डेढ किलोको ब्रह्माण्ड

मेचीकाली संवाददाता

१५ श्रावण २०७८, शुक्रबार
555 shares

ओम बानियाँ
प्राचीन वैदिक वैज्ञानिक (ऋषिमुनी) हरूले ब्रेनका बारेमा धेरै नै शोधखोज गरेका थिए । उनीहरूले मस्तिष्क शक्ति बढाउने अनेकौं टेक्निकहरू पनि विकास गरेका थिए । ब्रह्माण्ड जति रहस्यमय छ, त्यत्ति नै मानव ब्रेन रहस्यमय भएको कुरासमेत उनीहरूले उल्लेख गरेका थिए । यो तथ्यप्रति अहिलेका नामी भौतिक शास्त्रीहरु पनि सहमत छन् । डा.दीपक चोपडा यसै तथ्यलाई प्रकाश पार्दै भन्छन्,– बे्रन र ब्र≈माण्डमा निकै समानता छ । ब्रह्माण्ड जे छ, ब्रेनमा पनि त्यही छ । वास्तवमा मानिसको ब्रेन एक ब्रह्माण्ड हो ।’

लेखिका जुडिथ हुपरले आफ्नो प्रसिद्ध किताब द थ्री पाउण्ड युनिभर्समा लेखेकी छिन्ः ब्रेन बिना संसारमा केही छैन, न त क्वार्क छ, न त ब्लैक होल छ, न त प्रेम छ, न त घृणा छ । ब्रह्माण्डको अस्तित्व यसकारण छ कि यो हाम्रो बे्रनमा अवस्थित छ । अर्थात् ब्रेन भएर नै ब्रह्माण्डको अस्तित्व छ । ब्रेन हाम्रो लागि तीन पाउण्डको ब्रह्माण्ड हो ।

हो, ब्रेन (मस्तिष्क) मानव शरीरको सबै भन्दा महत्वपूर्ण जीवनदायी अंग हो । ब्रेनद्वारा नै शरीरका हरेक अंगहरूको नियन्त्रण, नियमन तथा संचालन हुने गर्छ । मानिसलाई बुद्धिमान् तथा समझदार प्राणी बनाउने प्रमुख अंग पनि यही ब्रेन नै हो । ब्रेन मेमोरी बैंक पनि हो । मेमोरी लगायत सम्पूर्ण कग्निटिभ तथा चेतना व्यवहारहरूको मुख्य संचालक पनि यही ब्रेन हो । वास्तवमा बे्रन बोडीको बोस हो । त्यसैले मानव जीवनमा ब्रेनको ठूलो महत्व छ ।

ब्रेनको यही महत्वका कारण नै प्राचीन कालदेखि नै ब्रेनको शोधखोज तथा जा“चपडतालप्रति वैज्ञानिकहरूको ठूलो दिलचस्पी रह“दै आएको छ । समयसँगै ब्रेनको शोधखोज तथा जा“चपडतालको प्रक्रिया र स्वरुप पनि परिर्वतन हुँदै गयो । आधुनिक कालको सुरुतिर ब्रेनको जा“चपडतालका लागि नापतौलको प्रक्रिया थालनी भयो । त्यसबेला ब्रेनको होइन कि पूरा खोपडीकै नापतौल हुने गर्दथ्यो । ब्रेनको जा“चपडतालको यो तरिका लामो समयसम्म चलिरह्यो । तर १९ औं शताब्दीमा आएर यस्तो निरन्तरताको क्रमभंग भयो ।

फान्स्रीसी वैज्ञानिक पाल ब्रोकाले खोपडीको ठाउँमा गिदी अर्थात् ब्रेनको नापतौल शुभारम्भ गरे । प्रमुख हस्तीहरूको मृत्यु हुनेबित्तिकै ब्रोका त्यहाँ पुगेर ब्रेनको तौल लिने गर्थे । ब्रोकाको दावी थियो कि जसको ब्रेनको तौल बढी हुन्छ, त्यही व्यक्ति नै बढी बुद्धिमान् हुन्छ । अध्ययनको क्रममा उनले २ किलो ग्रामको ब्रेन फेला पारे । तर महान् गणितज्ञ गौसको ब्रेनको तौल केवल १४ सय ९२ ग्राम अर्थात् ब्रेनको औसत तौलभन्दा पनि कम देखियो । त्यसैले प्रश्न उठ्यो, बुद्धिमान् मानिसको ब्रेनको तौल बढी हुने भए गौस जस्ता बुद्धिमान् वैज्ञानिकको ब्रेनको वजन यति थोरै किन भयो ?

स्वयं पाल ब्रोकाको ब्रेन समेत १४ सय २८ ग्राम देखियो भने यस युगकै महान् वैज्ञानिक अलबर्ट आइन्सटाइनको ब्रेनको तौलसमेत लगभग त्यति नै थियो । त्यसैले ब्रेनको वजन बढी भएका मानिस बढी बुद्धिमान् हुन्छन् भन्ने ब्रोका लगायतका वैज्ञानिकहरूको तर्क गलत सावित भयो ।
ब्रोकाको तर्क गलत सावित भएपछि ब्रेनको जा“चपडताल गर्ने एक अर्को नयाँ विधि सुरु भयो । स्नायुवैज्ञानिकहरू ब्रेनको क्षेत्रफल र वनौटमा केन्द्रित भए । जा“चपडतालसँगै ब्रेनको बाहिरी सतह (कोर्टेक्स) जति बढी उबडखाबड हुन्छ, त्यत्ति नै मानिस बुद्धिमान् हुन्छ भन्ने तर्क बाहिर आयो । वैज्ञानिक गौसको ब्रेन जाँचपडताल गर्दा उनको ब्रेन पनि अत्यन्तै बढी उबडखाबड देखियो । यसले यस तर्कलाई थप बल दियो ।

सन् १९५५ मा विश्वलाई एउटा अपूर्णीय क्षति भयो, महान् वैज्ञानिक अलबर्ट आइन्सटाइनको देहान्त भयो । देहान्तपछि परम्पराअनुसार उनको सतिगति पनि भयो । तर अचम्म लाग्दो कुरा के भयो भने सन् १९६० मा साइन्स पत्रिकामा आइन्सटाइनको ब्रेनको तस्विर छापियो । आइन्सटाइनको ब्रेन साइन्स पत्रिकामा छापिने बित्तिकै विज्ञान जगतमा एउटा तरंग फैलियो, हलचल मच्चियो । अनुसन्धानपछि थाहा भयो, आइन्सटाइनको सतिगति गर्दा खोपडी त थियो, तर त्यसभित्र गिदी (ब्रेन) थिएन । पोस्टमर्टमको बेलामा नै आइन्सटाइनको ब्रेन गायव पारिएको थियो, चोरिएको थियो । त्यो चोर थिए, थोमस हार्वे ।

थोमस हार्वे को थिए ? थोमस हार्वे प्रिन्सटोन अस्पतालका एक कहलिएका प्याथोलोजिष्ट थिए । आइन्सटाइनको मृत्युको समयमा उनी त्यही काम गर्दथे । आइन्सटाइनको पोस्टमर्टममा समेत उनी संलग्न थिए । त्यसै बखतमा नै उनले बढो चलाखीपूर्ण तरीकाले आइन्सटाइनको ब्रेन गायब बनाएका थिए ।

सन् १९८० मा क्यालिफोर्निया विश्वविद्यालयकी प्रसिद्ध न्युरोएनाटोमिष्ट प्रो. डा.म्यारियन सी.डायमन्डले गायब भएको आइन्सटाइनको ब्रेन खोजेर त्यसको वैज्ञानिक अध्ययन गर्ने निधो गरिन् र विभिन्न माध्यमहरू अपनाई थोमस हार्वेबाट आइन्सटाइनको ब्रेन प्राप्त गर्न सफल भइन् र आइन्सटाइनको मृत्यु भएको २५ वर्षपछि उनले आइन्सटाइनको ब्रेनलाई संरक्षण गरेर राखेका अन्य ११ जना मानिसहरूको ब्रेनसँग तुलनात्मक अध्ययन गरिन् ।

अध्ययनबाट उनले आइन्सटाइनको ब्रेनमा ग्लियल सेल्स बढी भएको पाइन् । प्रो. डा.मेरियन सी.डायमन्डको यो खोजपछि ग्लिया (न्युरोग्लिया) सेलप्रति स्नायुवैज्ञानिकहरूको ध्यान आकृष्ट भयो । साथमा एउटा प्रश्न पनि खडा भयो, के ग्लिया (न्युरोग्लिया) सेलहरू बढी भएका कारण नै अलबर्ट आइन्सटाइन यति बुद्धिमान् भएका थिए ?

तर, मैकमास्टर विश्वविद्यालयका प्रोफेसर सेन्ड्रा वाइटेल्सनले गरेको अर्को अध्ययनबाट दुई वटा अनौठो तथ्यहरू सामुन्ने आए । एक थियो, आइन्सटाइनको ब्रेनको पछिल्लो भागको माथिल्लो हिस्सा (पेराटाइल लोब) सामान्य भन्दा धेरै विकसित थियो । एक मतका अनुसार ब्रेनको यो भागले गणितीय कार्यहरू सम्पन्न गर्दछ । त्यसैले आइन्सटाइनले सारा गणितीय हिसाबकिताब यही पेराटाइल लोबको बलमा गरेका थिए भन्ने कतिपय वैज्ञानिकहरूको दावी छ ।

यसैगरी आइन्सटाइनको ब्रेनको अर्को विशेषता थियो, सामान्यता टेम्पोरल लोबको बीचमा एउटा नली हुन्छ, जसले टेम्पोरल लोब र पेराटाइल लोबलाई अगल गर्दछ, तर त्यो नलीलाई आइन्सटाइनको ब्रेनमा थिएन । त्यसैले यो पनि अनुमान गरियो कि यस्तो नलीको अभावमा टेम्पोरल लोब र पेराटाइल लोबका बीचमा बढी सम्वाद हुने गर्दथ्यो होला र आइन्सटाइन बढी बुद्धिमान भएका थिए होला ?

आइन्सटाइनको मृत्यु भएको २५ वर्षपछि २ सय टुक्राहरू पारेर सुरक्षितसँग राखिएको आइन्सटाइनकोे ब्रेनको जा“चपडतालको अर्को अध्याय पनि सकियो । आइन्सटाइनको बुद्धि र ब्रेन क्षमताको तथाकथित संभावित कारणहरू पनि इंगित गरियो । तर अधिकांश स्नायुवैज्ञानिकहरू यस्ता तथ्यहरूप्रति पूर्ण सहमत हुन सकेनन् । त्यो किनभने आइन्सटाइन भनेको १४–१५ सय ग्रामका एक निर्जीव ब्रेन मात्र थिएनन्, वस्तुतः आइन्सटाइनको ब्रेन त उनको पूरा अस्तित्व (ब्र≈माण्ड) को एक हिस्सा थियो र त्यो ब्रेनले पूरा तालमेलका साथ कार्य गर्दथ्यो ।

वास्तवमा कुनै पनि मानिसको ब्रेन केवल एक शरीरिक अंग मात्र होइन, पूरा ब्र≈माण्डीय परिवेशको हिस्सा हो र यसको कार्य प्रणाली पूरा परिवेशसँग अन्तर्सम्बिन्धित हुन्छ । शरीरको हरेक क्रिया, स्मृति, विचार, चेतना आदिको आफ्नै महत्व छ । वास्तवमा यसैको आधारमा नै बुद्धिमत्ताको पहिचान हुन्छ ।

बुद्धि तथा स्मरण शक्ति भन्ने कुरा ब्रेनको कुनै एक भागको बपौती होइन कि यो त सामाजिक परिवेश एवं व्यक्तिको अनुभवको प्रतिफल हो । त्यसैले बुद्धिलाई पेराटाइल लोब तथा बढी ग्लियल सेल्सको पर्याय मान्नु सर्वथा गलत हो । वास्तवमा हरेक मानिस आफ्नो ठाउँमा महान् छन्, विशेष छन् । एक से एक प्रतिभावान् छन् । त्यो किनभने हरेक सामान्य मानिसको ब्रेन ब≈माण्डीय छ । मानिसको ब्रेनमा असीमित शक्ति र समाथ्र्य छ ।

मानव जीवनमा कुनै कुरा ठूलो हो भने आफ्नो प्रतिभा पहिचान गर्न सक्नु ठूलो कुरा हो । त्यसैले जोजसले आफ्नो प्रतिभा पहिचान गरेर मेहनतसाथ अगडि बढ्छन्, उनीहरूले नै जीवनमा महान् कार्य गर्दछन् र अमर बन्दछन् । महान् वैज्ञानिक अलबर्ट आइन्सटाइन यसैको एक सशक्त उदाहरण हुन् । भनिन्छ, ज्ञान आर्जन गर्न सकिन्छ, ज्ञानबाट बुद्धि विकास गर्न सकिन्छ । ज्ञान र बुद्धिको सामंजस्यद्वारा नै प्राप्त हुन्छ, सफलता ! (लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)