पितृदेवो भव:

पिता देवता हुन् । हरेक चाडवर्प जस्तै कुशेऔंसी मनाउनको प्रमुख उद्देश्य भनेको पनि स्वास्थ्य नै हो । स्वास्थ्य नै मानिसको असली सम्पत्ति हो ।

मेचीकाली संवाददाता

७ भाद्र २०८२, शनिबार
64 shares

ओम बानियाँ

हिन्दू धर्मावलम्बीहरुले मनाउने हरेक चाडपर्व, रीतिरिजाव तथा उत्सवहरुको प्रमुख उद्देश्य भनेको नै स्वास्थ्य हो, शारीरिक तथा मानसिक स्वास्थ्य । वैदिक ऋषिमुनीहरुले (वैज्ञानिकहरुले) मानिसको स्वास्थ्यलाई केन्द्रमा राखेर नै यस्ता चाडपर्वहरु आविस्कार गरिएका हुन् तसर्थ कुशेऔंसी तथा बुबाको मुख हेर्ने दिनको मनोविज्ञान पनि यही नै हो ।

कुशेऔंसी (भाद्र कृष्ण औंसी) का दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्राउने परम्परा छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास र मान्यता छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्मावलम्बीहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । भगवान् विष्णुको पालनकर्ता हुन् । हरेक प्राणीको प्राण हुन् । यसको वैज्ञानिक अर्थ के हो भने कुश, तुलसी तथा पीपल आदि वनस्पति मानिसका लागि जीवनदायी वनस्पती हुन् । त्यसैले यस्ता वनस्पतिहरुलाई बढी महत्व दिइएको हो ।

वैदिक सनातन धर्ममा मानिसको जन्मदेखि मृत्युसम्मका बिभिन्न धार्मिक कर्महरुमा कुश नभइ हुँदैन । यस पवित्र वनस्पति देवकर्म र पितृकर्म दुवैमा अनिवार्य रुपमा चाहिन्छ । औंशी दिन घरमा ल्याइने कुशको महिमा श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमा समेत वर्णन गरिएको छ । यसरी कुशलाई दैनिक जीवनमा प्रयोगमा ल्याउनु वैज्ञानिक कारण छ । त्यो कारण हो, मानिसको स्वास्थ्य ।

हेल्थ फस्र्ट


आयुर्वेदिक उपचारमा कुशको निकै महत्व छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको पात र जराबाट विविध उपचारका लागि आयुर्वेदिक औषधी बनाइन्छ । कुशको प्रयोग श्वास, दाह, रक्तपित्त, रक्तविकार, तिर्खा, मिर्गौलाको पत्थरी, मधुमेह, मानव शरीरको रक्तसँग सम्बन्धित रोग तथा जण्डिस, छालामा देखिएका खटिरा आदिको उपचारमा गर्न सकिन्छ । कुश धारण गर्दा आयु बढ्ने र प्रदूषित वातावरण नास गर्ने र यसलाई पानीमा डुबाउँदा पानी शुद्धीकरण हुन्छ । जप, पूजापाठ र यज्ञ गरिँदा त्यसबाट शक्ति रक्षा गरिदिने कुशलाई आसनको रुपमा प्रयोग गरिन्छ । कुशको गुन्द्रीमा बसेर ध्यान गर्ने हो भने मस्तिष्क शक्ति, स्मरण शक्ति तथा ध्यान शक्ति बढ्ने बताइन्छ । कुश पोजेटिभ इनर्जीको वनस्पति हो । कुश घरमा राख्नले चट्याङ रोक्ने कार्यसमेत गर्ने जानकारहरु बताउँछन् ।

आयुर्वेदिक उपचारमा कुशको निकै महत्व छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको पात र जराबाट विविध उपचारका लागि आयुर्वेदिक औषधी बनाइन्छ । कुशको प्रयोग श्वास, दाह, रक्तपित्त, रक्तविकार, तिर्खा, मिर्गौलाको पत्थरी, मधुमेह, मानव शरीरको रक्तसँग सम्बन्धित रोग तथा जण्डिस, छालामा देखिएका खटिरा आदिको उपचारमा गर्न सकिन्छ । कुश धारण गर्दा आयु बढ्ने र प्रदूषित वातावरण नास गर्ने र यसलाई पानीमा डुबाउँदा पानी शुद्धीकरण हुन्छ । जप, पूजापाठ र यज्ञ गरिँदा त्यसबाट शक्ति रक्षा गरिदिने कुशलाई आसनको रुपमा प्रयोग गरिन्छ । कुशको गुन्द्रीमा बसेर ध्यान गर्ने हो भने मस्तिष्क शक्ति, स्मरण शक्ति तथा ध्यान शक्ति बढ्ने बताइन्छ । कुश पोजेटिभ इनर्जीको वनस्पति हो । कुश घरमा राख्नले चटाङ रोक्ने कार्यसमेत गर्ने जानकारहरु बताउँछन् ।

जप, ध्यान, पूजा, हवन र श्रद्धा गर्दा पृथ्वीको गुरुत्वाकर्षणले मानव देहलाई प्रभाव पार्न नसकोस्, रोग फैलाउने भाइरसहरु निस्क्रिय होऊन् भनेर कुशको प्रयोग गरिएको हो । ग्रहण लागेको समयमा दही, दूध, अन्न, पानी तथा अन्य खाद्य वस्तुहरुमा कुश राखिदिएमा ग्रहणकालमा निस्किएका अशुद्ध विकीरणको दुष्प्रभाव पर्दैन । कुण्डलीमा राहुको महादशा चल्दा पानीमा कुशको प्रयोग गरेर स्नान गर्दा यसको नकरात्मक असर कम हुने धार्मिक शास्त्रमा उल्लेख छ ।

कुशे औंसीको अर्को पक्ष पनि छ । कुशे औंसीलाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन् । आजको दिन पिताको सम्मान, सम्झना तथा समर्पण गर्ने दिन हो । यस्तै बुवा नहुनेले पिताको सम्झनामा तस्बिर हेरेर वा विभिन्न मन्दिर शक्तिपीठ, देवालयलगायतका पवित्र तिर्थस्थल पुगेर पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्दछन् ।
यसरी बुबाको मुख हेर्ने रीति किन बसालियो भने परिवारमा बुबाको भूमिका धेरै हुन्छन् । वास्तवमा भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल हुन्, बुबा ।

छोराछोरीहरु माथि अभिनेताको भूमिका गर्ने पात्र हुन्, बुबा । अनुशासन, साथीत्व, निर्देशन र दार्शनिकताले छोराछोरीको मन, सोच र भविष्यलाई आकार दिने र साकार पार्ने कुमाले हुन्, बुबा । चाहे बुबाहरुको चरित्र जस्तो भए पनि आफ्ना बालबच्चाहरुका लागि उनीहरु मधुर धड्कन नै हुन्छन् र उनीहरुको प्रभाव आफ्ना बच्चाहरु माथि निरन्तर रहेको हुन्छ ।

बुबा भनेको नै एउटा परिवार हो । जहाँ ऊ आफ्ना आश्रितहरु माथिको अभिनेता भइसकेको हुन्छ र ऊ परिवारमा बालबच्चाहरुको एउटा यस्तो नायक हो, जसले उनीहरुको व्यक्तित्वको आकार निश्चित गरिदिन्छ । हुन त आफ्ना सन्तान माथि आमाको महत्व र माया जति महत्वपूर्ण केही पनि छैन तर त्यहीँ आमाको न्यानो काखमा हुर्किएको बच्चाको वास्तविक व्यक्तित्व उही बबाुको भूमिकामा निर्भर गर्दछ ।
सन्तानको सपना साकार गरिदिन उनीहरुको लक्ष्य प्राप्तिका बाटाहरुमा आइपरेका समस्याहरुलाई परिपूर्ति गरिदिँदै विश्वलाई नियाल्नका लागि आत्मविश्वास र साहसको आँखा प्रदान गर्ने भूमिका बाबुको नै हुन्छ । त्यसैले सन्तानको खुशी पूरा गर्ने प्रयत्नमा आफ्ना रहर र खुशीहरु बिर्सिने त्यो वास्तविक जीवनको पात्र हुन्, बुबा ।

बुबाका लागि पैतृक अवस्था चुनौति र प्राप्ति दुवै हो । चुनौती त्यसरी हो, जहाँ बुबाले आफ्ना सन्तानको उच्च शिक्षा, संस्कार र आर्थिक आवश्यकताहरु पूरा गर्दै सन्तानलाई सबल र जिम्मेवार नागरिक बनाउने मोटो जिम्मेवारी लिनुपर्छ । जहाँ उसले सन्तानको खुशी र आवश्यकता पूरा गर्दागर्दै आफ्नो अवश्यकता बिर्सिकेको हुन्छ भने प्राप्ती त्यसरी हो, जहाँ बबाु आफ्ना सन्तानहरु देखेर आनन्द मान्ने, आफ्नो मेहनतका कारण उनीहरुले गरेको सफलतामा रमाउने, दिन प्रतिदिन उनीहरु बढ्दै गएरहेको देखेर मख्ख पर्ने, उनीहरुको इच्छा आफूले पूरा गरिदिन सकेकोमा रमाउने र कामबाट बेलुका घर फर्कदा आफ्ना सन्तानहरु आफ्नो आगमनमा खुशीले रमाउन थालेपछि दिनभरिको थकान र कामको चाप सबै बिर्सिएर मनमनै रमाउँछ । त्यसैले बुबाको अवस्था भनेको अनिश्चित मागहरुको अवस्था र केही चीजहरुको प्राप्ति हो ।

हुन त वर्षमा एक पटक कुशे औंशीको दिन बुबालाई टक्रयाउने उपहार, मिठाइ र सम्झना मात्र बुबाले सन्तानमाथि देखेको सपना होइन । एउटा बुबाले जहिले पनि सन्तानको उन्नति, प्रगति र सफलता देख्न अनि वृद्धावस्थामा साथको अपेक्षा गरेको हुन्छ । जसरी ऊ आफ्ना सन्तानहरु साना छँदा सहारा दिएको हुन्छ । त्यसैले आजको पुस्ताले बुबाले आफूमाथि देखेको सपनालाई गम्भीरतापूर्वक बुझेर त्यसैअनुसार कर्म गर्दै जानुपर्छ । किनकि कुनै पनि बाबुले आफ्ना सन्तानमाथि कहिल्यै पनि नराम्रो सोचेको हुँदैन । सबै पिताहरुमा कुशे आंैशीको मंगलमय शुभकामना । हरेक घर घरमा सुस्वास्थ्यले वास गरुन् । स्वास्थ्य नै मानिसको असली धन हो ।