

बुटवल । नेकपा एमालेका पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेशका सह–इन्चार्ज, लुम्बिनी प्रदेश सरकारका संस्थापकमन्त्री लिला गिरी राजनीतिज्ञहरु मध्येमा सालिन र अनुशासित मानिनुहुन्छ । अनुभवी, समाजसेवामा निरन्तर समर्पित र इमानदारीता उहाँको अर्को परिचय हो । हरदम निष्ठावान, जिम्मेवारीमा प्रतिवद्ध, समन्वयकारी स्वभाव, सत्यका पक्षपाती र सुशासनका माध्यमबाट उहाँले विशिष्ट पहिचान बनाउनुभएको छ । कतिपय नेताहरुलाई राजनीतिमा व्यापार गरेको, पद, शक्ति र इमानसमेत दुरुपयोग गर्ने गरेको आरोप लाग्छ, तर, नेता गिरी यस्ता आरोपबाट सधैं मुक्त रहनुहुन्छ ।
रुपन्देही क्षेत्र नं. २ (१) बाट लुम्बिनी प्रदेश सभामा उहाँ अहिले एमालेबाट उम्मेदवार हुनुहुन्छ । केन्द्रमा विष्णुप्रसाद पौडेल उहाँसंगै उम्मेदवार हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारमा लिला गिरीले संस्थापक मन्त्री समेत बनेर अनुभव हासिल गर्नुभएको छ । समृद्ध लुम्बिनी प्रदेशको खाका बनाउने, समृद्धिका आधार तयार पार्ने, आधार साकार पार्नका लागि आवश्यक कार्यक्रम तयार पार्ने काममा उहाँको समेत नेतृत्वदायी भूमिका रहेको छ । आफुहरुकै नेतृत्वमा तयार भएका समृद्धिका आधारलाई साकार पार्न र यसअघिको अनुभवबाट अझ विशिष्ट नतिजा दिनका लागि अवसर दिनुपर्ने उहाँको अपिल छ ।
पार्टी कमिटीको जिम्मेवारी र नेतृत्व
तत्कालीन शंकरनगरमा रहेको सहीद गंगालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ, शिक्षक संगठन, पार्टी सक्रिय दल, ऐतिहासिक सोह्रछत्तीस कुला मौजा हुँदै समाजसेवा र विकासमा निरन्तर नेतृत्व गर्नुभयो । विसं.२०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, विसं.२०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य, वि.सं.२०५४ मा जिल्ला कमिटी उपसचिव, वि.सं.०५८–०६१ सम्म एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव भएर काम गर्नुभयो ।

विसं.०६१–०६६ र ०६६–०६९ सम्म एमाले जिल्ला कमिटी सचिव (पार्टी जिल्ला प्रमुख) र पार्टीको जिल्ला कमिटी अध्यक्ष बन्नुभयो । वि.सं.२०६९ सालमा एमालेको साविकको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य र संगठन विभाग प्रमुख, वि.सं.०६९–०७० सम्म अञ्चल कमिटी सदस्य र नवौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । नेकपा कालमा पार्टीको केन्द्रीय कमिटी सदस्य, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बनेर पनि काम गर्नुभयो । एमालेको दशौं महाधिवेशनमा पार्टीको पोलिटब्यूरो सदस्यमा निर्वाचित र लुम्बिनी प्रदेशको सह–इन्चार्जका रुपमा हाल कार्यरत हुनुहुन्छ ।
यी काममा भएको छ अगुवाई र नेतृत्व
१– समृद्ध लुम्बिनी प्रदेशको आधार र कार्यक्रम तयार
२– तराई–पहाड जोड्दै हिल स्टेशन, जैविक र पैदल मार्ग विस्तार
३– उद्योग, पर्यटन, वनसम्पदा र पर्यावरण विकासका खाका तयार
४– प्राचीन गढी किल्लाहरुको संरक्षण, सम्बद्र्धन र पर्यटन गन्तव्य विस्तार
५– रुग्ण घरेलु उद्योगलाई पुनर्जीवन र रोजगरी विस्तार
६– पाल्पाली ढाका उद्योगको ब्राण्डिङ र पुनर्जागरण
७– परम्परागत सीप र ज्ञानको पुस्तान्तरण र प्रबद्र्धन
८– युवा इलम,उद्यम प्रबद्र्धन र विदेशबाट फर्किएकालाई अनुदान
९– खेलकुदका पूर्वाधार र एकेडेमीहरुको विस्तार
१०– खेलाडीलाई पहिचान, अवसर, सम्मान र प्रोत्साहन
११– लैंगिक हिंसामुक्त, सहयोगापेक्षी सडकमानवमुक्त अभियान
१२– शिक्षामा पूर्वाधार विकास, प्रयोगशाला विस्तार र विशेष छात्रवृत्ति
सफल र उदाहरणीय पहिलो गाविस अध्यक्ष
शंकरनगर गाउँ विकास समितिमा बहुदलीय ब्यवस्थाको पहिलो गाउँ विकास समिति (गाविस) अध्यक्षमा निर्वाचित हुनुभयो । बहुदलीय व्यवस्थाको पहिलो गाविस अध्यक्षका रुपमा उहाँले अगाडि सारेका योजना र तिनको कार्यान्वयनमा गरेको सफल नेतृत्व नै अहिलेको समृद्ध बन्दै गरेको तिलोत्तमा नगरपालिकाको एउटा जग थियो ।

शाही कालमा जेल यातना र जनआन्दोलनको नेतृत्व
वि.सं.२०६१ माघ १९ गते तत्कालीन शाही कदमको विरोधमा आन्दोलनको नेतृत्व गरेको भन्दै गिरीलाई प्रहरीले पक्राउ ग¥यो र जेल चलान ग¥यो । गिरीसंगै रुपन्देहीका अर्का एमाले नेता हितराज पन्थीलाई पनि पर्चा छरेको आरोपमा गिरफ्तार गरेर संगै जेल हाल्यो । ०६१ माघ २७ देखि ०६२ बैशाख २८ गते सम्म जिल्ला कारागारमा जेल यातना भोग्नुभयो । उहाँ जेलमुक्त भएपछि ०६२÷६३ को जनआन्दोलनमा लिला गिरीले यहाँको कमाण्ड सम्हाल्नुभयो । आन्दोलन सफल भयो, राजनीतिक व्यवस्था बदलियो, नयाँ संविधान बन्यो र संविधानको कार्यान्वयन हुँदै पहिलो चुनाव भयो । चुनावमा नेकपा एमालेबाट रुपन्देही क्षेत्र नंं २(१) मा प्रदेश सभामा निर्वाचित भएर थप अनुभव हसिल गर्नुभयो ।
समृद्ध प्रदेशको आधार निर्माण
लुम्बिनी प्रदेशलाई मिनी नेपालका रुपमा लिइन्छ । प्रदेशको नक्सा नै नेपालको जस्तो छ । यो विविधतायुक्त प्रदेशमा जनआकांक्षा अनुसारका विकास निर्माणका कामलाई अगाडि बढाउने काममा मन्त्रीका रुपमा नेता गिरीले पनि अगुवाई गर्नुभयो । बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन विकास, एसीयाकै ठूलो राप्ती उपत्यका, तराई, पहाड र हिमाल समेटिएको, बहुल संस्कृति, भेषभूषा, जातजाति रहेको लुम्बिनी प्रदेशलाई समृद्ध बनाउने आधार तयार पार्ने काममा लिला गिरीको नेतृत्वदायी भूमिका छ ।
खासगरी एमाले नेता तथा संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा लुम्बिनी प्रदेशका समृद्धिका आधार तयार पार्ने र तिनलाई साकार पार्न उपयुक्त कार्यक्रम बनाउने काम पनि उहाँकै अगुवाईमा भएको छ । नवलपरासी सुस्तादेखि रुकुमको सिस्ने हिमालसम्मको भूगोल निकै सम्भावनायुक्त क्षेत्र मानिन्छ । प्राकृतिक स्रोतका हिसाबले पनि लुम्बिनी प्रदेशमा समृद्धिका आधारहरु प्रयाप्त छन् ।

लुम्बिनी प्रदेश सरकारमा हुँदा भएका मुख्य–मुख्य काम
–लुम्बिनी प्रदेशको समृद्धिका आधारहरु तयार पार्दै आधार साकार पार्ने योजना र कार्यक्रम कार्यान्वयन सुरु भएको छ । कृषि, पर्यटन, उद्योग र व्यापारलाई समृद्धिका आधार मान्दै कार्यान्वयनका कार्यक्रम तयार ।
–पहाडका ६ जिल्ला जोड्ने पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोट जोड्ने प्रदेश राजमार्गको निर्माणको योजना कार्यान्वयन हुँदै । साथै विभिन्न ठाउँमा वैकल्पिक र आन्तरिक वाइपासका मार्ग निर्माण ।
–बुटवलको कालिका पथलाई नमुना आन्तरिक र रणनीतिक वाइपास सडकका रुपमा विस्तार र स्तरोन्नति । बुटवल, तिलोत्तमा चक्रपथ निर्माण, आन्तरिक र वाइपासका विभिन्न रणनीतिक महत्वका सडकहरुको विस्तार र स्तरोन्नति ।
–बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राख्दै पर्यटन प्रवद्धनको योजना कार्यान्वयन । सरकार गठन भएको पहिलो वर्ष नै लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रम घोषणा गर्दै बुद्ध संग सम्बन्धित क्षेत्रहरु लुम्बिनी, देवदह र तिलौराकोटमा बुद्धपरम्परा मनाउने महत्वपूर्ण कार्यक्रम सुरु ।
–अलपत्र पारिएको बेलवास–कबेथरी पर्यटन मार्ग निर्माणलाई तीव्रता दिनुका साथै तराईदेखि पहाडमा बन्ने हिल स्टेशन सम्म पहुँच मार्ग निर्माणको योजना । बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रको विकल्प सडकका रुपमा धागो कारखाना चरंगे हुंदै चण्डीभन्ज्याङसम्मको सडक विस्तारको योजना । पर्यापर्यटनमा टेवा दिंदै यसक्षेत्रका पार्कहरुको विस्तार र शौन्दर्यकरण ।
– राष्ट्रिय स्वाभिमानको सम्पदा स्थल तत्कालीन अंग्रेज फौजलाई हराएको जीतगढी किल्लाको संरक्षण र प्रबद्र्धनका काम जारी । बुटवलदेखि ऐतिहासिक नुवाकोट गढीसम्मको सडक विस्तार र नुवाकोटलगायतका गढी किल्लाहरुको प्रबद्र्धन गर्दै पर्यटन गन्तव्य विस्तर । सैनामैनामा प्रदेश स्तरको एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माणको सुरुवात । वनमा पोखरी निर्माण र पर्यावरणको संरक्षण ।

–बुटवलको भुड्कीचौक रामनगर जोड्ने श्रवणपथ सडक बिस्तार, बुटवल चक्रपथ र तिलोत्तमा चक्रपथ निर्माण, राजमार्ग चौराहदेखि प्रस्तावित बुटवल मेडिकल हुदै शिवनगर तपाहा जोड्ने सडक विस्तार । पाल्पाको दरवार, रामापिथेकश र रानीमहल, गुल्मीको रुरु, रेसुंगा, दाङको धारापानीलगायतका धार्मिक र पर्यापर्यटनका क्षेत्रमा पूर्वाधार विकास र पर्यटन प्रबद्र्धनका कार्यक्रम जारी ।
–खेलकुदलाई उच्च प्राथमिकता दिंदै ७ अर्ब लागतको उजीरसिंह रंगशाला निर्माण सुरु, बुटवल र तिलोत्तमामा विभिन्न स्थानमा खेलकुदका पूर्वाधार निर्माण तथा विस्तार । बुटवल–१५, सेमलारमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक कभर्डहल निर्माण । खेलकुदको विकासमा एक स्थानीय तह एक खेलमैदान कार्यक्रम सुरु, दीपनगरमा रहेको सिद्धेश्वरी खेलमैदानको स्तरोन्नति र मर्मत संहार ।
–लुम्बिनी प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालमा स्तरोन्नति र व्यवस्थापनका लागि आवश्यक बजेट प्रबन्ध । प्रदेशका सबै जिल्ला अस्पताललाई १०० बेडमा स्तरोन्नति, सुत्केरी, गर्भवती र ज्येष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा । हरेक जिल्ला अस्पतालमा आइसीयु, एचडियु र सल्यक्रिया गर्ने क्षमतामा बिस्तार र सेवा प्रवाहका सहजता गराउने कार्यक्रम तयार ।
–सहरी कृषि प्रबद्र्धन र ग्रामीण कृषिमा विविधिकरण । किसानलाई बिना धितो निब्र्याजे ऋणको सुरुवात, कृषिको बजारीकरणलाई हरेक जिल्लामा कृषि सहकारी बजार, कृषि उत्पादनमा आधारित अनुदान दिन सुरुवात, व्यवसायिक कृषिका लागि हरेक निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउको सुरुवात ।

–भूमिहीनलाई लीजमा खेतयोग्य जग्गा र लिजमा समेत अनुदानको प्रबन्ध, हरेक जिल्लामा कृषि चिस्यान केन्द्र स्थापना, हरेक जिल्लामा बीउको स्रोत केन्द्र स्थापना, साना उद्योगीलाई विना धितो निब्र्याजे ऋण, महिला, दलित, द्वन्द्वपीडितलाई उद्योग दर्तामा छुट, प्रकोपमा परेकाको संरक्षणमा हरेक पालिकामा एक बहुउद्धेश्यीय भवन निर्माण । विपन्नको सामाजिक र आर्थिक विकासमा सघाउन हरेक पालिकाहरुमा विशेष कार्यक्रम, गाउपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको सुरुवात, द्वन्द्वपीडित, पीछडा, मधेशी र मुस्लिम छात्रालाई कक्षा ११ र १२ मा छात्रावृत्ति ।
–बेसहारा सहयोगापेक्षी सडकमानवमुक्त प्रदेश स्थापनाको सुरुवात र प्रदेशलाई बालविवाहमुक्त, लैंगिक हिंसामुक्त छुवाछुत मुक्त बनाउने अभियानको सुरुवात । सैनामैनामा ज्येष्ठ नागरिक आश्रम निर्माणको सुरुवात ।
–देशमै स्वरोजगार बनाउन बिदेशबाट फर्किएकालाई उद्योगी बनाउन १० लाखको ३ बर्ष सम्म ब्याज तिरिदिने कार्यक्रम लागु । युवालाई उद्यममा जोड्ने कार्यक्रमको सुरुवात । शिक्षामा गुणस्तर ल्याउन बिद्यालयहरुमा बजेट ब्यवस्थापन कालिका मावि,नबिन औद्योगिक मावि, शान्ति नमुना माबि, सिद्धेस्वरि मावि, जनज्योति मावि, दुर्गादत्त मावि, नहरपुर माविमा भौतिक र शैक्षिक गुणस्तर विकासका काम ।

दीर्घकालीन विकास र योजनालाई प्राथमिकता
लुम्बिनी प्रदेश सरकारमा ०७४ चैत ५ गतेदेखि ०७८ बैशाख ६ गतेसम्म मन्त्रीका रुपमा जिम्मेवारी बहन गर्नुभयो । लुम्बिनी प्रदेश सरकारमा पहिलो उद्योग, वन, पर्यटन र वातारण मन्त्री, केही समय आन्तरिक मामिला तथा कानून मन्त्री र स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी बहन गर्नुभयो । यसअवधिमा यस प्रदेशका १२ जिल्लामा विभिन्न योजना निर्माण र कार्यान्वयनका लागि आवश्यक बजेटको विनियोजन गराउनुभयो । साथै यस निर्वाचन क्षेत्रमा रुपन्देही क्षेत्र नंं २ (१) का लागि चालु आवमै करिब एक सय वटा योजना र ती योजनाका लागि झण्डै डेढ अरब रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिका विभिन्न वडाहरुमा केन्द्रित गर्दै झण्डै एक सय वटा योजनाहरु छनौट गरि कार्यान्वयन भइरहेका छन् ।

योजनाविनाको विकास दीर्घकालका लागि हुँदैन भन्नेमा विश्वास राख्दै समृद्ध लुम्बिनी प्रदेशको खाका तयार पार्ने कामको नेतृत्व गर्नेलाई नै समृद्धिका आधार साकार पार्ने अवसर दिनुपर्ने छ । सुरु भएका दीर्घकालीन महत्वका योजनाहरुलाई सञ्चालन गर्न, साकार पार्न पनि अनुभवी र योग्य नेतृत्वको आवश्यकता छ । परिपक्क, जुझारु र पार्टीको केन्द्रीय नेतृत्वमा रहनुभएका जनताको भावना वुझ्न सक्ने, जनताको भाषा बोल्नसक्ने इमानदार, योग्य र सक्षम ब्यक्तिलाई एमालेले उम्मेदवार वनाएको छ । जसलाई लुम्बिनी प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारिएको छ ।
