क्यूएए प्राप्त र सम्भावना बोकेको वालिङ क्याम्पस

मेचीकाली संवाददाता

८ श्रावण २०८०, सोमबार
417 shares

मुक्ति न्यौपाने

वालिङ । वि.सं २०३७ सालमा वालिङ क्याम्पस स्थापना भएपछि स्याङ्जाका स्थानीय पर्बत र पाल्पाका स्थानीय विद्यार्थीहरुले सहज रूपमा अद्यान गर्दै आएको अहिले वालिङ बहुमुखि क्याम्पस वालिङ हो ।
सहज रूपमा राम्रो कलेजमा विद्यार्थीको आकर्षण बढि हुनु स्वाभाविक हो । यसमा पहिलो त शैक्षिक गुणस्तरीयता नै हो । योसँगै भौतिक सुविधा, शान्त वातावरण अनि यातायात र बजारको पायकलगायत कलेजको आकर्षण हुन् ।
यिनै विशेषताका कारण वालिङ बहुमुखी क्याम्पसमा वार्षिक १५ सयदेखि २ हजारको हाराहारीमा विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।

न्युन शुल्कमा अध्यापन गराइनु पनि यो क्याम्पसको अर्को विशेषता रहेको छ । देशमै न्युन शुल्कमा पढाइ हुने अनुमान क्याम्पस प्रशासनको छ । सिद्धार्थ राजमार्ग नजिक, भौतिक सुविधा सम्पन्न, शान्त वातावरण र त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुरुप गुणस्तरीय शिक्षा यो क्याम्पसको अर्को मुख्य विशेषता रहेको छ ।

जनस्तरबाट स्थापित देशकै जेठो वालिङ बहुमुखी क्याम्पस कम शुल्कमा अध्यापन गराउनेमा पर्ने कामु क्याम्पस प्रमुख युवराज पाठकको विश्वास छ । यो क्याम्पस २०३७ सालमा स्थापना भएको र स्याङ्जा जिल्लाकै मध्येभागमा पर्छ । देशभरिका १ हजार ४ सय ३६ कलेजहरुमध्ये ५३ औं स्थानमा पर्ने यो क्याम्पस गण्डकी प्रदेश भित्र क्यूएए प्राप्त गरेका र सम्भावना बोकेका १० कलेज मध्ये एक हो ।
छिमेकी जिल्ला पर्वत, पाल्पा र गुल्मी लगायतका विद्यार्थीहरु यहाँ अध्ययन गर्दै आएका छन् । यो क्याम्पसले उच्च शिक्षा हासिल गरेका धेरै दक्ष जनशक्ति उत्पादनमा उल्लेख्य भूमिका खेल्दै आएको छ ।

शिक्षकहरुलाई तलव खुवाउने र व्यवस्थापन खर्चको मुख्य आधार विद्यार्थीबाट लिइने शुल्क नै हो । विद्यार्थीबाट अहिले लिदै आएको शुल्कले खर्च धान्न मुश्किल पर्न थालेपछि शुल्क समायोजनको वाध्कारी अवस्था आएको सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइरालाले जानकारी दिए ।
शुल्क समायोजनका नाममा अस्वाभाविकरुपमा बढाइने छैन, अन्यत्रभन्दा कमै हुनेगरी समायोजन हुनसक्ने अध्यक्ष कोइरालाले उल्लेख गरेक छन ।

अहिले ऋणात्मक अवस्था रहेकाले व्यवस्थापन समितिले अनिश्चितकालिन आर्थिक संकट घोषणा गरेको छ । क्याम्पसलाई अनिश्चितकालिन आर्थिक संकट घोषणा गरिएकामा नकारात्मक टिप्पणी हुने गरेका छन्, जुन संस्थाको हीतमा नभएको आँफूहरुको ठहर छ । विशेषगरी प्राध्यापकहरुको सुविधा थपघट, विद्यार्थीबाट लिइने शुल्कलगायतका विषयमा गलत र भ्रामक प्रचार गरिएकामा अध्यक्ष कोइरालाले दुःख व्यक्त गर्नुभयो । यसमा हामी विकल्पको खोजी गरिरहेका छौं । ठूलो संस्थामा बेला बखत यस्तो अवस्था आउनसक्छ, समाधान पनि हुँदैजान्छ । ऋणात्मक अवस्था न्युनिकरणका लागि सञ्चालक समिति प्रतिवद्ध छ र समाधानका अन्य उपाय खोजी गरिने छ । क्याम्पसको साख जोगाउन समिति दृढ संकल्पकासाथ लागिपर्ने अध्यक्ष कोइरालाको स्पष्टोक्ति छ ।

जिल्लाकै शैक्षिक धरोहरकारुपमा स्थापित क्याम्पसलाई थप मजवुत बनाउदै लैजानु आँफूहरुको दायित्व भएको समितिले महसुस गरेको अध्यक्ष कोइरालाको भनाई छ ।
कुनैपनि संस्था खोल्नुमात्र ठूलो होइन, निरन्तरतासँगै थप मजवुत बनाउनुले महत्व राख्दछ । यो क्याम्पस स्थापनादेखि यहाँसम्म ल्याइपु¥याउन यसक्षेत्रका सामाजिक, बौद्धिक, विभिन्न संघ संस्थाका जिम्मेवार व्यक्तिलगायत सर्वसाधारणको योगदान सम्मानयोग्य रहेको पनि अध्यक्ष कोइरालाले औँल्याए।

सरकारी तथा जनस्तरबाट सञ्चालित कलेजहरुमा विद्यार्थी संगठनहरु क्रियाशील हुनु पहिलादेखि कै प्रचलन हो । कतिपयबाट यो विषयलाई पनि नकारात्मकरुमा लिएको पाइन्छ । क्याम्पस प्रशासन र प्रशासनलाई प्रभावित पार्नेगरी गरिने राजनीति अवस्य पनि राम्रो होइन तर स्वतन्त्र विद्यार्थी युनियनका नाममा हुने सांगठनिक गतिविधले विद्यार्थीहरुको हकहीत र नेतृत्व विकासमा टेवा पु¥याउने विश्वास छ ।

यहाँ पनि स्वतन्त्र विद्यार्थी युनियनले विगतका दिनदेखि नै सांगठनिक गतिविधी गर्दै आएका छन् र जुन स्वभाविक हो । विद्यार्थी संगठनबाट नेतृत्व विकास गर्दै आएका धेरै व्यक्तिहरु आज राष्ट्रिय नेतृत्वमा छन् । शैक्षिक संस्था सञ्चालनमा उसको प्रशासनिक दक्षता मुख्य हुन आउछ । योसँगै सञ्चालक समिति र आफ्नो हकहीतका खातिर गठित विद्याथी संगठनको पनि भूमिका रहन्छ । सुरुका दिनदेखि विद्यार्थीहरुबाट आफ्नो संगठन र क्याम्पसका लागि गरिएका योगदानलाई कदरयोग्य रहेको समितिको बुझाई छ ।

सभासदहरुको आत्मीयता, संघसंस्था तथा सामाजिक व्यक्तित्वहरुको सदासयतासँगै विविध चुनौतिका वावजुत पनि क्याम्पसको गर्विलो इतिहास जोगाउँदै थप उन्नयनमा समिति प्रतिवद्ध छ, अध्यक्ष कोइरालाले भने ।