बालबिवाह अन्त्यका लागि रणनैतिक कार्ययोजना सम्बन्धि अन्तरक्रिया

मेचीकाली संवाददाता

१८ आश्विन २०७८, सोमबार
437 shares

पार्बती आचार्य
कपिलवस्तु । बालबिवाह अन्त्यका लागि नगरस्तरिय रणनैतिक कार्ययोजना सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम कपिलबस्तुको तौलिहवामा सम्पन्न भएको छ । कपिलबस्तु नगरपालिकाको आयोजना र युएनएफपीए तथा नेपाल परिवार नियोजन संघ कपिलवस्तुको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सरोकारवाला निकायहरुसँग सुझाव सल्लाह लिई कार्ययोजना निर्माण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बालबिवाह अन्त्यका लागि सबै स्थानियतहहरुले आफ्नो आबश्यकता अनुसार कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए । नगरपालिकाले बनाएको रणनिती अवश्य पनि टेक्निकल, संस्थागत अर्थात संरचनात्मक हिसावले स्तरिय बन्ने छ भन्ने आशा भएको बताए ।

‘जब सम्म स्थानिय सरकारले कार्यक्रम र बजेट बिनियोजन गर्दैन, यस कामलाई महत्व दिदैन तब सम्म प्रभावकारी बन्न नसक्दैन ।’ उनले भने । यस क्षेत्रमा महिला तथा बालबालिका शाखाको एकदमै महत्व रहेको छ । प्रदेश सरकालेरले १२ जिल्लामा ६ वटा सामाजिक बिकास डिभिजन कार्यालय राखेको छ, त्यस कार्यलयमा अनुभवी जनशक्ति छन कि छैनन् यस तर्फ सबैको ध्यान जान आबश्यक भएको बताए ।

यसैगरी कार्यक्रमका बिशिष्ट अतिथी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बिवाह दर्ता र जन्म दर्ता ठिक समयमा गराउनु पर्छ भन्ने बिषयमा जोड दिनुपर्ने बताए । जन्मदर्ता भएका आफ्ना नगरपालिका भित्रका बालबालिकाहरुलाई बालकलाई बिद्यायलय जाँदा फरक व्यवहारगर्ने प्रचलन छ ।

यसमा सम्बन्धीत नगरपालिकाले बालिकालाई बिद्यालय पठाउने हकमा ड्रेस अथवा झोला उपहारको व्यवस्था गरिदिने हो भने ती बालिकाहरुलाई खर्च नगरीकन बिद्यालय पठाउन सकिने बताए । बिद्यायालयको करिकुलममा स्थानियतहले बालबिवाह बिरुद्ध, दाईजो बिरुद्ध, मानव बेचबिखन बिरुद्धका सचेतनात्मक कक्षाहरु संचालन गर्न सकेमा बालबालिकाहरुले कलिलो उमेरमा बालबिवाह गर्नहुँदैन, दाईजो लिनु हुँदैन यो कुप्रथा हो भन्ने बिषयमा जानकार हुनेछन् ।

यस बिषयमा घरमा अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई संस्कार सिकाउन आबश्यक भएको प्रहरी उपरिक्षक कार्कीले बताए । बिभिन्न घटनाहरुलाई न्युनिकरण गर्न मन्म दर्ता, शिक्षा र सिपको आबश्यकता छ उनले भने । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर लक्ष्मी गुप्ता सावको अध्यक्षतामा नेपाल परिवारसंघका सभापती खग प्रसाद चापागाईको स्वागत तथा कपिलबस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष राम भजन कलवार, नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि ज्ञवाली, शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरे, कपिलबस्तु अस्पतालका डाक्टर गणेश क्षेत्री, नगरपालिका स्वास्थ्य शाखाका संयोजक उमेश गुप्ता, महिला तथा बालबालिका शाखा प्रमुख सरोजा चौधरी, गैसस महासंघका अध्यक्ष प्रबिण कुमार श्रीवास्तव, मानव अधिकार निगरानी समुहका जिल्ला संयोजक पुष्पा रेग्मी, माहुरोमका महासचिव मायाँ ज्ञवाली, परिवार नियोजन संघकी कोषाध्यक्ष बिजय लक्ष्मी सिंह, बाल संजालका किशोरीहरु लगाएत बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा सहजी करण गर्दै रत्नकाजी बज्राचार्यले बाल बिवाह रणनितीको खाका प्रस्तुत गर्दै कपिलवस्तु नगरपालिकामा १६ हजार ६ सय ५ जना बालबालिका बाल बिवाहको जोखिमा रहेको बताए । सो अवसरमा युएनएफपीएका जिल्ला संयोजक चित्र महतोले कपिलवस्तुमा अझै पनि ६१ दशमलव ५ प्रतिशत बाल बिवाह रहेको तथ्यांक प्रस्तुत गरेका थिए । त्यस मध्ये १८ प्रतिशत बालक र ८२ प्रतिशत बालिका छन । अधिक बालबिवाह हुने १० जिल्ला मध्ये कपिलवस्तु पनि बढी बालबिवाह हुने गरेको महतोले बताए ।

२०६८ को जनगणना अनुसार यस कपिलवस्तुमा १० वर्ष मुनिका ५ हजार ३ सय ८७ जनाले, १० देखि १४ वर्ष सम्मका ४९ हजार ५ सय ७१ जना, १५ देखि १९ वर्ष बिचका १ लाख ५७ हजार ३ सय ८८ जनाले बिवाह गरेको तथ्यांकले देखाएको छ ।