

ओम बानियाँ
अहिले नेपालमा पनि कोरोनाले ओमिक्रोनको रुप लिएर आएको छ, स्थिति पहिलाको जस्तो भयाभह नभएपनि घरघरमा रुघाखोकीका बिरामीहरु बढेकाले घरघरमा डरत्रासको वातावरण व्याप्त छ । अहिले रुघाखोकीको संक्रमण नभएका घरहरु साहेदै होलान् । तर अहिले देखिएको रुघाखोकी सबै ओमिक्रोनको संक्रमण चाहिँ पक्कै होइनन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ट फिजिसियन डा.नन्दु पाठक भन्छन्– मौसम परिवर्तनसँगै देखा परेको मौसमी फ्लु र ओमिक्रोनका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भयो कि भन्ने शङ्का धेरैमा हुन स्वभाविकै हो । मौसमी रुघा खोकीका लक्षणहरुमा नाक बन्द हुने, खोकी लाग्ने, नाकबाट पानी आउने, हाँच्छ्यु आउने, शरीर दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, सामान्य उपचार तथा आरामले फाइदा गर्ने तथा ६,७ दिनमा निको हुने हुन् भने लगभग यस्तै लक्षणहरु ओमिक्रोनमा देखिएको छ । ओमिक्रोनमा शरीर दुख्ने, एकदम थकाइ लाग्ने, निकै घाँटी दुख्ने, खोकी लाग्ने तथा ज्वरो आउने हुन्छ । यी दुवै सङ्क्रमणका लक्षणहरुमा धेरै समनता भएकाले र एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा संक्रमित व्यक्ति छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । शरीरको तापक्रम तथा अक्सिजन हेरिरहने । ज्वरो छ भने सिटामोल खाने । यदि ज्वरो घटेन र अक्सिजन सेचुरेसन ९२ भन्दा कम भयो भने वा बढी समस्या देखिएमा तुरुन्त अपस्पालमा सम्र्पक गर्र्नुपर्छ । रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन ।
डा.नन्दुका अनुसार चिसो मौसम र वातावरणको प्रत्यक्ष सम्बन्ध रहने भएकाले जाडोयाममा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास तथा निमोनियाका बिरामीहरु बढ्ने गर्छन् । यतिमात्र होइन जाडोयाममा चिसोको एलर्जी, घाँटीको संक्रमण, चिसोमा हुने झाडापखाला, छाला, ओठ फुट्ने, चिलाउने, सुन्निने, शरीरमा सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुने, ब्रोङ्काइटिस, दादुरा, ठेउला,लगायत मुटु कमजोर हुने जस्ता समस्याहरु पनि देखिन्छन् । यो बेलामा शरीरका बाहिरी भाग हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने जस्ता समस्या पनि हुन्छ ।
मौसमी फ्लु र ओमिक्रोनमा फरक
लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ट फिजिसियन डा.नन्दु पाठक भन्छन्– मौसम परिवर्तनसँगै देखा परेको मौसमी फ्लु र ओमिक्रोनका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भयो कि भन्ने शङ्का धेरैमा हुन स्वभाविकै हो । मौसमी रुघा खोकीका लक्षणहरुमा नाक बन्द हुने, खोकी लाग्ने, नाकबाट पानी आउने, हाँच्छ्यु आउने, शरीर दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, सामान्य उपचार तथा आरामले फाइदा गर्ने तथा ६/७ दिनमा निको हुने हुन् भने लगभग यस्तै लक्षणहरु ओमिक्रोनमा देखिएको छ, ओमिक्रोनमा शरीर दुख्ने, एकदम थकाइ लाग्ने, निकै घाँटी दुख्ने, खोकी लाग्ने तथा ज्वरो आउने हुन्छ । यी दुवै सङ्क्रमणका लक्षणहरुमा धेरै समनता भएकाले र एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा सङ्क्रमित व्यक्ति छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । शरीरको तापक्रम तथा अक्सिजन हेरिरहने । ज्वरो छ भने सिटामोल खाने । यदि ज्वरो घटेन र अक्सिजन सेचुरेसन ९२ भन्दा कम भयो भने वा बढी समस्या देखिएमा तुरुन्त अपस्पालमा सम्पर्क गर्ने ।
उनी अगाडि भन्छन्,‘चिसोले विशेष गरी मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रमण गर्छ । साथै शीतलहर हुँदा मुटु र मस्तिष्कमा असर पुग्ने र हृदयाघात हुने, कोलेस्ट्रोल बढाउने, पक्षघात गराउने र बालबालिकामा दादुरा, ठेउला पनि देखिने गर्छ ।’ आयुर्वेदले रोगहरुबाट बच्न र शरीरलाई स्वस्थ र बलवान् राख्न मौसमअनुसार आहारविहारको पालना गर्नु पर्ने आवश्यकता औलाएको छ । अतः मौसमअनुसार मानिसले आफ्नो आहारबिहारमा ध्यान दिने हो भने निश्चित रुपमा रोगहरुबाट बच्न सकिन्छ, शरीरलाई निरोग र बलवान् राख्न सकिन्छ, जसले गर्दा गर्मी मौसममा पनि शरीर स्वस्थ रहन्छ । शरीर स्वस्थ भयो भने मौसमी फ्लु मात्र होइन, कोरोना जस्ता खतरनाक भाइरसहरुबाट लड्न सक्ने शक्ति शरीरमा पैदा हुन्छ ।
भनिन्छ, यस पृथ्वीमा ३ लाख २० हजार भाइरसहरु छन् । तीमध्ये २१९ प्रकारका भाइरसको पहिचान भएको छ । यी भाइरसहरुले अहिले होइन उहिल्यैदेखि नै मानिसमाथि आक्रमण गरिरहेका छन् । मानिसको शरीरको रोगप्रतिरोध शक्ति (इम्युनिटी) का कारण नै मानिसहरु यस्ता भाइरसको बिचमा पनि बाँचेको छन् । त्यसैले महत्वपूर्ण भाइरसको पहिचान होइन, मानिसको इम्युनिटी हो । मानिसको इम्युनिटी शक्तिशाली भए कुनै भाइरसले पनि मानिसलाई हल्लाउन पनि सक्दैनन् । यो वैज्ञानिक तथ्य हो । त्यसैले कोरोनाको स्थायी समाधान भनेको मानिसको रोग प्रतिरोधात्मक क्षमताको वृद्धि नै हो । त्यसैले विश्व स्वास्थ्य जगत कसरी मानिसहरुको रोग प्रतिरोधक क्षमता बढाउन सकिन्छ भन्ने बाटोमा अगाडि बढ्नुपर्छ ।
अध्ययनका अनुसार शरीरको इम्युनिटी शक्तिशाली बनाउन तथा शरीरमा एन्टीअक्सिडेन्टस् मात्रा बढाउनका लागि भिटामिन सी, डी, ई, बिटा केरोटिन, जिङ्क तथा सेलिनियम आदिको महत्वपूर्ण भमिका रहन्छ । यदि शरीरमा यस्ता भिटामिन्स आवश्यक मात्रामा छ भने कोरोना भाइरसको संक्रमण नभएको र सङ्क्रमण भएको खण्डमा पनि कोभिड–१९ ले उघ्ररुप नलिएको र कोभिड–१९ को उघ्र लक्षणहरु देखिएका बिरामीहरुमा भिटामिन सी तथा भिटामिन डी आदिको कमी भएको अनेक अध्ययनहरुले देखाएका छन् ।
अमेरिकाको नर्थ वेस्टर्न यनिभरिसिटीले चिन, फ्रान्स, जर्मनी, इटली, इरान, दक्षिण कोरिया, स्पेन, स्विजरल्याण्ड, बेलायत तथा अमेरिकाको अस्पताल तथा क्लिनिकमा गरिएको अध्ययनमा कोभिड–१९ का बिरामीहरुमा भिटामिन डी को कमी देखियो । यस अध्ययनमा प्रोफेसर बैकमैन तथा उनको टिमले भिटामिन डी र साइटोकिन स्ट्रोर्मको सम्बन्धलाई प्रकाश पारेका छन् । साइटोकिन स्ट्रोर्म यस्तो स्थिति हो, प्रतिरोधक क्षमता बढी सक्रिय हँुदा शरीरमा सुनिन्छ । साइटोकिन स्ट्रोर्मले फोक्सोलाई नराम्रोसँग क्षेति पुराउने गर्दछ र एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमका कारण बिरामीको मृत्युसमेत हुन जान्छ ।
बैकमैनका अनुसार भिटामिन डिले प्रतिरोधक क्षमतालाई मजबुत मात्र होइन, अति सक्रिय हुनबाट पनि बचाउँछ । शरीरमा भिटामिन डीको मात्रा ठीक भएको खण्डमा अन्य थुप्रै प्रकारका रोगहरुबाट पनि बच्न सकिन्छ । यस अध्ययनको निष्कर्ष छ, भिटामिन डीको सही मात्राले कोरोना संक्रमण रोक्न नसक्ने भएता पनि कोभिड–१९ लाई गम्भीर हुनबाट र कोरोना सङ्क्रमित विरामीहरुलाई मृत्युबाट बचाउन सक्दछ । अहिले विश्वका एक अरब मानिसहरुमा भिटामिन डीको कमी छ भने नेपालको स्थिति निकै गम्भीर छ । एक अध्ययनका अनुसार नेपालमा ६० प्रतिशत मानिसहरुमा भिटामिन डीको कमी छ । भिटामिन डी यस्तो पोषक तत्व हो, जसले क्याल्सियम अवशोषणलाई मद्दत गर्दछ भने हड्डी स्वस्थ राख्न तथा इम्युनिटी तथा मांशपेशी मजबुत राख्न महत्वपूर्ण भूमिका निभाउँछ ।
यसैगरी कोरोनाको रोकथाम र उपाचारमा भिटामिन सीको पनि महत्वपूर्ण भमिको देखिएको छ । धुम्रपान, मद्यपान, गलत खानपान र पर्याप्त पोषणको अभावको कारण विश्वका करौडौँ मानिसहरुमा भिटामिन सीको कमी छ । वैज्ञानिक अध्ययन भन्छ, यदि मानिसको शरीरको रगत प्लाज्मामा लगभग १६ एमसीएमओएल प्रति लिटर भिटामिन सी हुन्छ भने भाइरस तथा ब्याक्टेरियाले आक्रमण गर्न नसक्ने लगभग ८० प्रतिशत चान्स हुन्छ । यदि गरिहाले पनि शरीरको इम्युनिटीले यस्ता भाइरसहरुलाई खेदेर शरीर बाहिर फ्याँकिदिन्छ ।
कोभिड–१९ को स्थितिमा भिटामिन सीले कसरी काम गर्दछ भने फोक्सोलाई हानि पुराउने प्रमुख कारण फ्रि रेडिकल तथा अक्सिडेटिभ स्ट्रेस हुन्, प्रतिरोधक क्षमता कमजोर भयो भने यस्तो स्थिति देखा पर्छ । भिटानिम सी एक शक्तिशाली एन्टीअक्सिडेन्ट हो, जसले फ्रि रेडिकललाई निस्तेज पारेर फोक्सोलाई हानी हुनुबाट रोक्दछ । अतः पर्याप्त भिटामिन सी, भिटामिन ई, बिटा केरोटिन, जिङ्क र सेलेनियमको सेवनबाट शरीरमा एन्टी अक्सिडेन्ट मात्रा बढाउन सकिन्छ ।
तर, शरीरमा ककी भएका यस्ता भिटाभिन्सको पूर्तिका लागि टेबलेट, क्याप्सुल तथा इन्जेक्सन लिन ठीक होइन, प्राकृतिकरुपमा नै यस्ता भिटामिन्स लिन उत्तम हुन्छ । भिटामिन डी दुई स्रोतबाट प्राप्त हुन्छ, पहिलो सूर्यको प्रकाशबाट र दोस्रो खानाबाट । महिनाको एक पटक आधा घण्टा जति घाममा बस्ने हो भने शरीरलाई भिटामिन डी ३ पर्याप्त मात्रामा उपलब्ध हुन्छ । माछामासु, अण्डा, दुःध र दुग्धजन्य पदार्थ, च्याउ, सुन्तलालगायतका फलपूmल तथा हरियो तरकारीहरुमा भिटामिन डी २ पाइन्छ ।
भिटामिन सीको प्रमुख स्रोतहरु भनेको अमला, बेलाउती, कागती, सुन्तला, मौसमी तथा अन्य अमिलो फलफूल तथा तरकारीहरु हुन् । अतः दैनिक दुई दाना ताजा अमला वा एक चम्चा शुद्ध अमला पाउडर सेवन गर्ने हो भने इम्युनिटी बढ्ने मात्र होइन, अनेक स्वास्थ्य लाभ प्राप्त हुन्छ । स्मरण रहोस् शरीरमा पोषण तत्वहरुको कमीको एक प्रमुख कारण कमजोर पाचन शक्ति हो । मानिसको पाचन शक्ति अप्राकृतिक खानेकुरा तथा शारीरिक श्रमको कमीले मात्र होइन अत्याधिक तनावका कारणले पनि कमजोर हुन्छ ।
अर्को महत्वपूर्ण कुरा अफवाह तथा हल्लाको पछि नलाग्ने । मनलाई भित्रदेखि नै बलियो बनाउने । मनबाट डर, त्रास हटाउने । विज्ञान भन्छ, डर, त्रास र आतंकको वातावरणले मानिसको मन तथा शरीरमा कुप्रभाव पार्दछ । मनमा बारम्बार डरत्रासको विचार आइरहेको खण्डमा एनजाइटि, फोबिया, पैनिक अट्याक तथा अब्सेसन कम्पल्सन जस्ता मानसिक समस्याहरु देखा पर्न सक्दछन् ।
डरत्रासले मानिसको मनमस्तिष्कमा मात्र होइन शरीरमा पनि असर गर्दछ । डरत्रासले मानिसको इम्युनिटी पनि कमजोर बनाउँछ । मानिसको इम्युनिटी कमजोर भयो भने साधारण मौसमी फ्लूले (रुघा) पनि ज्यान लिन सक्दछ । सकारात्मक सोच, उचित खानपान तथा योग, ध्यान तथा प्राणायामले मनलाई मजबुत बनाउन सहयोग गर्छ । यदि हामीहरुले यस किसिमको जीवनशैली अपनायौँ भने कोरोना लगायतका महामारीलाई जित्न सक्छौं । त्यसैले स्वस्थ जीवनशैली तथा स्वास्थ्य सावधानी अपनाऔं, कोमिक्रोनको त्रास हटाऔं।