रानी बगिया

मेचीकाली संवाददाता

१० भाद्र २०८१, सोमबार
83 shares

प्रकाश पाण्डे

यो रानी बगिया क्या राम्रो रहेछ, काखमा बसेको,
उत्तर हेर्दा ती साना पहाड़, मुसुक्क हाँसेको ।

पहीला रानी बसेकी रहिछन्, पक्कै नै यो ठाउँमा,
त्यसैले यो ठाउँ रानी बगिया भयो, उनकै नाममा ।

गुल्मी, बागलुङ, अर्घखाँची, स्याङ्गाली बसेका,
क्या राम्रो रहेछ मेल र मिलाप, पिरती गाँसेका ।

टाकुरा माथि त्यो ट्रेनिङ सेन्टर, क्या राम्रो भाको छ,
रातीमा हेर्दा झल र मल, रमाईलो लाको छ ।

पूर्व र पश्चीम राजमार्ग. पनि, यहीँबाट गाको छ,
उत्तरमा हेर्दा हरियो, वन, आनन्द लाको छ ।

यही ठाउँमा रहीछन् बोलबम धाम, शिवजी भोलेको,
डाँडामा हेर्दा रमाईलो लाग्ने ट्रेनिङ सेन्टर खोलेको ।

एक सय आठ ती शिव लिङ्गले मन्दीर छ सजेको,
आनन्द लाग्छ त्यही माथि फेरी, त्यो शंख बजेको ।

वर र पर स्कूल र मन्दीर, त्यही बजार लाको छ,
सुःख र दुःख बिसाउनी ठाउँ सबैलाई भाको छ ।

हप्ताको एक दिन बजार लाग्ने, त्यो शनिबारमा,
जिव र जन्तू खेती र पाती, सबैका घरमा ।

हेर्दा पनि आनन्द लाग्ने, ढुंगाले बनेको,
यही ठाउँमा रहीछ रानी, कुवा, रानीले खनेको ।

त्यसैले गर्दा यो सैनामैना, प्रसिद्ध भाको छ,
रानीको कुवा, त्यो ट्रेनिङ सेन्टर, रमाइलो लाको छ ।

रातीमा पनि रमाइलो हुने राजमार्ग थर्केको,
उत्तरमा हेर्दा ती साना पहाड, यतै छन् फर्केको ।