जलवायुको असर कृषि उत्पादनमा ह्रास

मेचीकाली संवाददाता

९ श्रावण २०८३, शनिबार
5 shares

मिलन गाहा

नेपाल कृषि प्रदान देश हो । बाल्यकालदेखि नै यही कुरा पढ्दै आएका हामी नेपाली कृषि उत्पादनमा अझै पनि आत्मरनर्भर हुन सकेको अवस्था छैन । समयमा मल पाएको उदाहरण पेश गर्न पनि सकिएको छैन । सरकारको नीति पनि कागजमा सीमित हुँदा किसानले यथेस्ट सहयोग र राहत पाउन सकेको अवस्था छैन ।

नेपालको जनसंख्याको हिसाबले हेर्ने हो भने करिब ६०–६६ प्रतिशत नेपाली प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि तथा खेतीपातीमा निर्भर छन् । आफ्नो मूल पेशा कृषि नै हो । निर्वाहमुखी खेती किसानीले सामान्यतया आफ्नो घर चलाउन दुईचार गरा खेत, केही बाख्रा तथा पशुपालनले जिबीको चलाउने गर्दै आएका छन् ।

हाल धानकै कुरा गर्दा पनि ७० प्रतिशत धान रोपाइँ भएको कृषि विभागले जनाएको छ । यसरी समयमा पानी पर्न नसक्दा कुल उत्पादनमा वर्षेनी ह्रास हुँदै आएको छ । सिँचाइको अभावले गर्दा आकाशे खेतीमा निर्भर अधिकांश किसानहरु धानको बिउ छिप्पिँदासम्म पनि आकाश हेरेर बस्नुपर्ने बाध्यता कायमै छ । लुम्बिनी प्रदेशमा ८० दशमलब ६५ धान रोपाइँ भएको कृषि निर्देशनालयले जानकारी दिएको छ ।
जलवायु परिवर्तनले किसानहरूलाई धेरै किसिमले असर गरिरहेको छ । मुख्य प्रभावहरू जसले हरेक उत्पादनलाई असर गरको हुन्छ । अनियमित वर्षा समयमा पानी नपर्दा वा अत्यधिक वर्षा हुँदा बाली बिग्रन्छ समयमा सप्रिन पाउँदैन । खडेरीले लामो समयसम्म पानी नपर्दा खेती गर्न कठिन हुन्छ र उत्पादन घट्छ नहरको पनी जति सिँचाइ गरेपनि आकाशको पानी मलकै रुपमा उपयोगी हुने भएकाले उत्पादनलाई आकाशे पानी पनि उत्तिकै उपयोगी हुन्छ । जलवायु परिवर्तनले अति बाढी र पहिरो जाने खेत, बाली र कृषि संरचनामा ठुलो क्षति पुग्छ । विभिन विनाशहरु तिम्त्याउँछ ।

यसका साथै दिन प्रतिदिन तापक्रम वृद्धि भई नै रहेको अवस्था छ । जसले मानिसको दैनिकीमा प्रभाव परको छ । अति घाम लाग्ने र गर्मीका कारण काम गर्नमा समेत कठिनाई परिरहेको छ । धेरै गर्मीका कारण केही बाली राम्रोसँग बढ्न सक्दैनन् र उत्पादन कम हुने गर्दछ । किसानहरुले दुःख गरी लगाएको बालीमा रोग र किराको वृद्धि हुने, बदलिँदो मौसमले नयाँ रोग र किरा फैलिन सजिलो बनाउँदा बाली नाश हुने गर्दछ । जसका कारण आजभोलि किसानले बाली जोगाउन अत्यधिक विषादी प्रयोग हँुदा मानव जीवनमा प्रत्यक्ष असर परको छ ।
जलवायु परिवर्तनले समयमा पानी नपर्ने, खोला नालामा पानीको बहाब मूल नसर्सने, जसले पानीको अभाव हुँदा सिँचाइको समस्याले खेती किसानीलाई असर गरी उत्पादनमा ह्रास आएको छ । नदी, खोला र मुहानमा पानी घट्दा सिँचाइ गर्न कठिन हुने किसानको भनाइ छ । जलवायुका कारण किसानको आर्थिक विकासमा बाधा पुग्ने र घर व्यवआर चलाउन मुस्किल बनाएको छ । उत्पादन नहुने, नगदे तथा अन्न बाली नहुँदा आर्थिक असरसमेत पर्दै आएको छ । जसले गर्दा क्रयशक्तिमा ह्रास आएको पाउन सकिन्छ । उत्पादन घट्दा किसानको आम्दानी कम हुन्छ र ऋणको बोझ बढ्न सक्छ । सामान्यतया न्यून आय हुँदा आफूले चाहेको आवश्यकता पूरा गर्न कठिन हुने निष्कर्ष छ ।

जलवायुका असरबाट बच्नका लागि मौसमअनुकूल बाली र बिउ प्रयोग गर्ने, पानी संकलन र आधुनिक सिँचाइ प्रणाली अपनाउने, माटो संरक्षण गर्ने, कृषिसम्बन्धी मौसम सूचना र प्राविधिक सल्लाहको प्रयोग गर्ने, यसरी जलवायु परिवर्तनले किसानको उत्पादन, आम्दानी र जीवनयापनमा प्रत्यक्ष नकारात्मक असर पारिरहेको छ ।
जलवायु परिवर्तनले किसानहरूमा धेरै ठुलो प्रभाव पारेको छ । यसको असर स्थान, बाली र मौसमअनुसार फरक भएपनि सामान्य रूपमा धेरै ठाउँमा बाली उत्पादन १०–३० प्रतिशतसम्म घट्न सक्ने जोखिम देखिएको छ । खडेरी, बाढी र असिना जस्ता विपद्का कारण केही किसानको पूरै बाली नष्ट हुने अवस्था पनि आउँछ । सिँचाइको खर्च, बिउ र विषादीको प्रयोग बढ्दा खेतीको लागत बढेको छ । उत्पादन घटेकाले किसानको आम्दानी कम भएको छ ।

कतिपय किसानले खेती छोडेर अन्य रोजगारी वा वैदेशिक रोजगार रोज्नुपर्ने अवस्था पनि देखिएको छ । यसैले, जलवायु परिवर्तनको प्रभाव सामान्य नभई किसानहरूको उत्पादन, आम्दानी र जीवनयापनमा गम्भीर रूपमा परेको छ । नेपालमा कुनै पनि ठुला उद्योगहरु स्थापना भएका छैनन्, जसले हरित ग्यास उत्सर्जनमा कुनै पनि भूमिका खेलेको छैन तर पनि जलवायुको प्रभाव खेपिरहन परेको छ ।
पछिल्लो समय नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा धेरै सानो (०.१ प्रतिशत भन्दा कम) योगदान गर्छ । सन् २०२५ मा नेपालले तराई आर्क क्षेत्रमा वन संरक्षण र कार्बन उत्सर्जन घटाएको उपलब्धिका आधारमा विश्व बैंकका एफसिपीएफबाट ९.४ मिलियन अमेरिकी डलर (करिब रु. १ अर्ब २५ करोड) प्राप्त गरेको थियो । नेपालले विभिन्न प्रकृतिका वन संरक्षण गरेर जलवायु न्यूनीकरणका लागि ठुलो योगदान पु¥याएको छ । खेती किसानलाई बहुआयामिक रुपमा प्रभाव परको विज्ञहरु बताउँछन् ।

तर, विश्वका अन्य देशबाट हुने उत्सर्जनका कारण पृथ्वीको तापक्रम बढ्दा नेपाल पनि प्रभावित हुन्छ । हिमालका हिमनदी पग्लिनु, अनियमित वर्षा, बाढी, पहिरो, खडेरी र अत्यधिक गर्मीका घटना बढिरहेका छन् । यसको असर विशेषगरी कृषि, खानेपानी, जैविक विविधता र जनजीवनमा परेको छ । नेपाल सरकारले जलवायु परिवर्तनको असर कम गर्न र त्यससँग अनुकूलन गर्न विभिन्न कामहरू गरिरहेको छ । जलवायु परिवर्तन नीति लागू गरी जलवायु परिवर्तनसँग सम्बन्धित योजना र कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन गर्दै कृषि, पानी, वन, स्वास्थ्य र विपद् व्यवस्थापनलाई जलवायु अनुकूल बनाउनेतिर सबैको ध्यान जानु आवश्यक छ ।

वन संरक्षण, वृक्षरोपण र सामुदायिक वनको संरक्षण तथा नयाँ वृक्षरोपण र नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्दै सौर्य ऊर्जा, बायोग्यास, लघु जलविद्युत् जस्ता स्वच्छ ऊर्जालाई प्रोत्साहन गर्ने र विपद् जोखिम न्यूनीकरणमा बाढी, पहिरो र अन्य प्राकृतिक विपद्का लागि पूर्वसूचना प्रणाली र तयारीसमेतका प्रयास गरेको पाइन्छ । किसानलाई जलवायु अनुकूल कृषि, सुधारिएको बिउ, सिँचाइ र जलवायु अनुकूल खेती प्रविधिमा सहयोग गर्ने र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामा सहभागी भई आर्थिक तथा प्राविधिक सहयोग जुटाउने काम गर्दै आएको छ ।

नेपाल सरकारले जलवायु परिवर्तन नीति लागू गर्ने, वन संरक्षण गर्ने, नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्ने, जलवायुअनुकूल कृषि विकास गर्ने, विपद् जोखिम न्यूनीकरण गर्ने र अन्तर्राष्ट्रिय सहकार्य बढाउने काम गरिरहेको छ । यसरी जलवायुसँग अनुकूलन न्यूनीकरण, नेपालमा विभिन्न परियोजना, हिमताल जोखिम न्यूनीकरण परियोजना, जलवायुअनुकूल कृषि परियोजना र बहुजोखिम पूर्वसूचना प्रणाली जस्ता जलवायु परिवर्तनसम्बन्धी प्रमुख परियोजनाहरू सञ्चालनमा छन् । जसले जलवायुसंग सम्बन्धित विभिन्न कामहरु गर्दै आएको छ ।