नेपालको बहुमूूल्य काठलाई सदुपयोग गर्न सके देश समृद्ध हुने

मेचीकाली संवाददाता

२४ आश्विन २०७८, आईतवार
577 shares

पार्वती आचार्य

कपिलवस्तुु, असोज २३

‘हरियो वन नेपालको धन’ भन्ने नारालाई आर्थिक समृद्धिसँग जोडेर अन्य मुलुक सरह सम्पन्न बनाउन यस वैज्ञानिक वन व्यवस्थापनले महत्वपुर्ण भुमिका खेलेको कार्यक्रमका प्रमुख अतिथी एवं लुम्बिनी प्रदेश सभासद तथा नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खाँले बताए । हाम्रो नेपालको काठ बिदेश गएको र बिदेशी कमसल किसिमको काठ नेपाल भित्रिने भएकोले नेपालको यस धनलाई हामी सबैले सदुपयोग गर्न सक्ने हो भने नेपाल संमृद्ध हुने बताए । उनले नीतिगत रुपमा ठोस निर्णय लिएर अगाडि बढेमा देशको बिकास हुने बताउँदै हामीसंग जे छ त्यसलाई नीति नियम अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । शत प्रतिशत बनमा बैज्ञानिक बन ब्यबस्थापन लागु गरिसकिएको र यसलाई अगाडी बढाउनका लागि पुर्ण समर्थन रहने उनले प्रतिबद्धता ब्यक्त गरे ।

यस्तै कार्यक्रममा बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको लुम्बिनी प्रदेश स्तरीय बन ब्यबस्थापन उपभोक्ता भेलालाई संबोधन गर्दै लुम्बिनी प्रदेश सांसद सुरेन्द्र हमालले राजनीतिमा सबै कुराहरु समाबेश भएको हुँदा वैज्ञानिक वन व्यवस्थापनका लागि आफूूले सहयोग गर्ने बताए । बैज्ञानिक वन व्यवस्थापनमा वनका उपभोक्ताहरुले यसको अपेक्षा सहित अगाडी बढेको र लागुु हुनुपर्ने कुरामा जोड दिएका थिए ।

उनले कुनै पनि कुराको नाम मात्र परिबर्तन गरेर नहुने तर त्यसको परिणाम देखाउन सक्नुपर्ने धारणा राखेका थिए । नेपाल आमाको माटोलाई छातिमा राखेर काम गर्न सकियो भने मात्र त्यो काम सफल भएको मानिने र परिणाममुखि कार्यलाई अगाडी बढाउँदै लगेमा देश संमृद्ध हुने विश्वास ब्यक्त गरे । बैज्ञानिक बनको कार्य बिधिमा रहेका कुराहरुलाई विज्ञहरुसंग समन्वय गरी अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

यस्तै वन वातावरण तथा भू संरक्षण मन्त्रालय लुम्बिनी प्रदेश निमित्त सचिव नारायणदेव भट्टराईले वैज्ञानिक वन व्यवस्थापनका लागि मन्त्रालयले सधै सहयोग गर्न तयार रहेको बताए । वैज्ञानिक वन व्यवस्थापन महासंघको छिटो भन्दा छिटो कार्ययोजना बनाउन आफु तत्पर रहने दावी गर्दै जातीय राष्ट्रिय हिसाबले निकटता ल्याउने वन व्यवस्थापनलाई सहमतीबाटै अगाडी बढनु पर्ने स्पष्ट पारे ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परीषदको कार्यालय लुम्बिनी प्रदेश सचिव डा. खगेन्द्र सुवेदीले वन सबै प्राणीको आश्रय स्थल रहेको र वैज्ञानिक वन व्यवस्थापनका लागी आफुले हर तरहले सहयोग गर्ने प्रतिबद्धता जनाए । वैज्ञानिक वन व्यवस्थापनमा वनका उपभोक्ताहरुले धेरै कुराको अपेक्षा सहित अगाडी बढेको र त्यो अपेक्षा पूरा हुनुपर्ने उनको भनाई रहेको छ ।

यस्तै डिभिजनल बन कार्यालय कपिलबस्तुका डिभिजनल बन अधिकृत बिजयराज सुुवेदीले ढलेका सुकेका रुखहरु निकाल्ने गर्दा बिस पच्चीस बर्ष बितेको तर बिरुवा उमार्न र हुर्काउन निकै कठिन हुने बताउँदै सालका रुखहरु कम मात्रामा उम्रीएकोले काठ दाउराको उत्पादन कम भएको बताए । यसले २०६८ सालमा वन विज्ञान शुुरु गरीएको र त्यसै अनुसार २०७१ सालमा कार्य विधि बनाएर वैज्ञानिक वन व्यवस्थापन शुरु गरीएको धारणा राखे ।

कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापनका वरिष्ठ सल्लाहकार जयप्रकाश पाण्डेयले देशलाई समृद्ध बनाउन वैज्ञानिक वन व्यावस्थापन समितिले महत्वपूर्ण भूमिका खेलेको बताए । यो महासंघ देशको विकाससँग,रोजगारीसँग,आर्थिक प्रगतिसँग जोडिएकोले प्राकृतिक स्रोतको सदुपयोग गर्नु समितिको भूमिका महत्वपूर्ण रहने बताए । बिज्ञान सम्मत यो ब्यबस्थापन संग जोडिएको बिषयलाई चुनौती पुर्ण तरिकाले अगाडी बढाउन यसलाई पहिचान गरी एकजुट हुनुपर्नेमा जोड दिए । उनले काठ रोकावटलाई नीति बनाएर उपभोक्ताहरुलाई बितरण गर्नुपर्ने बताए ।

कार्यक्रममा बैज्ञानिक बन ब्यबस्थापन राष्ट्रिय महासंघ नेपालका उपाध्यक्ष खेम नारायण अधिकारी, केन्दीय सदस्य डम्बर बहादुर श्रीस, सल्लाहकार हुमनाथ पौडेल लगाएतले बैज्ञानिक बन ब्यबस्थापनलाई चुस्त दुरुस्त रुपमा अगाडी बढाउनका लागि सबैले हातेमालो गर्न आबश्यक रहेको बताए ।

अहिले ७ सय ६६ सामुदायिक बनमा बैज्ञानिक बन ब्यबस्थापन लागुभएको र यसलाई जब सम्म मुर्तरुप सरकारले दिंन सक्दैन तब सम्म सम्पुणर््ा उपभोक्ताहरु सडकमा उत्रने चेतावनी दिएका छन् । बैज्ञानिक बन ब्यबस्थापन एक्कासी खारेज हुँदा लाखौं ब्यक्तीले रोजगारी गुमाएको, करोडौंको राजश्व घट्न गएको र आम उपभोक्ताहरुले सहज रुपमा काठ दाउरा नपाउँदा परेको असरलाई राज्यले बुझ्न जरुरी देखिएको छ ।

बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंग नेपालले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय उपभोक्ता भेलामा लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाका बैज्ञानिक बन व्यावस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । २०७७ जेठ १५ को मन्त्री परिषद्को निर्णयले रुख कटान, संकलन, ओसारपसार गर्ने कार्य एक्कासी बन्द गर्दा उपभोक्ताहरु मारमा पर्नुका साथै वन व्यवस्थापनमा ठूलो धक्का पुुगेको छ । राज्य व्यवस्था समितिको गैर जिम्मेवारी र अवैधानिक निणर्यले उपभोक्तादेखि वन व्यवस्थापन र सरकारको अर्थनीतिसम्म धक्का पुुगेको हुँदा यसको विरुद्धमा सबै एकजुट हुन आवश्यक रहेको भेलामा उपस्थित सहभागीहरुले बताएका छन् ।

बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको आयोजनामा लुम्बिनी साँझेदारी बन ब्यबस्थापन समुह भैसाही रुपन्देहीमा सम्पन्न कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष रेनुु सेनको अध्यक्षता, केन्द्रीय सहसचिव कृष्ण केसीको स्वागत तथा सचिव डिल्लीराज रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

यसैगरी भेलाले लुम्बिनी प्रदेश संयोजक खेमनारायण अधिकारीको संयोजकत्वमा २७ सदस्यीय लुम्बिनी प्रदेश महासंघ गठन गरेको छ । जसको अध्यक्षमा कपिलवस्तुु जिल्लाबाट दिपक थापा, उपाध्यक्षमा पूर्ण बहादुर मास्के (दाङ), कालिका अधिकारी (रुपन्देही), महासचिवमा होमबहादुर गुरुङ् (नवलपरासी), सचिवमा टोपबहादुर खड्का (बाँके) तथा कोषाध्यक्ष रजरानी थारु (बर्दीया) लगायतको २७ सदस्यीय समिती गठन गरिएको छ ।

नव निर्वाचित पदाधिकारीहरुलाई वैज्ञानिक नव व्यवस्थापन राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष रेनु सेन, वरिष्ठ सल्लाहकार जयप्रकाश पाण्डेय, सचिव डिल्लिराज रेग्मी लगायतले हार्दिक बधाई तथा कार्यकालको शुुभकामना व्यक्त गरे ।