परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न

मेचीकाली संवाददाता

१ पुष २०८१, सोमबार
23 shares

हेमन्त गौतम

यसभन्दा अघिल्लो अङ्क–१२ को लेखको बुँदा नम्बर २३ र २४ मा मैले श्री सूर्य नारायणज्यू कुनै एउटा धवधप बलिरहेको ग्यासको भौतिक पिण्ड नभई एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा यसबाट पनि प्रमाणित हुन्छ कि एउटा बलिरहेको भौतिक वस्तु–ग्यासको आगोको ज्वालाको जति बढी नजिक गयो उति बढी तातो लाग्दछ र जति बढी टाढा गयो उति बढी चिसो लाग्दछ भने श्री सूर्य नारायणज्यूको जति बढी नजिक गयो उति बढी चिसो लाग्दछ र जति बढी टाढा गयो उति बढी तातो लाग्दछ जुन हामीले व्यवहारिक जीवनमा ख्याल नगर्दा नगर्दै पनि प्रत्यक्ष रुपमा अनुभव गरी आएका छौं भन्ने सन्दर्भसहितका आफ्ना विचारहरू प्रस्तुत गरेको थिएँ । अब म सोही विषय वा प्रसङ्गलाई बुँदा नम्बर २४ अन्तर्गत नै रहेर अरु थप दृष्टान्तसहित सुस्पष्ट गर्न चाहन्छु ।

(२४) श्री सूर्य नारायणज्यूको तापशक्तिमा विद्यमान उक्त अलौकिक विशेषता कि उहाँको जति बढी नजिक गयो उति बढी चिसो लाग्ने र जति बढी टाढा गयो उति बढी तातो लाग्ने, यस प्रकारको विशेषताले गर्दा उहाँ श्री सूर्य नारायणज्यूको अपेक्षाकृत बढी नजिक पर्ने पहाडको माथिल्लो भागमा अपेक्षाकृत बढी चिसो (ठण्डा) हावापानी पाइने र टाढा पर्ने तल्लो भागमा तातो (गरम) हावापानी पाइनुका साथै सो पहाड मध्येमा पनि विशेष उच्च पहाडहरूको टुप्पो र त्यसको आसपासको भागमा बाह्रै महिना हिउँ जमिरहने तर तिनको फँेदीतिरको हिउँ पग्लेर हिम नदी बनी बग्दै गरेको पाइने जस्ता जुन प्राकृतिक अवस्थाहरू यस धर्तीमा विद्यमान देखिन्छन्, तीबाहेक अन्य तमाम प्राकृतिक अवस्थाहरू पनि हामी यहाँ देख्दछौं जो निम्न अनुसार छन्ः

(अ) यदि श्री सूर्य नारायणज्यूको तापशक्तिमा पनि कुनै बलिरहेको भौतिक वस्तु ग्यास वा अन्यबाट आएको तापशक्तिमा जस्तै जति बढी नजिक गयो उति बढी तातो लाग्ने र जति बढी टाढा गयो उति बढी चिसो लाग्ने विशेषता भइदिएको भए दिनको समयमा उहाँ श्री सूर्य नारायणज्यूको ताप शक्तिको प्रभावले तातेर हलुका भई माथि उठेर गएको यस पृथ्वीको वरिपरिको हावा (वायुमण्डल) उहाँको अरु नजिक हुन जाँदा थप तातेर झनै हलुका भई अरुमाथि उठेर जाने थियो । त्यसरी माथि उठेर गएको उक्त हावा उहाँ श्री सूर्य नारायणज्यूको झनै नजिक हुन जाँदा पुनः थप तातेर अरु हलुका भई झन् माथि उठेर जाने थियो । यो प्रक्रिया बारम्बार दोहोरिइरहँदा उक्त हावा झन् भन्दा झन् माथि उठेर गई यस पृथ्वीमा फर्केर आउनुको सट्टा उतै माथितिरको आकाशमा बिलिन भएर जाने थियो । फलस्वरूप यस पृथ्वीको वरिपरिको हावा (वायुमण्डल) को अभावमा न त यहाँको वनस्पति जगतमा हुने (हुनुपर्ने) प्रकाश संश्लेषण क्रिया सम्पन्न हुनको लागि आवश्यक कार्बनडाइअक्साइड ग्यास प्राप्त हुन सम्भव हुने थियो न त सो वनस्पति जगत र जन्तु जगत दुवैको निमित्त सास फेर्नको लागि आवश्यक अक्सिजन नै । भन्नुको तात्पर्य यो पृथ्वी उक्त दुवै जगतको अस्तित्वबिनाको उपयोगिताविहीन धर्तीको रुपमा रहने थियो ।

परन्तु मूलभूत रुपमा हामी मनुष्य र थप अन्य प्राणी मात्रको परम सौभाग्य, उहाँ श्री सूर्य नारायणज्यूको तापशक्तिमा रहेको उहाँको जति बढी नजिक गयो उति बढी चिसो लाग्ने र जति बढी टाढा गयो उति बढी तातो लाग्ने अलौकिक विशिष्ट विशेषताका कारण दिनको समयमा उक्तबमोजिम तातेर हलुका भई माथि उठेर गएको पृथ्वीको सतह र त्यसको आसपासको हावा उहाँको पहिले भन्दा नजिक पर्न जाँदा पहिलेभन्दा चिसिएर गह्रौं भई फर्केर तलतिर झर्दछ । पृथ्वीको सतह वा त्यसको आसपासमा आइपुग्दा पुनः तातेर हलुका भई माथितिरै उठेर जान्छ । यसरी माथि उठेर गएको हावा पहिले जस्तै श्री सूर्य नारायणज्यूको बढी नजिक पर्न जाँदा पुनः चिसिएर गह्रौँ भई पृथ्वीको सतह तिरै फर्कन्छ । यस प्रकार पृथ्वीको सतह वा आसपासको हावा उक्त बमोजिम तातेर माथि उठेर जाने र चिसिएर पुनः तल पृथ्वीमै फर्कने जस्तो यस पृथ्वीको वरिपरिको हावा–वायुमण्डलमा एक प्रकारको संवाहनिक धार निरन्तर रूपमा पैदा हुन्छ र त्यसकै परिणामस्वरूप पृथ्वीको सतह र त्यसको आसपासमा पनि हावाको कहिल्यै अभाव हुन पाउँदैन । वास्तवमा यसले गर्दा नै यस पृथ्वीमा विद्यमान वनस्पति जगतमा हुने प्रकाश संश्लेषण क्रिया र वनस्पति जगत् तथा जन्तु जगत् दुवैमा हुने श्वासप्रश्वास क्रिया लागि क्रमशः आवश्यक कार्बनडाइअक्साइड र अक्सिजन ग्यास निरन्तर रूपमा प्राप्त हुन गई उक्त दुवै जगत्का प्राणीहरू यस धर्तीमा अस्तित्वमा रहन सम्भव भएको छ, अन्यथा कतै सम्भव थिएन ।

(आ) यदि श्री सूर्य नारायणज्यूको तापशक्तिमा जति बढी नजिक गयो उति बढी चिसो लाग्ने उक्त बमोजिमको विशेषता नभई जति बढी नजिक गयो उति बढी तातो लाग्ने विशेषता भइदिएको भए दिनको समयमा उहाँको सामान्य वा विशेष (प्रचण्ड) तापाले गर्दा खोला, नदीनाला, पोखरी, ताल–तलैया, सागर, महासागर आदिको पानी तातेर बाफ बनी माथितिर उडेर जाँदा श्री सूर्य नारायणज्यूको अपेक्षाकृत बढी नजिक हुन गई थप तातेर अरु हलुका भई झनै माथि उडेर जाने थियो । जति माथि गयो उति उहाँको झनै नजिक हुँदा अरु थप तातेर झनै हलुका भई अरु माथितिर उडेर जाने थियो । यो क्रम नित्य रुपमा जारी रहँदा र सो पानीको बाप झन् भन्दा झन् हलुका भई अरुमाथि उड्दै जाँदा अन्ततः धेरै माथिको आकाश वा अन्तरिक्षमा उतै बिलिन हुने थियो । परिणामस्वरूप पृथ्वीको सतहमा रहेका उपर्युक्त प्रकारका पानीका सबै स्रोतहरू सुकेर जाने थिए र यस धर्तीमा पानीको पूर्ण अभाव हुन गई वनस्पति जगत् र जन्तु जगत् दुवैको अस्तित्व सदाको लागि समाप्त भएर जाने थियो । यहाँ न त कुनै बोटबिरुवा, न त अन्य कुनै जीव जनावर, न त हामी मानव जाति नै, कसैको पनि नाम निशाना रहने थिएन ।

परन्तु उपर्युक्तबमोजिमको परम सौभाग्यको कुरा, श्री सूर्य नारायणज्यूको जति बढी नजिक गयो उति बढी चिसो लाग्ने विशेषताका कारण पृथ्वीको सतहमा रहेका उक्तबमोजिमका पानीका स्रोतहरू–खोला, नदीनाला आदिमा भएको पानी उपर्युक्तबमोजिम दिनको समयमा तातेर माथि आकाशमा उडेर जाँदा उहाँ श्री सूर्य नारायणज्यूको जति बढी नजिक गयो उति बढी चिसिएर कालन्तरमा बादल बन्दछ । त्यही बादल थप चिसिन गई (त्यसको सार्वधिक महत्वपूर्ण कारक तत्वका बारेमा यसपछिका सान्दर्भिक लेखमा प्रष्ट गरीनेछ ।) अन्ततः पानीमा परिणत हुन्छ र वर्षातको रुपमा पृथ्वीको सतहमा फर्की उक्त खोला, नदीनाला आदिमा मिसिन जान्छ । फेरि उसरी नै दिनको समयमा उक्त खोला, नदीनाला आदिको पानी पुनः तातेर बाफ बनी माथि उडेर जान्छ र उपर्युक्तबमोजिम पुनः चिसिएर बादल बन्दछ । सोही बादल थप चिसिँदा अन्त्यमा पानीमा परिणत भई पुनः पृथ्वीमै वर्षातको रुपमा झर्दछ र यहाँ भएका उक्त खोला, नदीनाला आदिमा नै पुनः मिसिन जान्छ ।

यसरी पृथ्वीको सतहमा भएका उक्त खोला, नदीनाला, पोखरी, ताल–कलैया, सागर, महासागर जस्ता जलाशयमा भएको पानी दिनको समयमा उक्त बमोजिम वाष्पीकरण भई माथितिर उडेर जाने र फेरि चिसिएर बादल बन्ने अनि सो बादल क्रमशः थप चिसिन गई पानीमा परिणत भएर वर्षातको रुपमा पुनः पृथ्वीमै झरी यहाँ भएका पानीका उक्त स्रोतहरूको मिसिने, फेरि उक्त जलाशयको पानी तिनको समयमा उक्तबमोजिम नै पुनः वाष्पीकरण भई माथितिर उडेर जाने अनि पुनः चिसिएर बादल बन्ने र सो बादल अरु थप चिसिएर पानीमै परिणत भई पुनः बर्षातको रूपमा उक्त जलाशयहरूमै फर्कने जस्तो पानी–चक्र ………………….. (ध्बतभच–ऋथअभि) प्रकृतिमा प्रतिदिन नभएतापनि समय–समयमा चलिरहन्छ । यसले गर्दा एकापट्टि पानीका उपर्युक्त स्रोतहरूमा पानीको अभाव कहिल्यै हुन पाउँदैन, बरु ती स्रोतहरू पुनः पुनः साविकबमोजिम पानीद्वारा भरिन, पूर्ण हुन जान्छन् भने अर्को पट्टि उपर्युक्त वनस्पति जगत् र जन्तु जगत्का प्राणी मात्रको लागि आवश्यक पर्ने पानीको पनि सदा सर्वदा परिपूर्ति भइरहन्छ । आखिर यस महत्वपूर्ण कारणसमेतले नै यस धर्तीमा वनस्पति जगत र हामी मनुष्य सहित को जन्तु जगत् दुवैको आजको यो जीवन सम्भव भएको हो, अन्यथा कदापि सम्भव थिएन ।

यसप्रकार उपर्युक्त प्रारम्भदेखि अन्त्यसम्मको समग्र विश्लेषणबाट पनि के कुरा प्रमाणित हुन जान्छ भने श्री सूर्य नारायणज्यू कुनै एउटा बल्दो ग्यासको निर्जीव भौतिक पिण्ड कदापि हुनुहुन्न, बरु यसको ठिक विपरीत ताप शक्तिजन्य उपर्युक्त अलौकिक विशिष्ट विशेषता समेतले सहित भएका एकमात्र परम चैतन्य स्वरूप परम प्रभु परमात्मामा परमेश्वर नै हुनुहुन्छ, अन्यथा छैन । अरु बाँकी सबै आगामी लेखहरुबाट । अङ्क १३ (क्रमशः)