प्रेस चौतारी नेपाल पाल्पाले मनायो मदन भण्डारीको ७१ औं जन्म जयन्ती

मेचीकाली संवाददाता

१४ असार २०७९, मंगलवार
425 shares


नेत्र गैरे

पाल्पा, जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा अन्तरसंवाद कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाले भण्डारीको जन्म जयन्तीको अवसरमा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता देवी प्रसाद बस्यालले मदन भण्डारीको राजनैनिक जीवनी र बर्तमान समयमा मदन भण्डारीको (जबज)को भूमिकाका बारेमा कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गर्दै नेता बस्यालले जनताको बहुदलीय जनवाद (जबज) लाई नेपालको राजनैतिक आन्दोलनमा सार्थक रहेको बताए ।


मदन भण्डारीले २०४७ सालमा नेपालको संविधान निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नु भयो । राष्ट्रियता सुदृढिकरण र जनअधिकार वृद्धिका लागि संविधानमा थप गर्न उहाँबाट माग गरिएका २७ बुँदाको सान्दर्भिकता अहिले प्रष्ट भएको बताए । कार्यपत्रमा विश्व कम्युनिष्ट आन्दोलनले गम्भिंर धक्का खाईरहेको १९९० को दशकमा नेपाल वाट नविन सन्देश प्रवाह गर्न सफल उहाँको विचार र विश्व दृष्टीकोण कलकत्ता सेमीनारवाट संसार भर फैलिदै थियो । २०५० जेष्ठ ३ गतेका दिन दास ढुङ्गामा कमरेड मदन भण्डारी र जीवनराज आश्रीत को रहस्यमय हत्या गरियो । देश गहिरो शोकमा प¥यो । नेपाल राष्ट्रको लागि अपुरणीय क्षती भयो । महान नेताहरुका हत्यारा पत्ता लगाउन जोडदार माग गर्दै राष्ट्रका नायक जनताका प्रिय नेता कमरेड मदन भण्डारीको उच्च सम्मानको साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । कार्यपत्रमा उल्लेख गरिएको थियो ।

उनले जननेता भण्डारीको जनताको बहुदलीय जनबाद र त्यसका मुलभूत बिशेषताहरु संविधानको सर्वाेच्चता,कानुनको शासन ,आवधिक निर्वाचन, वहुदलिय प्रतिस्पर्धाको प्रणाली,वहुमतको सरकार ,अल्पमतको प्रतिपक्ष, वहुलवादी खुल्ला समाज, शतिm पृथकीकरणको सिद्धान्त,मानव अधिकारको रक्षा, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, असंलग्न विदेश नीति, विदेशी पंूँजी र प्रविधिको उचित प्रयोग, भुमि सुधार र क्षति पूर्तिको व्यवस्था लगायतका बिषयमा कार्यपत्रमा चर्चा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले जननेता भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका जनप्रिय व्यक्तित्व भएकाले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) नेपालसँगै विश्व कम्युनिष्ट आन्दोलनमा उच्च उपलब्धिको रुपमा लिइदै आइएको बताए । उनले नेपाली जनताका लागि जननेता भण्डारीका योगदानको एमालेले अनुसरण गर्दै आएको धारणा व्यक्त गरे ।
यस्तैगरि विशिष्ट अतिथिे प्रदेश सांसद नारायण आचार्यले मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, नेकपा एमालेका तानसेन नगर कमिटी सभापति गुराँस आत्रेय, प्रेस चौतारीका केन्द्रीय सदस्यहरु भगवान भण्डारी,कमल तिमिल्सीना, नेपाल पत्रकार महासंघका सचिव यज्ञमूर्ति तिमिल्सीना, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य माधव अर्याल लगायतले मदन भण्डारीको योगदानका बारेमा चर्चा गरेका थिए । चौतारीका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, सचिव नारायण न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।