श्रवणदृष्टिविहीन अपाङ्गताबारे अभिमुखीकरण

मेचीकाली संवाददाता

१४ चैत्र २०७९, मंगलवार
261 shares

बुटवल । रुपन्देही नेत्रहीन संघ, श्रवणदृष्टिविहीनता परियोजनाको आयोजानमा सञ्चारकर्मीहरुको लागि श्रवणदृष्टिविहीनता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । तिलोत्तममाा आयोजना गरिएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै श्रवणदृष्टिविहीनता परियोजना रुपन्देहीका परियोजना प्रमुख प्रेम अचार्यले सरकारी कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, पत्रकार, शिक्षक, सरोकारवालालाई श्रवणदृष्टिविहीन अपाङ्गतासमन्बधी तालिम, अन्तक्र्रिया, कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनले विगत ३ वर्षदेखि अपाङ्गतासम्न्धी हक अधिकार तथा ऐन कानुनको सही कार्यन्वयनका लागि स्थानीय निकायसँग पहल र पैरवी कार्यक्रम सञ्चालन, श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिको आँखा र कानको जाँच, फिल्ड भिजिट एनड्रोइड फोनमा श्रवणदृष्टिविहीन अपाङ्गतासम्बन्धी सञ्चार तालिम, ब्रेल तालिम, सांकेतिक भाषा तालिम, बन्दा बन्दीको समयमा आर्थिक समस्यामा परेको परिवारलाई राहात वितरण गरिएको बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बहिरा महासंघ नेपालका श्रवण दृष्टिविहीनको शिक्षामा पुहँच परियोजना संयोजक शंकरसिंह चैसिरले नेपालमा हाल १० हजार १ सय ७९ जना श्रवणदृष्टिविहीन भएका व्यक्तिहरु रहेको भन्दै उनीहरुको लागि श्रवणदृष्टिविहीनताको बारेमा जनचेतना फैलाउन सञ्चारकर्मीको भूमिका ठुलो हुने बताए ।
राष्ट्रिय जनगणना–२०७८ अनुसार हाल नेपालमा १० हजार १ सय ८७ जना श्रवणदृष्टिविहीनता भएका व्याक्तिहरु रहेको जानकारी दिँदै चैसीरले लुम्बिनी प्रदेशमा १ हजार ८ सय ६९ जना रहेको बताए । जसमा महिला ८ सय ९७ र पुरुष ९ सय ७२ जना रहेका छन् ।

यस्तै रुपन्देही जिललामा श्रवणदृष्टिविहीनता भएका व्यक्तिहरुको संख्या २ सय १६ जना रहेका छन् । जसमा महिला ९९ जना र पुरुष १ सय १७ जना रहेका छन् । जसमा ३९ जनाले परियोजनामार्फत घरघरमा आधारित सेवा तथा स्रोत कक्षामा सहभागी रहेको जनाइएको छ ।
कार्यक्रममा बोल्दै नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य शिला घिमिरेले अपाङ्गता भएका व्याक्ति त्यसमा पनि दुवै आँखा नदेख्ने, दुवै कान नसुन्ने श्रवणदृष्टिविहीनता भएका व्यक्तिहरुको अधिकारका लागि उनीहरुको सहज जीवनयापनका लागि अभिभावकहरुमा नै चेतना फैलाउन आवश्यक रहेको बताइन् । उनले श्रवणदृष्टिविहीनता भएका व्यक्तिहरुलाई अहिले पनि घर परिवारमा घरभित्र नै सीमित गरेर उनीहरुको अधिकार कुन्ठीत पार्ने काम भएको भन्दै जुन कार्य गलत भएको बताइन ।

रुपन्देही नेत्रहीन संघका अध्यक्ष कृष्णबहादुर जिसीले संघ मातहतमा जिल्लामा ३ वर्षसम्म श्रवणदृष्टिविहीनताभएका व्यक्तिहरुको लागि काम गरिएको बताउँदै जसबाट १० जना बालबालिकाहरुले नेपालकै पहिलो श्रवणदृष्टिविहीनता भएका विद्यार्थीको विशेष शिक्षा सञ्चालन गरिएको शान्ती माविमा थेरापीसहितको सिकाइ काम गरिएको बताए । उनले सबै पालिकाहरुले पायक पर्ने स्थानमा यी र यस्ता बालबालिका/व्यक्तिहरुका लागि स्रोत कक्षा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले कार्यक्रममा बोल्दै अपाङ्गता भएका व्यक्तिहरु त्यसमा पनि श्रवणदृष्टिविहीनता भएका व्यक्तिहरुको हक, अधिकारसहित समाजमा पुनस्र्थापानका लागि सञ्चार क्षेत्रले महत्वूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।