

कमल पन्थी
पृष्ठभूमि
आज जुन २१ अर्थात विश्व योग दिवस । पृथ्वीको उत्तरी गोलार्धमा जुन २१ मा वर्षकै लामो दिन हुने गर्छ । नियमित योग गर्नाले आयु लामो हुने यथार्तलाई लामो दिनसँग जोडेर जुन २१ छनौट संयोग हुन सक्छ । विसं. २०७२ सालदेखि नेपालमा प्रत्येक वर्ष माघ एक गते राष्ट्रिय योग दिवस मनाउदै आइएको छ । विश्व योग दिवसको सन्दर्भमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९ औँ महासभामा योग सवैकालागि सधैका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न पहिलोपटक प्रस्ताव गरेका र सो प्रस्तावमा नेपालका तत्कालिन प्रधानमन्त्री स्व.सुशिल कोइरालाले पहिलो समर्थन गरेपछि संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्वर ११ मा पारित प्रस्तावअनुसार सन २०१५ देखि हरेक वर्षको जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउन थालियो । योग केवल नेपाल, भारत तथा हिन्दू संस्कृतिमा मात्र सीमित नभएर अब विश्वव्यापी भइसकेको छ । यस वर्ष एघारौँ अन्तर्राष्ट्रिय योग दिवस मनाउने सन्दर्भमा ‘सिङ्गो पृथ्वी, मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्य रहेको छ । यो लेख योगा र यस्तै विषयवस्तुको सेरोफेरोमा केन्द्रित रहेको छ ।
योगश्चित्तवृत्ति निरोधः चित्त भनेको मन, हृदय, दिल हो । वृत्ति भनेको आचरण चालचलन हो।निरोध भनेको प्रतिबन्ध वा रोक्ने छेक्ने काम हो । अर्थात् चित्त र वृत्तिको निरोध नै योग हो । महर्षि पतञ्जलीका अनुसार चित्तको सत्य ज्ञान, मिथ्या ज्ञान,कल्पना÷ विचार, निद्रा र स्मृति गरी पाँच प्रमुख वृत्तिहरु छन् । यी वृत्तिहरुको निरोध गर्दामात्र मन स्थीर शान्त हुन्छ । जसले ध्यान र समाधीमा पुग्न मदत पु¥याउँछ । योगको शाब्दिक अर्थ जोड हो । आत्माको परमात्मासँगको जोडलाई नै योग भनिन्छ । हाम्रो अस्थिर मनलाई स्थीर बनाउनु नै योग हो । रोगीका लागि रोग चिकित्सापद्धति हो भने निरोगीका लागि जीवन पद्धति हो ।
वर्तमान समयमा मानिसहरु मानसिक तथा शारीरिक समस्याबाट ग्रसित अवस्थामा रहेकाले योगको महत्व झन वढ्दै गएकोछ । योग सूत्रका प्रणेता पतञ्जली हुन् । पातञ्जल भनेको पतञ्जलीले बनाएको योग दर्शन हो । जीवन र जगतको रहस्यलाई अनेकन मार्गहरुबाट बुझ्ने प्रयासमा दर्शनको उत्पत्ति भएको हो । शारीरिक, मानसिक ,बौद्धिक तथा आत्मिक विकासको लागि योग सर्वोत्तम पद्धती हो । श्रीकृष्णले ज्ञान योग, कर्म योग र भक्ति योग गरी तीन प्रकारका योगको चर्चा गर्नु भएको छ।योग सूत्रको श्रेय भगवान् शिवलाई जान्छ । शिववाट शूरु भएका योग विधाहरु क्रमशः सप्तऋषिहरुमार्फत पुस्तौपुस्ता यात्रा गरेर हामी माझ आएको हो । योग मानव सभ्यताको धरोहर हो । प्राचीन कालमा ऋषिमुनिहरुले घर गृहस्थी त्याँगी एकान्तमा बसी साधना गर्ने कार्यलाई योग भनिन्थ्यो । वर्तमान समयमा पनि निश्चित उमेर पुगेपछि वा कुनै समस्या देखिएपछि मात्र योग साधनातर्फ लाग्ने गरेको पाइन्छ । यो गलत कुरा हो । योगका लागि कुनै उमेर र अवस्था चाहिँदैन । आफ्नो शारीरिक योग्यता, क्षमताका आधारमा विभिन्न योगाभ्यास गर्न सकिन्छ । यसले रोगी निरोगी हुने र स्वस्थ्य मानिसलाई स्वस्थ्य जीवन जीउन सघाउ पु¥याउँछन् । सकारात्मक सोचको विकास गरी व्यक्तिको जीवन पद्धतीमा परिवर्तन ल्याउँछ । योग सर्वकालिन, सार्वजनिक र सार्वभौमिक विषय हो ।
योग एक विज्ञानः
यो जगत्मा भौतिक विज्ञान र चेतनाको विज्ञान÷अन्तर विज्ञान गरी जम्मा दुईवटा विज्ञान छन् । भौतिक विज्ञानको पथ प्रदर्शन वैज्ञानिकहरुले गर्छन भने चेतनाको विज्ञानको ऋषि,सन्तहरुले गर्छन् । कुनै विषय माथि अध्ययन, अनुसन्धान तथा सत्यको उद्घाटन गर्ने विज्ञानका विशेषताहरु हुन् । योग पनि एक विज्ञान भएकाले अन्धविश्वास र अन्धपरम्परा होइन । विज्ञानले पदार्थको स्थितिसितको सम्वन्ध राख्छ भने योगले व्यक्तिको चेतना जागृतिसंग चासो राख्छ ।
योग जीवन जिउन सिकाउने कला
बदलिँदो जीवनशैली,रहनसहन तथा खानपानले अहिले हाम्रो जीवनशैली अस्तव्यस्त छ।शरिरलाई फाइदा नगर्ने खाना, मनलाई दुख हुने शब्द, मस्तिष्कलाई असर पर्ने गरी नराम्रो सोचाईले हामीले आफूले आफैलाई दुःख दिई रहेका छौँ । हाम्रो जीवनशैलीलाई अनुशासित बनाउँछ योग र ध्यानले । योगले शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र अध्यात्मिक चेतनाका साथ जीवन जिउन सिकाउँछ । नियमित आसन, प्राणायम र ध्यानले सकारात्मक सोचको विकास,मानसिक शान्ति,कार्य क्षमतामा वृद्धि र आत्मज्ञान प्राप्ति हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ हुनु हो । यो सबैको प्राप्तिको आधार योग नै हो ।
ध्यानः
ध्यान भनेको मनलाई शान्त बनाउने, आत्मज्ञान प्राप्त गर्ने र जीवनलाई सन्तुलन राख्नु हो।यो एउटा अभ्यास हो, जसले व्यक्तिलाई आफ्नो चित्तलाई वर्तमान क्षेणमा केन्द्रीत गर्न, शान्ति अनुभव गर्न र सकारात्मक उर्जा प्राप्त गर्न मद्धत गर्छ । नियमित ध्यान गर्नाले तनाव व्यवस्थापन, आत्मचिन्तन सकारात्मक जीवनशैलीलाई सहज बनाउँछ । नियमित अभ्यास गरेमा २१ दिनपछि ध्यान लाग्ने अध्ययनले देखाएको छ । हाम्रो पूर्विय दर्शनमा त सृष्टिकाल देखिने ध्यान गरिँदै आएकोमा अहिले पश्चिमा देशहरुले ध्यानको वैज्ञानिक अध्ययन गरी यो प्रमाणित गरिसकेकि नियमित ध्यान गर्नाले दिमागको क्षमता वढेको देखाएको छ । संयुक्तराष्ट्र संघले डिसेम्वर २१, २०२४ प्रथम विश्व ध्यान दिवस मनाउन निर्णय गरेर योग जस्तै ध्यानलाई पनि महत्व दिइसकेको छ ।
ॐ को अर्थ र महत्व
हिन्दू धर्मको सवैभन्दा महत्वपूर्ण शव्द ॐ । सृष्टकिर्ता व्रम्हाको मुखबाट उत्पन्न र ब्रम्हाण्डको पहलिो ध्वनी स्वर । वेदमा पहलिोपटक ॐ को शब्द प्रयोग गरएिको व्रम्हा विष्णु र महेश्वर तीनै देवताहरुलाई जनाउने शव्द ॐ अ+उ+ म तीन अक्षर जुटेर वनेको ॐ अक्षर । अ ले नाभी उ ले हृदय र म को उच्चारणले मस्तष्किमा प्रभाव महशुस हुन्छ । हिन्दू धर्ममा मात्र होईन बौद्ध र जैन धर्ममा पनि उस्तै महत्व दिइएको छ।वौद्ध धर्मको मन्त्र’ ॐ मणिपद्मे हुँ । अर्थात् जीवनलाई कमलको फूलजस्तै कन्चन र स्वच्छ राख्दै मणिरुपी गुणले युक्त पार्नुपर्छ भन्ने मूलभाव रहेको विश्वभरिका बौद्ध धर्मावलम्वीहरुले जप्ने पवित्र मन्त्र हो । वर्तमान सन्दर्भमाः शारीरिक, मानसिक र भावनात्मकरुपमा चुस्तदुरुस्त राख्नका लागि प्रयोग हुने शब्द वनेको छ ॐ।एकान्तमा ॐ को ध्वनि उच्चारण गर्दा मानिसमा तनाव कम हुने लोभ ईष्या जस्ता नकारात्मक कुराहरु आफुवाट टाढा रहने विश्वास गरन्छि । मेडिकल साइन्समा कुनै कारणबाट आवाज हराएका मानिसको पुनःआवाज फर्काउने अभ्यासमा स्पीच थेरापी ॐ शव्दवाट शुरु गराईन्छ ।
म्हमुहुर्तः
रातको अन्तिम प्रहरको तेस्रो भाग अर्थात विहान ४ बजेदेखि ५ः३० बजेसम्मको समयलाई व्रम्हमुहुर्त भनिन्छ । व्राम्ही भन्नाले सरस्वतीलाई बुझाउँछ । तसर्थ व्रम्हमुहुर्तलाई सरस्वती मुहुर्त पनि भन्न सकिन्छ । रातको १२ बजेदेखि ४ बजेसम्मको समय आशुरी शक्ति र त्यसपछि ईश्वरीय शक्ति शुरु हुन्छ । यो समयको वायु स्वास्थ्यका लागि अमृत समान हुन्छ । आयुर्वेदमा व्रम्हमुहुर्तमा उठ्ने व्यक्तिलाई सौन्दर्य, लक्ष्मी,वुद्धि स्वास्थ्य र दीर्घायु प्राप्ती हुने उल्लेख छ । भनिन्छ बिहानी चराले किरा पाउँछ । हामीहरु पनि चराहरु झै बिहान सबेरै उठ्नुपर्छ । जाग्ने, जगाउने र जोगाउने हाम्रो परम्परा हो।बस्ने मानिसको भाग्य बस्छ,सुत्ने मानिसको भाग्य सुत्छ,उठ्नेको भाग्यले प्रगतिको मार्ग प्रदान गर्छ । ब्राम्हमुहूर्तमा सम्पूर्ण वातावरण शान्तिमय र निर्मल हुन्छ । बिहान सबेरै उठ्नु व्यावहारिक, आध्यात्मिक, वैज्ञानिक र स्वास्थ्य सवै दृष्टिकोणले उत्तम मानिन्छ । यो समय नै योग र ध्यानकालागि उत्तम समय हो । दैनिक सूर्योदयभन्दा दुई घण्टा अगाडि उठ्नाले एक वर्षमा ७३० घण्टा अर्थात लगभग एक महिना आयु बढ्छ । साठी वर्ष बाँच्दा साठी महिना अर्थात पाँच वर्ष नाफा हुन्छ । पाश्चात्य डक्टरहरुले पनि Early to bed Early to rise सल्लाह दिन थालेका छन् ।
“सिङ्गो पृथ्वी,मानव स्वास्थ्यका लागि योग’’
“समुन्द्रवसने देवि पर्वतस्तनमण्डिते,विष्णुपत्नी नमस्तुभ्यं पादस्पर्श क्षमस्वमे”अर्थात समुन्द्रलाई कपडाको रुपमा धारण गरेकी,पर्वतलाई स्तनको रुपमा ग्रहण गरेकी हे विष्णुकी पत्नी ! तपाईको पृथ्वीरुपलाई खुट्टाले कुल्चन्छु मलाई माफ गर्नुहवस भनेर मानवले पृथ्वीसंग क्षमा मागिएको छ । यसलाई हामीले केवल पृथ्वीमा पाइला टेक्दै गरेको मात्र होईन पृथ्वीलाई हानी नोक्सानी हुने कुनै प्रकारका कर्म गर्ने छैन भन्ने वृहत अर्थमा लिनु पर्छ । वैदिक धर्मले पृथ्वीलाई माता र आकाशलाई पिता मानेकोछ । माता सहनशील, उर्वर एवं पितालाई आकाश जस्तै विशाल हृदयको खानी भनिएकोछ ।
“सिङ्गो पृथ्वी, मानव स्वास्थ्यका लागि योग’’ यो आदर्श वाक्य मात्र होइन विश्वकालागि आवश्यकता हो । मानव स्वास्थ्य र पृथ्वीको विच अनोन्याश्रित सम्वन्ध छ।जवसम्म हामी वस्ने पृथ्वी स्वस्थ्य हुँदैन तवसम्म मानव पनि स्वस्थ्य रहने कुरै हुँदैन । जलवायु परिवर्तन, प्राकृतिक स्रोतको अत्यधिक दोहन, आधुनिकताको नाममा विभिन्न रसायनयुक्त प्रविधिको बढ्दो प्रयोगले पृथ्वीमा नकारात्मक असर परिरहेकोछ । वर्तमान पृथ्वी अहिलेको पुस्ताको मात्र हैन भावी पुस्तौपुस्ताको लागि भरपर्दो दिगोविकासमार्फत स्वच्छ पृथ्वी रहिरहनुपर्छ । मानव स्वस्थ्य रहँदै पृथ्वीमा स्वच्छ हावा, सफा पानी, हरियाली वातावरण हुनु पर्छ । योग अभ्यासले मानवलाई केवल स्वास्थ्य बनाउने मात्र होइन, पृथ्वीप्रतिको कर्तव्यवोध, संरक्षण र प्रेमको भावना समेत जगाउँछ ।
हिन्दीमा एउटा भनाइ छ,‘जब जागो तब सवेरा’ अर्थात् कुनै पनि काम गर्न ढिलाई गर्न हुँदैन । जतिबेला जानकारी भयो उति बेला बाट गर्न शुरु गर्नुपर्छ । उठ्दा जति बेला हुन्छ त्यो बेला नै बिहानै छ भन्ने अर्थमा लिनुपर्छ । यस वर्ष एघारौ अन्तर्राष्ट्रिय योग दिवस असार सात गतेको शुभ साइतबाट योग शुरु गरौँ । एघारौ अन्तर्राष्ट्रिय योग दिवसको सबै सबैमा शुभकामना । योग गरौ ! स्वस्थ्य बनौ ! पृथ्वी पनि स्वस्थ्य राखौं ।