

नरबहादुर घर्ती
२०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ नेकपा (एमाले) र राप्रपाको तालमेलमा राप्रपाको भागमा पर्यो। स्वभावैले रुपन्देही राष्ट्रिय राजनीतिको अग्रभागमा पर्ने हुनाले यहाँ धेरै पार्टीका केन्द्रिय स्तरका नेताहरुको वर्चस्व छ । त्यसमा पनि नेकपा (एमाले) को त पदाधिकारी र पोलिटब्युरो स्तरका धेरै नेताहरु नै यहाँ हुनुहुन्छ। तर क्षेत्र नं ३ कै स्थाइ वासिन्दामा भने राष्ट्रिय स्तरको नेता कोही नभएकाले हामी अली ओझेलमा परेका हौँ कि भन्ने भान यो क्षेत्रका जनतालाई पर्दै आएको छ।
कम्युनिस्ट पार्टीमा भूगोलको सिमाले नबाँध्ने कुरा पुराना नेता र कार्यकर्ताले धेरै बुझेको र बिस्वास गरेको कुरा हो। तर वर्तमानमा जोसुकै नेताले पनि भित्र मनमा चुनाबलाई ध्यानमा राखेर आफ्नो चुनाव क्षेत्रलाई बढी ध्यान दिने र अन्य क्षेत्रलाई ऐच्छिकमा राख्ने प्रवृतिले गर्दा सम्बन्धित क्षेत्रका मतदाताले पनि सोही अनुसार बुझ्नु पर्ने बाध्यता पछिल्लो ल्समयमा आइलागेको छ भन्ने लाग्छ। ०७९ को चुनावमा राप्रपाको संगठन अति कमजोर हुँदाहुँदै पनि बलियो संगठन भएको र अघिल्लो चुनावमा नेपाली काँग्रेस र राप्रपाको संयुक्त गठबन्धनका उमेद्वार वहालवाला गृहमन्त्रीलाई हराएर शानदार बिजय प्राप्त गरेको एमालेको भागमा सूर्य चिन्हको उमेद्वार नपर्नुको कारण यो क्षेत्रमा राष्ट्रिय स्तरको९ एमाले०को नेता नहुनु र राप्रपाको यस क्षेत्रवाट वरिष्ठ नेता दिपक बोहरा हुनुनै प्रमूख कारण थियो होला सायद ।
अवस्थिती
यो क्षेत्रमा जम्मा ३६ वटा वडा छ्न्।
बुटवल उपमहानगरपालिकाका वडा नं १४–१९ सम्मका ६ वटा
शुद्धोधन १–७ का पुरै ७ वटा
सियारी १,२,३,६ र ७ गरि ५ वटा
तिनपाका १३ र १४ गरि २ वटा
ओमसतिया वडा नं २, मात्र १ वटा
मायादेविका ७ र ८ गरि २ वटा
सिनपाका १–१३ जम्मा १३ वटा
मतदाता संख्या: लगभग १ लाख ३९ हजार
निर्वाचनको महत्व
२०८२ साल कार्तिक १७ गते रुपन्देही क्षेत्र नं(३ को उपचुनाव हुँदै छ। अहिले राष्ट्रिय रुपमा नेपाली काँग्रेस र नेकपा एमालेको सरकार छ। संख्याका हिसावले सरकार अदलबदल वा अन्य कुनै त्यस्तो भारी महत्व यो चुनावको हारजितले राख्दैन। तर राष्ट्रिय राजनीतिमा जनताको आशय के भन्ने विषयमा भने यसले ठूलै हलचल ल्याउँने छ। नेपाली काँग्रेस र एमालेले को जित वा हार भन्दा पनि नयाँ भनिएका पार्टीहरुले पासा पल्टाउन सफल भएमा यो डंकाले भने लंका पिट्नेछ।
अर्को कुरा पार्टीको निर्देशनलाई अक्षेरस पालना गर्दै नेतृत्वको इसारामा बोल्दै नबोल्ने अन्य पार्टीको उमेद्वारलाई समेत चुनाव जिताउँने एमाले कार्यकर्ताको गुनासो गत चुनावमा हाम्रो सूर्य चिन्हमा मतदान गर्न पाइएन भन्ने हो। यो पटक यो क्षेत्रले सूर्य चिन्हकै उमेद्वार पाउनेमा दुई मत छैन। त्यसैले नेतृत्वबाट बाना मिलाउँदा अरुलाई दिन पनि राजी हुने क्षेत्रको रुपमा बिगतमा प्रयोग गरिएको यो क्षेत्रलाई एमालेको बलियो क्षेत्रको रुपमा पहिचान गराउन एमाले जन र त्यो पार्टीका कार्यकर्तालाई ठूलो चुनौती छ भने त्यस्तै चुनौती नेपाली काँग्रेस र तिनका समर्थकलाई पनि छ। यी दुवै पार्टी र तिनका नेता कार्यकर्ताको एउटै संयुक्त चुनौती पनि छ । त्यो हो, आफूहरु दुई भन्दा अन्य तेस्रोले चुनाव जित्छकी भन्ने। त्यसैले यो चुनाव नेता र नेतृत्वलाई भन्दा पनि कार्यकर्ता र स्वयम् यहाँका मतदातालाई धेरै महत्वपूर्ण छ।
मतदाताको प्रकृति
रुपन्देही जिल्लाको सुनौली देखि सेमालार सम्म फैलिएर कुल ३६ वडामा समेटिएको यस क्षेत्रमा विभिन्न खालको भूगोल, वस्ती, जाती र समुदायको बाहुल्यता छ। राष्ट्रिय मूलधारमा कृयाशील भएका लगायत अन्य पार्टीको पनि यहाँ समावेश पाइन्छ। मतदाताको चेतना स्तर मध्यम खालको देखिन्छ। संगठित भोटहरु कम छन्। व्यक्तिगत प्रभाव र अन्य प्रभावले समेत भोटर आकर्षित हुन पनि सक्छन्। माह्वल र ब्यक्तित्व पनि थप आकर्षण हुन सक्छ। पार्टी र पक्षधरता त एउटा पाटो हुँदै भयो। बिगत र भविष्य पनि ख्याल गरेरै निर्णयमा पुग्ने एउटा आधार हो। स्थानीयता, जातीयता र समुदाय संग जोडिएर पनि मतदाताको ध्यानाकर्षण हुन सक्छन्। त्यसै कारणले यो क्षेत्र चुनावका हिसावले रहस्यमयनै हो। यसको अर्थ जे भने पनि यहाँ पत्याउँछन् भन्ने होइन, जसलाई पत्याइदिए जस्तो गरे पनि अन्ततः बिबेक पुर्याएरै यहाँका मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्छन्। सतही रुपमा कोही हौसिनु र निरास हुनु जरुरी छैन।
निर्वाचनको माहोल
एक दुई महिना अगाडि केही गर्मी सल्बलाएको होकि भन्ने अनुभूति थियो। संजालका सस्ता प्रचारवाजी बजारमा ल्याउँने कोशिषहरु भएका थिए। तर समुन्द्र झैं शान्त प्रकेइतिका यो क्षेत्रका मतदाताको स्वभावले ती प्रयत्नहरु त्यसै बिलिन भएर गए। जति चुनाव नजिकिँदै छ, उमेद्वारी र चुनावको विषय सवैलाई गहन हुँदै गएको छ। कसैका उत्ताउला कुराले तत्कालै नभड्किने यो क्षेत्रका मतदाताको गाम्भिर्यता राष्ट्रब्यापी रुपमा झल्किएको छ।
चुनावी नारा
चुनावी माह्वलका निम्ति रौनक ल्याउँने मूल कुरा चुनावी नारा हो। रुपन्देही बिशेष गरि एमाले र काग्रेसले राष्ट्रिय पहुँचमा पटक पटक केन्द्र भागमा पुर्याएको जिल्ला हो। सस्तो लोकपृयता, गालिगलौज र अनावस्यक भ्रमले यो क्षेत्रमा सरगर्मी बढ्दैन। देशकै ठूला योजना र बिकासनिर्माणका कार्यक्रमसंग यहाँका मतदाता जानकार र परिचित छन्। नीति, बिचार, सिद्धान्त र कार्यक्रम बिनाको पपुलारिटी यहाँ बिक्दैन। त्यसैले गफ दिने उमेद्वार र पार्टीहरु चुनावी नारा के दिने भन्नेमै अलमलमा छन् अलपत्र परेका छन्। सवै प्रकारले भरपर्दो , गरीपुर्याउँने र त्यसको बिस्तृत योजना निर्माण गर्न भूगोल र जनस्तरमा भिजेका र भोगेका पार्टी र उमेद्वारबाट मात्रै सम्भव छ।
वाह्य हल्ला र भित्री यथार्थ
यसो सामाजिक संजालमा हेर्दा जे देखिन्छ, वास्तवमा यथार्थ त्यस्तो भेटिन्न। प्रोफाइल लक गरेका र फेक आइडी बनाई गाली गलौजमा उतृने देश भरिका र बिदेशमा भएका समेतको केही संख्या चुनावी निचोड होइन। मतदाता मध्येका असी प्रतिशत त संजालमा चासै राख्दैनन्। जसले चासो राख्छन्, ती मध्येका असी प्रतिशत मतदातै होइनन्। त्यसैले साँगठानिक बिरासत र बिगत, वर्तमान र भविष्य प्रतिको जनताको भरोसानै निर्णयको प्रमूख आधार हुनेछ। चुनाव घोषणा भए पछि आउने र मतगणना नसिद्धिदै जानेलाई जनताले विस्वास गरीहाल्छन् भन्ने आधार केही आन्तरिक असन्तुष्टिहरु मात्रै प्रयाप्त होइनन्। ती त चुनावी माह्वलमा स्वतहस् सवै मिलेर गैहाल्छन्।
पुरानाहरु प्रतिको असन्तुष्टि
अहिले एउटा आधारलाई चुनाव जित्ने र हराउने वेजोड अस्त्रको रुपमा प्रयोग गरिन खोजिएको छ। तर त्यो अस्त्रमा खिया लाइसकेको छ। एक त ती आवेश धारीहरु सहभागितानै कम जनाउँछन्। दोस्रो सवैको अनुहार र व्यवहार सवैले पहिचान गरीसके। खोक्रो आडम्बर र फोस्रा गफले राष्ट्रिय जिम्मेवारी वहन गर्न सक्दैन। जान्ने र इमान्दार भनिएकाहरुनै सवैभन्दा जे पनि गर्ने बैमानिहरु निस्किए। काँध हाल्नेहरुका काँध गन्हाएको मात्र होइन, किरानै परिसके। उमेर र जन्मले कोही नयाँ र पुरानो, जान्ने र नजान्ने वा असल र खराव हुने होइन, त्यो त नीति, बिचार, सिद्धान्त, कार्यक्रम, व्यवहार र नियतले प्रष्ट पार्छ।
प्रतिष्पर्धा
चुनाव अघि जे जस्ता हल्ला चलाइए पनि अन्तिम प्रतिष्पर्धी नेकपा (एमाले) र नेपाली काँग्रेसनै हुन्। यिनको पार्टिगत साँगठानिक वर्चस्वनै मूख्य आधार हो। बिगतमा पनि टोल देखि जिल्ला सम्म यिनकै बाहुल्यता थियो र छ। रिसाएर पार्टी छाड्नेहरुको स्वर चर्को हुँदैमा सवै भैहाल्छ भन्ने भ्रमले पनि मूल्याँङ्कन चर्को निस्किन्छ। अहिलेको सकृयता र शुशुप्तता मिति नजिकिँदै जाँदा उल्टिन्छन्।
आ–आफ्ना गतिबिधी
अहिले संगठित व्यवस्थित र वर्चस्व बोकेका पार्टिहरु आन्तरिक सुदृढीकरणमा छन्। यीनले अहिले बजारमा माइकिङ्ग गरेका छैनन्। सवै संरचना प्रयोग गर्ने यीनको बेलै भाछैन। यीनले हुँकार र ललकार गरेकै छैनन्। यीनिहरुको मुद्रा गम्भीर छ। केहीले न्वारन देखिको बल लगाइसकेको देखिन्छ।आ–आफ्नो रणनीति पनि हुन्छ। सवैले आफ्नो दावी पेस गर्नु र अरुलाई चुनौती पेश गर्ने कुरा माहोल आफ्ना पक्षमा पार्न स्वभाविक पनि हो।
निष्कर्ष: खासमा चुनाव लागेकै छैन। रौनक आएकै छैन। यो रुपन्देही ३ को मात्रै चासो बोकेको चुनाव पनि होइन। त्यसैले जब यो साँच्चै शुरु हुनेछ राष्ट्रिय पर्व जस्तै हुनेछ। यसको चर्चा र चिन्ता बुटवल र भैरहवालाई होइन, काठमाडौलाई बढी हुनेछ। यसको सन्देश अझ व्यापक र बोझिलो हुनेछ। त्यसैले रुपन्देही ३ वासिका निम्ति यो निर्वाचन चुनौती र अवसर दुबै हो।