योगः सर्वश्रेष्ठ व्यायाम

मेचीकाली संवाददाता

६ श्रावण २०८०, शनिबार
467 shares

ओम बानियाँ

आज आधुनिकता जीवनको अभिन्न अङ्ग बनेको छ । यस्तो आधुनिकतालाई मानिसले वरदान सम्झिरहेको छन्, तर वास्तवमा यो आधुनितकात जीवनका लागि अभिशाप बनेको छ । त्यो किनभने आधुनिक जीवनशैलीका कारण अनेक दुष्परिणामहरु देखा परेको छन् । तर यस्ता समस्या तथा तनावबाट बच्ने आधुनिकतासँग कुनै सुगम समाधान भने छैन । त्यसैले दिनप्रति दिन रोग र रोगीहरुको संख्या बढिरहेको छ ।

साइकोन्युरोइमोनोलोष्टिहरु भन्छन्–रोगको मूल कारण भनेको नै तनाव हो । तनावले मानसिक समस्याहरु मात्र होइन कि शारीरिक समस्याहरु पनि निम्ताउने गर्छ । तनावका कारण जव मानिस उत्तेजनात्मक भावना तथा मनोविकारहरुबाट पीडित हुन्छ, कुण्ठा र तनावले उसको जीवन कठिन हुन्छ, तव यसबाट छुटकारा पाउन तथा शान्तिका लागि ऊ वैचन हुन्छ । यस्तो स्थितिमा निद्राको चक्की खानुको अतिरिक्त अर्को विकल्प हुँदैन, ऊसँग । तर पनि उसको समस्या समाधान हुँदैन । यस्तो स्थितिमा योगासन वरदान सावित हुन सक्दछ ।

‘योग’ मानव जीवनका लागि प्राचीन ऋषिमुन (वैज्ञानिक) हरुले आविस्कार गरेको यस्तो अदित्तीय प्रक्रिया हो, जसको सम्बन्ध शरीरका सम्पूर्ण अङ्गहरु, मनमस्तिष्क तथा अन्तर्करणसँग छ । त्यसैले शारीरिक विकास, मानसिक विकासको साथसाथै बौद्धिक विकासका लागि पनि योग निकै उपयोगी हुन्छ ।

योग अर्थात् प्राणायाम, आसन तथा ध्यान बालबालिका, युवा तथा वृद्धवृद्धा सबैका लागि उपयुक्त एक अदभुत र सर्वश्रेष्ठ वैज्ञानिक व्यायाम हो । योगाले शरीरलाई मात्र होइन मनलाई समेत स्वस्थ, सुदृढ र निर्मल राख्दछ । अहिलेसम्म योगा जस्तो उत्कृष्ट व्यायाम यस संसारमा देखा परेको छैन ।
योगासनले शरीरका समपूर्ण प्रणाली तथा अंगहरुलाई क्रियाशील बनाउँछ, अङ्गप्रत्याङ्गमा रक्तसञ्चार सुचारु गर्छ । शरीरका कोषकोषहरुमा ताजा पोषण पुराउन सहयोग गर्छ, तनमनका रोगहरु हटाउँछ र मानिसको शरीरभित्र सुषुप्त रुपमा रहेको ऊर्जालाई सक्रिय बनाउँछ ।

योगका बारेमा थुप्रै वैज्ञानिक अध्ययन अनुसन्धानहरु भएका छन् । योगासनबाट शरीरका अङ्गप्रत्यङ्गमा हलुकापना, स्फूर्ति, ताजापन, अनुहारमा कान्ति, शरीरमा सुन्दरता, लचिलोपना र आकर्षकको प्राप्ति हुने, शरीरका सम्पूर्ण प्रणालीहरु सन्तुलित र स्वस्थ ढंगबाट कार्य गर्ने हुनाले योगासन स्वास्थ्य रक्षाका लागि मात्र नभएर रोगहरु निवारणका लागि पनि उपयुक्त भएको वैज्ञानिक अध्ययनले समेत पुष्टि गरेको छ । त्यसैले हिजोआज योगा चिकित्साको रुपमा विकसित भएको छ । बाबा रामदेवका अनुसार योगा एक सम्पूर्ण चिकित्सा पद्धति हो । प्राणायाम, ध्यान र आसनहरुद्वारा हरेक किसिमका रोगहरु निर्मूल हुने उनको दावी छ ।

हुन पनि हो, योगासनको सतत् अभ्यासले तनाव, दुश्चिन्ता (एनजाइटि), कुन्ठा, निराशा तथा स्नायु दौर्वल्यता आदि अनेक मनोरोगहरु तथा अनेक शारीरिक रोगहरुबाट मुक्त हुन सकिने तथ्य वैज्ञानिकरुपमा नै प्रमाणित भैसकेको छ ।
योगासन गर्ने व्यक्तिले अधिक शक्ति र स्फूर्तिको अनुभव गर्छ । ठीक र उचित ढंगले योगासन गर्नेहरु मनोविकारको शिकार हुँदैनन् । उसको मस्तिष्क शक्ति, इच्छा शक्ति, संकल्प शक्ति स्मरण शक्ति तथा सकारात्मकता बढ्छ । जीवनमा आउने उतारचढावलाई सक्षमतापुर्वक समाधान गर्न सक्ने सामथ्र्य बढ्छ ।

अधिकांश मानिसले थकाइ मेटाउनका लागि मध्यपान तथा अन्य लागुपदार्थहरु सेवन गर्ने गर्छन् । यो सही समाधान होइन । शारीरिक थकाइ मात्र होइन कि मानसिक थकाइको समाधान भनेको नै विश्राम हो । तनाव, थकान तथा मस्तिष्क दौर्वल्यताको निराकणको लागि योगासन अभ्यास अत्यन्तै उपयोगी छ ।

यौगिक आसनहरुद्वारा मस्तिष्क र शरीर वीचमा यस्तो सन्तुलन स्थापित हुन्छ, जसले गर्दा जीवन निर्वाध गतिमा अगाडि बढन सक्छ । विचार सकारात्मक हुन्छ, ईष्र्या, भय, द्वेष तथा क्रोध आदिको समन हुन्छ, शरीर स्वस्थ हुन्छ । योगले मानसिक रोगहरुका साथै शारीरिक रोगहरुबाट पनि मुक्ति दिलाउँछ । धेरै मानिसहरु रोगी भएर नै योगी भएको उदाहरणहरु प्रशस्त छन् ।

बाबा रामदेव भन्छन्–स्वस्थ शरीरमा नै स्वस्थ मन अवस्थित हुन्छ र शारीरिक तथा मानसिक स्वास्थ्यकालागि आसनहरुको अभ्यास जरुरी छ । योगासनको अभ्यास तथा सम्यक् व्यायामले शरीरमा स्पूmर्ति आउँछ, कार्य गर्ने शक्ति बढ्छ, दुःख सहन गर्ने क्षमता बढ्छ, शरीरमा थुप्रिएको विषाक्त पदार्थहरु हट्छ, शरीरको मन्द अग्नि उद्दीप्त हुन्छ । योगासनले शरीरका समपूर्ण प्रणाली तथा अंगहरुलाई क्रियाशिल बनाउँछ, अंगप्रत्यांगमा रक्तसञ्चार सुचारु गर्छ । शरीरका कोषकोषहरुमा ताजा पोषण पुराउन सहयोग गर्छ, तनमनका रोगहरु हटाउँछ र मानिसको शरीरभित्र सुषुप्त रुपमा रहेको ऊर्जालाई सक्रिय बनाउँछ ।
योगका बारेमा थुप्रै वैज्ञानिक अध्ययन अनुसन्धानहरु भएका छन् । योगासनबाट शरीरका अंगप्रत्यंगमा हलुकापना, स्फूर्ति, ताजापन, अनुहारमा कान्ति, शरीरमा सुन्दरता, लचिलोपना र आकर्षकको प्राप्ति हुने, शरीरका सम्पूर्ण प्रणालीहरु सन्तुलित र स्वस्थ ढंगबाट कार्य गर्ने हुनाले योगासन स्वास्थ्य रक्षाका लागि मात्र नभएर रोगहरु निवारणका लागि पनि उपयुक्त भएको वैज्ञानिक अध्ययनले समेत पुष्टि गरेको छ । त्यसैले हिजोआज योगा चिकित्साको रुपमा विकसित भएको छ । बाबा रामदेवका अनुसार योगा एक सम्पूर्ण चिकित्सा पद्धति हो । प्राणायाम, ध्यान र आसनहरुद्वारा हरेक किसिमका रोगहरु निर्मूल हुने उनको दावी छ ।

आधुनिक कालको तनावपूर्ण वातावरणमा शान्ति र सुख प्राप्त गर्नका लागि मानिसले योगासनको अभ्यास गर्नु अपरिहार्य हुन्छ । यस्ता आसनहरुले जीवनका अनेक विषमताहरु हटाउन सहयोग गर्छन् । त्यसैले उमेर ढल्केर रोगले च्यापेपछि होइन कि किशोरावस्थादेखि नै शरीरलाई आर्कषक र निरोगी बनाउने उद्देश्यका साथ यसरी योगालाई उपनाउनु निकै सकारात्मक कुरा हो । अतः शरीरलाई स्वस्थ र निरोगी राख्न तथा रोगहरुबाट बच्न प्राणायाम तथा ध्यानका साथै लिखित पाँच आसनहरू क्रमबद्धरूपमा गर्ने हो भने सुनमा सुगन्ध थपिन्छ ।

सर्वाङ्गासनः
सीधा उत्तानो पल्टिने । दुवै खुट्टा जोडिएको होस् । दुवै हत्केलाले तिघ्राको मुन्तिर दायाँबायाँ टेक्ने । अब लामो सास तान्दै दुवै हात र पाखुराको बलले शरीरलाई पछाडिबाट धकेल्दै सीधा उठाउने । दुवै हातलाई पिठिउँमा टेको बनाउने । यसरी गर्दनको भरमा शरीरलाई माथि उठाउने, दुवै खुट्टा सीधा ठड्याउने । यसरी ठडिँदा चिउँडो छातीमा टाँसिएर रहोस् । केही समयपछि बिस्तारै सास छोड्दै घुँडा खुम्चाउने र त्यसपछि ढाड भुइँमा टेकाउँदै पूर्वावस्थामा आउने ।

मत्स्यासनः
दुवै खुट्टा एक अर्को माथि खप्टाएर बस्ने । अब कुहिनाको साहयताबाट बिस्तारै–बिस्तारै पछाडि फर्किदै जमीनमा सुत्ने । दुवै हातले खुट्टाका बुढी औँला समात्ने र टाउको उचाली तालुले टेक्ने । सुरुमा तालुले भुइँ टेक्न गाह्रो पर्दछ । अब आँखा केही खोजे जस्तो गरेर दायाँबाँ वरिपरि घुमाउने । यसरी यो आसन गर्दा शरीरको भार तालु, चाक र कुहिनामा परोस् । सुरुमा आधा मिनेट र पछि २ मिनेट सम्म यो आसनमा बसी प्रारम्भिक स्थितिमा झर्ने । यो आसन ५ पटक गर्ने ।

यी दुई आसनहरू गरेपछि १–२ मिनेट छोटो शवासन गर्ने । छोटो शवासन गर्ने विधि यस प्रकार छ, उत्तानो सुत्ने । दुवै हात मुठी पार्ने र दुवै खुट्टा पनि जोडी टाउको तथा दुवै खुट्टा केही इन्चमाथि उठाउने । अनि सम्पÒर्ण शरीरलाई कडा गर्ने र शरीरलाई तल झार्दै ढीलो छोडिदिने । दुवै हात खट्टालाई एक–डेढ फिट फिँजाएर, हत्केलाहरू मास्तिर फर्काएर लम्पसार शिथिल भएर सुत्ने । मनलाई श्वास–प्रश्वासमा लयबद्ध गरिदिने । यसरी शरीरलाई शिथिल पारेर केही क्षणसम्म राखिराख्ने । अनि उठेर परिश्चमोत्तासान गर्ने ।
पश्चिमोत्तासानः
खुट्टा सीधा पसारेर बस्ने । ढाड सीधा हुनुको साथै पैताला, घुँडा र तिघ्रा जोडिएको होस् । अव श्वास छोड्दै शरीरलाई अगाडि झुकाएर दुवै हातले दुवै खुट्टाको बूढीऔँला वा कुर्कुच्चो नजिकै समात्ने । दुवै कुहिनाले भुइँ छोएको हुनुपर्दछ । टाउको घुँडामा स्पर्श गराउने । केही समय पछि श्वास तान्दै बिस्तारै पूर्वावस्थामा फर्किने । यो आसन ५ पटक गर्ने । केही बेर आराम गरेपछि मात्र अर्को आसन गर्ने ।

भुजङ्गासनः
घोप्टो परेर लम्पसार सुत्ने र दुवै हत्केला छातीको दुवै छेउमा टेकाउने । चित्रमा देखाएझैँ अब दुवै हातको सहायतावाट नाइटोदेखि शरीरको अघिल्लो भागलाई श्वास तान्दै माथि उठाउने र टाउको केही पछाडि लैजाने । यस अवस्थामा नाइटोदेखि बूढीऔंला सम्मको भागले जमीनलाई स्पर्श गरेको हुनुपर्दछ । केही समयसम्म यस मुद्रामा रहे पछि श्वास छोड्दै भुइँमा ढोग्ने । अर्थात् पूर्व स्थितिमा आउने । यो आसान पनि ५ पटक गरे पछि घोप्टो नै सुत्ने र शरीरलाई शवझैँ शिथिल छोडिदिने । श्वास–प्रश्वासमा ध्यान दिने । एक दुई मिनेट यसरी शवासन गरेपछि अर्को आसन गर्नेतिर लाग्ने ।

हृदयस्तम्भासनः
दुवै खुट्टा जोडेर उत्तानो लम्पसार सुत्ने र दुवै हात एक आपसमा कैँची पारेर टाउको पछाडि राख्ने । सास लिँदै टाउको तथा दुवै खुट्टालाई साथसाथै लगभग एक फिटमाथि उचालेर राख्ने । केही समय भित्री कुम्भकमा अडिने । यहाँ ख्याल गर्नु पर्ने कुरा के भने यसरी टाउको उठाउँदा गर्दन मात्र मोडिएको हुनुपर्दछ, कुम मोड्नुहुँदैन । चिउँडो छातीमा टँसाइएको हुनुपर्दछ । अब सास बाहिर फ्याक्दै बिस्तारै पूर्वावस्थामा फर्किने ।

उपर्युक्त आसनहरू गरेपछि अन्तिम शवासनमा पल्टिने । दुवै खुट्टा एक फुट जति फट्टाएर राख्ने । दुवै हातलाई माथितिर फर्काएर कम्मरसँगै समान्तर राख्ने । अब दायाँ खुट्टा आधा फिट जति माथि उचाली तन्काउने र तल झार्ने । बायाँ खुट्टा पनि आधा फिट माथि उचाली तन्काउने र झार्ने । अब दायाँ हात आधा फिट उचाली मुठी बाध्ने । मुठी खोली तल झार्ने । बायाँ हातलाई पनि त्यस्तै गराउने । त्यसपछि हातले टेकेर चाक र कम्मर उचाल्ने र तल झार्ने । पिठिउँलाई पनि माथि उठाउने र झार्ने । काध, गर्दन खुम्चाउने–दायाँबायाँ मोड्ने र पूर्वस्थितिमा फर्काउने । दुवै आँखालाई पनि बेसरी खुम्चाउने र छोड्ने । अन्त्यमा सम्पूर्ण शरीर खूब तन्काएर छोड्ने– एकदमै शिथिल पार्ने । मनलाई दायाँ खुट्टाको पैतालामा एकाग्र गर्ने । पैताला गहन विश्राम भइरहेको महसुस गर्ने । बिस्तारै ध्यानलाई पिँडौला र साप्रामा एकाग्र गर्दै विश्रामको अनुभव गर्ने । बायाँ खुट्टामा पनि सोही प्रक्रिया अपनाउने ।

त्यसपछि क्रमशः चाक, पेट, छाती, कम्मर, पिठ्यू, दायाँ हत्केला, कुहिनो, पाखुरा, काँध, बायाँ हत्केला कुहिनो, पाखुरा तथा काँध, गर्दन, आँखा तथा मुख र अन्त्यमा भृकुटीमा ध्यान एकाग्र गर्दै गहन विश्रामको अनुभव गर्ने । तीन पटक लामो र गहिरो श्वास लिने र छोड्ने–श्वास छोड्दा शरीरका सम्पूर्ण तनाव र उष्णता बाहिर निस्किेको महसुस गर्दै शरीर एकदमै शिथिल पार्ने । (याद राख्नुहोस्– शरीर जति शिथिल भयो, त्यत्ति नै राम्रोसँग शरीर रिचार्ज हुन्छ ।) त्यसपछि मनमनै (उच्चारण गर्ने होइन) दोहो¥याउने, ‘दिनप्रतिदिन म तीक्ष्णबुद्धि–तेजस्मरण शक्तिको स्वस्थ, निरोग र जागरुक ब्यक्ति बन्दै गएको छु ।’ यी वाक्य कम्तीमा पनि २१ पटक दोहो¥याउने । अनि केही क्षण मानसपटलमा स्वास्थ्यवर्धक तथा हृष्टपुष्ट शरीरको (वा कुनै निरोगी हृष्टपुष्ट व्यक्तिको शरीरझँ आफ्नो शरीर भएको) कल्पना चित्र हेर्ने । त्यसपछि बिस्तारै (मनमनै) १, २, ३ गन्दै जाने, ३ मा पुगेपछि बिस्तारै आँखा खोल्ने, बिस्तारै खोल्ने, यो कुरा ख्याल गर्नु जरुरी छ । अनि सम्पूर्ण शरीर पूर्णरूपमा रिचार्ज भई मन प्रफुल्ल भएको तथा आफू तीक्ष्णबुद्धि, तेजस्मरण शक्तिको निरोग र जागरुक भएको भावानुभव गर्दै उठ्ने ।