परमात्मा परमेश्वर र उहाँको अस्तित्वको प्रश्न

मेचीकाली संवाददाता

१९ भाद्र २०८१, बुधबार
189 shares

हेमन्त गौतम

यसभन्दा ठिक अगाडिको लेखमा मैले कुनै एउटा बलिरहेको ग्यास वर्न वा ग्यास चुलोबाट निस्कने आगोको ज्वालाले दिने प्रकाश शक्ति र श्री सूर्यनारायणज्यूबाट प्राप्त हुने प्रकाश शक्तिमध्ये श्री सूर्य नारायणज्यूको प्रकाश शक्तिमा उक्त ग्यास वर्न वा ग्यास चुलोबाट निस्कने आगोको ज्वालाको प्रकाश शक्तिको अपेक्षा कैयौँगुणा (एक प्रकारले अतुलनीय रुपमा) बढी परावर्तन क्षमता विद्यमान रहेको यथार्थलाई विभिन्न दृष्टान्तसहित स्पष्ट पार्दै सो आधारमा समेत उहाँ श्री सूर्यनारायणज्यू कुनै एउटा बलिरहेको ग्यासको निर्जीव भौतिक पिण्ड नभई एक मात्र परम प्रभु परमात्मा परमेश्वर नै प्रमाणित हुनुहुन्छ भन्ने तथ्यलाई उजागर गर्ने प्रयास गरेको थिएँ जुन क्रमागत हिसाबले बुँदा नम्बर ६ अन्तर्गत समावेश थियो । अब सोही विषय वा प्रसङ्गको बाँकी अंशलाई म बुँदा नम्बर ७ बाट प्रारम्भ गरी निम्नानुसार अगाडि बढाउन चाहन्छु ।
(७) कुनै खुल्ला ठाउँमा बलिरहेको एउटा ग्यास वर्न वा ग्यास चुलोको वरिपरि संयोगबसात् अधिक बाक्लो कुहिरो लाग्न गयो भने उक्त ग्यास वर्न वा ग्यास चुलोबाट निस्केको आगोको ज्वाला जतिसुकै ठूलो र विशाल भएमा पनि त्यस ज्वालाबाट निस्केको प्रकाशले दिइरहेको उज्यालोलाई सो कुहिरोदेखि बाहिरको भागबाट रञ्जमात्र पनि अनुभव गर्न सकिँदैन । परन्तु दिनको समयमा श्री सूर्यनारायणलाई उती (सोही बराबर) नै बाक्लो कुहिरोले ढाकेको अवस्थामा पनि उहाँको प्रकाशले दिने उज्यालोलाई हामीले थोरैधेरै सदा अनुभव गर्दछौँ र त्यही उज्यालोको आधारमा नै हाम्रो दैनिक जीवनको सम्पूर्ण गतिविधिहरु सञ्चालित हुन्छन्, हामीले गर्नुपर्ने सबै कार्यहरू पूरा गरिन्छन् । यसरी कुनै एउटा बलिरहेको ग्यास वर्न वा ग्यास चुलोबाट जति नै ठूलो आगोको ज्वाला निस्किरहेको अवस्थामा पनि त्यसबाट उत्पन्न प्रकाशले दिने उज्यालो र स्वयं श्री सूर्यनारायणज्यूको प्रकाशले दिने उज्यालोको बिचमा सो कुहिरोलाई भेदन वा छेदन गरी बाहिर निस्कने क्षमतालाई लिएर रहेको विशाल अन्तरभिन्नताले पनि श्री सूर्यनारायणज्यू कुनै एउटा बलिरहेको ग्यासीय (ग्यासको) भौतिक पिण्ड कदापि हुनुहुन्न, बरु प्रकाश शक्तिजन्य उपर्युक्त अलौकिक विशेषता समेतले सहित भएका केवल एकमात्र परम चेतनशील परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा प्रमाणित हुन जान्छ । यदि त्यसो नहुने हो त उपर्युक्त दुवै प्रकारका प्रकाश शक्तिले दिने उज्यालोमा अथवा भनौँ ती दुवै प्रकारका प्रकाशशक्तिमा सो कुहिरोलाई भेदन गर्ने वा छेदन गर्ने क्षमता प्रायः समान प्रकारको हुने थियो जसले गर्दा दिनको समयमा आकाशमा अलिकति पनि बाक्लो कुहिरो लागेको अवस्थामा श्री सूर्यनायणज्यूको प्रकाश अथवा भनौं त्यसले दिने उज्यालोले सो कुहिरोलाई पार गरी यस पृथ्वीसम्म आउन नसक्दा यहाँ चारैतिर अन्धकारै अन्धकार छाउने थियो ।
(८) हामीले श्री सूर्यनारज्यूको प्रकाशलाई एउटा ग्लास प्रिज्मा …………….(न्बिकक एचष्कm) हुँदै कुनै सेतो पर्दामा पा¥यौँ भने सो प्रकाश सात (७) रङ्गमा विभाजित भएको पाउँछौं जबकि कुनै एउटा बलिरहेको ग्यास वर्न वा ग्यास चुलोबाट उत्पन्न आगोको ज्वालाको प्रकाशलाई उसरी नै ग्लास प्रिज्म हुँदै सोही पर्दामा पा¥यौँ भने पनि सो प्रकाश सात रङमा विभाजित भएको कदापि पाउँदैनौं । यदि श्री सूर्य नारायणज्यू एउटा बल्दो ग्यासको निर्जीव भौतिक पिण्ड नै भएको भए उहाँको प्रकाश पनि उपर्युक्त बमोजिम सात रङ्गमा विभाजित नभई साबिककै अवस्थामा रहने थियो । तसर्थ श्री सूर्य नारायणज्यू कुनै एउटा आगो समान धपधप बल्दो ग्यासको निर्जिव भौतिक पिण्ड नभई उपर्युक्त विशेषताले सहित भएका एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भन्ने कुरामा कुनै सन्देह छैन ।
(९) प्रायः हामी सबैलाई थाहै छ कि श्री सूर्यनारायणज्यूको प्रातःकालीन कोमल प्रकाशमा हाम्रो मानव शरीरलाई आवश्यक पर्ने ‘भिटामिन डी’ भन्ने तत्व पाइन्छ जुन कुनै प्रज्वलनशील ग्यास वस्तु चाहे त्यो कुनै ग्यास वर्न वा ग्यास चुलो मार्फत बलिरहेको होस् चाहे त्यो स्वतन्त्र रूपमा, त्यस ग्यास वस्तुबाट प्राप्त हुने प्रकाशमा उक्त भिटामिन डी कदापि पाइँदैन । यदि श्री सूर्य नारायणज्यू उक्त ग्यास वस्तु जस्तै निरन्तर रुपमा बलिरहेको भौतिक पिण्ड नै भए उहाँको प्रकाशमा पनि उक्त भिटामिन डी किमार्थ पाइने थिएन । तसर्थ यसबाट पनि श्री सूर्यनारायणज्यू उपर्युक्त बमोजिमका परम चैतन्य स्वरूप परम प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा सिद्ध हुन जान्छ ।
(१०) यो पनि प्रायः सर्वविदितै छ कि श्री सूर्यनारायणज्यूको प्रकाशबाट सौर्य ऊर्जा नामको ऊर्जा प्राप्त गर्न सकिन्छ जो एक प्रकारको विद्युत शक्ति नै हो र यसबाट विभिन्न विद्युतीय उपकरणहरू सञ्चालन गरिन्छन् । परन्तु एउटा ग्यास वर्न वा ग्यास चुलो मार्फत अथवा त्यसै पनि बलिरहेको ग्यास वस्तुबाट प्राप्त हुने प्रकाशबाट उक्त सौर्य ऊर्जा कदापि प्राप्त गर्न सकिँदैन । यदि श्री सूर्यनारायणज्यू स्वयं पनि उसरी नै बल्दो ग्यासको एउटा निर्जीव भौतिक पिण्ड भए उहाँको प्रकाशबाट पनि सो सौर्य उर्जा प्राप्त नहुनुपर्ने हो । त्यसैले यसबाट पनि श्री सूर्यनारायणज्यू कुनै बल्दो ग्यासीय भौतिक पिण्ड कदापि नभई केवल उपर्युक्त बमोजिमका एकमात्र परम सजीव–सचेतन प्रभु परमात्मा परमेश्वर नै हुनुहुन्छ भन्ने तथ्य परम सत्य सावित हुन जान्छ, अन्यथा छैन ।
(११) वनस्पतिमा हुने प्रकाश संश्लेषण क्रिया (…………………एजयतय क्थलतजभकष्क) जुन ऊ वनस्पति स्वयंको लागि ग्लुकोज, फ्रक्टोज आदि तयारी खाना बनाउने क्रिया हो, सो प्रकाश संश्लेषण क्रिया दिनको समयमा श्री सूर्यनारायणज्यूको प्रकाश शक्तिको उपस्थितिमा मात्र सम्पन्न हुन्छ । त्यो क्रिया कुनै ग्यास वर्न वा ग्यास चुलोमार्फत अथवा बाहिर त्यसै पनि बलिरहेको ग्यास पदार्थ वा अन्यबाट प्राप्त प्रकाश शक्तिको उपस्थितिमा कदापि सम्पन्न हुन सक्दैन । फेरि उक्त प्रकाश संश्लेषण क्रिया यस्तो बहुआयामिक महत्वको क्रिया हो जुन क्रियाविना वनस्पतिले आफ्नो लागि आवश्यक उक्तबमोजिमको तयारी खाना प्राप्त गर्न सक्दैन मात्र होइन, ऊ स्वयंको लागि र जन्तु जगतभित्र पर्ने हामी मनुष्य सहितका समस्त प्राणीहरूको लागि समेत सास फेर्नको लागि नभइनहुने प्रणवायु–अक्सिजन समेत निरन्तर रुपमा पाउन असम्भव हुन जान्छ । परिणामस्वरूप एकापट्टि उक्त ग्लुकोज, फ्रक्टोज जस्ता आफ्नोलागि आवश्यक तयारी खाना र सास फेर्नको निमित्त दिनरात निरन्तर रूपमा नभइनहुने उक्त अक्सिजनसमेतको अभाव हुनगई सिङ्गो वनस्पति जगतको नै अस्तित्व समाप्त भएर जान्छ भने अर्कोपट्टि यस प्रकारको अवस्थामा आफ्नो खाना र उक्त प्राणवायु अक्सिजन निरन्तर रुपमा पाउनको लागि उक्त वनस्पति जगतमा नै एकमात्र विकल्पको रूपमा भर पर्नुपर्ने हामीे मनुष्य र अन्य समस्त जीवजन्तुहरु समेत सदाका लागि अस्तित्वबाटै लोप भएर जाने कुरामा पनि कुनै शङ्का रहदैन । त्यसैले यदि श्री सूर्यनारायणज्यू स्वयं पनि प्रज्वलनशील ग्यास वस्तुबाट बनेको एउटा बल्दो निर्जीव भौतिक पिण्ड नै भए उक्तबमोजिम ग्यास वर्न वा ग्यास चुलोमार्फत अथवा त्यसै पनि बलिरहेको ग्यास वस्तुबाट आएको प्रकाश शक्तिको उपस्थितिमा उक्त प्रकाश संश्लेषण क्रिया रञ्चमात्र पनि सम्पन्न हुन नसके जस्तै श्री सूर्यनारायणज्यूको दिनको समयको प्रकाश शक्तिको उपस्थितिमा पनि सम्पन्न हुन किमार्थ सक्ने थिएन । अनि नतिजा स्वरूप वनस्पति जगत र हामी मनुष्य सहितको जन्तु जगत दुवैको यस पृथ्वीतलमा विद्यमान अस्तित्व सदाका लागि समाप्त भएर जाने थियो भन्ने कुरा निर्विवाद सत्य देखिन्छ भने यसबाट पनि श्री सूर्यनारायणज्यू कुनै एउटा बल्दो ग्यासको निर्जीव भौतिक पिण्ड नभई उपर्युक्त बमोजिमका एकमात्र परम प्रभु परमात्मा परमेश्वर नै प्रमाणित हुनुहुन्छ भन्नु के अलिकति मात्र पनि मिथ्या एवं निराधार भनाइ ठहरिएला र ? लाग्दछ, कदापि ठहरिने छैन । अरु बाँकी अंश आगामी लेखहरूबाट । अंक–७ (क्रमशः)