‘परिणाम देखिनेगरी काम गरेका छौँ’

मेचीकाली संवाददाता

५ भाद्र २०८१, बुधबार
832 shares

वि.सं. २०७३ सालमा निजामति सेवामा प्रवेश गरी देशका विभिन्न जिल्लामा जिम्मेवारी समाल्दै एक वर्षअघि स्वास्थ्य कार्यालय अर्घाखाँचीमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आफ्नो जिम्मेवारी सम्माल्दै सेबाप्रवाहलाई चुस्तदुस्त प्रभावकारी बनाउनको लागि निरन्तर पहल गरिरहनुभएका प्रमुख शिव नेपालीसँग मेचीकालीकर्मी अनिल नेपालीले गरेको कुराकानीको सम्पादित अंशः

सेवा प्रवाहलाई कसरी अगाडि बढाउनुभएको छ ?
यस कार्यालयमा एक वर्षअघि २०८० भदौ ११ गते हाजिर भएपछि मैले यहाँको अवस्था बुझ्न कर्मचारीहरुसँग छलफल गरेँ, पत्रकार र राजनीतिक दलसँग पनि छलफल गरेपछि सबै कर्मचारीहरुलाई जिम्मेवारी बाँडफाड गरेर काम गर्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा यसले सहयोग गरेको छ । सेवालाई गुणस्तरीय रूपमा प्रवाह गर्न एक वर्षको योजना बनाई कार्यक्रमलाई योजना अनुसार कायर्यान्वयन ग¥यौँ । त्यसको अनुगमन तथा मूल्यांकन निरन्तर गयौँ । सबै स्वास्थ्यकर्मी लाई सुझाव सल्लाह दियौँ ।

जिल्लामा मुख्यतया स्वास्थ्य समस्या केके छन् ?
यहाँ संस्थागत प्रसूति कमी, गर्भवती महिलाहरुले ८ पटक ANC litit र सुत्केरीपश्चात् ३ पटक PNC Lisit मा कमी, पोषणमा ०–२३ महिनाका बालबालिकाले २४ पटक तौल लिने दरमा कमी हुनु, क्षयरोग रोग दिनहँु वृद्धि भइरहेको छ, नसर्ने रोगहरू पनि बढ्दै गइरहेको छ, स्वास्थ्यकर्मीहरुको समता अभिवृद्धि गर्ने कार्यक्रमहरु न्यून हुनु, elmis कार्यक्रम लागु नहुनु, आदि जिल्लामा समस्याको रुपमा रहेका छन् ।

स्वास्थ्य क्षेत्रमा राम्रो काम कुनकुन क्षेत्रमा गरेको छ ?
अर्घाखाँची जिल्लाले खोप कार्यक्रममा धेरै राम्रो गरेको छ । बिमाको क्षेत्रमा, स्वास्थ्यकर्मीलाई एक वडा एक संस्था एक तालिम प्राप्त जनशक्ति बनाउने कार्य भएको छ, पोषणमैत्री स्वास्थय संस्था बनाउने, क्षयरोग मुक्त पालिका अभियान, नसर्ने रोगहरूलाई न्यूनीकरण गर्ने, काममा राम्रो गरेको छ ।

अर्घाखाँचीमा स्वास्थ्यका चुनौतीहरु केके छन् ?
स्वास्थ्य संस्थामा जनशतिको अभाव हुनु, नियमित रुपमा स्वास्थकमी हरुको सरुवा, बढुवा नहुनु, पर्याप्त मात्रामा बजेटको व्यवस्था नहुनु र बजेट भएका कार्यक्रमको पनि बजेट रोक्का हुदाँ भुक्तानी नहुनु, राजनीति अस्थिरता हुनु, स्वास्थ्यसंस्थामा मापदण्डअनुसारका भवन नहुनु यस्तै चुनौती रहेका छन् ।

समस्या समाधानको लागि केके प्रयास गर्नुभएको छ ?
म यहाँ आएपछि गरेका कार्यहरूमा संस्थाभित्र २४ सै घन्टा पानी, बिजुलीको व्यवस्था भएको छ भवनको रंगरोगन सँगै एक वडा संस्था एक तालिम प्राप्त जनशक्ति, पोषणमैत्री स्वास्थ्य संस्था बनाउने अभियान सुरू, क्षयरोग मुत्त पालिका अभियान सुरु भएको छ । मोबाइल स्वास्थ्य कार्यक्रम तथा Melmis कार्यक्रम सुरु हुँदै गरेको छ । स्वास्थ्यमा आएका सबै कार्यक्रमहरु सम्पन्न भएका छन । पूर्ण खोप दिगोपना तथा सुनिश्चितता घोषणा सभा कार्यक्रम भव्यरुपमा सम्पन्न गरेका छौँ ।

कार्यक्रमअनुसारका औषधीहरु तथा सामग्री तथा खोप तथा खोप सामग्रीहरु पालिकालाई नियमित रूपमा दिएका छौँ । पालिकाहरुसँग सहकार्य र समन्वय गरी नविनतम कार्यहरू भइरहेका छन् । यस जिल्लामा ६१ वडाहरुमा ६१ वटा स्वास्थ्य संस्थाहरू रहेका छन्, तीमध्ये ५९ वटा स्वास्थ्य संस्थामा गएर अनुगमन तथा मूल्याङ्कन गरी उत्कृष्ट कार्यको लागि सुझाव÷सतलाह दिएका छौँ विभिन्न कार्यक्रमहरुका सूचकहरूमा छलफल गरी तालिममा र दोहोरोपना नहोस भनेर सबै सहभागीलाई प्रदेश स्वास्थ्य तालिम केन्द्रबाट रजिस्टर गरी प्रमाणपत्र दिइएको छ । प्रत्येक महिनाको पहिलो हप्ता तथ्यांकमा समीक्षा बैठक भइरहेका छन् ।

अर्घाखाँचीमा स्वास्थ्य सूचाङ्कको अवस्था कस्तो छ ?
स्वास्थ्य सूचाङ्क संस्थागत प्रसूति र ८ पटक ANC visit र ३ पटक INC usit मा कमजोर रहेको छ । पोषणमा २४ पटक तौल लिने सूचाङ्क पनि कमी रहेको छ भने परिवार नियोजनका साधन प्रयोग दर न्यून रहेको पाहिएको छ ।

मौसम परिवर्तनसँगै आउने रोगहरूको नियन्त्रणका लागि कस्तो तयारी छ ?
त्यसका लागि जिल्लामा RRT Team गठन गरी कार्ययोजना बनाएका छौँ । साथै सबै स्थानीय तहमा महामारी बारेमा अभिमुखीकरण गरका छौँ भने खोप तथा खोप सामग्री र त्यहाँ पनि विपद् व्यवस्थापन समिति गठन गरिएको छ । जिल्लामा महामारी व्यवस्थापनको लागि औषधीहरू खरिद गरी बपुर स्टक स्थापना गरीएको छ ।

स्वास्थ्य संस्था सुधारको लागि के काम गर्नुभएको छ ?
सबै संस्थाहरुमा वर्षभरिमा कम्तीमा ४ पटक एकिकृत सुपरभिजन गर्ने र त्यहाँ भेटिएका समस्याहरु, कमजोरीमा वडा अध्यक्षलाई समेत राखेर छलफल गर्ने, सबै संस्थाहरूमा एक तालिम प्राप्त स्थास्थ्यकर्मी बनाउने, सबै संस्थाहरुलाई किशोर किशोरीमैत्री सेवा बनाउने, पोषणमैत्री, पूर्ण संस्थागत प्रसूती, पूर्व किशोरकिशोरीमैत्री क्षयरोग मुक्त संस्था बनाउने अभियान रहेको छ । सबै संस्थाहरुमा Elms कार्यक्रम सुरु गर्ने, सबै संस्थाहरुमा गणस्तरीय तथ्याङ्क बनाउन तथ्यांक समितिको गठन गर्ने HPMss कार्यक्रमलाई विशेषरूपमा सञ्चालन गर्ने योजना बनाएर काम गरेका छौँ ।

आगामी योजना के छन् ?
चालू आर्थिक वर्ष २०८१/८२ मा का योजनाहरूमा मोवाइल स्वास्थ्य कार्यक्रम लागू गर्ने, जिल्लामा elmis कार्यक्रय सुरु गर्ने, पूर्ण संस्थागत प्रसुति र पोषण मैत्री स्वास्थ्य संस्था बनाउने, HPV खोज शुरुवात गर्ने, ४० वर्षभन्दा माथिका नागरिकहरुमा मधुमेह, रत्तचापको परीक्षण गर्ने, स्वास्थ्यसँग ट्राफिक कार्यक्रम लागूगर्ने, सुर्तीजन्य पदार्थबारे जनचेतना कार्यकम सुरु गर्ने, महिला स्वास्थ्य स्वम सेविकालाई साल्टर मेशिन उपलब्ध गराएर ०–२३ महिनाका बच्चाहरुको तौल नियमित रूपमा लिने, एक स्वास्थ्यकर्मी एक स्वास्थ्यको विषयमा जनचेतना अभियान सुरु गर्ने, ६–१२ कक्षासम्म पढ्ने किशोरीहरुमा रक्त अहपता परीक्षण गर्ने, खास सुरक्षाका लागि जनचेतना कार्यक्रम सुरु गर्ने र बजार अनुगमन गर्ने योजना रहेको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा, जिल्लाका सबै नागरीकहरुलाई स्वास्थ्य संस्थामा आएर सेबा लिन आग्रह गर्दछु । स्वास्थ्य हामी सबैको मौलिक हक हो तसर्थ यसलाई जनतासम्म महसुश हुने गरी गुरास्तरीय स्वास्थ्य सेवाप्रवाह गर्नु हामी सबैको दायित्व हो । हामी तीनै तहका सरकारहरु सधैभरि सहकार्य, समन्वय गर्दै एक अर्कोसँग हातेमालो गर्दै सहयोग गराँै अनि मात्र नागरिकका मौलिक हकहरु पूरा हुन्छन् । मेरो व्यक्तिगत र संस्थाको तर्फबाट जिल्लामा प्रमुख तथा प्रतिनिधि राजनीतिक दल, कर्मचारी स्वास्थाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूह, तीनै तहका सरकार र कर्मचारीहरु उद्योगी, व्यवसायी, नागरिक समाज, उपभोला मञ्च, पत्रकार सुरक्षाकर्मीहरु, यातायात समितिलगायत सबै अर्घाखाँचीवासी जनताहरुलाई सहयोगको अपेक्षासहित हृदयदेखि नै धन्यवाद दिन चाहान्छु ।