महिला श्रमः सम्मान, पहिचान र योगदान

मेचीकाली संवाददाता

२४ फाल्गुन २०७८, मंगलवार
70 shares

इन्दिरा अर्याल

परिचय तथा पृष्ठभूमि
हरेक वर्ष मार्च ८ का दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विगत वर्षदेखि नेपालमा पनि मनाइँदै आइएको छ । हरेक वर्ष फरक सन्दर्भ र नारामा मनाइएतापनि खासमा यो महिला अधिकार, जागरण र समानताकालागि केन्द्रित रहँदै आएको छ । यो वर्ष अन्तर्राष्ट्रिय रुपमा “Gender Equality Today for a Sustainable Tomorrow” (आजको लैङ्गीक समानता भोलिको दिगो विकासको आधार) र “सामाजिक न्याय र लैङ्गीक समानता दिगो विकासको सुनिश्चितता” भन्ने राष्ट्रिय नाराका साथ यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । समान कामको समान ज्याला तथा निर्वाचनमा महिलाहरूले भोट हाल्न पाउने अधिकार सुनिश्चीत गर्ने अभियानबाट शुरुभएको यो सन्दर्भ अहिले महिलाहरूको ठूलो चाडकारुपमा पनि स्थापित भैसहेको छ ।

ऐतिहासिक पक्ष
समान कामको समान ज्याला, कार्यघण्टाको सुनिश्चीतता, मात्तृत्व संरक्षण लगायतका माग राखेर सन् १९०८ मार्च ८ मा न्यूयोर्क शहरको गार्मेन्ट उद्योगमा काम गर्ने महिलाहरू आफ्ना माग सहित कारखानाका मालिक विरुद्द सडकमा उत्रेका थिए । त्यस अघि ८ मार्च १८८९ मा पेरिस सहरमा अन्तर्राष्ट्रिय महिला आन्दोलनकी अगुवा कार्ल माक्र्स र फ्रेडिक एङ्गेल्सको बिचारबाट प्रभावित क्लारा जेटकिनको नेत्तृत्वमा श्रमिक महिलाहरूको सम्मेलन भएको थियो । यो सम्मेलनमा क्लाराले महिला अधिकारका विविध पक्षहरू उठाएकिथिइन् । समाजवादी राज्य व्यवस्थामा मात्रै महिला मुक्ति सम्भव छ भन्ने विचारबाट उनी अगाडि बढिन् ।

सन् १९१० मा कोपनहेगनमा सम्पन्न अन्तर्राष्ट्रियस्तरको श्रमिक महिला सम्मेलनले महिलाले आन्दोलन शुरुगरेको त्यहिदिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने निर्णय गरेयता सन् १९११ देखि हरेकवर्ष ८ मार्चमा यो दिवस मनाउने गरिएको हो । महिला श्रमिकमाथि भएको चरम विभेद र शोषणको विरोधमा क्लारा जेटकिनले उठाएको आवाज आज सामाजिक मुद्दा बनिसकेको छ । विश्वमा महिला मुक्तिको मुद्दा स्थापित गर्न सफल भएकाले क्लारा विश्वभर चर्चित छिन् । त्यसैगरी महिला दिवस पनि उत्तिकै स्थापित बनेको छ । दिवसको अवसरमा ¥याली, सभा, गोष्ठी तथा विविध रचनात्मक कार्यक्रम गरिन्छ । आजभोलि मार्च महिनाभर नै अभियानात्मकरुपमा कार्यक्रम गर्ने प्रचलन पनि शुरुभएको छ । दिवसको अवसरमा भएका अभियानहरूकै प्रभावले गर्दा विश्वका विभिन्न निकायमा महिला सहभागिता वढ्दो छ । तर त्यो सहभागितालाई अर्थपूर्ण सहभागिता र नेत्तृत्वको पहुँचमा पुग्नेगरी बदल्न भने अझै धेरै काम गर्न बाँकी रहेको छ ।

हाम्रो सन्दर्भमा श्रमिक महिला दिवस
नेपालमा वि.सं. २०१६ साल देखि मात्रै महिला दिवस औपचारिक रुपमा मनाउन लागेको पाइन्छ । २०३४ सालमा पारिजातको संयोजकत्वमा गोप्यरुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो । २०३८ सालमा हेटौंडा कपडा उद्योगमा काम गर्ने महिला श्रमिकहरूले समान अधिकार र समान सुविधाको नारासहित विशाल जुलुस आयोजना गरेका थिए । त्यतिवेला देखि शुरु गरेको ८ मार्चको दिन छुट्टी पाउनु पर्छ भन्ने मागले अहिले कानुनी मान्यतासम्म पाएको छ । तर असंगठित क्षेत्रमा काम गर्ने धेरै महिलाहरू दिवसको महत्व र कार्यक्रमबारे बेखवरजस्तै छन् । काममा खटिइरहेका छन् । यस दिवसबारे केही बुझेकाले कार्यक्रममा जान्छु भन्यो भने पनि ती कार्यक्रम गर्नेवालाले तपाईंलाई तलब दिने हो र ? भन्नेजस्ता जवाफ सुन्न बाध्य छन् ।

वि.सं. २०४६ सालको जनआन्दोलन र राजनैतिक परिवर्तन पछि दिवसको रौनक अलि बढ्यो । ८ मार्चलाई अन्तर्राष्ट्रिय दिवसकोरुपमा मनाउन थालियो । २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि आयोगकै पहलमा श्रमिक महिला दिवसकै नाममा कार्यक्रम हुनथाल्यो । श्रम कानुन २०७४ को दफा ४१ ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मार्च ८ लाई उल्लेख गरेपछि अन्तर्राष्ट्रिय श्रमिक दिवसकै रुपमा यो अझै वढी स्थापित भएको छ । सामाजिक न्यायको आन्दोलनको जग भने करिब १०० वर्ष अगाडि बसेको थियो । राणाकालमा धर्मराज्यको नाममा सबै नागरिकले आफ्ना आधारभूत आवश्यकताहरू सहज पुर्तिगर्दै सम्मानजनक व्यवहार पाउनु पर्छ ।

जात, वर्ग, लिङ्ग कुनै पनि बहानामा मानिस मानिसबीच भेदभाव हुनुहुँदैन भन्ने मान्यता बोकेर पुर्वी नेपालको भोजपूरबाट योगमाया न्यौपानेको नेत्तृत्वमा नागरिकतहबाट आन्दोलनहरू उठेको विषयमा तथ्यहरू बाहिर आएका छन् । अनेकन बाहनामा मानव मानवबीचको भेदभाव, शोषण र दमन झेलिरहेको वर्तमान समाज पृथ्वीनारायण शाह, देव शमशेरको गाथा गाउँछ, क्लारा जेटकिनलाई पनि अलिअलि सम्झन्छ तर योगमायाको योगदानउपर खासै गर्व गर्न सक्दैन । किनकि उनी महिला थिइन् । ज्ञानविज्ञानले जति फड्को मारेतापनि हामी उही पुरानै मान्यतामा अडिएका छौं । जसलाई नारीले सीमातित पीडा भोगेर आफु मृत्यूको मूखमा पुगेर जन्म, स्याहार र पहिचान दिन्छिन्, तिनै व्यक्तिबाट आज नारीहरू दोस्रोदर्जाको पहिचान र सम्मान पाइरहेका छन् । अमर्यादित काम र अपमानित जीवन बिताइरहेका छन् ।

परिवारमा महिला बिहान सबैभन्दा पहिला उठ्छन्, गर्नुपर्ने काम सम्झँदै उठ्छन् । परिवारका सदस्यहरूको रुचि र चाहनाअनुसारका खाना तयार गर्दछ । सरसफाइ र सेवा सत्कार गर्दागर्दै फुर्सद पाउँदैनन् । अन्तिममा खान बस्छन् । पुगे खान्छन् नपुगे च्यूरा, भूजा खाएर काम चलाउँछन् । सबै काम सकेर सबैभन्दा पछाडि आरामको लागि बिस्तारा पुग्छन् । तर त्यहाँपनि सहयात्रीको शारिरीक सुखको ख्याल गर्नुपर्ने काम बाँकी नै रहन्छ । अनि भोलि गर्नुपर्ने कामका कुरा सम्झँदै सपनामा पनि तिनै कुरा देख्दै सुत्छिन् । पेशा, व्यवसाय, जागिर जे जे गरेपनि परिवारको स्याहारसुसारको काम उनले प्रायः एक्लै धान्दै आएकी छन् । रात दिन गर्दछन् उनीहरू काम तर हुँदैन योगदानको कदर, पाउँदैनन् पहिचान र सम्मान ।

यी र यस्तै परिवेशहरू समाज र जहाँत्यहिँ ब्यप्त रहेको वेलामा बुटवल उप—महानगरपालिकाले श्रमिक महिला दिवसको अवसरमा तयगरेको विषय र आयोजना गरेको आजको यो छलफल र बहस कार्यक्रम समयसान्दर्भिक र अर्थपूर्ण रहेको छ ।

केही भोगाइ
कार्यालयमा काम सिकाउने बाहनामा हुने दुव्र्यवहार तथा हिंसा भोगेकी भावनाको ( नाम परिवर्तन ) अनुभव ः
काम सिक्ने चरणमा रहेकाले कार्यालयका एक अग्रजसँग काम सिक्नु थियो । तर उहाँले सिक्ने र घरमा जानको लागि मोटर साइकलमा सहयोग लिने क्रममा दुव्र्यवहार भोग्नु प¥यो । व्यवहार चित्त नबुझेपछि उहाँले आफु कार्यरत कार्यालयमा निवेदन दिनुभयो । कार्यालयमा पनि छलफल भयो । माफी मागेर अर्को पटक त्यस्तो गल्ती नगर्ने र गरेमा कानुनअनुसार कार्वाही भोग्नेगरी कागज बन्यो । तर घटनाको केही समयपछि उहाँले त्यो काम पनि छोडेर घर बस्नु भयो ।

दैनिक ज्यालामा भेदभाव (समान काम असमान ज्याला )
बुटवल १६ की कविता थापाको श्रीमान् श्रीमती दुबैजना विवाह, पूजा, पिकनिक आदि समारोहमा भाँडा माझ्ने, गाउँघरमा खेतीको सिजनमा काम गर्ने जस्ता दैनिक ज्यालादारीमा काम गरेर जीवन चलाउनुहुन्छ । सँगै काममा लाग्ने, उस्तै काम गर्ने र सँगै घर फर्कने उहाँहरूको हातमा ज्याला भने फरक फरक पर्छ । श्रीमान् सरदर दैनिक १ हजार पाउनुहुन्छ भने कविताले ७ सय पचास । रोजगारदाताले बोल्ने भाषिक सम्बोधन्मा समेत श्रीमान्ले जति सम्मान पाउनुहुन्न । अनि तोकिएको कामबाहेक पनि बेला बेलामा रोजगारदाताको घरका कपडा धुने, सरसफाइ गर्नेजस्ता काम कवितालाई लगाइन्छ तर त्यस वापत सुविधा भने थपिन्न ।

शैक्षिक, प्रशासनिकजस्ता वौद्दिक क्षेत्रमा हुने श्रम र त्यसका भोगाइः
लुना कार्की, हिमा शर्मा (नाम परिवर्तन)ः समान तह, समान योग्यता विषयक्षमता भएपनि भ्रमण, विभागीय जिम्मेवारी, तालिम आदिका अवसर, पुरस्कार तथा सम्मान जस्ता विषयमा महिला शिक्षक र महिला कर्मचारीको नाम प्राथमिकतामा पर्दैन । केही सुविधा हुने, अतिरिक्त आम्दानी हुने– तालिम गोष्ठीको भत्ता आउने, ज्ञान सीप वढ्ने अवसरको वेला नेत्तृत्वमा रहने पुरुषको कानेखुसीमा अर्को पुरुषकै नाम शिफारिस हुन्छ । आम्दानी नहुने तर झण्झट हुने, धेरै समय लाग्ने, पैसाको कारोवार नहुने आदि क्षेत्रको काममा भने महिलालाई अगाडि सारिन्छ । काम गर्दा हुने सामान्य कमिकमजोरी भएमा पनि त्यसलाई टिकाटिप्पणीको विषय बनाइन्छ । महिनावारी, गर्भावस्था, सुत्केरी अवस्था जस्ता विशेष अवस्थालाई समेत टिकाटिप्पणीको विषय बनाइन्छ ।

वनभोज, गोष्ठी, भ्रमणजस्ता कार्यमा हुने अमर्यादित व्यवहारः
सरकारी सेवाप्रदायक कार्यालयमा काम गर्ने सम्झना कोइराला, शिक्षक मनिषा थापा र गैरसरकारी संस्थामा काम गर्ने कोपिला विक (नाम परिवर्तन)को अनुभव डरलाग्दो छ । कार्यालयको तर्फबाट हुने यस्ता कार्यक्रममा पैसा उठाउने र किनमेल गर्नेजस्ता काम प्रायः पुरुषबाट हुन्छ । भाँडा माझ्ने जिम्मा प्रायः महिलाको हुन्छ । बजारको लिष्टमा पेयपदार्थको नाम उल्लेख नभएता पनि पुरुषहरूले त्यसलाई अनिवार्य वस्तुकोरुपमा लिने गर्दछन् । सुरुमा रमाइलो र राम्रो कार्यक्रम भएपनि जब मदिरातिर पुरुषहरू लाग्छन् अनि हुन्छ महिलाहरूलाई बस्ने की जाने भन्ने जस्तो अवस्था । मदिरा पिइसकेपछि पुरुषहरूले महिला सहकर्मीउपरको हेराइ, बोलाइ, ब्यवहार धेरै नै अमर्यादित तथा छाडा हुने गर्दछ ।
महिलाहरूले पाइला पाइलामा भोगिरहेको, अधिकांश महिलालाई पोलिरहेको तर खुलेर कुरागर्न धौ धौ परिरहेका यी र यस्ता विषयहरू धेरै छन् । समग्रमा के भन्न सकिन्छ भने महिलाहरू—

“परिवार र समाजका लागि गरिरहेकाछन् महिला, खाइनखाइ र सकिनसकि परिश्रमः तर बाँच्न पाएकी छैनन् मर्यादित जीवन । न गणना हुन्छ उनको योगदान, न त पाउँछिन् महिला सम्मान र पहिचान” ।
आज संगठित÷असंगठित वा औपचारिक÷अनौपचारिक सबै क्षेत्रमा श्रम खर्चेर जीवन चलाउने अधिकांश महिलाको भोगाइले यही विषयलाई पुष्टी गरिरहेको छ । महिलाले भोगेका यस्ता समस्या र भोगाइ अपाङ्गता भएका नागरिक, तेस्रो लिङ्गी, समलिङ्गी अर्थात यौनिक अल्पसंख्यकहरूले पनि भोगेका छन् ।
यस्ता किसिमका अनुभव र भोगाइहरू समाजमा अनगिन्ती छन् । तिनीहरूको संहिताकरण गर्नेहोभने सिंगो दस्तावेज बन्न सक्दछ । यो अवधारणपत्र तयार पार्ने सन्दर्भमा केही स्थानीय तहका उपमेयर, उपाध्यक्ष सहितका महिला जनप्रतिनिधि, घर व्यवस्थापनमा लागेका औपचारिक तथा अनौपचारिक क्षेत्रका प्रतिनिधि महिलाहरूसँग गरिएको कुराकानीको आधारमा श्रमसँग जोडिएका महिलाका चुनौति तथा समस्याहरूः

– महिलालाई संबोधन गर्दा बहिनी, केटी, आइमाई, स्वास्नी जस्ता शब्दको प्रयोग गर्ने ।
– घरमा सरदर बिहान ५ बजेदेखि राती १० बजेसम्म गर्नु पर्ने घरायसी कामलाई कामै नदेख्ने र त्यसमा पुरुषको सहभागिता अत्यन्तै कम हुने ।
– परिवारका महिला सदस्यलाई चिनाउँदा उनको कामसँग भन्दा पनि परिवारको सदस्य वा नाताको रुपमा मात्रै पहिचान दिने । घर व्यवस्थापन गर्ने जिम्मालाई घरमै बस्ने हो भन्ने। जवकि घरको कामले गर्दा उनले एकैछिन कुरा गर्न पनि फुर्सद पाउँदिनन् ।
– पद र जिम्मेवारीमा केही तल देखिने र केही समान तहका महिला जनप्रतिनिधि, नेता, कर्मचारीलाई नसोधेरै उनीहरूको धारणा बताइदिने । मैले भनेपछि हुन्छ भनेर विचारको ठेक्का लिएजस्तो गर्ने ।
– महिलाको योगदान र भूमिका भएका कामको जस पनि उनीहरूलाई दिन नखोज्ने ।
– महिलालाई सहयोगी भूमिकाको रुपमा हेर्ने र व्यवहार गर्ने ।
– समान भूमिकाको असमान ज्याला भूक्तानी ।
– प्रजनन् स्वास्थ्यका विविध चरणमा बढी विदा दिनुपर्ने जस्ता बहानाले रोजगारीमा कम अवसर ।
– फेसबूक र म्यासेञ्जर मार्फत यौनआशयका कुराकानी सम्प्रेषण गर्ने ।
– तालिम तथा स्थलगत अनुगमनमा जाँदा नाजायज अपेक्षा राख्ने र आफु अनुकुल नभएमा कार्यक्रम नै स्थगित गर्ने ।
– बच्चालाई सहयोग गर्ने, पारिवारिक समस्या हल गर्ने बहानामा गलत आशय राख्ने ।
– कम्प्यूटरमा काम गर्ने तथा काम सिकाउने बहानामा संवेदनशिल अंगमा छुने ।
– काम गर्दैगर्दा, यात्रामा तथा अनौपचारिक चियाखाजा खाने बेलामा मर्यादा नाघेर अश्लिल शब्द बोल्ने ।
– खाँदै गरेको चुरोटले पोल्ने ।

– सल, कपाल बाँध्ने, संवेदनशील अंगमा हेरिरहने ।
– विविध तालिम तथा कार्यक्रममा बाहिर बस्ने गरी जाँदा होटलको रुम नम्बर सोधखोज गर्ने ।
– यौनजन्य आसयका आधारमा जिम्मेवारी प्रदान गर्न खोजिने ।
– बैठक, फिल्ड कार्यक्रम आदि तय गर्दा महिलालाई नसोधिने र अनुकुल समयमा नराखिने।
– भौतिक सुविधा आदि खरिद तथा प्रयोगमा महिला प्रतिनिधि र कर्मचारी प्राथमिकतामा नपर्ने ।
– स्वास्थ्य संस्थाहरूमा नियम विपरित कम नर्सि¨ कर्मचारी राखेर काम गराइने, कामको चाप वढी र जस कम हुने, धेरै गाली खानुपर्ने ।
– कार्यस्थलमा कर्मचारी तथा सेवाग्राहीको लागि विश्रामकक्ष र स्तनपानकक्षको व्यवस्था नहुने ।
– उजुरी गर्दा समेत पीडकलाई संरक्षण र पीडितलाई सरुवा, कामबाट निकाला तथा मानसिक त्रास दिने ।
– आवाज उठाएका पीडितलाई नै दोष देखाएर उम्कन खोज्ने ।
– कतिपय कुराहरू सहन र आफै तर्कन सुझाव दिने तर अमर्यादित व्यवहार गर्ने पुरुषको स्वभावलाई परिवर्तन गर्न र कार्वाही गर्न अग्रसर नहुने । आदि ।

असर/प्रभाव ः
घरदेखि कार्यस्थलमा महिलाको श्रमले सम्मान, पहिचान नपाउने । उनीहरूले गरेको योगदानको मुल्याङ्कन नहुने र अमर्यादित व्यवहार हुनुले महिलालाई मात्रै असर गरेको छैन, यसले हामी, हाम्रो समाज र हामीले सोंचेको समृद्धिको सपनामा पनि गम्भीर असर गरिरहेको छ । त्यतिमात्र होइन, यसले सन् २०३० सम्ममा हाँसिल गर्नुपर्ने दिगो विकासको लक्ष्यलाई समेत प्रभावित गरिरहेको ।

केही असर÷प्रभावलाई बुँदामा हेरौंः
– कार्यमैत्री घर तथा कार्यस्थल नहुने, सहज कामको वातावरण नहुने
– सम्मानित नभइ अपमानित जीवन भएको अनुभव
– हिनताको भावना विकास
– उत्साह र सिर्जनाको क्षमतामा कमि
– एक अर्कामा विश्वासको वातावरणमा कमि
– काम गरौं कि छोडौ भन्ने दोधारको मानसिकता तथा मानसिक तनाव
– परिवार वा साथीहरूसँग छलफलको विषय बनाउँदा क्षमतामा प्रश्न गर्ने अवस्था
– पारिवारीक बेमेल र सम्बन्ध विच्छेदका घटना
– जागिर छोड्नु पर्ने परिस्थिति
– कामको प्रकृतिको कारण महिलाको स्वास्थ्यमा गम्भीर असर
–महिलाको प्रजनन् स्वास्थ्यमा गम्भीर असर
– कामप्रतिको सिर्जनशिलतामा ह्रास तथा प्रतिफलमा असर

के गर्न सकिएला ?
परिवारदेखि समुदायका विभिन्न तहका महिलाले भएगरेका समस्या सुन्दा, पढ्दा, देख्दा र भोग्दा समाजमा मानवता भन्ने कुराको संवेदनशिलता छ भन्नेजस्तौ नै लाग्दैन । महिला त परिवार तथा पुरुषहरूका सहयोगी र सुसारे हुन् । उनीहरूको जन्म नै सहायक भूमिकाको लागि भएकोजस्तो देखिन्छ । तर यसको असर सिंगो परिवार, पारिवारीक श्रीबृद्धि, पारिवारीक सद्भावउपर परिरहेकोले यो गहन विषय अव महिलाको मात्रै विषय नरहेर आममान्छेको, परिवारको तथा सिंगो समाज एवम् सामाजिक संघसंस्था र सरकारको विषय बन्नपुगेको छ वा बन्नुपर्ने देखिन्छ ।
चुनौति अथवा असर कम गर्न अपनाउन सकिने केही उपायहरू;
य खासगरी वैवाहिक जीवनपछि ज्याला विनाको मजदूरकारुपमा रहेको महिलाको भूमिकालाई नातामा जे सम्बोेधन गरेपनि सहयात्री मान्छेको भूमिकामा हेरिनुपर्ने ।

– मानवीय श्रमको प्रयोग हुने सामुदायिक, सरकारी, नीजि हरेक तहमा लैङ्गीकमैत्री नीति बनाउने, लैङ्गीकमैत्री व्यवहारबारे कार्यरत सबै पक्षबीच प्रशिक्षण सञ्चालन गर्ने र सामुहिक प्रतिबद्दता तयार गरी लागु गर्ने,
– समान कामको समान ज्यालाको लागि प्रभावकारी संयन्त्र निर्माण गर्ने
– श्रमका सन्दर्भमा महिला र पुरुषबीच भएको अनुभूति बुझ्न र लैङ्गीक संवेदनशील कार्य वातावरण बनाउन हरेक तहमा महिला पुरुष कार्यशाला गर्ने,
– मर्यादित काम, सुरक्षित र सिर्जनशील कार्यस्थलको लागि हरेक कार्यालयमा आचारसंहिता निर्माण गरी लागु गर्ने,
य कार्यस्थलमा कुनै पनि प्रकारको हिंसाको आभास आएमा तत्काल उजुरी, छलफल र निकास निकाल्न सक्नेगरी संयन्त्रको निर्माण र परिचालन गर्ने,

– कार्यस्थलमा शिशु स्याहार केन्द्र, विश्रामकक्ष, तथा महिला शैचालयको अनिवार्य व्यवस्था,
– मानव माथि हुने हिंसाको विषयमा शुन्यसहनशीलताको विकास गर्ने,
– कार्यस्थलमा सीसीटिभी क्यामेरा जडान गर्ने,
– यो विषयलाई महिलाको मात्रै मुद्दाका रुपमा नहेरेर आम मानिसको मुद्दाको रुपमा लिने,
– आफुलाई चित्त नबुझ्ने खालको हरेक असहज परिस्थिति र शब्दहरूको खुलेर प्रतिकार गर्नै,
– महिलाको आत्मसम्मान र आत्मबल वढाउनेखालका कार्यक्रम र अभियानहरू सञ्चालन गर्ने,
– स्थानीय तहको नेत्तृवमा लै¨ीक हिंसा विरुद्द आचारसंहिता निर्माण गरी पालना गर्ने, गराउने,
– कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार(निवारण) ऐन, २०७१ को विषयमा छलफल, प्रशिक्षण र अनिवार्य कार्यान्वयन,

थालिएका केही प्रयासहरू
कार्यस्थलमा महिला माथि हुने हिंसा निवारणको लागि नीतिगत तथा व्यवहारिक केही अभ्यासहरू शुरु भएकाछन् तर ती प्रयाप्त छैनन् । नीतिमा भएका कुरालाई सम्बन्धित् क्षेत्रमा छलफल गर्नै र व्यवहारमा लागुगर्ने विषय कमजोर छ ।
कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१, (२०७१ मंसिर ८ मा प्रमाणिकरण )
– सरकारले सञ्चालन गरेको महिला सौचालय निर्माण अभियान ।
– समस्या सुनुवाईको लागि गरिएको हेल्पलाइन टोल फ्रि नम्बर ।
– लैङ्गीक सम्वेदनशीलताको लागि तालिम तथा जनहितकारी सन्देशहरू प्रकाशन प्रशारण।
– केही कार्यालयहरूमा स्तनपान कक्षको व्यवस्था ।
– सुत्केरी तथा सुत्केरी स्याहार विदाको व्यवस्था ।
– अनौपचरिक क्षेत्रको श्रमलाई कानूनी दायरामा ल्याउँदै उनीहरूबीच संगठन निर्माण गर्ने अभियान सञ्चालन ।
– श्रम कानुन २०७४ मा ८ मार्चका दिन श्रमिक महिलालाई विदा हुने कानुनतः व्यवस्था ।
– नेपालको वर्तमान संबिधान लैङ्गीक दृष्टिकोणले विगतका संबिधानभन्दा अग्रगामी बन्नु, मौलिकहकमा व्यवस्था गरिएको सम्मानपुर्वक बाँच्न पाउने, समान कामको लागि लैङ्गीक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गर्न नहुने, सकारात्मक विभेदको नीति अवलम्बन गरिनु पर्ने जस्ता व्यवस्था गरिनु ।
– स्थानीय तहहरूमा लैङ्गीक कार्यदल गठन भै लैङ्गीकमैत्री गाउँ नगर निर्माणको लागि रणनीतिहरू निर्माण ।
– स्थानीय तहमा न्यायीक समिति गठन र क्रियाशिल ।
– सामाजिक सञ्जाल मार्फत सञ्चालित ३ःभतयय ःयखझभलत(अभियान) ।
– सुरक्षा समयन्त्रमा निर्माण गरिएको महिला तथा बालबालिका सेवा केल्द्र ।

बुटवल उप—महानगरपालिकाको प्रयास ः
– बुटवल उप—महानगरपालिकाले बुटवललाई मानवताको सहर बनाउने लक्ष्य निर्धारण गर्दै त्यस सम्बन्धी ऐननियम नै निर्माण गरेर अगाडि बढिरहेको,
– “लैङ्गीकमैत्री सहरः बुटवल उपमहानगरः” भन्ने मूलमान्यतामा रहँदै लैङ्गीक हिंसामुक्त बुटवल निर्माणको लागि रणनीति निर्माण गरी कार्य अगाडि बढाइएको,
– श्रमिक महिलाहरूको आवश्यकता र शिशुको स्याहार पाउने हक स्थापित गर्न सामाजिक विकास कार्यक्रम नीतिअनुसार गरिएको शिशुस्याहार केन्द्र प्रोत्साहन कार्यक्रम,
– सुत्केरी महिला घरभेट कार्यक्रम,

निष्कर्ष
हामीले अहिले राष्ट्रपति महिला पाएका छौं । प्रधानन्यायधीश पनि महिला पायौं । सभामूख सहित केही संविधानसभा सदस्य, सांसद तथा स्थानीय पालिकाको प्रमूख तथा उपप्रमूख पनि महिला पायौं । शिक्षा, स्वास्थ्य, आर्थिक, कानुन, प्रशासन लगायत क्षेत्रमा पनि केही प्रमूख पदहरूमा महिलाको उपस्थिति रहेकोछ । राज्यका हरेक निकायमा महिला सहभागिता बढ्दो छ, तरपनि उनीहरूको अनुभवले भन्छ, सबै भूमिकासहित घरभित्र दिनरात परिवारका लागि खट्ने महिलाहरूको श्रमको उचित मुल्याङ्कन भएको छैन । उनीहरूले सम्मान र सुरक्षा पाइरहेका छैनन् । अधिकांश महिलाको जीवनअनुभव केलाउँदा प्रत्येक नेपाली महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगिरहेका छन् ।

ज्याला मजदुरीमा काम गर्ने तथा घर चलाउने महिला हुन् वा स्थानीय पालिका तथा सांसद बनेका महिला पो किन नहुन् पाइला पाइलामा अपमान, हिंसा र कामको अवमुल्यन भएको अनुभव उहाँहरूसँग छ । तर स्थानीय न्यायीक समिति, जिल्ला प्रशासन, प्रहरी तथा श्रम कार्यालयमा यो विषयमा मेरो कामको मुल्याङ्कन भएन । मैले समान ज्याला पाइन । काम गर्ने स्थानमा सहकर्मीबाट काम सिकाउने र सहयोग गर्ने बहानामा यस्तो हिंसा भएको छ भनेर खुलेर कुरा गर्न सक्ने अवस्था अझै बनेको छैन । हरेक क्षेत्रको मुख्य नेत्तृत्वमा महिलाको पहुँच अत्यन्तै न्यून छ । त्यसैले उजुरी गर्दा झन् समस्या थपिने भयले महिलाहरू सहेर बसिरहेकाछन् । यो विषयमा स्थलगत सर्वेक्षण गर्न तथा समस्यालाई बाहिर ल्याउन सार्वजनिक बहससहित विविध कार्यक्रम गर्नु पर्ने देखिन्छ । स्थानीय पालिकाहरूले यो विषयमा काम गर्ने अवसर नपाएको भने होइन तर मानवीय संवेदनाको यो विषयले स्थानीय बजेटमा पनि महत्व पाएको अनुभूति गर्न सकिएको छैन ।

हरेक वर्ष अन्तर्राष्ट्रिय र राष्ट्रिय छुट्टा छुट्टै नारा तयगरेर श्रमिक महिला दिवस मनाउँदै आइएता पनि ती नारालाई व्यवहारमा रुपान्तरण गर्नेगरी कार्यक्रमहरूभने खासै हुन सकिरहेको देखिदैन । श्रमकै भरमा घरायसी सम्बन्धमा बाँचेका नेपाली महिलाहरूले परिवार, समाज तथा विभिन्न निकायमा खर्चेको श्रमको पहिचान, मुल्याङ्कन र सम्मान छैन । उनीहरूको सुरक्षा, विकास, अवस्थामा गुणात्मक परिवर्तन हुन सकेको छैन । नीति नियममा केही सुधार भएका छन् तर नियत परिवर्तनको लागि अझै गर्नुपर्ने धेरै विषयहरू बाँकी छन् । त्यसैले पनि दिवस विशेषका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै दिवसमा उठ्ने र उठाइने विषयलाई विकासका अन्य प्रक्रियासँगै एकीकृत गरेर जानुपर्ने आवश्यकता छ । महिलाको योगदानबिना पारिवारिक, सामाजिक तथा राष्ट्रिय उत्थान असम्भव छ । परम्परागत र औपचारिक रुपमा मात्रै नभएर अनौपचारिक रुपमा पनि व्यक्ति व्यक्ति र परिवारको तहसम्म यो विषयमा मसिनोगरी छलफल गर्न तथा महशुसीकरणका कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । सम्मानित जीवनको लागि मर्यादित काम हुनु आवश्यक छ ।