प्रभु परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न

मेचीकाली संवाददाता

१९ श्रावण २०८१, शनिबार
246 shares

हेमन्त गौतम

यसभन्दा ठिक अघिल्लो लेखमा मैले हाम्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव समाज धर्म र ईश्वर अर्थात् धर्म र परमात्मा परमेश्वर मान्ने ‘आस्तिक’ तथा नमान्ने ‘नास्तिक’ गरी दुई समूहमा विभाजित रहेको र एकमात्र ईश्वर अथवा भनाँै एकमात्र परमात्मा परमेश्वर यस विश्व–ब्रह्माण्डमा अस्तित्वमा रहेको कुनै खास प्रमाण आजसम्म पनि कोही कसैबाट मिल्न नजाँदा उक्त आस्तिक समूहमा पर्ने मानव समुदायसमेत धर्म र ईश्वर अर्थात् धर्म र परमात्मा परमेश्वर मान्ने वा नमान्ने भन्ने द्विविधामा देखिन्छन् तापनि हालसम्म यस विश्वमा प्रचलित प्रमुख धर्महरुमध्येको एक बौद्ध धर्मबाहेकका प्रमुख र अन्यसमेतका सबै जसो धर्मले यो नाम वा यो रुपमा नभनिकनै पनि एकमात्र ईश्वर–एकमात्र परमात्मा परमेश्वरको अस्तित्वलाई स्वीकार गरेअनुरुप नै श्री सूर्य नारायणज्यू जो हामी सबैसामु मध्य आकाशमा साक्षात् स्वरुपमा विराजमान देखिनुहुन्छ, उहाँ नै त्यस्ता परम सजीव–सचेतन, सर्वशक्तिसम्पन्न, सर्वज्ञलगायतका अनेकौँ गुण–धर्म वा विशेषता र तदनुरुपको भूमिका समेतलेयुक्त एकमात्र पूर्ण वास्तविक ईश्वर अर्थात् एकमात्र परमात्मा परमेश्वर हुनुहुन्छ भनी स्पष्ट रुपमा उल्लेख गरेको थिएँ ।

त्यति मात्र होइन, मेरो उक्त भनाई आजभन्दा करिव ४२ वर्ष अगाडि २०३९ साल देखि यता हालसम्ममा उहाँ प्रभु परमात्मा परमेश्वर श्री सूर्य नारायणज्यू स्वयम्बाट मलाई प्राप्त आत्मज्ञानमा आधारित रहेको र सो आत्मज्ञान सबै अनेकानेक पूर्ण वैज्ञानिक तर्क, तथ्य एवम् प्रमाणयुक्त भएको यथार्थ पनि उसरी नै सार–संक्षेपमा ब्यक्त गर्दै मेरो यो अर्थ र भावसहितको भनाइ पनि कि उहाँ प्रभु श्री सूर्यनारायणज्यूलाई केवल शत प्रतिशत मिथ्या एवम् निराधार अड्कल वा अन्दाजको भरमा ‘एउटा आगो समान बल्दो ग्यासको निर्जीव भौतिक पिण्ड, मझौला प्रकारको तारा’ मान्ने र उसरी नै फेरि ‘एकमात्र ईश्वरीय अर्थात् एकमात्र परमात्मा परमेश्वरीय ईच्छा–शक्तिको आधारमा नभई गुरुत्वाकर्षण बल नाउँको भौतिक शक्तिको आधारमा नै बुध, शुक्र, पृथ्वी, मङ्गललगायतका सबै आकाशीय पिण्डहरु शून्यमा अडिएका हुन्’ भन्ने जस्ता कातिपय पूरै गलत विचारहरु वैज्ञानिक विचारको नाउँमा अन्तर्राष्ट्रिय जगतमै प्रचार–प्रसारमा आएका र तिनले तदनुरुपको मान्यतासमेत पाएका हुँदाहुँदै पनि मेरा आगामी लेखहरुको माध्यमद्वारा प्रस्तुत हुँदै जाने समग्र विचारबाट तथाकथित उक्त वैज्ञानिक विचारहरु अन्ततोगत्वा पूर्णरुपेण गलत सावित हुने र श्री सूर्य नारायणज्यू उक्तबमोजिम एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै सिद्ध भइछाड्ने कुरामा मेरो दृढ विश्वास रहेको छ, यो यथार्थ समेत सो पूर्व लेखमा स्पष्ट गरेको थिएँ ।

अब खास विषय वा प्रसङ्गतिर लाग्नुपूर्व एउटा कुरा के पनि पुनः सुस्पष्ट गर्न चाहन्छु भने परम प्रभु परमात्मा परमेश्वर श्री सूर्य नारायणज्यू सम्बन्धी सो आत्मज्ञानलाई लिपिवद्ध गरी–लेखी सार्वजनिक रुपमा प्रस्तुत गर्ने कार्य बल्ल आज आएर मात्र प्रारम्भ गरेको पाउँदा कतिपय पाठक महानुभावहरुलाई शङ्कास्पद कुरा जस्तो पनि लाग्न सक्दछ । यस्तो स्मरण भएमा कि उहाँ प्रभु परमात्मा परमेश्वर श्री सूर्यनारायणज्यूबाट उक्त आत्मज्ञान आजभन्दा करिव ४२ वर्षपूर्वदेखि भइआएको पनि भन्दै रहने, त्यसको प्रचार–प्रसारसम्बन्धी कार्य गर्न चाहिँ यतिका लामो अवधिसम्म पर्खनु पर्ने, साँचो अर्थमा आत्मज्ञान भएकै भए त यसभन्दा धेरै अगाडि देखि नै प्रचार–प्रसारमा आइसकेको हुनुपर्ने हो । आखिर साँचो अर्थमा आत्मज्ञान भएको नभई कहीँ कतै कृत्रिम कुरा–नक्कली वा बनावटी कुरा मात्र यसरी प्रस्तुत गर्न गइरहेको पो हो कि ?

यसमा मेरो परम सत्य एवम यथार्थ भन्नु के छ भने, पहिलो कुरा, प्रभु श्री सूर्यनारायणज्यूबाट प्रारम्भदेखि यता हालसम्ममा मलाई जे जति आत्मज्ञान प्रदान गर्ने कृपा भयो त्यो समयको थोरै–धेरै अत्तरालको हिसाबले एकपछि अर्कोगरी क्रमशः हुँदै आएको हो, एकैचोटि होइन । दोस्रो कुरा, प्रभु स्यमबाट विभिन्न तर्क, तथ्य एवम प्रमाणमा आधारित पर्याप्त आत्मज्ञान गराउने कृपा नभएसम्म र सोही आधारमा उहाँ प्रभु श्री सूर्यनारायणज्यूलाई परम सत्य एवम यथार्थ रुपमै एकमात्र परम चैतन्य स्वरुप प्रभु परमात्मा परमेश्वर हुनुहुन्छ नकि कुनै आगो समान धपधप बल्दो निर्जीव भौतिक पिण्ड भनी सिद्ध गर्न सक्ने अवस्था नबनेसम्म त्यसै हतारिएर तत्सम्बन्धी आफ्ना विचारहरु प्रस्तुत गरिहाल्नेतर्फ लाग्नु पनि त्यति उपयुक्त (उचित) लागेन । त्यसरी नै फेरि मेरो प्रतिकुल स्वास्थ्य–अवस्था र कतिपय पारिवारिक समस्याले गर्दा पनि उपर्युक्त आत्मज्ञानलाई यथा समयमा नै पाठक महानुभावहरु सामु प्रस्तुत गर्ने उपयुक्त अवसर मिल्न सकेन । फलस्वरुप चाहँदा चाहँदै पनि अलिक ढिलो हुन गयो । त्यसैले उपर्युक्त आत्मज्ञान लिपिवद्ध गरी प्रचार–प्रसारमा ल्याउनमा यसरी अलिक ढिलो हुनुमा सो आत्मज्ञान उहाँ प्रभु परमात्मा परमेश्वर स्वयम्बाट प्रदान गरिएको सक्कली आत्मज्ञान नभई कहीँ कतै कृत्रिम वा नक्कली कुरा पो हो कि भन्ने भ्रम कसैमा नरहोस् भनी सविनय नम्र निवेदन गर्दछु ।

जे होस्, ढिलै भएतापनि परम प्रभु परमात्मा परमेश्वर श्री सूर्यनारयणज्यू सम्बन्धी उहाँ प्रभु स्वयमबाट प्रदत्त उपर्युक्त आत्मज्ञानलाई सर्वप्रथम हाम्रा देशवासी दिदीबहिनी तथा दाजुभाइहरु सामु र तत्पश्चात् अन्तर्राष्ट्रिय जगतसामु समेत बिभिन्न लेखहरुको माध्यमबाट क्रमशः प्रस्तुत गरी यस धर्तीवासी समस्त मानव मात्रको मन–मस्तिष्कमा रहेको ‘यो विश्व–ब्रह्माण्ड रुपी चराचर आदि भौतिक जगत र हामी जीवहरु सहितको सिङ्गो भौतिक संसारको सृष्टि, संरक्षण तथा संहार गर्ने एकमात्र ईश्वर अर्थात एकमात्र परमात्मा परमेश्वरको अस्तित्व वास्तवमा होला कि नहोला र भएमा पनि को, के, कहाँ, कस्तो रुप, गुण र भूमिकाहरुसहितको होला’ भन्ने जिज्ञासा पूरा गर्नुका साथै ‘मानव (मनुस्य) मात्रले पालन गर्नुपर्ने धर्म–मानव धर्म भन्ने कुरा साँचो अर्थमा अध्यात्म विज्ञान नै होला कि कोरा अन्ध–विश्वास मात्र होला, हाम्रो आत्मा होला कि नहोला र भएमा भौतिक शरीरद्वारा परिवेष्ठित (घेरिएको) हाम्रो आत्मा र परमात्माको बिचमा कस्तो अन्तर्सम्बन्ध होला, हाम्रो पूर्व जन्म र पुनर्जन्म भन्ने कुरा र हामीले आफ्नो जीवनमा गरेका पाप र पुण्यको फल–प्रतिफलमध्ये पापको प्रतिफल भोग्नै पर्ने र पुण्यको प्रतिफल चाहिँ भोग्न पाइने धार्मिक नियम होला कि नहोला, हाम्रो मानव जातिमा पनि कोही अतिनै दुःखी र कोही अतिनै सुखीको आजको अवस्थामा परिवर्तन ल्याई हामी सबैलाई एक समान रुपमा अर्थात् योग्याता र क्षमता हेरिकन समानुपातिक एवम सन्तुलित स्वरुपको पूर्ण सुख, शान्ति एवम समृद्धियुक्त परम आनन्दमय जीवन प्रदान गर्ने सदीच्छा उहाँ परम प्रभु परमात्मा परमेश्वरको होला कि हालकै अवस्था कायम रहला’ आदि जस्ता जिज्ञासाहरु र अन्य थप तमाम जिज्ञासाहरुको सन्दर्भमा पनि परम प्रभु श्री सूर्यनारायणज्यू स्वयमबाट प्राप्त आत्मज्ञानअनुरुप म आफ्नो तर्फबाट सुस्पष्ट विचार राख्दै एवम् सोही आत्मज्ञान अनुरुप नै उहाँ प्रभु स्वयमको सदीच्छा ‘हाम्रा देशवासी मात्र होइन, यस विश्व–धरातलवासी सम्पूर्ण मानव मात्रको, बिना कुनै अपवाद प्रत्येक प्रत्येकको जीवन अन्ततः पूर्ण सुख, शान्ति तथा समृद्धिसहितको परम आनन्द एवम ऐश्वर्यमय होस्’ भन्ने नै रहेको हुँदा त्यस प्रकारको जीवन प्राप्ति हेतु हामी सबैले अंगीकार गर्नुपर्ने जीवन–दर्शन, राजनीतिक प्रणली, अर्थतन्त्र आदि इत्यादि विषयमा समेत विभिन्न लेखहरुमार्फत यथासक्य एवम यथासम्भव प्रकाश पार्दै जाने म आफ्नो पवित्र मनशाय (उद्देश्य) रहेको कुरा पनि यहाँनिर समस्त पाठक महानुभावहरुमा सविनय जानकारी गराउन चाहन्छु । अरु बाँकी सबै आगामी लेखहरुबाट । अङ्क–२ (क्रमशः)