बालबिवाह तथा लैङ्गिक हिंसाविरुद्ध अन्तरक्रिया

मेचीकाली संवाददाता

१४ मंसिर २०७८, मंगलवार
435 shares

पार्बती आचार्य
कपिलवस्तु । बालबिवाह तथा लैङ्गिक हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत बालबिबाह तथा लैङगिक हिंसा विषयक अन्तरकृयामा बोल्दै ‘घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ घर समाजको ऐक्यबद्धता, लैंगिक हिंसाविरुद्ध शुन्य सहनशीलता’ भन्ने नारालाई सफल पार्न बिभिन्न संघ संस्था र सरोकारवालाहरुको ठुलो भुमिका रहने बोल्ने बक्ताहरुले बताएका छन् ।

यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा शहरी बिकाश मन्त्री रिना नेपालले महिला हिंसा विरुद्धको अभियानलाई १६ दिनमा मात्र सिमित गर्न नहुने बताईन् । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था तथा निकायले ३ सय ६५ दिननै हिंसा विरुद्ध आवाज उठान गर्नुपर्नेमा जोड दिईन् ।

विकास तथा सामाजिक रुपले पछि रहेको कपिलवस्तुमा हिंसाका घटनाहरु दर्दनाक रहेको भन्दै यसको न्यूनिकरणका लागि सबै निकाय एकजुट हुनुपर्ने बताईन् । पछिल्लो समयमा विभिन्न घटनाहरु बाहिर आउन थाले पछि केही मानिसहरु सचेत हुन थाले पनि महिला तथा बालबालिकाहरु सुरक्षीत नरहेको मन्त्री नेपालले बताईन् । उनले समाज परिबर्तन गर्न सामाजिक तथा नैतिक शिक्षाको आवश्यक्ता रहेको बताईन् ।

किशोरी अधिकार मञ्च कपिलबस्तुले आयोजना गरेको कार्यक्रममा मन्त्री नेपालले किशोरीहरुलाई जिवन उपयोगी सिपलाई निरन्तरता दिन आग्रह गर्दै आफ्नो अधिकारका लागि पछि पर्न नहुने बताईन् । साथै उनले किशोरहरुका समस्यामा आफ्नो सक्दो साथ र सहयोग रहने छ भन्दै प्रतिबद्धता ब्यक्त गरिन् ।


जिल्ला समन्वय समतीका उपप्रमुख तारावती चौधरीले जब सम्म बाल बिवाह अन्त्य हुँदैन तब सम्म हिंसा कम नहुने बताईन् । हिंसा न्युनिकरण गर्न शिक्षा नै ठुलो भएको हुँदा किशोरीहरुलाई शिक्षालाई निरन्तरता दिन आग्रह गरिन् । किशोरीहरु शिक्षित हुने हो भने बाल बिवाह लगाएतका बिभिन्न हिंसाहरु न्युनिकरण हुँने बिश्वास ब्यक्त गरिन् ।

यस्तै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले समाजमा प्रतिष्ठीत ब्यक्तीहरुबाटनै हिंसा हुने गरेको भन्दै आफुले पनि हिंसा नगर्ने र हिंसा नसहने प्रण गर्नुपर्नेमा जोड दिए । जिल्लामा नागरिकताको समस्या रहेको भन्दै श्रीमानलेनै श्रीमतीको नागरिकता नबनाइदिने गरेका घटना पनि प्रसस्त रहेको जानकारी दिए ।

उनले १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले अनिवार्य नागरिकता बनाउनु पर्ने र २० वर्ष भन्दा कम उमेरमा विवाह नगर्न समेत आग्रह गरे । सकभर विवाह गरेको हप्तादिन भित्रै विवाह दर्ता गराउनुपर्ने कुरामा ध्यान दिन सुझाव दिए । विवाह दर्ता नहुँदा श्रीमानले नागरिकता नबनाइ दिने समस्या हुने समस्याहरु आईरहेकाले समयमै सचेत बन्न प्रजिअ पाण्डेले सुझाव दिए ।

यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दान बहादुर कार्कीले कानुन प्रसस्त भएपनि कार्यन्वयनमा समस्या रहेको बताए । भाषणमा क्रान्तीले देश बदल्छु भन्नेलेनै घरमा परिवर्तन ल्याउन नसकेको उनको तर्क छ । मानिसले ज्ञानलाई स्वभावमा परिवर्तन गर्न नसकेको उनको भनाई छ । जिल्लामा सबैभन्दा बढी कपिलवस्तु नगर पालिकामा हिंसाका घटना भएको जानकारी दिए । नागरिकताको बिषयमा प्रहरीले पक्राउ गरेको लगाएतका कुराहरु आएको भन्दै प्रहरीले फौजदारी मुद्धामात्र हेर्ने गरेकोले नागरिकता सम्बन्धी मुद्धा आफुहरुको सरोकारको विषय नभएको बताए ।

प्रहरी उपरिक्षक कार्कीले पछिल्लो समय बालबालिका मोबाइल फोनमा झुण्डि रहेको समस्या बढीरहेको भन्दै यस तर्फ सचेत बन्न सबैलाई आग्रह गरे । पछिल्लो समय किशोर किशोरीहरु पmेसबुक, टिकटक, इन्टाग्राम लगाएतका सामाजिक संजालमा भुल्दै गएको भन्दै यसले आफ्नो जीवनको अमुल्य समय बर्बाद गरेको बताए । जसका कारण साइबर क्राइमका घटना बढ्दै गएको हुँदा २५ वर्षको उमेर सम्म यस्ता सामाजिक संजालबाट टाढा रहन किशोरीहरुलाई सुझाव दिए ।

यसैगरी गैर सरकारी संस्था महासंघका अध्यक्ष प्रविण कुमार श्रीवास्तवले लैंगिक हिंसा न्यूनिकरण गर्न तिन सय पैसठ्ठी दिननै अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिंदै गैसस महासंघको साथ सपोर्टमा कदापी पछि पर्ने छैन भन्दै प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा अधिवक्ता शैलेन्द्र हरिजन, महिला मानव अधिकार रक्षक संजालका संस्थापक अध्यक्ष पार्बती पाण्डे, पुर्ब अध्यक्ष पुष्पा रेग्मीसंचारिका समुहका कपिलबस्तु शाखा अध्यक्ष पार्बती आचार्य, सनसाईन सामाजिक बिकास केन्द्रका गोविन्द धवल लगाएतले लैंगिंक हिंसा न्युनिकरणका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अधिकारकर्मी मिना परियारले लैङगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवधारणा प्रस्तुत, महिला अधिकार रक्षक संजाल सदस्य रुकैया खातुनले कानुनमा महिलाको अधिकार विषयक प्रस्तुती राखेकी थिईन् भने ओरेक नेपालकी संगिता चौरासियाले ओरेक नेपालले महिला हिंसा सम्बन्धी तयार पारेको तथ्याङक प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत प्रतिवेदनका अनुसार साक्षरनै बढी हिंसामा परेको देखिन्छ । लुम्बिनी प्रदेशमै हिंसा हुने मध्ये तेस्रो स्थानमा रहेको छ । यस प्रदेशमा १२ प्रतिशत हिंसाका घटना भएका छन् । कार्यक्रम किशोरी अधिकार मन्चका अध्यक्ष अक्षिता शुक्लाको अध्यक्षता, उपााध्यक्ष गुडिया यादवको स्वागत मन्तब्य तथा किशोरी मन्चका नगर उपाध्यक्ष साधिका रैदासको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा कपिलबस्तु नगरपालिकाका सामाजिक बिकास शाखा अधिकृत पदमराज श्रेष्ठ, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु, महिला अधिकारकर्मीहरु, संचारकर्मीहरु, सुरक्षाकर्मी र किशोरीहरु लगाएतको उपस्थिती रहेको ओरेक नेपालकी फिल्ड कार्यक्रम अधिकृत धन कुमारी चौधरीले जानकारी दिईन् । किशोरी अधिकार मञ्च कपिलबस्तु र महिला मानव अधिकार रक्षक संजालको आयोजनामा कपिलवस्तु नगरपालिका, केयर नेपाल र ओरेक नेपालको सहयोग रहेको थियो ।