दीपक बोहोरा अर्थात् रुपन्देहीमा विकासको आधारभूत जग बसाउने नेता

मेचीकाली संवाददाता

२१ कार्तिक २०७९, सोमबार
359 shares

अमृत गिरी
बुटवल । राप्रपा, एमाले र जसपाको तालमेलका साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका स्थापित नेता दीपक बोहोरा यसक्षेत्रका विकास प्रेमी नेताका रुपमा चिनिन्छन् ।

रुपन्देही जिल्लाको विकासको चर्चा गर्दा सबैभन्दा पहिलो पंक्तिमा आउने राजनीतिकर्मीको नाम हो दीपक बोहोरा । बुटवल–तानसेन सडक र भालुवाङ– प्युठान सडकको ट्रयाक खोलेर पञ्चायत कालमा समाज सुधारक बडाहाकिमका रुपमा परिचित प्रतिमान चन्द बोहोरा र नीमा बोहोरोका माहिलो छोराको रुपमा प्रजातन्त्र स्थापनासँगै जन्मिएका दीपक बोहोरा रुपन्देहीमा विकासको आधारभूत जग बसाउने नेतताका रुपमा स्थापित छन् ।

व्यवस्थित बस्ती, बस्तीमा सडक, खानेपानी, विद्युत्, सिंचाइदेखि शिक्षामा गुणस्तर सुधारलगायतका काममा बोहोराले सिसिलाबद्ध काम गरेका छन् । भैरहवा–लुम्बिनी भूमिगत जलसिंचाइ आयोजना (भैलूभूज) को सुरुआत गर्दै तराईका अन्न भण्डारमा सिंचाइको प्रभावकारी व्यवस्थापन गर्ने नेताका रुपमा बोहोरालाई लिइन्छ । उनी जे जति राजनीतिमा आवद्ध भए यसअवधिमा विकासका विभिन्न आयोजनाहरुलाई अगाडि बढाउने भूमिका निर्वाह गरे ।

अन्न भण्डारमा सिंचाइ पु¥याउने भैलुभूजको सुरुआत
रुपन्देहीमा ४० हजार हेक्टर जमिन सिञ्चित गर्ने उद्देश्यले २०३३ सालमा डिप ट्यूबेल (भूमिगत सिंचाइ) निर्माण सुरु भएको थियो । त्यसलाई साकार पार्ने काममा बोहोराको महत्वपूर्ण भूमिका रहेको छ । रुपन्देहीमा खासगरी भैरहवा, लुम्बिनी, मर्चवार, धकधईलगायतका क्षेत्रमा विश्व बैंकको अनुदान लिएर विभिन्न विकासका आयोजनाहरु अगाडि बढाउने काममा बोहोरालगायतका नेताहरुको भूमिका रहेको छ । त्यसबेलमा विश्व बैंकले दुई अर्ब ३९ करोड ९५ लाख रुपैयाँ ऋण अनुदानमा दुई दशक लगाएर एक सय ६९ वटा डिप ट्यूबेल निर्माण गरिएको थियो ।
सुरुमा भूमिगत जलस्रोतबाट चालीस हजार हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य राखिए पनि आयोजना सम्पन्न हुँदा २० हजार हेक्टर मात्रै सिँचाइ पुग्ने अवस्था आयो । यसलाई विस्तार गर्ने र थप सिँचाइका आयोजना स्थापना गर्ने काम अगाडि बढ्यो । रुपन्देहीमा ८३ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये सुरुमा २० हजार हेक्टर जमिन सिँचाइ डिप ट्यूबेलले भएकोमा अहिले घटेर १५ हजारमा सीमित भएको छ । खेतीयोग्य जमिनको संरक्षण गर्ने, सिँचाइ आयोजना विस्तार गर्ने, कृषिमा आधुनिकीकरण र व्यवसायिकरण गराउने कामलाई अहिलेको चुनाबमार्फत प्रतिबद्धता गरिएको छ ।

विमानस्थल विस्तार, खानेपानी र सडक आयोजनामा अगुवाई
विसं. २०३६ सालको आम निर्वाचनमा रुपन्देही जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएसँगै उनको संसदीय राजनीति सुरु भएको हो । विसं. २०३८ असार २ गते सहायक पर्यटन मन्त्री बनेका बोहोराले लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष योगदान दिएका छन् ।
भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई व्यवस्थित गराउने र थप विस्तार गर्नेलगायतका काममा बोहोराले अगुवाई गरेका थिए । उनकै पहलमा घरेलु विमानस्थलको रुपमा रहेको भैरहवा विमानस्थललाई थप व्यवस्थित गर्ने काम भएको यहाँका अगुवाहरु स्मरण गर्छन् ।

बोहोरा पञ्चायतकालमा पनि विकासप्रेमी नेताको रुपमा ख्याति प्राप्त थिए । दरबार र जनताको रोजाइमा परिरहने बोहोराकै व्यक्तिगत पहलमा शंकरनगर खानेपानी आयोजना, धकधई खानेपानी आयोजनामार्फत जिल्लामा खानेपानी आयोजनाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउने काममा पनि बोहोराको अगुवाई भएको थियो । उनकै पहलमा रमवापुर–लुम्बिनी सडकको ट्रयाक, बनगाई–मर्चवार सडक विस्तारमा पहल, विभिन्न क्षेत्रमा शिक्षालयहरु पनि बोहोराकै पहलमा भएको बताइन्छ । पञ्चायतकालमा नेपाली राजनीतिमा चर्चित धेरै नामहरुमध्ये बोहोराले बुटवलको दीपनगरमा नयाँ बस्ती बसालेका थिए भनेर अहिले पनि चर्चा हुने गर्दछ । यसैले उक्त ठाउँलाई स्थानीयहरुले दीपककै नामबाट दीपकनगर राखेको पछि दीपनगर भएको बताइन्छ ।

जिल्लाको मर्चवारदेखि सालझन्डी, लुम्बिनीदेखि धकधई हँुदै देवदह–चरंगेसम्म, सेमलारदेखि चिल्हीया हुँदै भैरहवा–बेलहियासम्म बोहोराले बाटोघाटो, बिजुली, विद्यालय, खानेपानी, सिँचाइ, स्वास्थ्यलगायतका भौतिक विकास र समाजिक विकासका धेरै काममा बोहोराले महत्वपूर्ण अगुवाई गरेका थिए ।

आन्तरिक वाइपासका रणनीतिक सडकहरुको विस्तार
तामनगर सडक विस्तार, भैरहवाको पहिलो क्याम्पसको रुपमा रहेको सिद्धार्थ कलेज तथा हालको भैरहवा बहुमुखी क्याम्पसको सर्वाङ्गीण विकास, सिद्धार्थ रंगशाला, महेन्द्र सभागृहकोे निर्माण, आइसीपीको पहल, भीम अस्पतालको भौतिक पूर्वाधार र स्तरवृद्धिको लागि गरिएको योजनाबद्ध पहल, भैरहवामा अत्याधुनिक कृषि हाटबजार, भैरहवा–लुम्बिनी–तिलौराकोट सडकको स्तरोन्नति, बृहत्तर लुम्बिनी क्षेत्रको विकास जस्ता गौरवका आयोजना हामी सरकारमा छँदा वा संसद्मा छँदा भएका प्रयासका उपलब्धी हुन् ।

पञ्चायतकाल र गणतन्त्रकाल दुवैमा उस्तै भूमिका
शासन व्यवस्था परिवर्तन भएसँगै आफूलाई पनि परिवर्तन गरेर नेपाल र नेपालीको चाहनाअनुसार २०७० सालमा दोस्रो संबिधानसभाको निर्वाचनमा रुपन्देही क्षेत्र नं.२ (दुई) बाट संबिधानसभा सभासदमा निर्वाचित भई गणतन्त्र नेपालको संविधान बनाउने भूमिका समेत निर्वाह गरेका थिए । आपूर्ति मन्त्रालय २०७३, श्रम तथा रोजगार मन्त्रालय–२०७२, वन तथा भूसंरक्षण मन्त्रालय–२०६७ को मन्त्री बनेर अनुभव हासिल गरेका छन् । यस्तै पञ्चायत कालमा निमार्ण तथा यातायात मन्त्रालय–२०४४, निमार्ण तथा यातायात मन्त्रालय–२०४३, राज्यमन्त्री ः पर्यटन मन्त्रालय–२०४०, राज्यमन्त्री ः पर्यटन मन्त्रालय–२०३८, सहायक मन्त्री ः पर्यटन मन्त्रालय–२०३८ मा रही जनपक्षीय काम गरेका थिए ।

विकासको नयाँ खाकासहितका १३० बुँदे प्रतिबद्धता
यहीँ मंसिर ४ गते हुने आम निर्वाचनमा बोहोरा रुपन्देही क्षेत्र ३ मा एमाले र जसपाको समर्थनमा उम्मेदवार बनेका छन् । यहाँ प्रतिनिधिसभामा बोहोरा र प्रदेशसभामा एमलेका नेता तुलसीप्रसाद चौधरी र जसपाका युवा नेता महेन्द्र यादवको उम्मेदवारी छ । लुम्बिनीलाई केन्द्रमा राखेर समृद्ध रुपन्देहीको खाकासहित १३० बुँदे योजना बोहोराले सार्वजनिक गरेका छन् । सुरु भएका कामलाई पूर्णता दिने र पूर्ण भइसकेका आयोजनाहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने खाकासहितको प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

यस्ता छन् अहिलेको चुनावका प्रतिबद्धता
ड्ड पूर्वाधार निर्माण र विकास ः हाल सञ्चालनमा रहेका तिनाउ नदीको नियन्त्रणका लागि जनताको तटबन्ध, बुटवल–बेलहियाको सडकमा थप आकासे पुल/अन्डरपासको निर्माण, बुटवल–बेथरीको अत्याधुनिक सडकलगायत दर्जनौँ बृहत् परियोजनालाई यथाशीघ्र सम्पन्न गरी उपयोगमा ल्याइनेछ ।
– भैरहवा क्षेत्रमा उद्योग–व्यापार मेलाका लागि भैरहवा–मण्डपको व्यवस्थापन गरिनेछ ।
– शुद्धोधन गाउँपालिका र बेलवा जोड्नका लागि दानव नदीमा पुल निर्माण गरिनेछ ।
– पत्थर डाँडादेखि तिनाउसम्म सडक बिस्तार गरी बत्ती जडान गरिनेछ ।
– भलबारीदेखि तीनधुरा कुट्टा सडक विस्तार गरी स्तरोन्नति गरिनेछ ।
– बाउन्नकोटी सामुदायिक वनमा पार्क निर्माण गरी पर्यटकीय स्थलका रुपमा विकास गरिने छ ।
– वनकट्टी–बिसौरियाअन्तर्गत बिसौरिया डाँडामा ओवरहेड पानीटङ्की निर्माण गरिनेछ ।
– फर्साटिकर–बेतही–सखुवानी–अमवा–कुट्टा–छपिया–बनभुषडी–भगलापुर–गुरौलिया मावि–पुरेनी–भुजौली–केदली–डाँडा–सेमलार–मधैयाचोक–बेलबरीया–मोतिरपुर–सौरैहया–दुबौली हँुदै फर्साटिकर रिङ रोड निर्माण गरिनेछ ।
– तिलोत्तमा १३ र १४ वडामा लुम्बिनी प्रादेशिक बस पार्कलाई निर्माण गरिनेछ ।
– पश्चिम मैनैयादेखि भाटा–कृष्णगञ्ज हुँदै बेलबास सडकलाई २ लेनको बनाइनेछ ।
– बेलबास–उजेलापुर–महदैया–नरेनापुर–बैठौलिया–कलुवा–पुरेनी हँुदै फर्साटिकर सडक निर्माण गरिनेछ ।
– फर्साटिकर गाउदेखि कर्वला–सिरी सिमाना हँुदै दोगाना जाने सडक निर्माण गरिनेछ ।
– मोतिपुरदेखि तपाहा सातकुला हँुदै फर्साटिकर सडक निर्माण गरिनेछ ।

– भैरहवाको स्वर्गद्वारी तथा तिनपा–१४ स्थित जमुना शवदाह गृहलाई सुविधा सम्पन्न बनाइने छ ।
– सिद्धार्थनगर वडा ८ मा रहेको शिव मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ ।
– भैरहवाको मुख्य बाजारबाट विद्युत् तथा टेलिफोनका तार अन्डरग्राउन्ड गरी थप सुन्दर बनाइनेछ ।
– पक्लिहवास्थित छोटी भन्सार कार्यालयलाई पुनः सञ्चालनमा ल्याइनेछ ।
– सुनौली–बेलहिया अन्तर्राष्ट्रिय नाकामा इन्टिग्रेटेड चेक पोष्ट निर्माणको कामलाई पूर्णता दिइनेछ ।
– भैरहवाको पुतली कृषि बाजारलाई व्यवस्थित गरिनेछ ।
– पूर्वाधार विकास तथा निर्माणको कार्यलाई छिटोछरितो गर्न–गराउन एक विकास प्राधिकरणको स्थापना गर्न पहल गरिनेछ ।
– स्वास्थ्य तथा फोहोरो प्रशोधन ः भैरहवामा रहेको भीम अस्पतालको ५० शैयालाई १०० शैयामा क्षमता विकास गरिनेछ । सियारी र शुद्धोधनको १५ बेडको अस्पताललाई पूर्णता दिनेइनेछ ।
– यस क्षेत्रमा उपयुक्त स्थानको छनौट गरी एक बृहत् फोहारोमैला प्रशोधन केन्द्रको स्थापना गरिनेछ ।
– लागू औषध नियन्त्रणको कार्यलाई प्रभावकारी बनाइनेछ ।
– पर्यटन ः यस क्षेत्रका प्रसिद्ध धार्मिक मठ–मन्दिर–मस्जिद–गुम्बा जस्ता स्थानलाई जोडेर धार्मिक पर्यटनको विकास गरिनेछ ।
– भैरहवाको डन्डाखोला करिडोर पुरा गरी पर्यटकलाई आकर्षित गरिनेछ ।
– थारु समुदायको बहुलता भएका बस्तीहरुमा होमस्टे सञ्चालनको व्यवस्था मिलाइने छ ।
– शुद्धोधन ३ तथा ५ को सियाभार मन्दिर तथा दर्बाहा क्षेत्रलाई पर्यटनस्थलका रूपमा विकास गरिनेछ ।
– भारतीय पर्यटकहरुको सुनौली–बेलहिया अन्तर्राष्ट्रिय नाकामा आवतजावत सहजता गरिनेछ ।

– व्यवस्थित बस्ती तथा सहरी विकास ः बुटवल उपमहानगरपालिका वडा नं. १७, १८, शुद्धोधन–३ र सियारी–७ मा पर्ने औद्योगिक कोरिडोरले प्रभाव पार्ने जनसमुदायको वसोवासको व्यवस्था मिलाइ औद्योगिक क्षेत्र संचालनमा ल्याइनेछ ।
– भैरहवा कारागार तथा बैंकरोडदेखि दक्षिणमा रहेको सैनिक ब्यारेकलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सो स्थानमा व्यवस्थित सरकारी निजी क्षेत्रको सहभागितामा अत्याधुनिक पार्क, पार्किक, सार्वजनिक शौचालयसहितको व्यवसायिक भवन निर्माण गरी यस नगर क्षेत्रलाई थप सुन्दरताका साथै व्यवसाय तथा पर्यटनमैत्री बनाउन पहल गरिनेछ ।
– भैरहवा स्थित गल्लामण्डीलाई थप महत्वका साथ व्यवस्थापन गर्न पहल गरिने छ ।
– कृषि, सहकारी, हाटबजार, पशुपालन र सिंचाइ–कृषिलाई व्यवसायीकरण गरिनेछ ।
– कृषि क्षेत्रको लागि आवश्यकता विद्युत्, जल तथा यातायातका पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ । कृषिलाई यान्त्रीकरण गर्न पहल गरिनेछ । कृषिलाई आवश्यक विद्युत् निशुल्क गरिनेछ ।

– किसान केन्द्रित हाटबाजार स्थापना गर्न पहल गरिने छ । उत्पादनको आधारमा अनुदान दिइनेछ ।
– कृषि उत्पादनलाई बिचौलिया मुक्त बनाउन किसान केन्द्रित हाटबजार स्थापनालाई जोड दिइनेछ ।
– सहकारीलाई टोलटोल र घरघरमा पु¥याइनेछ । सहकारीलाई कृषि, पशुपंक्षी, मत्स्य तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाई रोजगारीको सृजना गरिनेछ ।
– उद्योग–व्यवसाय तथा बन्दव्यापार–उद्योग, व्यवसाय र बन्द व्यापार सञ्चालन गर्न उद्योगमैत्री नीति अवलम्वन गरिनेछ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुनस्र्थापना गरिनेछ ।
– साना तथा घरेलु उद्योगहरुलाई वार्षिक दुई करोडसम्मको कारोबारलाई मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कको दायराभन्दा बाहिर राखिनेछ ।
– स्थानीय उद्योगहरुबाट उत्पादन हुने दैनिक उपभोग्य वस्तुहरु सार्वजनिक वितरण प्रणालीबाट निश्चित कोटाका आधारमा खरिद गरिनेछ र सस्तो मूल्यमा विक्रीवितरण गरिने व्यवस्था मिलाइनेछ ।

– विशेष आर्थिक क्षेत्रलाई पूर्णता दिइनेछ । बेलहिया भन्सार कार्यालयलाई थप व्यवस्थित गरिनेछ ।
– निजी सवारी साधनको नवीकरण गर्दा लाग्ने वार्षिक शुल्कलाइ कम्तीमा पाँच वर्षमा नवीकरण शुल्क लाग्ने व्यवस्था पहल गरिनेछ ।
– सूचना तथा सञ्चार ः प्रेसलाई पूर्ण स्वतन्त्र राखिनेछ भने आमसञ्चारलाई व्यावसायिक र जिम्मेवार बनाइनेछ ।
– महत्वपूर्ण सार्वजनिक स्थानहरूमा ‘फ्रि–वाइफाइ जोन’ तथा विभिन्न स्थानहरूमा आधुनिक सूचना केन्द्रहरू स्थापना गरिनेछ ।
-शिक्षा, युवा, खेलकुद तथा रोजगार ः गरिबी न्यूनीकरणका निमित्त युवाका लागि सीपमूलक तालिम (प्लम्बर, इलेक्ट्रिसियन, कारपेन्टर, हेयर कटिंग, अटोमोवाइल आदि) तथा अध्ययनको व्यवस्था गरी स्वरोजगार र उद्यमशीलताको सिर्जना गरिनेछ ।
– युवाहरूलाई रोजगार र सामाजिक सुरक्षाको ग्यारेन्टी गरिनेछ ।
– यस क्षेत्रमा सञ्चालन हुने उद्योगहरूमा यसै क्षेत्रका नागरिक तथा युवालाई रोजगारीमा प्राथमिकता दिने व्यवस्था मिलाइनेछ ।
– भैरहवामा सुविधा सम्पन्न श्रम कार्यालय तथा अध्यागमन कार्यालय स्थापना गरिने छ ।
– खेलकुद परिषद् गठन गरी परिषद्को मातहतमा खेलको माध्यमबाट युवाहरूलाई क्रियाशील बनाइनेछ ।
– रोजगारमूलक तथा प्राविधिक शिक्षामा जोड दिइनेछ ।
– सामाजिक सुरक्षा तथा मानवीय विकास ः ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, दलित र लोपोन्मुख समुदायको भत्ता पाँच हजार पु¥याई नागरिकको सम्मान गरिनेछ ।

– यौनिक अल्पसंख्यक तथा फरक क्षमता भएका समूहको उच्च सम्मानको वातावरण मिलाइने छ ।
– प्रत्येक वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिनेछ ।
– सुशासन ः नागरिकलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा विभेदरहित गरिनेछ ।
– आर्थिक भ्रष्टाचार, घुसखोरीको अन्त्य गर्दे आर्थिक सुशासन कायम गरिनेछ । उच्च ओहदामा रहेका व्यक्तिहरुको आर्जन गरेको सम्पत्ति तथा अस्वाभाविक खर्चहरु र सोका आम्दानीका स्रोतहरु ऐन, नियमको दायरामा लाई नियमितरुपमा निगरानी गरिने छ ।