ओम बानियाँ
हिजोआज हरेक मानिस आफ्नो जीवनमा साना–ठुला वाधा–अड्चन वा कठिनाइहरू तथा आपसी सम्बन्धमा तनावको कारण कुनै न कुनै समस्याबाट घेरिएका हुन्छन् । यदि मानिसहरू लामो समयसम्म यस्ता समस्याहरूको चक्रब्यहुमा परिरहे भने मानसिक तनाव पैदा हुन्छ । यही मानसिक तनाव नै मानसिक थकान नामक मनोरोगको कारण बन्न पुग्दछ ।
शिवानी (नाम परिवर्तन), २२ वर्षीय अविवाहित युवती हुन् । उनी बिहानी कक्षामा बीबीएस पढ्छिन् र दिउँसो एक सहकारी संस्थामा लेखापालका रुपमा कार्यरत छिन् । उनी बिहानै उठेर कलेज जान्छिन् । अनि माइक्रोबसमा कोचारिएर ५ किलोमिटर टाढा रहेको अफिसमा पुग्छिन् । बेलुकी घर आउँदा समक्क साँझ पर्दछ । थकित शिवनीलाई खाना त्यत्ति रुच्दैन । प्रायः उनी साँझ खाना नखाइ सुत्छिन् । त्यसो त शिबानी बिगत १ वर्षदेखि नै थकाइबाट पीडित छिन् । उनलाई हर क्षण निकै थकाइ लाग्छ । तर उनको थकाइ विश्रामपछि पनि कम हुँदैन ।
यसका साथै बिहान पेट साफ नहुने, टाउको दुख्ने, रिंगटा लाग्ने, मुटुको ढुकढुकी बढ्ने तथा उर्जाबीहीन महसुस हुने पनि गर्छ । उनको ध्यान शक्ति तथा स्मरणशक्ति पनि निकै घटेको महसुस भएको छ । यसले उनको पढाइलेखाइमा निकै असर गरेको छ । तर उनले भागदौड र धपेडीले यस्तो समस्या देखिएको अनुमान गरी उपचार गराएकी छैनन् । एक वर्ष पहिला एक पत्रिकामा मेरो एक लेख पढेर उनले मलाई इमेल गरिन् । उनको शारीरिक तथा मानसिक लक्षणहरूको विश्लेषणबाट उनी एक मानसिक रोग, न्युरेस्थिनियाबाट पीडित भएको डायग्निोसिस भयो । इमेल मार्फत् दिइएको कग्निटिभ बिहाभियर माइण्डबडी थेरापीबाट उनी २ महिनामा बिलकुल ठीक भइन् । अहिले उनी एक वाणिज्य बैंकमा कार्यरत छिन् ।
मानसिक थकानलाई मनोस्नायु दौर्बल्य तथा दौर्बल्य प्रतिक्रिया (एस्थिनिक रियाक्सन) पनि भनिन्छ । मेडिकल भाषामा भने यस मनोरोगलाई न्युरेस्थिनिया भनिन्छ । यो रोगको प्रमुख लक्षण थकाइ हो । सामान्य व्यक्तिको थकाइ र न्युरेस्थिनियको थकाइमा ठूलो फरक हुन्छ । सामान्य व्यक्तिको थकाइ केही बेर आराम गरेपछि कम हुन्छ । तर यस रोगका रोगीलाई आरामपछि पनि थकाइमा खासै फरक पर्दैन । यस्ता रोगीहरू दीर्घकालीक रुपले मानसिक तथा शारीरिक थकाइबाट पीडित हुन्छन् । त्यसैले हिजोआज यो रोग दीर्घ थकान संलक्षण (क्रोनिक फटीग सिंड्रोम)को नामले चिनिन्छ । यो रोग प्रायः शारीरिक परिश्रम गर्ने मानिसको तुलनामा मानसिक श्रम गर्ने मानिसलाई बढी देखिन्छ । एक अध्ययनका अनुसार १०० जनामा १२ जना मानिस मानसिक थकानको चपेटामा परेको देखिएको छ ।
मानसिक थकानलाई मनोस्नायु दौर्बल्य तथा दौर्बल्य प्रतिक्रिया (एस्थिनिक रियाक्सन) पनि भनिन्छ । मेडिकल भाषामा भने यस मनोरोगलाई न्युरेस्थिनिया भनिन्छ । यो रोगको प्रमुख लक्षण थकाइ हो । सामान्य व्यक्तिको थकाइ र न्युरेस्थिनियको थकाइमा ठूलो फरक हुन्छ । सामान्य व्यक्तिको थकाइ केही बेर आराम गरेपछि कम हुन्छ । तर यस रोगका रोगीलाई आरामपछि पनि थकाइमा खासै फरक पर्दैन । यस्ता रोगीहरू दीर्घकालीक रुपले मानसिक तथा शारीरिक थकाइबाट पीडित हुन्छन् । त्यसैले हिजोआज यो रोग दीर्घ थकान संलक्षण (क्रोनिक फटीग सिंड्रोम)को नामले चिनिन्छ । यो रोग प्रायः शारीरिक परिश्रम गर्ने मानिसको तुलनामा मानसिक श्रम गर्ने मानिसलाई बढी देखिन्छ । एक अध्ययनका अनुसार १०० जनामा १२ जना मानिस मानसिक थकानको चपेटामा परेको देखिएको छ ।
न्युरेस्थिनियाको शारीरिक लक्षणः
यस रोगका मुख्य शारीरिक लक्षणहरू यस प्रकार छन्ः (१.) निकै थकाइ लाग्नु । आरामपछि पनि थकाइ कम नहुनु । (२.) क्षीण पाचनशक्ति, अपच, कक्जियत तथा पखाला लाग्नु । (३.) शारीरमा दर्द तथा मांसपेशीमा ऐंठन । (४.) कम्मर तथा जोर्नीहरूको दुःखाइ । (५.) टाउको दुख्नु तथा रिंगटा लाग्नु । (६.) मुटुको ढुकढुकी बढ्नु तथा मुख सुक्नु । (७.) धेरै पसिना आउनु । (८.) उर्जाबीहीन महसुस हुनु । (९.) स्वार्थी तथा आत्मकेन्द्रित हुनु ।
मानसिक लक्षणः
यस रोगले शारीरिक लक्षणहरूका साथै मानसिक लक्षणहरू पनि देखाउ“छ । यस रोगका प्रमुख मानसिक लक्षणहरू यस प्रकार छन्ः (१.) घबराहट हुनु । (२.) एकाग्रतामा कमी (३.) संझना शक्ति कमजोर हुनु । (४.) यौन इच्छामा कमी हुनु । (५.) अनिद्राको समस्या पैदा हुनु । (६.) नकारात्मक भावना बढ्नु । (७.) स्वभाव चिडचिडेपना हुनु । (८.) मानसिक चाप बढ्नु ।
हरेक मानिसमा न्युरेस्थिनियाको लक्षण अलग–अलग हुन सक्छन् । यी लक्षणहरू अन्य शारीरिक तथा मानसिक रोगहरूमा पनि हुन सक्छन् ।
जस्तो कि न्युरेस्थिनिया (मानसिक थकाइ)को केही लक्षणहरू डिप्रेसनसँग मिल्दछन् । तर न्युरेस्थिनियाको रोगीको मन डिप्रेसनमाझैं उदास हुँदैन । यस रोगमा थकाइ प्रमुख लक्षण हुन्छ । यसको आधारमा मनोचिकित्स तथा मनोवैज्ञानिकले यि दुई रोगहरूको अन्तर छुट्टाउँछन् । मानसिक थकानद्वारा पीडित व्यक्तिको समस्या लामोसमयसम्म पत्ता लाग्दैन । त्यो किनभने यस्ता रोगीहरूको शारीरिक परिक्षण गर्दा सम्पुर्ण मेडिकल जाँच सामान्य देखिन्छ । तब फिजिशियनले प्रायः रोगीलाई यस्तो सल्लाह दिने गर्छन्, तपाईको सबै रिर्पोटहरू ठीक छन् । तपाईंलाई केही भएको छैन, चिन्ता कम गर्नुहोस् । तर यस्तो सल्लाहले मात्र समस्याको समाधान निस्किदैन ।
न्युरेस्थिनियाको कारणः
न्युरेस्थिनिया प्रतिस्पर्धाको दौड, अत्यधिक कार्य, अत्यधिक संभोग, कम गर्दा हुने कष्टको भय, वंशानुक्रम तथा अन्तर्मुखी व्यक्तित्वको परिणाम हो । कतिपय व्यक्तिहरूको स्नायुमण्डल दुर्बल हुने हुँदा पनि यो रोगको संभावना हुन्छ । जटिल हुँदै गएको समाज, औद्योगिकरण, व्यक्तिमाथि बढेको आर्थिक, समाजिक तथा पारिवारिक दवाव, समाजिक असुरक्षाको भावना, हीनता, पारिवारिक कलह, अन्तद्र्वन्द तथा तनाव आदिले पनि न्युरेस्थिनिया उत्पन्न गर्न सहयोग गर्छ । बिअर्डका अनुसार यस रोगको कारण अत्यधिक कार्य र अन्तद्र्वन्द हो ।
दीर्घकालीन चिन्ता र अनिद्रा आदिले पनि यस रोग हुर्काउन सहयोग गर्छ । कतिपय मानिसहरू यस्ता हुन्छन्, जो बढी भन्दा बढी मानसिक दवावलाई आफ्नो अनुकुल बनाएर जीवनको गाडी सफलतापुर्वक अगाडि बढाउँछन् । तर कतिपय मानिसहरूले आफ्नो समस्याहरू समाधान गर्न असर्मथ हुन्छन् र विभिन्न मानसिक समस्याहरूद्वारा घेरिन्छन् । यस्ता समस्याहरू मध्य मानसिक थकान प्रमुख हो । यहाँ उल्लेखनिय कुरा के भने अक्सर मानिसहरूले मानसिक तनाव र थकाइलाई एउटै कुरा सम्झिन्छन् । वास्तवमा तनाव एक स्थिति हो, मानसिक थकाइ एक रोग हो ।
न्युरेस्थिनियाको उपचारः
न्युरेस्थिनियाको लक्षणहरू देखिएको खण्डमा सबै भन्दा पहिला मेडिकल जाँच गर्नुपर्छ । त्यो किनभने शारीरिक रोग एनिमिया (रगतको कमी) आदिले पनि मानसिक थकानमा जस्ता केही लक्षणहरू देखाउँछन् । त्यसो त शारीरिक रोगको लक्षणहरू प्रायः स्थायी प्रकृतिका हुन्छन् । तर मानसिक थकानका लक्षणहरू रुप फेरि–फेरि प्रकट हुन्छन् । तर पनि मेडिकल जाँचबाट यस्ता लक्षणहरू अन्य रोगका हुन् वा होइनन् भन्ने ज्ञात हुन्छ । यदि यस्ता लक्षणहरू न्युरेस्थिनियाको हो भन्ने एकीन भएपछि यसको उपचार गर्नुपर्छ । न्युरेस्थिनियाको विभिन्न उपचार विधिहरू यस प्रकार छन्ः
औषधिद्वारा चिकित्साः
यस रोगको औषधिद्वारा चिकित्सा गर्दा प्रायः प्रशान्तक औषधिहरू (ट्रयांक्लिाइजर) प्रयोग गरिन्छ । यस्ता औषधिहरूले रोगीको चिन्ता र निस्क्रियतामा केही कमि गर्ने भएता पनि यस्ता औषधिहरू त्यत्ति प्रभावकारी देखिदैनन् । त्यसो त सम्बन्धित विशेषज्ञका अनुसार यस रोगका लागि आयुर्वेदिक औषधी अश्वगन्धा तथा होमियोप्याथिक औषधी एविना सटिवा आदि ज्यादै प्रभावकारी मानिन्छन् ।
साइकोथेरापीः
यो एक मनोवैज्ञानिक रोग भएकाले यस रोगको उपचारमा मनोचिकित्सा (साइकोथेरापी) बढी प्रभावशाली मानिन्छ । मनोचिकित्साद्वारा रोगीको सोच, आत्मविश्वास, आत्मसम्मान तथा आत्मस्फुर्तिको सकारात्मक तथा प्रेरणात्मक भावहरूलाई जगाउन सकिन्छ । साइकोथेरापीका अनेकौं विधि मध्य कग्निटिभ बिहाभियर थेरापी उत्तम मानिन्छ ।
अन्य विधिः यस रोगको उपचारमा बायोफिडब्याक, भिज्युलाइजेसन, मालिस, हिप्नोसिस, डान्स तथा म्युजिक थेरापी, योग, ध्यान तथा प्राणायाम आदि पनि प्रभावकारी मानिन्छन् । यी चिकित्सा विधिहरू माइन्डबडी मेडिसिनसँग सम्बन्धित छन् । त्यसैले कग्निटिभ बिहाभियर थेरापीसँगै माइन्डबडी मेडिसिन यस रोगको अचुक उपचार हो ।