उत्पादन, कला, नेतृत्व र उत्प्रेरणाका लागि श्रीकृष्णको सम्मान र सम्झना

मेचीकाली संवाददाता

४ भाद्र २०७९, शनिबार
155 shares

घनश्याम कोइराला
‘भगवान् श्रीकृष्ण’को जन्म दिन बडो धुमधामका साथ मनाइएको छ । उहिलेका कृष्णको आजसम्म जयजयकार र जन्मोत्सव किन भइरहेको होला ? हिजो बाटोभरि भीड । कृष्णको मन्दिरमा ठेलमठेल । हातमा पूmल प्रसादको थाली सजाएर हिँडेका महिलाहरू, एउटा हातले आमाका हात र अर्कोमा मुरली समातेर तानिँदै गरेका साना बालबालिका, सँगै हातमा अगरबत्ती र मन्दिरमा चढाउने पैसा लिएर लामबद्ध पुरुषहरू देखेर मेरो मनमा यस्तै प्रश्न उब्जियो । किन मान्ने कृष्णलाई ? म किन मान्छु, ऊ किन मान्दैन ? खास कामले पठाओ सेवाको मोटर साइकल चढेको थिएँ । एउटा कृष्ण मन्दिर नजिकै भीडमा गएर मोटर साइकल रोकियो । पानी प¥यो, चालकले प्लास्टिकको वर्षादी ओढेका थिए, म भने निथ्रुक्क भिजेँ । कृष्ण जन्माष्टमीको दृश्य र घटना हो यो ।

वैदिक काल गणना अनुसार समयलाई चार ठूला भागमा विभाजन गरिएको छ । यस्तो विभाजनलाई युग भन्ने गरिन्छ । सत्य, त्रेता, द्वापर, कलि गरी युग चार वटा छन् । त्यस गणना अनुसार अहिले हामी कलि युगमा छौँ । कलिको पाँच हजार एक सय तेइस वर्ष भएको छ । सामान्य हिसाब गर्दा पनि कम्तीमा पाँच हजार एक सय तेइस वर्षभन्दा अघि द्वापर युगमा जन्मेका कृष्णको जन्म भएको मानिने यस दिनलाई श्रीकृष्णजन्माष्टमी भनेर सम्मानपूर्वक पर्वका रूपमा मनाउने प्रचलन रहिआएको छ । यद्यपि, काल गणनाको विषय ज्योतिषको हो, तथापि यो चार युगको गणनालाई वैदिक गणना वा युग निर्धारणको वैदिक मान्यताका रूपमा लिइन्छ । यी युगहरूबारे पुराणहरूमा प्रशस्त पढ्न पाइन्छ ।

घनश्याम कोइराला

कृष्णलाई भगवान् पनि मानिन्छ र भनिन्छ । किन ? किन कि ‘भग’ भनेको ऐश्वर्य हो, समृद्धि हो, सम्पन्नता हो । वान् भनेको युक्त हुनु हो, जस्तै ः आर्दवान, धनवान, रूपवान, विद्+वान = विद्वान् । उनी भगवान् अर्थात् ऐश्वर्यशाली थिए ।

भगवान्को स्त्रीलिङ्गी शब्द ‘भगवती’ हो । समृद्धशाली स्त्रीलाई भगवती भनिन्छ । ऐश्वर्य र समृद्धि बहुआयामिक विषय हो । कृष्ण त्यति बेलाका शक्तिशाली, समृद्ध र ऐश्वर्यवान् थिए । उनी यस्तो कर्मका अगुवा थिए । त्यसैले त्यस समयका सबैले उनलाई आदर्श व्यक्तित्वका रूपमा राखेर सम्मानजनक सम्बोधन गर्दथे र उनलाई ‘श्रीकृष्ण’ श्री जोडेर लेख्दा समृद्ध, शक्तिशाली, ऐश्वर्यशाली आदि सबै कुरा एकसाथ बुझाउँछ, किनभने श्रीको अर्थ पनि तिनै लाग्दछ ।

लौकिक—सांसारिक रूपमा जन्मने भनिन्छ भने त्यसलाई दैविक सन्दर्भमा अवतार लिने भनिन्छ । अवतार भनेको कुनै एउटै शक्ति फरक—फरक समयमा फरक—फरक रूपमा प्रकट हुनु वा जन्म लिनु हो । पौराणिक मान्यता अनुसार यस्ता ऐश्वर्यशाली, शक्तिशाली र आकर्षक व्यक्तित्व फरक—फरक समयमा, फरक—फरक रूपमा जन्मन्छन् । त्यस समयमा यिनै कृष्ण ऐश्वर्यशाली, शक्तिशाली र आकर्षक व्यक्तित्वका रूपमा जन्मिए । उनै कृष्ण जन्मिएको दिन श्रावण कृष्ण पक्षको अष्टमी तिथिलाई श्रीकृष्ण—जन्म—अष्टमी (श्रीकृष्ण जन्माष्टमी) पर्व मनाइँदैआएको छ । त्यसैको निरन्तरता स्वरूप आज कृष्ण मन्दिरहरूमा उनको मूर्तिमा पूmल, चन्दन, माला, धुप, दीप, फल, नैवेद्य आदि चढाएर (समर्पण गरेर) पूजा गर्ने गरिन्छ । पूजा गर्नु भनेको सर्वोच्च सम्मान हो । आपूmले सबैभन्दा बढी सम्मान गर्नेलाई यसरी सम्मान गरिनु स्वाभाविक हो ।

कृष्ण द्वापर युगका मुख्य देवता, मुख्य शक्तिका केन्द्र, केन्द्रीय व्यक्तित्व हुन् । कृष्ण शब्द संस्कृत व्याकरणको कृष् धातुबाट बनेको हो । कर्षयति इति कृष्णः अर्थात् कर्षण गर्दद जसले ऊ कृष्ण हो, कर्षण भनेको जोत्नु — खन्नु हो । यसरी हेर्दा र बुझ्दा खनजोत गर्ने काम जसले गर्दछ ऊ कृष्ण हो । यस अर्थमा कृष्णले खन्ने, जोत्ने कामको सुरूआत गरेका रहेछन् भन्ने बुझिन्छ । कृष्ण खेतीपाति गर्ने कामका सुरूआतकर्ता रहेछन् ।

कृष् धातुबाट कर्षण शब्द बन्दछ भन्ने कुरा माथि चर्चा गरियो । कर्षणमा आङ् उपसर्ग लगाउँदा आकर्षण शब्द बन्दछ । यसरी अर्थ लगाउँदा कृष्ण शब्दले आकर्षण गर्ने वा आकर्षक गुण वा क्षमता भएको भनेर पनि बुझ्न सकिन्छ । कृष्ण शब्दको अर्थ कालो भन्ने पनि हुन्छ । हामीले कथा—पुराणमा सुने अनुसार कृष्णमा यी सबै विशेषता पाइन्छ । हामीले चित्रमा मूर्तिमा देख्ने गरेका कृष्णको रङ्ग वा वर्ण पनि कालो नै हुन्छ । कृष्ण काला थिए । उनी किसान पनि थिए । उनले सबैलाई आकर्षण पनि गरेका थिए ।

मथुराको राजा कंस कृष्णका साख्खै मामा थिए । आप्mनै मामा राजा अर्थात् उनी राजाका भाञ्जा । तर, ती कंस दुष्ट थिए । कंसले आप्mना बाबुलाई जबर्जस्ती राजसिंहासनबाट हटाएर आफैलाई राजा घोषणा गरेका थिए । यो कंसको दुष्ट्याइँको एउटा खास प्रसंग र उदाहरण मात्र हो । कंसले मथुरावासीको भावना विपरीतकार्य गरेको हुनाले उनको निन्दा हुन्थ्यो । यस्तो कंसका विरुद्ध कृष्णले विजयी लडाइँ लडे । उनले कंसलाई मारिदिए । तर, उनले कंसका विकल्प बनेर राजाको पगरी गुथेर सिंहासनमा बसेनन्, आपूmले जितेको मथुराका राजाको स्थानमा आपूmलाई राजा घोषणा गरेनन् । बरु, उनले कंसको राजापाट कंसकै पिता राजा उग्रसेनलाई राजगद्दी दिलाए । चाहेको भए कृष्ण स्वयं त्यहाँका राजा बन्न सक्ने थिए ।

श्रीमद्भागवतमा श्रीकृष्णले आप्mनो कान्छी औँलाले गोवद्र्धन पर्वत उचालेको कथा प्रसंग आउँछ । केही नगरी भाग(कर) लिने इन्द्रका विरुद्ध गोकुलका जनतालाई सङ्गठित गरे । इन्द्रलाई दिने चलन रहेको करबाट जनतालाई मुक्तलाई मुक्त गरिदिए । श्रीकृष्णले जनताको संगठित शक्तिबाट जनविरोधी शक्तिलाई परास्त गर्न सकिने दृष्टान्तसहित जनतालाई संगठित र आन्दोलत गरे । यस कथाबाट जनता संगठित भए भने जस्तोसुकै शक्तिशालीलाई पनि पराजित गर्न र उनीहरूको अन्याय अत्याचार, शोषण, उत्पीडनबाट मुक्ति पाउन सकिन्छ भन्ने सन्देश लिन सकिन्छ ।

कृष्णले कृषि र पशुपालनको विकास र अन्नधन संचयको पद्धति बसाए । त्यस समयका लोकप्रिय र पौरखी नेता हुन् श्रीकृष्ण । उनले सुन्दरताको परिभाषा फेरिदिए । गोरालाई मात्र सुन्दर मान्ने यस भूगोलका मानिसहरूको दृष्टिमा काला पनि सुन्दर हुन्छन् भन्ने मान्यता स्थापित भयो । गोरालाई महत्व दिने तत्कालीन आर्यहरूका स्वीकार्य बनेर रङ्गभेदको विरुद्ध सामाजिक सङ्गति स्थापित गरे ।

कृषि, कला, सन्चयको पक्षपोषण तथा रङ्गभेद बिरुद्धका उनका योगदानका कारण उनी आदरणीय तथा आदर्शका रूपमा सम्झना र सम्मानका योग्य छन् । उनले घीउ, दुध, नौनीलाई उच्च स्थान दिए, चोरेर खाने वस्तु अर्थात् मूल्यवान् बनाए ।

उनलाई वनमाली पनि भनिन्छ । वनमाली भनेको के हो ? वनमाली भनेको वनका पूmल, काठ आदिको माला लगाउने भनिएको हो । प्रकृतिमा प्राप्त हुने सबै कुराको उपयोग गर्नुपर्छ भन्ने सन्देश हो । उनको शिरमा मयुरको प्वाँखको मुकुट देखिन्छ । चराचुरुङ्गीका खसेका प्वाँखको प्रयोग सौन्दर्य र सजावटका लागि गर्न सकिन्छ भन्ने सन्देश हो ।

श्रीकृष्णले मुरली बजाए, मुरली लिएर हिँडे । आवश्यक पर्दा सत्रुलाई पछार्न बल प्रयोग गरे पनि उनी हतियार बोकेर तर्साउँदै हिँडेनन् । जीवनलाई कलायुक्त पार्ने प्रयास गरे । रासलीलामा हरेकसँग देखिए अर्थात् एउटा सफल नेता हरेकसँग, हरेक अवस्थामा सँगै हुन्छ र हुनुपर्छ भन्ने सन्देश दिए । काखा र पाखा गर्ने नेतृत्वले यसबाट शिक्षा लिनु पर्दछ ।

कतिपय मानिसहरू उनका श्रीमती धेरै भएकोप्रति कटाक्ष गर्दछन्, बहुपत्नी, बहुविवाही आदि भनेर निन्दा पनि गर्दछन् । हाम्रो समाजमा केही वर्ष अघिसम्म पुरुषलाई बहुविवाह निषेध थिएन । वहुविवाह सम्बन्धी कानुन बनेको धेरै भएको छैन । यस्तो कानुन बनेको भए पनि यसको कार्यान्वयनको अवस्था परिपक्व भइसकेको छैन । आजको सभ्य समयमा त यस्तो त छ भने त्यतिबेलाको के कुरा होला र ? केही समय अघिसम्म र यदाकदा अहिले पनि ‘मर्दका दस वटी’ भन्ने भनाइ प्रचलनमा थियो र गाउँघरमा अहिले पनि यस्ता भनाइ र व्यवहार देखिन्छ भने संविधान, ऐन, कानुन नै नभएका बेलाको बहुपत्नी प्रथाका विषयलाई अहिलेको सभ्य समाजले तुलना र उदाहरण बनाउन मिल्दैन । धर्मशास्त्र, कुनै राजामहाराजा, कुनै दैवीशक्तियुक्त मानिएका महापुरुष जोसुकै भए पनि बहुविवाह, बहुपत्नी प्रथा, अनमेल विवाह सकारात्मक उदाहरण हुनै सक्दैन । यी प्रथाकानुनी रूपमा खारेज गर्नुपर्ने विषय हुन्, खारेज भएका छन्, सभ्य समाजले जुनकुनै यस्ता विषयलाई स्वीकार्य बनाउने प्रयत्न गर्नुहुँदैन ।

श्रीकृष्ण सम्बन्धी कथामा उनका सोह्र हजार एकसय आठ श्रीमती थिए भन्ने सुनिन्छ । तर, तिनै कथामा राम्ररी ध्यान दिने हो भने उनका आठ वटी श्रीमती रहेको देखिन्छ । कसै कसैले सोह्र सय पनि भन्दछन् । जे होस्, ती कथा हुन् । कथा अनुसार भौमासुरले मथुराका सोह्र हजार युवतीहरूलाई अपहरण गरेर बन्धक बनाएको र उनीहरूसँग विवाह गर्ने योजना बनाएको प्रसंग छ । श्रीकृष्ण त्यतिबेलाका जल्दाबल्दा नेता थिए । उनले भौमासुरसँग युद्ध गरेर ती अपहरित युवतीहरूलााई मुक्त गराए । भौमासुरले लगेका युवतीहरूलाई समाजले (उनीहरूका श्रीमान्—परिवारले) स्वीकार नगर्ने अवस्थामा श्रीकृष्णले स्वीकार गरेको अर्थात् पुनःस्थापनाको जिम्मा लिएको स्पष्ट बुझिन्छ । अहिले पनि हामीकहाँ अपहरणमा परेका, ललाई फकाईमा परेर अन्यत्र लगिएका युवा उमेरका महिलाहरूलाई घर—परिवार र समाजले स्वीकार नगरी सामाजिक संघ—संस्थाहरूले आश्रय दिई पुनःस्थापनाको प्रयत्न गरिरहेको अवस्था छ । नयाँ होस् वा पुरानो, कथा होस् वा इतिहास, अवस्थाको सापेक्षतामा बुझ्नु पर्दछ । अन्यथा अर्थ लाग्ने, नराम्रो परम्परा बस्ने, नारीहरूको अपमान हुने गरी विषयवस्तुलाई उछाल्नु सही हुँदैन । सकारात्मक पाटो—पक्ष अघि बढाउने र नकारात्मक पाटो—पक्षको जिम्मा त्यतिबेलाको जिम्मामा छोडिदिनु नै उपयुक्त हुन्छ ।

उनले युद्धका बेलामा योगको कुरा गरे । अरु बेलामा योगी बन्नु र युद्धकै बीचमा योगको शिक्षा दिनु फरक महत्वको विषय हो र यसो गरेर उनले योगेश्वरको उपाधि पनि प्राप्त गरे ।

माथिका प्रसंगहरूबाट हामीले कृष्ण, श्रीकृष्ण, भगवान र पूजाका बारेमा केही कुरा बुझ्न सकिन्छ । खास कुरा के हो भने गुणको सम्मान गर्नु साहै राम्रो हो । गुणयुक्त वा गुणवान्को सम्मान गर्नु राम्रो हो । तर, के कृष्णका गुणबाट हामीले केही सिक्ने प्रयास ग¥यौँ ? हाम्रा क्षमता हामीले हाम्रो समाजका मानिसहरूका लागि सदुपयोग ग¥यौँ ? कृष्णलाई मान्ने, नमान्ने, पूज्ने, नपूज्ने सबैले श्रीकृष्णबाट यस्ता अनेकौँ शिक्ष लिन सकिनेने र पर्ने देखिन्छ । यस अर्थमा श्रीकृष्ण सबैका गुरु हुन् ।

कृष्णलाई मात्र होइन, कुनै पनि वा शक्तिलाई मान्ने कि नमान्ने भन्नुभन्दा कसको, कुन कुरा कति र किन मान्ने भनेर सोचियो भने मान्न पर्ने र मान्न नपर्ने दुवै कुरा छर्लङ्ग हुनसक्छ । कुनै पनि घटना वा विषयका दुई पक्ष हुन्छन् । राम्रै भए पनि अपरिवर्तनीय केही हुँदैन र नराम्रो पनि शिक्षाका लागि काम लाग्दछ । वस्तु, घटना उही हुन्छ, जे हो, त्यही हुन्छ, तर त्यसलाई हेर्ने दृष्टिकोण मानिसको आआप्mनो र फरक फरक हुन सक्दछ । हामीले उपयोगी कुरा छानेर मान्नुपर्दछ । अनुपयोगी विषय छानेर फाल्नु पर्दछ । हाम्रा चाडपर्व, धर्म, संस्कृति र देवीदेवताका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ ।

कृष्णलाई भगवान् मानेर पूजा गर्नेहरूले उनका गतिला कार्यबारे जानकारी राख्न आवश्यक छ र नमान्ने भन्नेहरूले पनि उहिलेका उनी किन आजसम्म उत्तिकै पूजित र सम्मानित छन् भन्ने खोज गर्न आवश्यक देखिन्छ । लेखक संस्कृति अध्येता तथा अभियन्ता हुन् ।