बेपत्ता पारिएका व्यक्तिका परिवारले पाएनन् राहत

मेचीकाली संवाददाता

२८ फाल्गुन २०७८, शनिबार
406 shares

पार्वती आचार्य
कपिलवस्तु । बेपता पारिएका व्यक्तिको छानबिन आयोगको आयोजना तथा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको समन्वयमा बेपत्ता पिडीत परिवारलाई दिन सकिने सेवा सुबिधाको बिषयमा जिल्लाका सरोकावाला निकायहरु बिच अन्तरक्रिया गरिएको छ । कार्यक्रममा वास्तबिक बेपत्ता पारिएका ब्यक्तिका परिवारका पिडितले राहत नपाएको सरोकारवालाहरुले बताएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी जिल्ला सेक्रेटरी कमल केसीले वास्तविक बेपत्ता भएका परिवारका पिडितहरुले राहत प्राप्त नसकेको बताए । राज्यले पिडित प्रति सहानुभूति मात्र देखाउँदै आईरहेको बताउँदै अहिले सम्म पिडितका समस्या जहाका तही छन् पिडितका नाममा आफूहरुले कागजमा मिलाएर खाने काम मात्र गरेको आरोप लगाए । बाणगंगा नगरपालिका वडा नं. ११ का ३ जना बेपत्ता भए एक जनाका परिवारले त राहत पाए तर, दुई जना बेपत्ताका परिवारले अहिले सम्म केही पाउन सकेनन् । वास्तवीक पिडित परिवारको घरघरमा आयोग पुगेर छानबिन गरोस उनले भने ।

यस्तै समाज सेवी राजु अर्याल, कपिलवस्तु नागरिक समाजका अध्यक्ष डोलख बहादुर पछाई, जिल्ला बाल अधिकार समितीका सदस्य पशुपतिमणी त्रिपाठी लगाएतले द्वन्दको समयमा बेपत्ता भएका ब्यक्तिका परिवारहरुलाई स्थानिय शान्ति समितीबाट निर्णय गरेर पिडितलाई राहत दिलाईएको बताए । सरकारले पिडित परिवारलाई त्यो समयमा रु. १० लाख दियो सो पश्चात पिडित परिवारले केही पाएका छैनन् । मृतकका बालबालिकाहरुका लागि राज्यले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई पुर्णता दिन नसक्नु राज्यको कमजोरी भएको सरोकारवालाहरुको भनाई छ ।

यसैगरी बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका सदस्य डाक्टर गंगाधर अधिकारीले आयोगको काम कर्तब्य र अधिकारको बिषयमा र बेपत्ता परिवारको बिवरणहरुको बिषयमा जानकारी दिए । आयोगले अनुसन्धानलाई दुईपाटोबाट अगाडी बढाएको छ एउटा पिडितहरुको र पिडिकहरुको पहिचान गर्दै आएको छ ।

पिडितहरुको पहिचान गरेपछि पिडितहरुलाई परिचयपत्र बितरण गरिने आयोगका सदस्य अधिकारीले बताए । हाल सम्म ११ सय पिडित परिवारका ३३ सय बढी पिडितलाई परिचय पत्र बितरण गरि सकिएको छ । परिचयपत्र वाहकलाई नेपाल सरकारले दिने सेवा सुबिधाहरुकालागि आयोगले सिफारिस गरि सकेको छ ।

परिचयपत्र पाएका तर शान्ति मन्त्रालयबाट रु. १० लाख नपाएका बेपत्ता पिडितहरुलाई सिफारिस गरिएको बताए । कपिलवस्तुमा बेपत्ता परिवारको २० वटा उजुरी आएको मध्ये १४ परिवारलाई परिचय पत्र बितरण गरि सकिएको र बाँकी परिवारकालागि बिस्तृत अनुसन्धान भैरहेको छ । शासस्त्र द्वन्दका कारणले परिवार वा व्यक्ति पिडित हो भन्ने पहिचान भए पछि मात्र अरु पिडितलाई परिचयपत्र दिने सदस्य अधिकारीले जानकारी दिए ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी, मायाँदेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद चौधरी, बुद्धभूमि नगरपालिकाका नगर प्रवक्ता पवन कुमार थारु, बिभिन्न राजनिती दलका प्रतिनिधीहरु, प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्ला समन्वय समितीका समन्वय अधिकारी भूमिराम पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख दान बहादुर कार्की, शसस्त्र प्रहरी प्रमुख सुर्य बहादुर सेन वली, राष्ट्रिय अनुसन्धान प्रमुख योगेन्द्र केसी, सेनानी माधव घिमिरे, नागरिक समाज, इन्सेक प्रतिनिधी, मानव अधिकारकर्मी, नेपाल स्वयंसेवक संघका केन्द्रिय अध्यक्ष, पत्रकारलगायतको उपस्थिती रहेको थियो ।