बुटवलमा खानेपानीको अवस्था र व्यवस्थापन

मेचीकाली संवाददाता

१३ कार्तिक २०७९, आईतवार
91 shares

टेकराज पन्थी
तिनाउ अथवा तिलोत्तमा नदीको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४४ डिग्री सेल्सियस सम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअस सम्म पुग्ने गरेको पाईन्छ । विक्रम सम्बत २०७८ को जनगणना अनुसार बुटवल उपमहानगरपालिकाको कुल जनसंख्या १,९५,०५४ रहेको छ । जसमध्ये ९५,७०५ जना पुरुष र ९९,३४९ जना महिला रहेको बुटवल द्रुतगतिमा विस्तारित भइरहेको छ। यो नगर पश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको छ। यो नगर महेन्द्र राजमार्ग तथा सिद्दार्थ राजमार्गद्वारा नेपालको पूर्व पश्चिम तथा उत्तर दक्षिण जोडिएको छ । यातायातको सुविधा तथा भौगोलिक अवस्थितिको कारणले बुटवल पश्चिम नेपालको एक प्रमुख वाणिज्य केन्द्रको रूपमा विकास भइरहेको छ । साथै पहाड र तराईको सङ्गममा बसेको छ ।

नेपालको दक्षिण भेगमा रहेको लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा अवस्थित करिव १०१.६ बर्ग किमि क्षेत्रफलमा फैलिएको बुटवलको पुरानो नाम बटौली, बुटवल खस्यौली बजार हो । संघीय राजधानी काठमाडैबाट २४० किमि, बुद्धको जन्मस्थान लुम्बिनीबाट करिब ३० किमी र भैरहवाबाट २२ किमि नजिक रहेको बुटवल औद्यौगिक र महत्वपूर्ण ब्यापारिक केन्द्रका रूपमा परिचित छ । बुटवलमा २०३२ सालमा औद्यौगिक क्षेत्रको स्थापना भयो । यहाँका महत्त्वपूर्ण धार्मिक स्थलमा सिद्धबाबा, गणेश मन्दिर, नारायणस्थान, राधाकृष्ण मन्दिर, निलकण्ठ बाबा धाम, कालिका मन्दिर, राममन्दिर, बाघभैरव भुवनेश्वरी मन्दिर, दुर्गा मन्दिर, बौद्ध गुम्बा र पद्म चैत्य विहार छन् । बुटवलका ऐतिहासिकस्थलमा रामपिथेकस अवशेषस्थल, जीतगढी किल्ला, मणिमुकुन्द सेन दरबार र पर्यटकीयस्थलमा मणिमुकुन्द सेन उद्यान, हिल पार्क, सिद्धबाबा धाम र पद्म चैत्य विहार छन् । केही वर्ष अघिसम्म व्यापारिक पेसामा संलग्न हुने र उक्त क्षेत्रबाट रोजगारीको अवसर बढी प्राप्त हुने दृष्टिकोणबाट विशेष गरी पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत, अर्घाखाँची आदिबाट मानिस बसाइसराई गरी यहाँ आउँथे, तर २०४० सालपछि बुटवल नगरको शैक्षिक क्षेत्रमा भएको प्रगतिको फलस्वरूप अध्ययन र अध्यापन पेसाको अवसरमा उल्लेखनीय वृद्धि भएको कारणले पनि बुटवलनगर एउटा शैक्षिक केन्द्रको रूपमा परिचित छ । बुटवललाई ऐतिहासिक, धार्मिक, औद्यौगिक, ब्यापारिक, शैक्षिक र पर्यटकीय केन्द्रका रूपमा परिचित रहेको छ । एक करोड पचास लाख वर्ष पहिले बनेका चुरे पहाडको धरातलीय बनावट निकै कमजोर किसिमको छ ।

ऐतिहासिक, धार्मिक, औद्यौगिक, ब्यापारिक, शैक्षिक र पर्यटकीय केन्द्रका रूपमा परिचित बुटवल क्षेत्रमा ६ लेनको सडक निर्माण गरी सौंन्दर्यकरण गर्नका लागि बेलहिया बुटवल गोलपार्क सडक बुटवल राजमार्ग चैराहा देखि चिडियाखोलासम्म ब्यापारिक मार्गका रूपमा बुटवल खण्डमा करिब ४२ करोडको लागतमा बि.सं. २०७३ चैत्र १७ मा कञ्चनजंगा बिरूवा जेभि कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झैता गरी आयोजना शुरू गरी बि.सं. २०७७ मा कार्य सम्पन्न गर्नुपर्नेमा निर्माण कम्पनीले ढिला सुस्ती गरि बुटवल सडक अस्तब्यस्त बनाएको छ । हाल यसको लागत अनुमान पनि बढेर करिव ५४ करोड पुग्न गएको तर निर्माण कम्पनीबाट काम प्रभावकारी रूपमा अगाडि बढाउन नसकेको कहाली लाग्दो अवस्था छ । यसले गर्दा प्रत्यक्ष रूपमा जनस्वास्थ्यमा असर पुराएको छ भने धार्मिक, औद्यौगिक, ब्यापारिक, शैक्षिक र पर्यटकीय गतिविधिमा गम्भिर क्षति पुगेको सर्वविधितै छ । धुवा धुलोले सताएको अवस्था एकातिर छ भने बुटवलमा खानेपानीको अवस्था पनि त्यत्तिकै नाजुक छ ।

पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ । पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ । तर सबै पानी पिउन योग्य छैन । समुद्र र महासागरको पानी नुनिलो छ । जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ । २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ । यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ । नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ । पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ ।
पानी एक प्राकृतिक योगिक हो, पानी कार्बन र हाईड्रोजन तत्व मिलेर बन्छ, यसको घुलनशील क्षमताको कारण यसमा धेरै तत्व घुलित अवस्थामा रहन्छन् । यो सामान्य तापक्रममा तरल रुपमा पाईने खनिज या आधारभुत जीवन दायिनी तत्व हो । पानी बिना जीवन असम्भव छ, यो नभए प्राणीको अस्तित्व रहन्न । पानी चिसो भएमा ठोस वा बरफ बन्छ भने तापक्रम बढदा वा हावामा घोलिएर ग्यासको अवस्थामा रहन्छ ।

पृथ्वीमा ठोस सतह भन्दा जल सतह ४ गुणा बढी छ । शुद्ध पानीको मुख्य श्रोत वर्षा हो, हिमाल, हिमताल, डिप ट्युबवेल, बस्ती भन्दा टाढाका मुल, खोला, नदी, तलाउ पनि ताजा पानीका भण्डार हुन् । समुद्र तथा महासागरको पानी पिउन योग्य हुदैन । हाम्रो शरीरमा ७० प्रतिशत पानी तथा बाँकी अवशेष कार्बन, क्याल्सियम, सोडियम अदि तत्व हुन्छ । जीवनको महत्त्वपूर्ण क्रिया रक्तसञ्चार पानीको कारण नै सम्भव छ । पाचन प्रक्रिया, ग्रन्थी प्रणाली, आदि पानी कै भरमा चल्छन । पानीले हाम्रो शरीरको रक्तसञ्चार तथा पुरै जैविक प्रक्रिया सन्तुलित राख्न मुख्य भूमिका खेल्छ । खानामा हुने तत्वहरु देखि लिएर श्वास प्रस्वाससंग लिइएको अक्सिजन शरीरको सबै भागमा पुर्याउने काम पानीले गर्छ र शरीरबाट अनावश्यक चिज उत्सर्जन गर्ने काम पनि पानीले नै गर्छ । हामीले हरेकदिन पानी कति पिउने, कस्तो पानी पिउने बिषयमा सचेत हुनु जरुरी छ । पानी कति पिउने भन्ने बिषय शरिरको तौल, कार्यशैली, बातावरण, मौसम अनुसार व्यक्ति पिच्छे फरक हुन्छ । वयस्क मानिसले प्रतिदिन कम्तिमा ४ लिटर पानी पिउनुपर्छ । तर हामीले पिउने पानी निर्मलीकृत गरि शुद्ध हुनुपर्छ या त च्इ फिल्टर गरिएको हुनु जरुरी छ । पानीलाई शुद्धिकरण गर्न प्राचीन कालदेखि नै कुनै न कुनै विधि अपनाउन थालिएको पाईन्छ ।

बर्षातको पानी, हिमालको पानी, खोला तथा नदीको पानी शुद्ध मानिन्थ्यो र हाल पनि यसैलाई राम्रो मानिन्छ । यी श्रोतको अलावा डिपबोरिंग हाल बढी प्रयोगमा आएका छन् । पानी शुद्धिकरण गरी पिउनलायक बनाउन उमालेर, घामको किरणले सेकेर, औषधि हालेर, फिल्टर क्यान्डिलको मद्दतले छानेर तथा अरु बिधि अप्नाईन्छ । यी सबै बिधिबाट कुनै न कुनै कोणले पानी शुद्धिकरण गरिन्छ। वर्तमान समयमा च्इ रिभर्स आस्मोसिस सिस्टमबाट सरल रुपमा स्वच्छ र भरपर्दो तरिकाले पानी शुद्धीकरण गरिएको पाईन्छ । यसमा पानीको धुलो, बालु कसिंगर थिगार्ने, कार्बन, सेडिमेन्ट छान्ने, युभि लाईट, मेम्ब्रेन आदि पांच चरणबाट पानी शुद्ध गरिन्छ । तर पूर्णतया ब्याक्टेरिया मार्न भने सक्दैन । ब्याक्टेरिया बाहेक पानी शुद्धिकरणका लागि भरपर्दो मानिन्छ । बजारमा १५ हजार देखि २५ हजार सम्मका घरेलु र लाख बढी पर्ने एक घण्टामा सय लिटरबढी पानी शुद्ध गर्ने संस्थागत कार्यालयका लागि आवश्यक पर्ने मेसिन पाईन्छन् । यी सबै स्टेजका सामानहरु स्तरीय पार्टस लागेका हुनाले यिनले माईक्रो लेवलबाट फिल्टर हुन्छ । यसमा प्रयोग हुने र फिटिङ्स पनि ध्यान दिएर जडान गरेमा च्इ क्थकतझ पनि ठिकै हुन्छ । पानी उमालेर खानु जत्तिको राम्रो अरु कुनै विधि मानिदैन । पिउन योग्य पानी उमाल्नु नै ठिक हुन्छ ।

पिउन योग्य पानी भन्नाले मानिसले उपभोग गर्न प्रयाप्त सुरक्षित वा तत्कालिन वा दीर्घकालीन खतरा कम भएको पानी हो । प्रायः विकसित राष्ट्रहरूमा घर, व्यापारिक क्षेत्र तथा कलकारखानाहरूमा आपुर्ति हुने पानी पिउन तथा खाद्य प्रयोगमा कम उपभोग गरिने भएता पनि पिउने पानीको गुणस्तर बराबरको हुन्छ । त्यो पानी पिउन भन्दा शौचालय, नुहाई धुवाई तथा सिंचाईमा प्रयोग गरिन्छ । पानी पीउन योग्य छ छैन प्रायः धेरैले परीक्षण गर्दैनन् । पीउने पानीमा TDS हेर्ने गरिन्छ । Total Dissolved  Solids कति हुनु पर्दछ भनेर यकिन गर्नलाई फरक फरक धारणा पाईन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार TDS Level 300mg/litre भन्दा कम हुनु एकदमै राम्रो हुन्छ भनेको छ । १०० देखि २०० त्म्क् हुनु उचित हुन्छ । तर ३०० देखि ६०० सम्म राम्रो, ६०० देखि ९०० सम्म ठिकै, ९०० देखि १२०० सम्म नराम्रो र १२०० मिलिग्राम प्रति लिटर भएमा एकदमै खराब स्वीकार गर्न सकिदैन । TDS Measured as a volume of water with the unit milligrames per liter हुनु पर्दछ । पानीमा क्याल्सिय, क्लोराइड, म्याग्नेसियम, पोटासियम, जिंक, अल्मुनियम, कपर, लिड, आर्सेनिक, आइरन, भिटामिन लगायत विभिन्न तत्व मिसिएको पाईन्छ । खाद्य नियमावली २०२७ अनुसार गुणस्तरयुक्त खाद्यान्न नभएमा कानुनी कारवाही हुने ब्यवस्था गरेको छ ।

बजारमा पाईने थुप्रै पानीका जार तथा बोतलहरुमा रहेको पानी शुद्ध छ छैन खासै जाँच गरेको पाईदैन ।Drinking Water लाई हामीले Mineral Waterभनेर पिउने गरिन्छ । कतिपय बिक्रेताले बोतलको पानीलाई मिनेरल वाटर भनेर बिक्री गरिरहेका छन् । ग्राहकले पनि मिनेरल वाटर खाएको बताउछन् । तर पानी पिउदा त्यसको tds कति छ अथवा Date Expire भएको छ कि उपभोक्ताले ध्यान दिन नसकेको पाईन्छ । हरेक पानीको बोतलमा Pure Drinking Water, Mineral Water, Drinking Water उल्लेख गरेकै हुन्छ । त्यसैका भरमा पानी पिउने गरिन्छ । तर नियमनकारी निकायले प्रभावकारी अनुगमन गरेका छैनन् । खाद्य नियमावली २०२७ ले ब्यवस्था गरे अनुसार गुणस्तरयुक्त नभएमा वा पिउनयोग्य पानी नभएमा खाद्य नियमावली २०२७ को नियम ८(ग) अनुसार उत्पादन बन्द गराउने र उत्पादकलाई कानुनी कारवाही गर्ने ब्यवस्था पनि रहेको छ । जिल्ला प्रशासन कार्यालय, पालिका, खाद्य तथा गुणनियन्त्रण कार्यालय, नापतैल कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल उद्योग बाणिज्य संघ, उद्योग संघ, बाणिज्य संघ, खुद्रा ब्यवसायी संघ थुप्रै संघ संस्थाले उपभोक्ताको हितलाई ध्यानमा राखेर अनुगमन र सहजीकरण गर्न सक्छन् ।

बुटवलमा खानेपानीलाई सिधै तिनाउ नदीबाट पानी तानेर वितरण भै रहेको छ । जनतालाई शुद्ध पिउनेपानी उपलब्ध गराउने उद्धेश्यका साथ संघीय सरकार अन्तरगत खानेपानी मन्त्रालयको ब्यवस्था रहेको छ । यसैगरी प्रदेश स्तरीय मन्त्रालयमा पनि खानेपानी तथा सरसफाई मन्त्रालयको ब्यवस्था रहेको छ । खानेपानी ब्यवस्थापनमा सानातिना कार्यका लागि स्थानीय तह पनि रहेका छन् । त्यसै गरी २३९ वटा भन्दा धेरै अन्तराष्ट्रिय गैह्रसरकारी संस्था र करिव ६८००० गैह्रसरकारी संस्थाहरू खानेपानीका लागि कुनै न कुनै माध्यमबाट नेपालमा क्रियाशील रहेका छन् । प्रत्यक्ष रूपमा जनस्वास्थ्यमा असर पर्ने विषय शुद्ध खानेपानी ब्यवस्थापन पनि पर्दछ । समयमा बुटवलको सडक निर्माण नभै धुलोधुवाँबाट पीडित छन् भने अर्कोतिर तिनाउमा बगेको पानि तानेर बुटवलवासीले पानी प्रयोग गर्नु परेको कहाली लाग्दो अवस्था छ । वातावरण प्रदुषण, धुवाधुलो र पानीका कारण धेरै मानिसलाई विभिन्न रोगबाट ग्रसित हुनु परेको अवस्था छ ।

ऐतिहासिक, धार्मिक, औद्यौगिक, ब्यापारिक, शैक्षिक र पर्यटकीय केन्द्रका रूपमा परिचित बुटवलको सवै आवश्यकता पुरा गर्न नगरको बजेटबाट त्यति संभव हुदैन । संघीय सरकार, प्रदेश सरकार, अन्तराष्ट्रिय गैह्रसरकारी संस्था र नेपालमा क्रियाशील विभिन्न गैह्रसरकारी संस्थाले बुटवलको शुद्ध पिउनेपानीका लागि प्रभावकारी योजना ल्याउन जरूरी छ । आधुनिक किसिमको फिल्टर जडान गरि बुटवलबासीलाई शुद्ध पिउनेपानी वितरण गर्न सकिन्छ । अहिले सम्म यसतर्फ कसैको पनि प्रभावकारी ध्यान पुग्न सकेको छैन । मानिसमा करिव ७० प्रतिशत रोग पानीका कारणले लाग्दछ ।

आगामी दिनमा यहाँका सम्पूर्ण बुद्धिजीवि, नागरिक समाज, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला संघ संस्था, सञ्चारकर्मी एवं पत्रकार सवैबाट सकारात्मक रूपमा बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन अगाडी बढ्नु जरूरी छ । लुम्बिनी प्रदेशको मुकाम केन्द्र बुटवल भएर पनि खासै ध्यान पुग्न नसकेको र नेपाल सरकार खानेपानी मन्त्रालयबाट पनि बुटवलको शुद्ध पिउने पानिका लागि प्रभावकारी योजना बन्न नसकेको यथार्थ नै छ त्यसैले आगामी दिनमा सम्बन्धित निकायलाई विशेष ध्यानाकर्षण गराउनु जरूरी छ । खानेपानी तर्फ लगानी गर्न नेपालमा भित्रिएका अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाले पनि बुटवललाई खासै प्राथमिकतामा नराखेको र नेपालमा क्रियाशिल गैह्रसरकारी संस्थाको पनि नजरपुग्न सकेको छैन ।

तथ्याङ्कमा बुटवलको जनसंख्या करिव २ लाख देखिए पनि बसाई सराइ नगरी यस क्षेत्रमा बसोवास गर्ने, ब्यापार ब्यवसाय गरि बस्नेहरू समेत ४ लाख भन्दा बढी जनसंख्या रहेको छ । त्यसैले बुटवलको प्राथमिकता नै प्रदुषणमुक्त वातावरण श्रृजना गरी बुटवलवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउनु हो । हामी सवैले समयमा सकारात्मक रूपमा विस्तृत आयोजना प्रतिवेदन तयार गरी सम्बन्धित निकायको ध्यानाकर्षित गराउन लाग्नु जरूरी छ ।

अन्त्यमा, शुद्ध पिउने पानी उपलब्ध गराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थाको समयमा ध्यान पुग्न सकोस र शुद्ध पिउने पानि प्राप्त गर्ने नैसर्गिक अधिकार हो भनेर सम्पूर्ण बुटवलवासी सचेत हुनु पर्दछ । पानीलाई निर्मलीकरण वा उमालेर पिउने बानी बसाल्न पनि सवैमा सकारात्मक चेतना फैलाउ । स्वस्थ्य रहन विभिन्न संघ संस्था, नागरिक समाज, राजनितिज्ञ, जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मी एवं पत्रकार जगत सबैले सहयोग गरी स्वस्थ्य जीवनबाट समाजमा सकारात्मक परिवर्तन गर्न सकिनेमा विश्वास गर्न सकिन्छ ।