शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयमा अन्तरक्रिया

मेचीकाली संवाददाता

२१ मंसिर २०७८, मंगलवार
502 shares

सुनिल आचार्य
कपिलवस्तु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र मानवअधिकार समुह बुद्धभुमिले मंगलबार बुद्धभुमि नगरपालिका–२ गोरुसिंगेमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरकारले माध्यमिक शिक्षा सम्म निःशुल्क र आधारभुत शिक्षा अनिवार्य निःशुल्क र माध्यमिक शिक्षा निशुल्क भने पनि विद्यालयहरुले अग्रेजी माध्यम अथवा निजि शिक्षकलाई तलव खुवाउनु पर्ने बाहानामा शुल्क उठाउने गरेको पाइएको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा वडा नं. २ का वडा अध्यक्ष भेषराज खनालले सहभागिहरुका जिज्ञासाहरुलाई संबोधन गर्दै शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालहरु कार्यपालिकाको बैठकमा छलफल गर्ने बताउनु भयो । सुचना प्राप्त गर्ने अधिकार सम्पुर्ण नागरिकको भएको हुँदा वडा र नगरपालिकामा गएर सुचनाहरु लिन आफुले प्राप्त गर्ने अधिकारबाट बञ्चित नहुन सहभागिहरुलाई आग्रह गरे । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको बिषयमा आम नागरिकहरु सचेत हुनुपर्नेमा जोड दिए ।


वडा नं. २ को १ हजार ८ सय ३१ घर धुरीका बस्तीहरुका लागि खानेपानी योजना अगाडी बढाउँदै आएको छ । आवासको क्षेत्रमा भन्ने हो भने वडा नं. २ का २५ घरलाई जस्तापाता बितरण गरिएको छ । तर उनिहरुले खाँवा खुट्टाको ब्यबस्थापन गर्न नसक्दा घरहरु बन्न नसकेको बताए । सुरक्षित जनाता आवास कार्यक्रम अन्तरर्गतको केही मात्र रकम आएको जानकारी दिए ।

भौतिक पुर्बाधारका कामहरुलाई बढी प्राथमिकता दिईको छ । सरकारले माध्यमिकतह सम्मकालागि निशुल्क शिक्षा भने पनि केही माबि संचालनमा २ जना मात्र शिक्षक रहेको हुँदा बिद्यार्थीहरुबाट शुल्क लिन बाध्य भएको बताए । नगरपालिकाले बिभिन्न सामुदायिक बिद्यालयहरुमा ९० जना शिक्षकहरुको ब्यबस्था गरेको छ । इन्सेक मानव अधिकार समुहले बेलाबेलामा यस्ता कार्यक्रमहरु संचालन गरी सचेत गराउँदै आएकोमा धन्यवाद दिए ।

कार्यक्रममा कृषि शाखा प्रमुख देबीराम बेल्बासेले शाखाबाट लक्ष्य अनुसारको कामहरु भैरहेको बताए । कृषि शाखामा प्राबिधिकहरु कमी भए पनि सेवा दिईरहेको जानकारी दिंदै रासायनिक मलको ब्यबस्थापन बुद्धमूमि नगरपालिकाले समुह सहकारी मार्फत बितरण गर्दै आएको बताए ।
पुर्ण रुपमा क्षती भएका किसानहरुलाई ६० प्रतिशत दिने र आंशिक क्षेती भएका किसानहरुलाई २० प्रतिशत अनुदान दिने भएको बताए । बिपन्न तथा दलितलाई लक्षित गरेर बेमौसमी बिउबितरण गर्ने कार्यमा प्रक्रिया पुराएर बितरण गर्दै आएको जानकारी दिए ।

स्वास्थ्य शाखाका स्वास्थ्य शाखा अधिकृत गोकर्ण अर्यालले हैजाका कारण मानपुरमा १ बालकको मृत्यु भएको बताए । हैजा बुद्धभुमि नगरपालिकाका सबै स्थानहरुमा फैलिएको हुँदा सरसफाई र खानपानमा ध्यान दिन आग्रह गरे । मान्छेको दिशा खाएरै यो रोग फैलिरहेको परिक्षक्षणले देखाएको हुँदा सबैलाइ सचेत हुन र सरसफाईमा ध्यान दिन आग्रह गरे ।

साथै यस बर्ष गरिने कार्यक्रमहरुको बारेमा जानकारी दिंदै जेष्ठ नागरिगरिहरुका लागि स्वास्य शिबिर, टाईफाईडका लागि खोप संचालन हुने भएको छ । मङ्सिर २३ गते देखि १८ बर्ष देखि माथिका सम्पुर्ण नागरिकहरुलाई कोरोनाको खोप संचालन गरिने अधिकृत अर्यालले बताए । कोरोना नियन्त्ररणका लागि बिगत २ बर्ष देखि अहोरात्र खटिदै आएको जानकारी दिंदैहाल सम्म कोरोनाका कारण ३५ जनाको मृत्यु भएको बताए ।
यस नगरपालिकामा संक्रमित संख्या १ हजार ३ सय ५ जना रहेको र ७ हजार ८ सय जनाको कोरोना परिक्षण भएको जानकारी दिनु भयो । नगरपालिकाले मृत्यु भएका घर परिवारलाई रु. २० हजार राहत स्वरुप रकम हसतान्तरण गरिएको छ । निशुल्क एम्बुलेन्स कोरोनाको र सुत्केरी महिलाहरुका लागि संचालन भएको थियो ।

यस्तै जयनगर स्वास्थ्य चौकीका प्रमुख डोल बिक्रम बेल्बासेले जनतालाई सचेतीकरण गर्दैैै आएको भन्दै इन्सेक मानव अधिकार समुहलाई धन्यबाद दिनु भयो । नगरपालिकाको दक्षिणी क्षेत्रमा झाडापखाला लाग्नुको मुख्य समस्याहरु भनेको अखाद्य बस्तुहरु खाएर र अशुद्ध पानी पिउनाले हैजा लागेको बताए ।

पशु सेवा शाखा अधिकृत अन्जु आचार्यले शाखाले कार्यबिधिमा रहेर कार्यहरु सम्पादन गर्दै आएको बताइन । सबैलाई ब्यबसायी भन्न नमिल्ने भएको हुँदा त्यसलाई परिबर्तन गररे फर्महरु दर्ता गर्न थालिएको जानकारी दिइन ।
यस्तै सामुदायिक बिद्यालय व्यवस्थापन समिती महासंघका केन्द्रिय सदस्य चुरामणी पोख्रेलले सामुदायिक बिद्यालयका माध्यमिक तह सम्मका लागि सरकारले शिक्षामा निशुल्क भने पनि कार्यान्वयन हुन नसकेको भन्दै पटक पटक आवाजहरु उठान गर्दै आएको बताए ।

सरकारले माध्यमिक तह सम्म निशुल्क शिक्षा भने पनि कार्यान्वयन हुन सकेको छैन । जुन बिद्यालयमा बिद्यार्थी संख्या धेरै छन् त्याहाँ शिक्षकको संख्या एकदमै न्युन रहेको छ भने जहाँ बिद्यार्थीहरुको संख्या एकदमै न्युन छन् त्यहाँ शिक्षकको संख्या धेरै रहेको छ । शिक्षकहरुले घाम तापेर बसिरहेका छन्, यस बिषयमा पटक पटक संबन्धित निकायसंग स्थानियतह देखि केन्द्र सम्म माग गर्दा समेत सुनुवाई नभएको बताए । बिद्यालयमा शिक्षकहरु पुर्ण रुपमा नहुँदा पनि बिद्यार्थीहरुले गुणस्तरिय शिक्षा प्राप्त गर्न नसकेको बताए ।

ईलाका प्रहरी कार्यालय गोरुसिंगेका निमित्त प्रमुख कृष्ण प्रसाद खनालले बजार अनुगमन गर्दा मिती सकिएका ६ वर्ष पुराना समानहरु बरामद गरी नष्ट गरिएको बताए । चाडपर्बमा मात्र नभएर कम्तीमा तिन महिनामा एक पटक बजार अनुगमन गर्न सके उपभोक्ताहरुले पैसा तिरेर खाने खाद्य बस्तुहरु गुणस्तरिय खान पाउने बताए ।
नेपाल महिला एकता समाजका बास अधिकारकर्मी नारायणी पाण्डेले सुकुमबासी बस्तीमा बसोबास गर्दै आएका परिवारहरुले बर्षौ देखि समस्या झेल्दै आएको बताइन । ढोका नभएका घर त्यसमा पनि चुहिने छानो भएका घरमा बसोबास गर्दै आएका जेष्ठ नागरिक, महिला तथा बालबालिकाहरुले चर्को घाम लाग्दा र पानी पर्दा खुल्ला आकास मुनि बसेसरह रहेको बताइन ।

होटल व्यबसायी संघका सदस्य आषिस भण्डारीले कस्तो खाद्य बजारमा दिनुपर्छ र खाने खाद्य कस्तो हो भन्ने बिषयमा सबैले जान्न जरुरी भएको बताए । आफुलाई कस्तो खानाले स्वास्थ्यलाई फाईदा गर्छ भन्ने बिषयमा ब्यक्तिले नै ध्यानदिन आबश्यक भएको बताए ।
यस्तै बुद्धभुमि नगरपालिका ६ की महिला स्वास्थ्य स्वयमं सेविका निर्मला बढईले फोहोर ब्यबस्थापन नहुँदा र शुद्धखानेपानीको नहुँदा झाडापखाला फैलिएको बताइन । उपचारकालागि स्वास्थ्य चौकीमा जाँदा बिरामीहरुले राम्रो सेवा पाउँदैनन जिल्लामा जानकालागि आर्थिक अवस्था एकदमै कमजोर भएका ब्यक्तीहरुका लागि जोखिम भएको बताइन ।
महुँवा स्वास्थ्य चौकीमा बर्थिङ् सेन्टर नहुँदा सुत्केरी महिलाहरुले समस्या भोग्दै आएका छन् । गर्भवती महिलाहरुका लागि आईरन चक्की प्राप्त भए पनि पोषण युक्त खानेकुराहरु उपलब्ध नहुनु दुखको कुरा भएको गुनासो गरिन ।

यसैगरी दलित जनजागरण सेवासंघका अभियान्ता रण बहादुर सुनारले कार्यक्रममा सुने बुझेका कुराहरु सबैले व्यबहारमा उतार्न सके लक्षित समुदायहरुले हक अधिकारको बारेमा बुझ्न सक्ने बताए । लक्षित समुहले पनि सहज रुपमा सेवासुबिधाहरु प्राप्त गर्न नपाएको गुनासो गरे ।
बिद्यार्थी सर्मिला थारुले सरकारले निशुल्क शिक्षा भने पनि बिभिन्न बहानामा बिद्यालयहरुले शुल्क लिने कार्य गरेको गुनासो गरिन । आर्थिक अवस्था कमजोड भएकी सर्मिलाले आफ्ना समस्याहरु बताउँदै संबिधानमा उल्लेख गरिएका सुबिधाहरु नपाईएको र बिद्यालयमा बितरण गर्ने निशुल्क सेनेटरी प्याड गुणस्तरिय नभएको गुनासो गरिन ।

महिला स्वास्थ्य स्वयमं सेविका लक्ष्मी न्यौपानेले मानव अधिकारकर्मीहरुले गरेका राम्रा कामहरुका बारेमा सुन्न पाउँदा खुशीलागेको बताइन । कार्यक्रम मानव अधिकार समुह बुद्धभुमिका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षता, उपाध्यक्ष राधा अदै बञ्जाडेको स्वागत तथा समुहका सदस्य प्रबिण बिश्वकर्माको संचालनमा सम्पन्न कार्यक्रममा इन्सेक सहजकर्ता पार्बती आचार्यको कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन ।
महिला तथा बालबालिका शाखा प्रमुख अन्जुली पन्थी, महुवा स्वास्थ्य शाखाका बोमलाल भण्डारी, बुद्धभुमि क्यामपसका अध्यक्ष राजेन्द्रराज आचार्य, समाजसेवी, बुद्धिजिबी, बिभिन्न वडाका सेवाग्राहीहरु, संचारकर्मी, सुरक्षाकर्मी महिला स्वास्थ्य स्वयमं सेविका, मानव अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।