बेखबर मायाका नाममा !

मेचीकाली संवाददाता

२२ असार २०७९, बुधबार
200 shares

पुष्कर घिमिरे

तिमी आजकल बेखबर छौ । थाहा छैन बाटो फेर्दैछौ कि, मन बदल्दै छौ, हिजो भन्दा आज अन्जान छौ । सायद आजकल तिमी व्यस्त हुनुपर्छ । अब तिमी तिमीमा रहिनौ किनकी आज कुनै घरको छोरी मात्र नभई बुहारी बनि सकेकी छौ । आज तिमीले चुमेका नयाँ गोरेटोका बाटो सधैँ लक्ष्यतर्फ लम्किरहनु शुभकामना दिउँ भन्न खोजी रहदाँ मेरो मनमा हिजोका ती मिठा पलहरु मानसपटलमा नाँची रहन्छन् ।

तिमीसगँका ती पलका यादहरु आजपनि ताजै र उस्तै छन् । भर्खरै हिजो जस्तो लाग्छ, तिमी र म भनि परिचित हँुदै गरिएका संवादका ती सुरुवाती दिनहरुसँगै बिस्तारै फक्रदैं गरेका पालुवाका जस्तै मायाका फूलहरु पनि हो समय र तिमी जस्तै म पनि परिवर्तन हुन सिक्नु परथ्यो तर तिमीसँगका पल र यादहरुले हरबार तिम्रै बारेमा सोच्न बाध्य बनाउँछ । कति र कयौ पटक बिर्सने कोसिस गर्छु, तर मेरो तस्वीरमा बेलाबेला झस्काइरहेको तिम्रो मायाको आभाषले आज हिजोमा परिणत गर्न मेरो मन बाध्य छ । यस्तै कुराले बोलीलाई त बिर्सन सक्थेँ होला तर तिमीसँग बसेर कोमल हातको स्पर्शमा लेखिएका स्वार्णिम शब्दका टुक्राहरुलाई बिर्सन कयौँ रात निलो आकाशको छहारी मुनी बसी आकाशका ताराहरुमा तिमीलाई हेदै खोज्दै त कयौं रात मदिराको नशामा बिताउन बाध्य थिए ।

त्यो समय , ती शब्द, ती दिनहरु, हाम्रै जस्तै लाग्ने एक प्रकारको नसाको अभाव सधै तड्कारो बनेको छ । आजकल आफैलाई प्रश्न गर्छु, को हौ तिमी ? जुन मेरो प्रतिक्षामा हर बार उ मेरै थियो यस्तै प्रश्नहरुमा म फेरि तिमीभित्र तिम्रै यादमा हराउन जान्छु । मलाई सम्हाल्न आज म नै असफल छु । अब तिमी नै सम्हाली देऊ भन्न मेरा यी आठ डराउँछन । किनकी हिजो जस्तो समयआज मेरो बसमा रहेन, हुन त हामीसँगै हुन नलेखिएका पात्र पो रहेछौँ । आज म कसरी भनौं तिमीलाई, समयले टाढिएको भए पो खोलापनि एक दिन फर्कन्छ कि भनेर, अवसरले लम्किरहेका तिम्रा पाइलाहरु सँगै आएका मेरा तस्वीरहरुमा मायाको पालुवा पलाएको देख्दा घृणा लाग्छ ।

कतै तिमीलाई लाग्छ होला, भौतिक रुपमा साथ नभएपनि सँगै नरहे पनि तिम्रा यादहरुले तिम्रा साथहरुले सँगै बेलाबेला तस्वीरमा देखिने मायाको आभाषले मलाई साथ निभाई रहेको छ कि ! समयको के दोष भनौं हाम्रो मिलन अनि बिछोड पनि यहाँ गलत हो वा सहि हो । म तिम्रो को अनि, तिमी मेरो को भनि भनेर गरिएका गल्ती बिर्सिए पनि, गल्ती बाट सिकेको पाठ सधैँ सम्झिरहनु पर्छ ।

पाठकहरुमा लाग्छ कुनै पात्र भाबुकताका अक्षरसँग खेल्न थाल्छ तब कहानी पात्रसँग जोडिन्छ । लेखक काल्पनिक भाबुकतामा डुबेर शब्दको समिकरण गर्दै जाँदा शब्दहरु विभिन्न तरिकाबाट पोखिए केही कसैको माया बनेर, याद बनेर, पीडा बनेर दुःख बनेर यिनै शब्दहरु पोखिएर मन हलुका बनाउँदै एक लेखक पनि ।