लायन्स क्लब अफ बुटवल लोटसद्धारा ओरिन्टेसन तथा फलफूलका बिरुवा बितरण

मेचीकाली संवाददाता

१४ श्रावण २०७९, शनिबार
265 shares

बुटवल । लायन्स क्लब अफ बुटवल लोटसले ओरिन्टेसन तथा फलफूलका बिरुवा बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम डिस्ट्रक गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यता, एमजेएफ सन्दीप कसौधन, डिस्ट्रक ट्रेजरर बिनोद खरेलको बिशिष्ट आतिथ्यता तथा एरिया चिफ माधब खनाल, एक्सटेन्सन तथा रिजन चियर पर्सन बिनेश बज्राचार्य र जोन चियर पर्सन सोनाली गुरुङको आतिथ्यतामा भएको हो ।

कार्यक्रममा कागती, मेवा लगायत विभिन्न जातका फलफूलका बिरुवाहरु सहभागिहरुलाइ हस्तान्तरण गरिएको थियो । कार्यक्रमका बक्ताहरुले वातावरणको संरक्षण तथा पछिल्लो समय फैलिरहेका कोभिड तथा डेङ्गु लगायतका सरुवा रोगहरुलाइ मध्यनजर गर्दै यस्ता बिरुवा बितरण गरेकोमा क्लबको प्रशंसा गरे ।

यसैगरी ओरिन्टेसन कार्यक्रममा प्रमुख अतिथी एमजेएफ सन्दीप कसौधन, एक्सटेन्सन तथा रिजन चियर पर्सन बिनेशमान बज्राचार्य तथा एरिया चिफ माधब खनाल तथा जोन चियर पर्सन सोनाली गुरुङले सहजीकरण गरेका थिए ।
दुबै कार्यक्रम लायन्स क्लब अफ बुटवल लोटसका अध्यक्ष सुशिला आचार्यको अध्यक्षता तथा सचिब सुशिला ज्ञवाली पौडेलको सञ्चालनमा सम्पन्न भएका थिए ।