समाजवादको आधार सामाजिक उद्यमशीलता

मेचीकाली संवाददाता

६ कार्तिक २०७९, आईतवार
331 shares

माधवकुमार पौडेल
आम रुपमा बुझिने उद्यमशीलताको अवधारणा भन्दा बिल्कुल भिन्न अवधारणा हो सामाजिक उद्यमशीलता । यद्यपी यि दुई फरक अवधारणाका बिच थुप्रै समानता छन् । सिर्जनात्मक उद्देश्यमा यिनिहरुको भिन्नता छुट्टिन्छ । सामाजिक उद्यमशीलता नाफा मुखी हुँदैन । यसले समाजको बृहद रुपान्तरणमा जोड दिन्छ । सामाजिक उद्यमीहरुले विभिन्न खालका साधन र स्रोतको प्रयोग गरि समाजको उत्थानमा टेवा दिन्छन् । मानव जीवन सुधार गर्न यसले समुदाय, समाज र विश्वव्यापी हितका समस्याहरु समाधान गर्ने वा कम्तिमा कम गर्ने लक्ष्य राख्दछ । व्यापार वा व्यवसायिक क्षेत्रका कार्यहरु पूरा गर्न विशेष गरि विज्ञापनका विशिष्ट विधिहरु र भाषण (नारा) प्रयोग गर्दछ ।

सामाजिक उद्यमशीलताका चार गुण हुन्छन् । (१) सिर्जना (२) उद्यमशील गुण (३) समाजिक प्रभाव र (४) नैतिक मूल्य र मान्यता । सन् १९८० को दशकमा विकास भएको सामाजिक उद्यशीलताको अवधारणालाई खास गरेर पाकिस्तानी विकासविद एवम् समाज वैज्ञानिक अख्तर हमिद खान र बङ्गलादेशमका नोबेल पुरस्कार विजेता अर्थशास्त्रि मोहम्मद युनुसले प्रवद्र्धन गरेका हुन् । अख्तर हमीद खान विकासोन्मुख देशमा सहभागितामुलक ग्रामिण विकासको प्रवद्र्धन गर्ने व्यक्ती हुन् । उनका अनुसार विकासका लागि सामुदायिक सहभागिता हुनुपर्दछ । उनको प्रयासको कदर स्वरुप उनलाई एसियाको नोबेल पुरस्कार भनिने रोमन म्यागेसेसे पुरस्कार दिइएको थियो । मोहम्मद युनुस ग्रामिण बैंकका संस्थापक हुन् । उनले नव प्रवर्तनलाई प्रोत्साहन गर्ने लघु कर्जाको अवधारणा ल्याएका थिए । सामाजिक विकासको यो मोडेल एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा लोकप्रिय छ । उनको यो प्रयासको कदर स्वरुप नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

सामाजिक उद्यमीहरुका क्षेत्रहरु हुन्– सामाजिक कार्य, समुदाय विकास, उद्यमशीलता र वातावरण विज्ञान । तसर्थ सामाजिक उद्यमीहरुमा को को हुन् भनेर ठ्याक्कै परिभाषित गर्न सकिन्न । उनिहरुलाई सामाजिक नवप्रवर्तक (सोसल इनोभेटर) पनि भन्ने गरिन्छ । किनकी उनिहरुले परम्परागत नभएर सिर्जनात्मक रणनीति प्रयोग गर्दछन् । सामाजिक उद्यमशीलता परोपकारी प्रकृतिको उद्यमशीलता हो जसले बृहत्तर सामाजिक हितलाई ध्यान दिन्छ । यो अन्य स्वेच्छिक क्षेत्र र च्यारिटी (दान) सम्बन्धित गतिविधीहरु भन्दा भिन्न हुन्छ । यसको माध्यमबाट सामाजिक पूँजीलाई सकारात्मक सामाजिक रुपान्तरण तर्पm लैजान सकिन्छ ।

मोहम्मद युनुसले प्रतिपादन गरेका सामाजिक उद्यमका सात सिद्धान्त

सामाजिक व्यवसायले सामाजिक समस्या सम्बोधन÷समाधान गर्छन् । यसबाट समग्र अर्थतन्त्रमा सकारात्मक तरङ्ख पैदा हुन्छ । सामाजिक उद्यमका सिद्धान्तले अरु सिद्धान्तले जस्तै आप्mनो उद्देश्य र सञ्चालन विधीको परिभाषा गर्छन् । यि सिद्धान्तलाई विश्वभरीका सामाजिक उद्यम गर्ने÷वा प्रवद्र्धन गर्ने संघ, संस्था वा व्यक्तिले पालना गर्दछन् ।

१) गरिबी निवारण गर्ने र जल्दाबल्दा सामाजिक विषय सम्वोधन गर्ने ।

२) वित्तिय तथा आर्थिक स्थायीत्व कायम गर्ने ।

३) यस्तो व्यवसायमा लगानिकर्ताले आप्mनो लगानी उचित प्रतिफल सहित मात्रै फिर्ता पाउँछन तर व्यवसायबाट निरन्तर नाफा भने पाउँदैनन् ।

४) लगानिको रकम भुक्तान भएपछि कम्पनीको नाफा कम्पनीमा नै रहन्छ र कम्पनीको थप विस्तार र सुधारमा खर्च गरिन्छ ।

५) वातावरणिय चासोलाई ख्याल गरेर व्यवसाय प्रवद्र्धन गरिन्छ ।

६) कामदारले न्यायोचित पारिश्रमिक पाउने सुनिश्चितता हुन्छ ।

७) आनन्द र हर्षले आप्mनो रुचि र चासोका क्षेत्रमा काम गर्ने वातावरण हुन्छ । नाफा आर्जन गर्ने दबाब हुन्न ।

समकालिन समाजका जल्दाबल्दा समस्या समाधान गर्ने मनशायले सिर्जनात्मक र नवव्रवद्र्धनात्मक सोंच भएका व्यक्ति नै वास्तवमा सामाजिक उद्यमी हुन् । नाफा आर्जन गर्नु उनिहरुको दोस्रो प्राथमिकता हुन्छ । त्यसैले यिनिहरु आप्mनो कर्ममा दत्तचित्त र दृढ भएर लाग्छन् । उनिहरुमा उच्च तहको प्रेरणा हुन्छ र समाजमा देखिने परिवर्तन ल्याउने उत्कट अभिलाषा रहेको हुन्छ ।

को हुन सामाजिक उद्यमी ?

सामाजिक उद्यमीमा समग्र समाजको अनुहार बदल्ने गरि काम गर्ने उत्साह हुन्छ । स्वास्थ्य, सरसफाइ, शिक्षा लगायतका हरेक क्षेत्रमा उनिहरु कृयाशील भएको पाईंन्छ । यिनिहरुले आधुनिक अन्वेषण र खोजको क्षेत्रमा पनि परिवर्तन गर्ने काम गरेको पाईंन्छ । जस्तो कि हामी हाम्रै देशका महाविर पुन, डाक्टर सन्दुक रुइतलाई लिन सक्छौं । उनिहरुले प्रणालीगत सुधारमा काम गर्छन्, नयाँ नयाँ समाधानका विधी र अभ्यास संस्थागत गर्छन् ।

प्रसिद्ध अमेरिकी मानवअधिकार नेतृ सुसान बि एन्थोनी, भारतकी दलित अभियन्ता विनोभा भावे, मण्टेश्वरी शिक्षाकी प्रणेता मारीया मण्टेश्वरी, नर्स प्mलोरेन्स नाईटेङ्खल, र परिवार नियोजन प्रणालीलाई विश्वव्यापी बनाउने अभियन्ता मार्गरेट सेन्जर विश्व प्रख्यात सामाजिक उद्यमीहरु हुन् । त्यस्तै नेपालमा पनि हामी थुप्रै यस्ता व्यक्ति पाउँछौं जो सामाजिक उद्यमको सोंचबाट समाज परिवर्तन गर्ने अभियानमा अहोरात्र खटिरहेका छन् ।

पूँजीवादले उत्पन्न गरेको संकटको समाधान गर्न सक्छ सामाजिक उद्यमशीलताले

‘आर्थिक असमानता’ राजनीतिमा सदियौं देखि तातो बहसको विषय हुने गरेको छ । शक्तिशाली राजनीतिक, सामाजिक आन्दोलन र महत्वाकांक्षी प्रयासहरु नभएका पनि होइनन् यस विषयलाई सम्वोधन गर्न । विश्वभर नै यहिं मुद्धालाई लिएर रक्तपातपूर्ण आन्दोलन भएर जनधनको समेत ठूलो क्षती भएको छ । नेपालमा पनि २००७ साल यतादेखिका हरेक खालका आन्दोलनमा यस्तो भएको छ । सामाजिक न्याय स्थापना गर्ने, गरिबी निवारण गर्ने, आर्थिक असमानता हटाउने भन्ने कुरा सबै राजनीतिकदलका साझा एजेण्डा हुन् । तर यथार्थमा त्यसो हुन सकेको छैन । पूँजीवाद हावी भएको छ । जसले गर्दा असमानताको खाडल झन् झन् गहिरिदै गएको छ ।

पूँजीवादी व्यवस्थामा नाफाका लागि प्रतिस्पर्धा हुन्छ । उत्पादन अत्यधिक हुँदा मूल्यमा गिरावट आउँछ । श्रमिकको ज्याला घट्छ, बेरोजगारी बढ्छ र नाफाको दरमा पनि क्रमशः गिरावट आउँछ र आर्थिक मन्दिको अवस्था सिर्जना हुन्छ । पूँजीवादी व्यवस्थामा उल्लेखित समस्याहरु चक्रिय रुपमा भइ नै रहन्छन् । पूँजीवाद उत्पादक भयो भने मात्र उद्योग व्यवसाय फस्टाउँछन् । थप रोजगारीको सिर्जना हुन्छ । यसबाट नाफा, अर्को अझ ठूलो उद्योग, अझ थप रोजगारी र नाफा बढ्दै जान्छ । तर व्यवहारतः हामी त्यस्तो भएको छैन र त विश्वव्यापी संकट देखिदै छ । यो संकटको प्रभाव बहुआयामिक हुन्छ । यसले मान्छेको प्रगति, सामाजिक एकता, मानवअधिकार र प्रजातन्त्रलाई पनि संकटमा लैजान्छ ।

मानिस स्वार्थी प्राणी मात्रै पनि होईन भन्ने कुरा उनिहरुका परोपकारी भावना र चाहनामा देख्न सकिन्छ । यदि त्यसो हुन्थेन भने कसैले पनि त अप्ठ्यारो, जोखिमयुक्त जटिल काम गरेर अरुलाई सहयोेग गर्ने थिएनन् । लाखौंको संख्यामा न्यून वेतन, ज्याला, तलबमा काम गर्ने विद्यालय तहका शिक्षक, सामाजिक कार्यकर्ता, नर्सहरु, नागरिक अभियन्ता, स्वयंसेवकहरु ल्गायतका सेवा यसैका ज्वलन्त उदाहरण हुन् ।

हामी सैद्धान्तिक÷दार्शनिक बिरोधाभाषका बिच बाँचिरहेका छौं । अभैm पनि खुल्ला बजारमुखी पूँजीवादले सबै प्रकारका मानवीय समस्या समाधान गर्ने एकमात्र उत्कृष्ट प्रणाली मान्दछन् । सँगसँगै अर्कोतिर खुल्ला बजार प्रणालीका कमिकमजोरी पनि स्वीकार्दै ती कमिकमजोरी हटाउन र समाधान गर्न प्रत्येक बर्ष खरबौं डलर खर्चिने गर्छन् । तर पनि समस्या झन् गहिरिदै गएको छ । मुठ्ठि भर मान्छेका हातमा पूँजी केन्द्रिकृत भैरहेको छ । तसर्थ अब अर्थतन्त्रको परम्परागत ढाँचालाई पुनःसंरचना गर्न जरुरी छ । यस्तो पुनःसंरचित आर्थिक प्रणालीमा मुख्य तीन तत्व हुन्छन् । (१) सामाजिक व्यवसायको अवधारणालाई आत्मसात गर्ने । जुन व्यक्तिगत स्वार्थभन्दा माथी मानव कल्याणमा आधारित हुन्छ । (२) मान्छेहरु मात्र जागिर खोज्छन् भन्ने मान्यता त्यागेर उनिहरु उद्यमी बन्न सक्छन् भन्ने मान्यता स्थापित गर्ने । (३) समग्र आर्थिक÷वित्तिय प्रणालीलाई पिंधमा रहेको वर्गको उत्थान गर्ने गरि पुनःसंरचना गर्ने ।

नयाँ सभ्यताको विकास गर्न सामाजिक उद्यम÷व्यवसाय जस्तोे प्रतिअर्थशास्त्र (काउन्टर इकोनमिक्स) को विकास गर्नुपर्दछ । असमानता हटाउने पुरातन माध्यमहरु– च्यारिटी र सरकारी कार्यक्रमले मात्रै माथि उल्लेखित समस्या समाधान गर्न सकिन्न । यसका लागि परम्परागत पूँजीवादी माईण्ड सेट बदल्नुपर्छ । स्वार्थ रहित सामाजिक उद्यम तर्पm अग्रसर हुनुपर्दछ । सुन्दा सानो प्रयास लाग्न सक्छ तर यसैको माध्यमबाट मानवीय समस्या सम्बोधन गर्न सकिन्छ ।

विश्वव्यापिकरणको वर्तमान युगले विश्व मानव परिवारको सिर्जना गर्दै मानिसहरुका बिच अझ बढी सामिप्यता, भाइचारा र बन्धुत्वको विकास गर्न सक्नुपथ्र्यो । तर यथार्थमा विश्वव्यापिकरणले व्यापक रुपमा तनाव र द्वन्द सिर्जना भैरहेको छ । मानिसहरु र राष्ट्रहरुका बिचमा आ–आप्mनो स्वार्थ अनुसारको चासो पुरा गर्ने होडबाजी छ । विश्वयुद्ध ताकाको बेलामा जस्तै विश्व ध्रुविकृत भैरहेको छ । रुस युक्रेन युद्धको तनाबले शीतयुद्धकालीन समयको झल्को दिइरहेको छ । शक्तिराष्ट्रहरुका बिच विश्वशक्ति÷महाशक्ति बन्ने होडबाजी छ । चीन अमेरिका बिच व्यापार युद्ध छ । आर्थिक सिद्धान्त भित्र पर्ने शून्य–परिणाम (जिरो सम) को मान्यताले सबैलाई आर्थिक लडाईंमा विजेता बन्न प्रेरित गर्दा–अर्कातिर सबैले पराजय व्यहोर्नु पर्ने अवस्था सिर्जना भैरहेको छ । अति राष्ट्रवाद, विदेशीलाई घृणा गर्ने (जेनोफोयिबा), सर्बत्र अविश्वास र त्रास जस्ता कुरा त्यसैको परिणाम हुन् ।

देश यतिबेला आम निर्वाचनको संघारमा छ तर पार्टिहरुका अर्थ–राजनीतिक मुद्धामा नविन सोंच, विचार र दृष्टिकोण देखिदैन । घोषणा पत्रमा यस्ता कुराले प्राथमिकता पाएका छैनन् । तीन दशक अघि देखिका बासी मुद्धा बोकेर हिडिरहेका छन् । आशा गरौं अब हामी विश्व दृष्टिकोण बुभ्mदै आप्mनै मौलिक खालको अर्थ–राजनीति निर्माण गर्न सकौं । सबै नीतिको सर्बोच्च नीति राजनीति भएकाले रजनीतिज्ञहरु र कृयाशील राजनीतिक दलमा सामाजिक उद्यमको चेत आउन सकेमात्र समृद्धि हासिल हुन सक्छ । समाजवाद तर्पmको यात्राले तब मात्र गती लिन सक्नेछ । (लेखक लुम्बिनी बाणिज्य क्याम्पस, बुटवलका अध्यापक हुन्)