हुनुपर्ने, बालमैत्री डेस्कबेन्च हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए । कार्यक्रममा मानव अधिकार समुह बाणगंगाका उपाध्यक्ष ईन्दिरा पन्तको अध्यक्षता, समुहका सल्लाहकार चेतना अधिकारीको स्वागत तथा समुहका सचिव मधु पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा इन्सेक सहजकर्ता पार्बती आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् ।