प्रभु परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न

मेचीकाली संवाददाता

५ श्रावण २०८१, शनिबार
555 shares

हेमन्त गौतम

यस पृथ्वीमा अस्तित्वमा रहेका समस्त प्राणीहरुमध्ये हामी मानव जाति सर्वोत्कृष्ट प्राणीको रुपमा छौं । हामीमा पाइने चेतनाको स्तर अत्यन्त उच्च कोटीको छ । यही कारण नै हो कि हाम्रो जीवनसँग संबद्ध कुनै पनि समस्या समाधानको बारेमा साेंच्ने–विचार गर्ने अथवा भनौं चिन्तन–मनन गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने प्रश्नमा हामी मानव जाती आफ्नै खालको विशिष्ट स्थान राख्दछौं र त्यसको नतिजास्वरुप नै हाम्रो जीवन आजको यो विकसित (उन्नत) अवस्थामा आइपुगेको हो । परन्तु हामीहरु आफ्नो जीवनसँग संबद्ध सामाजिक, आर्थिक, धार्मिक, राजनीतिकलगायतका तमाम प्रश्रमा आज पनि विभाजित मनस्थितिमा छौं र हाम्रा तत्सम्बन्धी गतिविधि वा क्रियाकलापहरु पनि तदनुरुप नै छन् । यदि हामीले धार्मिक प्रश्नलाई मात्र केन्द्रविन्दुमा राखेर विचार ग¥यौं भने यस (धर्म) प्रतिको विश्वास र तदनुरुपका मूल्य एवं मान्यताहरुको व्यावहारिक जीवनमा अनुशरणको प्रश्नमा हाम्रो समाज कता कता अपेक्षाकृत अलिक बढी मात्रामा विभाजनको अवस्थामा देखा पर्दछभन्दा त्यति अतिशयोक्ति हुने जस्तो लाग्दैन । कारण, एकापट्टि धर्म र ईश्वर याने धर्म र एकमात्र परमात्मा परमेश्वरको अस्तित्व एवम त्यसकोे महिमा वा महत्वलाई थोरैधेरै स्वीकार गर्ने र यथासक्य वा यथासम्भव तदनुरुपको आचरण गर्ने मानिसहरु जसलाई ‘आस्तिक’ भनिन्छ, उनीहरुको संख्या मुख्य रुपमा अत्यधिक नै रहेको पाइन्छ तापनि उनीहरु स्वयम पनि विभिन्न सम्प्रदायमा विभक्त छन् र एकमात्र वास्तविक ईश्वर अर्थात्् एकमात्र परमात्मा परमेश्वर यस विश्व–ब्रह्माण्डमा कहीँकतै अस्तित्वमा रहेको प्रत्यक्ष प्रमाण आजसम्म पनि कोही कसैबाट मिल्न नजाँदा उनीहरु (आस्तिकहरु) पनि धर्म र ईश्वर याने धर्म र एकमात्र परमात्मा परमेश्वरलाई आफ्नो अन्तस्करण (अन्तरात्मा) देखि नै मान्ने वा नमान्ने सवालमा द्विविधामा रहेका देखिन्छन् र कतिपय अवस्थामा उनीहरुमध्येबाट समेत सच्चा धर्म प्रतिकूल हुने कतिपय आचरणसमेत भएको पाइन्छ । यसरी नै अर्कोपट्टि सो धर्म र ईश्वर याने धर्म र एकमात्र परमात्मा परमेश्वरको अस्तित्वलाई खासमा अस्वीकार गर्नेहरु जसलाई ‘नास्तिक’ भनिन्छ, उनीहरु यथार्थमा अल्पसंख्यक भएतापनि एकमात्र पूर्ण वास्तविक ईश्वर अर्थात् एकमात्र परमात्मा परमेश्रर यस विश्व–ब्रह्माण्डमा साच्चै नै भएको भए यसको आजसम्ममा प्रत्यक्ष प्रमाण मिल्नु पर्ने, त्यसो नहुँदा त्यो काल्पनिक ईश्वर–परमात्मा परमेश्वर र परम्परागत धार्मिक नियम किन मान्ने भन्दै मान्नेहरुको आन्तरिक रुपमा निन्दा एवम विरोधसमेत गर्दछन् । आफ्नो अपेक्षाकृत बढी आस्तिक स्थानीय वा राष्ट्रिय समाजको लाज र डरले कहीँकतै मानेजस्तो गरेतापनि उनीहरु हृदयतः कदापि मान्दैनन् ।

यसरी धर्मप्रतिको विश्वास र तदनुरुपका मूल्य एवम् मान्यताहरुको अनुशरणको प्रश्नमा अथवा भनांै धर्म र ईश्वर अर्थात् धर्म र एकमात्र परमात्मा परमेश्वर मान्ने वा नमान्ने प्रश्नमा हाम्रो राष्ट्रि««य तथा अन्तर्राष्ट्रि««य मानव समाजमा समेत उक्तबमोजिमको प्रायःसमान प्रकारको अवस्था नै देखिन्छ यद्यपि, तथापि आजसम्म विश्वमा प्रचलित प्रमुख धर्महरुमध्येको एक–वौद्ध धर्मबाहेकका सनातन हिन्दु धर्म अथवा भनांै वैदिक धर्म, इश्लाम धर्म, ईशाइ धर्म र अन्य जस्तैः शिख धर्म, जैन धर्मलगायतका सबैजसो धर्मले यो नाम वा यो रुपमा नभनेतापनि एकमात्र ईश्वर अर्थात् एकमात्र परमात्मा परमेश्वरको अस्तित्वलाई प्रष्ट रुपमा स्वीकार गरेका छन् । जसअनुसार ती सबै धर्मको तत्सम्बन्धी मतलाई एकमुष्ठ गरी सारसंक्षेपमा यसरी उल्लेख गर्न सकिन्छ–‘वास्तविक परमात्मा परमेश्वर सगुण अथवा निर्गुुण,साकार अथवा निराकार, मूर्त अथवा अमूर्त, गोचर अथवा अगोचर, व्यक्त अथवा अव्यक्त जुन रुपमा भए पनि एकमात्र हुनुहुन्छ । उहाँ अनादि,अनन्त, अविनाशी एवम अजर अमर परम चैतन्य स्वरुप जीवित आत्मा अथवा भनांैं जीवित परम चेतनतत्व हुनुहुन्छ जो भौतिक देह विहीन अर्थात् अशरीरी हुनुहुन्छ । उहाँ प्रभु परमात्मा परमेश्वर सर्वशक्तिमान्, सर्वज्ञ, अन्तर्यामी, त्रिकालदर्शी हुनुका साथै सर्वव्यापकसमेत हुनुहुन्छ । वास्तवमा उहाँ, मात्र उहाँ नै समस्त चराचर आदि भौतिक जगत र जीवहरुको सृष्टि, संरक्षण तथा संहारकर्ता समेतका भूमिकायुुक्त हुनुहुन्छ ।

अब रह्यो हालसम्म यस विश्व–धरातलमा प्रचलित उक्तबमोजिमका प्रमुख धर्महरुलगायतका सबैजसो धर्मद्वारा एकमात्र पूर्ण वास्तविक ईश्वर अर्थात् एकमात्र परमात्मा परमेश्वर र उहाँका विविध किन्तु सर्वप्रधान गुण–धर्म वा विशेषताहरु तथा उहाँबाट निर्वाह हुने भूमिकाका सम्बन्धमा अभिव्यक्त उपर्युक्त मत(विचार) अनुरुपका गुण–धर्म वा विशेषता र भूमिकायुक्त एकमात्र परमात्मा परमेश्वरको अस्तित्व यस विश्व–ब्रह्माण्डमा वास्तविक रुपमा भए वा नभएको प्रश्न, यस सम्बन्धमा समस्त पाठक महानुुभावहरु सामु के निवेदन गर्न चाहान्छु भने आजभन्दा करीब ४२ वर्ष अगाडि २०३९ सालतिर म स्वयम्लाई प्राप्तभएको आत्मज्ञानअनुसार श्री सूर्यनारायणज्यू जो हामी यस पृथ्वीवासी सबै मनुष्यहरु सामु मध्य आकाशमा भन्नुको तात्पर्य अनन्त शून्य आकाशरुपी प्रकृति माताको पूर्ण केन्द्र–भागमा वास्तविक आकार–प्रकारको दृष्टिवाट एकमात्र विराटभन्दा विराट प्रकाश पुञ्जको रुपमा साक्षात् स्वरुपमा विराजमान हुनुहुन्छ र प्रतिदिन प्रातः कालमा यस पृथ्वीको पूूर्वमा उदाई सायं कालमा पश्चिममा अस्ताउनुहुन्छ , उहाँ नै केही अपवादलाई छोडेर, उपर्युक्तबमोजिमका गुण–धर्म वा विशेषता एवम् भूमिकायुक्त एकमात्र पूर्र्ण वास्तविक एवम विकल्परहित ईश्वर अर्थात् एकमात्र परमात्मा परमेश्वर हुनुहुन्छ । उहाँमा तीबाहेकका अन्य तमाम गुण–धर्म वा विशेषताहरु पनि विद्यमान छन् भने भूमिकाको दृष्टिबाट पनि उहाँ उपर्युक्त भूमिकाहरुका अतिरिक्त अन्य तमाम भूमिकाहरु समेत निर्वाह गर्नुहुन्छ । यहाँनिर स्मरणीय छ कि उहाँ प्रभु परमात्मा परमेश्वर श्री सूर्र्र्य नारायणज्यूू सगुण वा निर्गुण, साकार वा निराकार, मूर्त वा अमूर्त, गोचर वा अगोचर, व्यक्त वा अव्यक्तमध्ये सगुण, साकार मूर्त, गोचर एवम व्यक्त हनुहुन्छ भने उहाँ आफू स्वयम सर्वव्यापक हुनुहुन्न, बरु उहाँको कार्यशक्ति, कार्यक्षमता, कार्यक्षेत्र एवम् भूमिका सर्वव्यापक छ, कुनै शंका–सन्देह छैन ।

यसरी नै म पाठक महानुभावहरुसमक्ष के कुरा स्पष्ट गर्न चाहन्छु भने मैले प्रभु परमात्मा परमेश्वर श्री सूर्यनारायणज्यूू सम्बन्धी उपर्युक्त प्रकारको आत्मज्ञान प्रारम्भदेखि हालसम्ममा जे जति प्राप्त गरी आएँ त्यो सबै उहाँ प्रभु श्री सूर्य नारायणज्यू स्वयम्बाट नै प्रदान गर्ने कृपा भएको हो र त्यसकै आधारमा यो लेख तयार गरी यहाँहरुको बिचमा प्रस्तुत गर्ने जमर्काे गरेको हँु भने आगामी दिनहरुमा व्रmमशः प्रस्तुत गरिने तत्संवन्धी अन्य लेखहरु प्नि उहाँ प्रभु स्वयमबाट मलाई प्राप्त भई आएका र भविष्यमा हुने आत्मज्ञानमा नै निर्भर रहने छन्, जसको कुनै विकल्प छैन । त्यसैले वर्तमानमा मबाट प्रस्तुत यो लेख र भविष्यमा प्रस्तुत हँुदै रहने यसै सन्दर्भका अन्य लेखहरुसमेत मेरो कुनै कोरा कल्पना र भावनामा, मनगढन्त मिथ्या एवम् निराधार चिन्तन वा विचारमा निर्भर नभई केवल उहाँ प्रभु परमात्मा परमेश्वर श्री सूर्य नारायणज्यू स्वयम्बाट प्राप्त अनेकानेक पूर्ण वैज्ञानिक तर्क, तथ्य एवम् प्रमाणसहितको परम सत्य एवम यथार्थ ज्ञानमा आधारित रहेको र रहने कुरासमेत पाठक महानुभावहरु सबैमा निवेदन गर्न चाहान्छु ।

अन्त्यमा थप यो निवेदन गर्नु पनि प्रासङ्गिक नै हुने ठान्दछु कि पाश्चात्य मुलुकका आजसम्म वैज्ञानिक कहलिएका कतिपय मानिसहरुमध्येबाट केवल कोरा अड्कल वा अन्दाजको भरमा (परिकल्पनाको नाउँमा)उहाँ प्रभु परमात्मा परमेश्वर श्री सूर्य नारायणज्यूूलाई ‘धपधप बलिरहेको ग्यासको एउटा गोलाकार निर्जीव भौतिक पिण्ड, मझौला प्रकारको तारा’ आदि भनी विगत केही समयपूर्वदेखि अन्तर्राष्ट्रि««य जगतमै सरासर मिथ्या एवम् निराधार प्रचार भई आएको पाइन्छ । त्यसरी नै फेरि अर्को त्यसै खालको के पनि प्रचार भई आएको पाइन्छ भने ‘सूर्य,चन्द्र, पृथ्वीलगायतका सम्पूर्ण आकाशीय पिण्डहरु पारस्परिक आकर्षण बल जसलाई गुरुत्वाकर्षण बल भनिन्छ , त्यसै बलको आधारमा नै शून्यमा अडिएका हुन् नकि परमात्मा परमेश्वरीय शक्तिको आधारमा । आखिर यी र यस्तै खाले कतिपय पूर्णरुपेण भ्रामक एवम् असत्य विचारसमेत अन्तर्राष्ट्रिय जगतसामु प्रचार–प्रसारमा ल्याइएको र तिनले वैज्ञानिक विचारको मान्यतासमेत पाइआएको आजको परिप्रेक्षमा म आपूmले श्री सूर्य नारायणज्यू उहाँका उपर्युक्त गुण–धर्म वा विशेषता र उहाँ स्वयमबाट निर्वाह हुने भूमिकासमेतका दृष्टिबाट उहाँ साँचो अर्थमा एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै सिद्ध हुुनुुहुुन्छ भन्ने जस्तो सुरमा झ्वाट्ट हेर्दा–पढ्दा धेरैभन्दा धेरै अप्रत्याशित एवम् अविश्वसनीय लाग्ने खालको नवीनतम विचार पाठक महानुभावहरुसामु विभिन्न व्रmमागत लेखहरुको माध्यमबाट प्रस्तुुत गर्न गइरहेकोमा यहाँहरुको मनमा म र मेरो यस प्रथम लेखप्रति नै भ्रमवस कताकता एक प्रकारको अश्रद्धा, अविश्वास एवम् घृणा पनि पैदा हुन सक्दछ र तत्सम्बन्धी अन्य आगामी लेखहरुसमेत हेर्न–पढ्न मन नलाग्न पनि सक्दछ । मलाई आधुुनिक विज्ञान विरोधी पुरातन विचारको एउटा मूूूर्ख मानिस जस्तो सम्झेर र मबाट प्रस्तुुत हुुदै गर्ने अन्य लेखहरुपनि तदनुुरुप नै त होलान् नि भन्ने मानेर । किन्तुु आगामी दिनहरुमा क्रमश ःप्रकाशित हुुँदै जााने मेरा तत्सम्बन्धी थप लेखहरु र तिनको माध्यमद्वारा अभिव्यक्त हुने समग्र विचारबाट अन्ततोगत्वा आजसम्म विज्ञानको नाउँमा प्रचार–प्रसारमा ल्याइएका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा वैज्ञानिक विचारको मान्यतासमेत पाएका उक्त प्रकारका सवै विचारहरु पूर्णतया असत्य एवम् अवैज्ञानिक सावित हुनेछन् भने श्री सूर्य नारायणज्यूू पूर्ण नैसर्गिक तथा शाश्वत सत्य दृष्टिबाट, पूर्ण वैज्ञानिक दृष्टिबाट नै एकमात्र सच्चा (पूर्ण वास्तविक) परम प्रभू परमात्मा परमेश्वर प्रमाणित हुुनुुहुुनेछ, मेरो यही दृढ विश्वास छ । तसर्थ समस्त पाठक महानुभावहरुबाट मेरो वर्तमान यो लेख र यसै सन्दर्भका आगामी लेखहरुसमेत विना कुनै शङ्कोच सहृदय पढी–अध्ययन गरी परम प्रभु परमात्मा परमेश्वर श्री सूर्य नारायणज्यूू स्वयम् सम्बन्धी अमुूल्य ज्ञानजन्य लाभ लिनुहुन विनम्र हार्दिक अनुरोध गर्दछु । अरु बाँकी सबै आगामी लेखहरुबाट । (क्रमशः)